युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 12.13.2019, 12:39am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला
Tuesday, 11.03.2015, 01:51pm (GMT+5.5)

- यादब देवकोटा
भारतले नेपाललाई आफूले भने भनेजस्तो नगरे ‘नाकाबन्दी’को हतियार प्रयोग गरेर हुनसम्मको दुखदिने नयाँ चलन होइन । भारतले पहिलो पटक २०२७ सालमा पारवहन र बाणिज्य सन्धिमा किचलो झिकेर नाकाबन्दी गरेको थियो भने दोस्रोपटक २०४५।०४६ सालमा  नेपाललाई भुटानको हैसियतमा पुर्याउने  मनसाय राखेर  ७२ पृष्ठको प्रस्ताव पठाएको तर नेपालले नमानेपछि ‘नाकाबन्दी’ लगाएको थियो । तेस्रो पटकको यो ‘नाकाबन्दी भारतले भने बमोजिमको संविधान नबनाएको झोकमा गरेको जगजाहेर नै छ । पहिलो नाकाबन्दी भारत निर्भरता कम भएकाले जसोतसो टर्याे भने दोस्रो नाकाबन्द एक वर्षभन्दा पनि  लामो अबधिसम्म चले पनि हवाई मार्ग र विभिन्न स्रोतबाट तेल जुटाएर वितरण व्यवस्था चुस्त पारी काम चलाइयो । 

२०४६ सालको जनआन्दोलनका सर्वाधिक प्रहारका केन्द्र बनाइएका भए पनि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको चर्चा राष्ट्रिय अडान राखेर भारतसंग नझुकेको भनी अहिले पनि हुने गरेको छ । अन्ततः त्यो दोस्रो नाकाबन्दीले पञ्चायत ढाल्यो । बहुदलीय संसदीय व्यवस्थाको पुनःस्थापन भयो । २५ वर्षको अन्तरालमा नेपालको आन्तरिक राजनीतिमा धेरै प्रकारका खेलहरू प्रयोगमा आए । भारतको मार्गचित्र अनुसारका गतिविधिहरू परिचालित भए । नेपाल जति सबल हुनुपर्ने हो हुनसकेन उल्टै झनझन कमजोर बन्दैगएको र असफल राष्ट्र बन्नेतिर धकेलियो । भारतीय मार्गचित्रको अनुशरणले नेपाल दिनप्रतिदिन कमजोर, निरीह र दिग्भ्रमित हुँदैगएकाले नै अहिलेको अवस्था सिर्जना भएको हो । प्रत्येक पटकका नाकाबन्दीबाट नेपाल झुकेको छैन । नेपाली जनता झुकेका छैनन् । राष्ट्रिय एकता र स्वाभिमान प्रदर्शनको यो एउटा अवसर बनेको छ । अब नव गठित केपी ओलीको गठबन्धन सरकारले भारतीय नाकाबन्दीबाट सिर्जित संकटको सामना कसरी गर्छ भन्ने आम नेपालीको सर्वाधिक चासोको विषय भएको छ । यो सरकार भारतको जालमा नपरोस् र घुँडा पनि नटेकोस् भन्ने आम नेपाली जनताको मनसाय छ ।

मरिचमान सिंहको पालामा भारतीय नाकाबन्दीको सामना गर्न चीनबाट तेल ल्याउने गोप्य सहमति हुनैलागेको बेला ‘पञ्चायत’ ढल्यो । त्यो बेलाको सहमतिले कार्यान्वयन हुने मौका पाएको हुँदो हो ता पाँचखालसम्म चिनीया तेलको पाइपलाइन बिच्छिसकेको हुनेथियो । समयले फेरि कोल्टे फेरेको छ । ओली सरकारले तेल आयातमा भारतको एकाधिकार तोड्दै अहिले चीनबाट तेल आयात गर्ने खुला सम्झौता गरेको छ । यो ऐतिहासिक फड्को नै हो । चीन २५ वर्ष अगाडिको स्थितिबाट धेरै अगाडि बढिसकेको छ भने नेपालका सीमा नाकाहरू नजिक सडक सञ्जालको विस्तार भैसकेको छ । नेपाल सरकारले दृढ इच्छाशक्ति राखेर चीनसित व्यापार विस्तार गर्न अगाडि बढ्ने हो भने चीनबाट आयात विस्तार मात्र नभएर नेपालको उत्पादनले चीनमा पनि राम्रो बजार पाउन सक्छ । भारत निर्भरताको जञ्जिर तोड्न चीन ठूलो विकल्प हो भने चिनीया मार्ग प्रयोग गरेर अरू मुलुकसंग पनि आयात निर्यात बढाउने अवसर छ । यसका लागि अहिलेका संरचनाहरू मात्र पर्याप्त छैनन् । दीर्घकालीन अवसर हेरेर आजैदेखि कदम चाल्न अघिसरे भारत निर्भरताको पीडाबाट नेपालले सदाका लागि मुक्ति पाउने छ ।      

