युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 04:00pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
अबको बाटो आत्मनिर्भरतातिर
Tuesday, 10.06.2015, 11:19am (GMT+5.5)

- यादब देवकोटा

नेपालमा भएको स्रोत साधनको उपयोग समुचित ढंगले गर्ने र भएको उत्पादनको वितरण प्रणाली व्यवस्थित गर्ने हो भने तत्कालका लागि पेट्रोलियम पदार्थ बाहेक अन्यमा विदेशीको पाउ मोल्नुपर्ने अवस्था छैन । नेपालमा कूल जनसंख्यालाई पुग्ने खाद्यान्न उत्पादन हुन्छ । फलफूल, तरकारी, दूध तथा मासु पनि यही उत्पादन हुन्छ । यसको समुचित र वैज्ञानिक ढंगले वितरण प्रणालीको विकास मात्र आवश्यक छ ।

अहिले आत्मनिर्भरताको कुरा खुबसंग चलेको छ । राष्ट्रियताको नारा घन्केको छ  नेपाली जनताले आफ्नो स्वाभीमानका लागि जस्तोसुकै कष्ट झेल्न पनि तयार छन् भन्ने देखाइदिएका छन् । तर, यसले सब समस्या समाधान हुँदैन । अब भारतको स्वार्थ पूरा नभएपछि उसले अघोषित रुपमा नाकाबन्दी गरेको छ, मधेशवादीको आन्दोलनलाई कारण देखाएर । यसले के सन्देश दिएको छ भने नेपाल भारत निर्भर हुनुको ठूलो मूल्य यतिबेला चुकाइरहेको छ । अब त्यो अवस्थाबाट हामी नेपाली माथि उठ्नुपर्छ । यसका लागि वैकल्पिक उपाय अवलम्बन गर्नुपर्छ ।

नेपालका उत्पादन भारत पठाएर भारतको उत्पादन नेपाल ल्याउने परिपाटी नै सबभन्दा खराब पक्ष हो । बाँकी रह्यो इन्धन, अब इन्धनको रुपमा जलविद्युतलाई उपयोग गर्ने नीति लिएर सोही अनुसारको काम गर्ने हो भने केही वर्षभित्रै नेपालमा इन्धन भनेको पेट्रोलियम पदार्थ मात्रै हो भन्ने भ्रम हट्नेछ । खाना पकाउन तथा सार्वजनिक यातायातका साधन विद्युतबाट चल्ने संचालन गर्ने हो र त्यस्ता सवारी साधनको भरपर्दो व्वस्था गर्ने हो भने निजी सवारी साधन रोज्नेको संख्या पनि कम हुनेछ । 

नेपालमा अहिले खाना पकाउने ग्यासमा वार्षिक जति खर्च भैरहेको छ त्यसले इन्धनका लागि मात्र उपयोग गर्ने गरी जलविद्युत आयोजना संचालन गर्न पुग्छ । त्यस्तै डिजेलमा खर्च भएको ठूलो रकम पनि त्यसैमा लगाउन सकिन्छ । तर, यसका लागि पहिला पेट्रोलियम पदार्थको वैकल्पिक ऊर्जा त दिनुपर्यो । इन्धन र ऊर्जाका लागि जलविद्युत र बायोग्यासलाई प्राथमिकताका साथ अघि बढाउने हो भने ऊर्जाका लागि भनेर अहिले खर्च भैरहेको ठूलो रकम बचत हुन्छ । त्यो रकम मुलुकको अर्को क्षेत्रको विकासमा लगाउन सकिन्छ । 

नेपालको विकास नेपालीले नै गर्ने भएकाले विदेशीको एजेण्डा र उनीहरूको निर्देशनमा आयोजना बनाउने काम पनि बन्द गरिनुपर्दछ । नेपालमा पूँजी नभएको हैन, भएको पूँजी परिचालन गर्न ढंग नभएको हो । एउटा सानोभन्दा सानो कम्पनीको केही करोड रुपैयाँको शेयर निस्काशन हुँदा अर्बभन्दा बढीको आवेदन पर्छ । यो लगानीयोग्य पूँजी हो । जनतामा छरिएर रहेको पूँजी उपयोग गर्नेतिर सरकारी ध्यान जानुपर्दछ ।

