युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.11.2019, 12:06pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन
Tuesday, 12.01.2015, 02:56pm (GMT+5.5)

- यादब देवकोटा
यतिबेला मधेश प्रदेशको आन्दोल मच्चिएको छ । यो आन्दोलनको भित्री रहस्य मधेशी जनताले बुझ्न सकेका छैनन् । मधेश प्रदेशका लागि भैरहेको आन्दोलनमा भारतले दिएको चासो कोश, कर्णाली, महाकाली जस्ता सदावहार नदीहरूमाथि कब्जा जमाउनु नै हो । भारत नेपालको मधेशलाई जलभण्डार बनाएर आफ्नो भूमि हराभरा पार्न चाहन्छ । किनभने भारतको जनसंख्यालाई चाहिने पानी र खाद्यान्नको पूर्ति नेपालका नदीनालाबाट मात्र सम्भव छ । त्यसैले नेपालमा भएको जलस्रोतको एकलौटी दोहोन गर्ने आकांक्षा राखेको भारतले त्यसैका लागि मधेश आन्दोलनलाई साथ दिइरहेको छ । भारतको यो चालवाजी यतिबेला मात्र हैन, उतिबेलैदेखि चलिरहेको छ । सीमावर्ती क्षेत्रमा सडकको नाममा बाँध बाधेर पानी जम्मा पर्ने भारतले नेपालमा नाकाबन्दी र मधेश आन्दोलन उत्कर्षमा पुगिरहेका बेला भारत बाँकेमा सडकको नाममा बाँध बाधिरहेको छ । (पृष्ठ तीन पनि हेर्नुहोस्)

दशकौंदेखि भारतले अन्तर्राष्ट्रिय कानुन विपरीत सीमावर्ती क्षेत्रमा सडकको नाममा बाँध निर्माण गर्दैआएको छ । भारतले यसअघि बाँकेको लक्ष्मणपुर, कपिलवस्तुको महलीसागर र रुपन्देहीको रसियावाल–खुर्दलोटन बाँध निर्माण गरेर बाढीका समयमा आफ्नो भूभाग सुरक्षित गर्ने, नेपालतर्फ पानी जम्मा गरी सुख्खायाममा सिंचाई सुविधा मिलाउने र सीमाक्षेत्रमा खटाइएका अर्धसैनिक सुरक्षा बलका लागि नेपालतर्फको निगरानी गर्ने उद्देश्यले सो संरचना निर्माण गरेको हो । 

सीमाक्षेत्रमा निर्माणाधीन सो बाँधका कारण वर्षातका समयमा नेपालका हजारौं विघा जमिन डुबानमा पर्ने गरेको छ । भारतले सीमाक्षेत्रमा पर्ने नेपालका विभिन्न भूभागहरू अतिक्रमण गर्दै आएको छ । अन्तर्राष्ट्रिय कानुन र सन्धि अनुसार सीमावर्ती क्षेत्रनजिक दुवैतर्फ ८ किलोमिटरसम्म कुनै संरचना निर्माण गर्न नपाइने भए तापनि भारतले त्यो कानुन र सन्धिको ठाडै उल्लंघन गर्दै आएको छ । नेपाली भूमि डुबानमा पर्ने गरी दर्जनौं ठूला संरचना र बाँधहरू निर्माण गर्दै आएको छ । भारतीय अतिक्रमणको विरुद्धमा जनस्तरबाट व्यापकरुपमा दवाव र आक्रोशहरू प्रकट भए पनि नेपालको राजनीतिक, प्रशासनिक तहबाट कुनै किसिमको उल्लेखनीय प्रयत्न हुन सकेको छैन । सत्तामा नरहँदा राजनीतिक पार्टीहरूले यस्ता विषयलाई जोडदार रुपमा उठाउने र सत्तामा गएपछि नउठाउने गर्नाले पनि भारतलाई अतिक्रमण गर्न उर्जा मिलिरहेको छ । 