घटनाक्रमले के सिद्ध गर्दैआएका छन् भने नेपालप्रति भारतको सुदृष्टि छैन । बिग्रह, बिखण्डन र विलयका दुस्वप्न राखेर भारतीय सत्ताले खेल्दैआएका निर्लज्ज र घृणित खेलको मारमा यस क्षेत्रका देशहरू पर्दैआएका छन् । हिमाललाई आफ्नो सुरक्षा रेखा ठान्ने भारतको पूर्वधारणामा कुनै परिवर्तन नआएकाले त्यसको असर नेपालमा परिरहेको छ । नेपाललाई खण्डित गराउने गुरु योजना इन्दिरा गान्धीको पालामा बनेको कुरा ‘रअ’कै पूर्व अधिकारीले खुलाशा गरिसकेका छन् । नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता र साम्प्रदायिक सद्भावविरुद्ध नेपालीहरुलाई नै प्रयोग गर्ने भारतीय रणनीतिका अनेक चरणहरू पारभैसकेका छन् । 

अहिले तराईमा सिर्जित विग्रहजन्य परिस्थिति पनि भारतीय रणनीतिक चालबाजीकै एउटा स्वरुप हो भन्ने कुरालाई नजरअन्दाज गर्न सकिन्न । हाम्रा नेताहरूले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न वैदेशिक शक्तिलाई पटक पटक निम्त्याए, त्यसैको परिणाम अहिले नेपालले भोग्नुपरेको हो । नेपालको भूगोल, राजनीति, प्रशासन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ, सञ्चार, नागरिक समाज जताततै भारतीय जाल बिच्छिएको छ । नेपाल नबिटुलिएको क्षेत्र भेटिनै गाह्रो भैसक्यो । भारतले नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वा नेपाल बलियो हुने कुनै तन्त्र चाहेको छैन केवल कुन बेला कसलाई प्रयोग गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न सकिन्छ र नेपालमा अस्थिरता जारी राख्न सकिन्छ भन्ने मात्र उसको ध्याउन्न छ भन्ने कुरा सवै नेपालीले नबुझेसम्म र फैलिएका ऐंजेरूहरूलाई निमिट्यान्न पार्ने सुस्पष्ट नीति एवं कार्यान्वयनको दृढता नभएसम्म नेपालको कल्याण छैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अब उठाऔं ग्रेटर नेपालको मुद्दा (10.27.2015)
अबको बाटो आत्मनिर्भरतातिर (10.06.2015)
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)
सुन्ने, सुनाउने र गराउने अन्तैका (09.15.2015)
सामान्य सम्वेदनशीलता पनि देखिएन (09.01.2015)
नेपाल बनाउने कि भत्काउने ? (08.26.2015)
कस्तो आउने हो संविधान ? (08.11.2015)
सरकारको गति र नेपालीको नियति (08.04.2015)
आफ्नो शक्ति देखाइदिए जनताले (07.28.2015)
प्रतिगमत र अग्रगमनको दोसाँध (07.21.2015)
क्षमता देखाउने बेला यही हो (07.14.2015)
आशाका किरणमा ग्रहण नलागोस् (07.07.2015)
कसरी पाउँलान् पीडितले राहत (06.30.2015)
सम्पदाहरू धेरैपटक पुनःनिर्माण भएका छन् (06.23.2015)
नेताहरूको स्वार्थले छोएन जनतालाई (06.09.2015)
विपत्ति प्रकृतिले गर्दा कि मान्छेले ! (06.02.2015)
मधेशलाई पहाडले हैन भारतले हेपेको छ (05.27.2015)
यो व्यवस्थित बस्तीविकासको समय (05.15.2015)
अब यसो गरौं– कसो गरौं– केही नगरौं (04.07.2015)



 
::| Latest News

 
[Page Top]