विश्व बैंक, एसियाली विकास बैंक, मुद्रा कोषका अनुदान, ऋण र निर्देशन तथा उनीहरूको परामर्शमा विकास गर्छु भन्नु केवल सपना मात्र हो । विदेशीले दिने अनुदान, ऋण तथा सहयोगको आधाभन्दा बढी रकम अनेक नाममा उनीहरूले नै लान्छन्– गरीब नेपालीको थाप्लामा ऋण बोकाएर । अब नेपाली मोडलको विकास योजना कार्यान्वयनमा नल्याउँदासम्म हाम्रो गति यस्तै रहनेछ । केही समय दुःख पाउँ तर विदशीको दवाव र निर्देशनको वेवास्ता गर्दै आफ्नै मौलिक पारामा विकासको योजना अघि बढाउने हो भने ३ वर्षभित्र नेपालले धेरै फड्को मारिसक्छ । यसबीचमा जलविद्युत आयोजनालाई बढी प्राथमिकता दिएर खाना पकाउने ग्यासको विकल्प दिन सकियो भने मात्र पनि ठूलो उपलब्धि हुनेछ ।

‘विप्रेषण हाइड्रो’ यो क्षेत्रको विकासका लागि महत्वपूर्ण योजना हो तर, अहिले यो कहाँ पुगेको छ ? पत्तो छैन । वैदेशिक रोजगारीबाट भित्रिएको रकममधे ८५ प्रतिशत उपभोगमै सकिन्छ । उपभोगमा सकिनुको अर्थ विदेशबाट आएको रकम विदेशमै जाने हो । यसका लागि न्यूनतम आधारभूत आवश्यकताका वस्तुहरूमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी पाइला चाल्नु पर्दछ । मुलकल खोजेको मुलुकबासीले चाहेको यही हो ।

मुलुकको प्राथमिकता भारत निर्भरताबाट मुक्त हुनु हो । नेपाललाई जहाँबाट जे सस्तो  सजिलो हुन्छ त्यो त्यही मुलुकबाट ल्याउन पाउनुपर्छ । भूपरिवेष्ठित मुलुकले समुद्रसंगको पहुँच पाउने नैसर्गिक अधिकार प्राप्तिका लागि दह्रोसंग अन्तर्राष्ट्रिय क्षेत्रमा कुरा राख्नुपर्दछ । विकासमा राजनीति बन्द हुनुपर्छ । जलस्रोतको विकासका नाममा हुने चलखेल र विदेशीलाई नदी सुम्पन परिपाटीको अन्त्य गर्ने हो भने माथिल्लो तामाकोशी जस्ता २–३ आयोजना सजिलै बनाउन सकिन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)
सुन्ने, सुनाउने र गराउने अन्तैका (09.15.2015)
सामान्य सम्वेदनशीलता पनि देखिएन (09.01.2015)
नेपाल बनाउने कि भत्काउने ? (08.26.2015)
कस्तो आउने हो संविधान ? (08.11.2015)
सरकारको गति र नेपालीको नियति (08.04.2015)
आफ्नो शक्ति देखाइदिए जनताले (07.28.2015)
प्रतिगमत र अग्रगमनको दोसाँध (07.21.2015)
क्षमता देखाउने बेला यही हो (07.14.2015)
आशाका किरणमा ग्रहण नलागोस् (07.07.2015)
कसरी पाउँलान् पीडितले राहत (06.30.2015)
सम्पदाहरू धेरैपटक पुनःनिर्माण भएका छन् (06.23.2015)
नेताहरूको स्वार्थले छोएन जनतालाई (06.09.2015)
विपत्ति प्रकृतिले गर्दा कि मान्छेले ! (06.02.2015)
मधेशलाई पहाडले हैन भारतले हेपेको छ (05.27.2015)
यो व्यवस्थित बस्तीविकासको समय (05.15.2015)
अब यसो गरौं– कसो गरौं– केही नगरौं (04.07.2015)
संक्रमणमा यस्तै हो भनेर उम्किन सकिन्छ ? (03.31.2015)
बलात्कारीलाई जेल, बलात्कृतलाई संरक्षण (03.17.2015)



 
::| Latest News

 
[Page Top]