भारतको उच्च चासो रहेको मधेश प्रदेशमा थप्नुपर्ने जिल्लाहरूको नेपालको आर्थिक विकासमा ठूलो महत्व छ भने ती जिल्ला भारतको राष्ट्रिय स्वार्थका लागि पनि महत्वपूर्ण छन् । जेजस्तो सुझाव ग्रहण नगरेको भनेर भारतले अहिले नाकाबन्दी लगाइरहेको छ त्यसभित्र मधेशी जनताको हित हैन भारतकै मात्र हित हेरिएको छ । सोझा मधेशी जनताले यो कुरा बुझ्न सकेका छैनन् । आन्दोलन अधिकार स्थापनाका लागि भए पनि अब त्यो भारतको स्वार्थपूर्तिको हतियारका रुपमा स्थापत हुने खतरा मडारिएको छ ।

मोरङ र सुनसरी मधेशमा हाल्नुपर्ने माग अरु केही नभएर कोशी नदीमाथिको अधिकार स्थापित गराउन हो । त्यस्तै कैलाली र कञ्चनपुर महाकाली र कर्णाली नदीमाथिको अधिकार जमाउन हो । यसका लागि भारतले लामो समयदेखि योजना बनाइरहेको छ । भारतले नेपालमा अहिलेसम्म गरेका जलसम्झौताहरू किन अघि बढेका छैनन् ? महाकाली सन्धिको हालत के भयो ? स्याटलाइनबाट बिजुली बेच्ने सपना देखाउनेहरू अहिले पनि सत्तामै छन् । उनीहरू यस विषयमा किन केही बोल्दैनन् ? पञ्चेश्वर परियोजना किन अघि बढेन, गण्डक सम्झौताको कार्यान्वयन किन भएन ? कोशी बाँध पीडितहरूको मुआब्जा किन अहिलेसम्म पाएनन् । यी यावत प्रश्नहरूको खोजी गर्ने हो भने मधेश आन्दोलनको बलमा भारतले नेपालको आर्थिक–सामाजिक विकासको मेरुदण्डमै प्रहार गर्न खोजिरहेको छ । यो अहिलेको मात्र हैन दशौंदेखिको प्रयास हो ।

प्रश्न के हो भने मधेशवादीका के के माग पूरा भए र के के पूरा भएनन् ? त्यसको जानकार कोही पनि छैन । अधिकार नपाएको भनेर सडकमा उत्रेका जनतालाई तिमीले यो यो पायौं, अब यो यो विस्तारै पाइनेछ भनेर भन्नसक्ने नैतिक साहस सत्तापक्ष र संविधान पक्षधरले देखाउन सकेका छैनन् । न कूटनीतिक तवरमा आन्दोलन र नाकाबन्दीको प्रतिकार गर्न सकिएको छ न त राजनीतिक रुपमै । यस्तो अवस्थामा नेपाल विखण्डनको दिशातिर धकेलिंदै गएको र अन्ततः भारतको चाहना त्यही नै भएकाले यस्तो गम्भीर परिस्थितिको सिर्जना हुनुपूर्व सबै सचेत हुनुको विकल्प छैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)
राष्ट्रियताका भाषण मात्रै कि काम पनि... (11.17.2015)
नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र (11.10.2015)
भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला (11.03.2015)
अब उठाऔं ग्रेटर नेपालको मुद्दा (10.27.2015)
अबको बाटो आत्मनिर्भरतातिर (10.06.2015)
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)
सुन्ने, सुनाउने र गराउने अन्तैका (09.15.2015)
सामान्य सम्वेदनशीलता पनि देखिएन (09.01.2015)
नेपाल बनाउने कि भत्काउने ? (08.26.2015)
कस्तो आउने हो संविधान ? (08.11.2015)
सरकारको गति र नेपालीको नियति (08.04.2015)
आफ्नो शक्ति देखाइदिए जनताले (07.28.2015)
प्रतिगमत र अग्रगमनको दोसाँध (07.21.2015)
क्षमता देखाउने बेला यही हो (07.14.2015)
आशाका किरणमा ग्रहण नलागोस् (07.07.2015)
कसरी पाउँलान् पीडितले राहत (06.30.2015)
सम्पदाहरू धेरैपटक पुनःनिर्माण भएका छन् (06.23.2015)
नेताहरूको स्वार्थले छोएन जनतालाई (06.09.2015)



 
::| Latest News

 
[Page Top]