युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 11:51am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
केही त थियो सुशील कोइरालामा
Thursday, 02.18.2016, 07:43am (GMT+5.5)

-  यादब देवकोटा

नेपालमा भारतीय हस्तक्षेपबिरूद्ध खुलेर बिरोध गर्ने हैसियत राख्ने स्व. सुशील कोइराला भारतीय शासकहरूको नजरमा कहिल्यै पर्नुभएन । मधेशका सवालमा भारतीय राजदूत र दूताबासका अधिकारीहरूले दिने अभिव्यक्तिको खुलेर बिरोध गर्ने कोइराला मात्र एक्ला नेता हुनुहुन्थ्यो । राष्ट्रियता, समाजवाद र प्रजातन्त्रसंग कुनै सम्झौता नगर्ने नेताका रूपमा कोइरालाको चिनारी फैलिए पनि राजनीतिको दुर्गन्ध र घेराबन्दी तोड्न भने सकेनन्  स्व. कोइराला मात्र त्यस्ता एक नेता हुन्, जो भारतीय दूताबास छिरेनन् मात्र हैन भारतीय राजदूतलाई निवासमै बोलाएर हप्काउने हैसियत राख्थे । मधेशवादी दलका नेताहरूले एकमधेश एक प्रदेशको माग गरिरहेका बेला तत्कालीन भारतीय राजदूताबासका काउन्सिलरले भारत एक मधेश एक प्रदेशको पक्षमा छ भनेर अभिव्यक्ति दिंदा कोइरालाले राजदूतलाई हप्काएका थिए । 

यो हैसियत र तागत नेपालका कमै मात्र नेतामा थियो । त्यस्तै लोकतान्त्रिक अभ्यास र संसदीय मान्यता भन्दै सहमतीयको निरंकुश शासन चलाउनका लागि कांग्रेसका नेताहरू सहमतिमा जानुपर्छ भन्दै सत्तामा जान खुट्टा उचालेर बसिरहेका बेला लोकतान्त्रिक अभ्यास र संसदीय मर्यादा कायम राख्न भन्दै कोइराला दह्रोसंग उभिए । कांग्रेसभित्र राष्ट्रिय सहमतिको कुरा गर्दा कोइराला सहमति त हुनुपर्छ तर विपक्षी राखेर भन्दै चर्को आलोचनाकाबीच केपी ओलीसंग प्रधानमन्त्री पदको निर्वाचनमा खडा भए । बहुदलीय प्रतिस्पर्धामा विपक्षीबिनाको सत्ता र संसदको कुनै अर्थ हुँदैन, त्यो निरंकुश हुन्छ । राजनीतिक रूपमा विपक्षी र पार्टीभित्रकैले जे तर्क गरे पनि कोइरालाले केपी ओलीसंग हार्ने निश्चित भएको प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गर्दै लोकतान्त्रिक अभ्यास गरे, संसदमा बलियो प्रतिपक्षी नेताका रूपमा उपस्थित भए ।

यो अभ्यासलाई कोइरालाले अर्थात् कांग्रेसले पूर्व सहमति तोडेको, भारतको डिजाइनमा फसेको जस्ता आरोप लगाए । तर नेपालको सत्ता राजनीति र राजनीतिक दलहरूभित्र घुसेको बाह्य शक्तिको प्रभावले कोइरालालाई छुन सकेन । भारतको डिजाइनमा कोइराला प्रधानमन्त्रीमा उठेको भए मधेश आन्दोलन साम्य पार्न संविधान संशोधनमा सहमति हुने थिएन । भारतले चाहेको कांग्रेस मधेशवादीको आन्दोलनमा मिसियोस् भन्ने थियो । तर कोइराला सहमति, संवाद र संविधान संशोधनबाट मधेश आन्दोलन साम्य पार्न लागिपरे र सफल पनि भए । भारतको चाहना त्यहाँ पनि पूरा भएन । अन्ततः मधेशवादी र भारत दुबै पछाडिफर्कन बाध्य भए । भारतको कुरा नसुन्ने र नमान्नेमा सरकार पक्षधर दल र आम नागरिकको साथ यसमा अरू महत्वपूर्ण पक्ष छ । नाकाबन्दीको सामना गर्दै नेपाली जनताले अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गरे ।

यदि कोइराला त्यसबाट प्रभावित हुन्थे भने असोज ३ गते मुलुकले संविधान पाउने थिएन । भन्नेहरूले हतार हतारमा संविधान ल्याएर मधेशवादी र भारत चिढियो पनि भन्छन् । तर मधेशवादी मात्र हैन अरू धेरैपक्ष असन्तुष्ट छन्, तिनलाई सहमतिमा ल्याउन यहीभित्र राजनीतिक अभ्यास गर्ने हो । भारतको निर्देशनको कुनै अर्थ छैन । जहाँसम्म भारतको कुरा छ, भारत संविधानमा के चाहन्छ भन्ने स्पष्टै भएको छ । नाकाबन्दी त्यसैको परिणाम हो । 

कोइराला सुस्त तर आफ्नो अडान नछाड्ने नेताका रूपमा परिचित थिए । संविधान जारी भएपछि मधेशवादी दलले मच्चाएको उधुम साम्य पार्न सत्तापक्ष अर्थात् नेकपा एमालेसंग पानी बाराबारको स्थिति तोडेर छलफलमा सहभागी भए । मधेशवादीलाई सहमतिमा ल्याउने बुँदाहरूमा हस्ताक्षर गरे । त्यसैको परिणाम संविधान संशोधन भयो । भारतले स्वागत गर्यो, मधेशवादीको आन्दोलनलाई साथ दिएन । उनीहरूले नाका धर्ना, बन्द जस्ता कार्यक्रम फिर्ता लिए । हुन त कोइराला नेतृत्व सरकारकै पालामा मधेशवादीका माग सम्बोधन गर्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता भएको थियो । तर, सरकारले त्यसलाई अघि नबढाएपछि कांग्रेसले संसद अबरोध गरी दवाव सिर्जना गर्यो र अन्ततः सहमतिमा संविधान संशोधन यो । प्रतिपक्षी बलियो हुनुपर्छ भन्ने आधार यसबाट पुष्टि भयो । कोइरालाको असामयिक निधनले नेपालको लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनका सवालमा एउटा महत्वपूर्ण पात्र मुलुकले गुमाएकोमा कुनै शंका छैन । कम बोल्ने तर अडान नछाड्ने कोइरालाको स्वाभावकै परिणाम मुलुक विखण्डन हुने गरी राज्य पुनःसंरचना भएन । यो सबैले बुझेको तथ्य हो । त्यसैले त अहिले पनि मधेशवादीहरू कांग्रेसलाई मधेशको सबभन्दा ठूलो शत्रु भन्दै हिंड्छन् ।

त्यसो त ८० को हाराहारीमा पुग्न लाग्दा पनि कोइरालाले पदलोलुप देखाउनुभएको भन्दै कांग्रेसभित्र आलोचना हुन थालेको थियो । तर, कोइराला आफू ओछ्यानमा बसेर पद नलिने भन्दै अहिले स्वस्थ रहेकाले अवकाश नलिने बताउँदै आफ्ना शुभचिन्तक तथा आलोचक दुवैको मुख थुनेका थिए । हुन पनि मुलुकको संविधान जारी गरेलगत्तै नियमित उपचारका क्रममा अमेरिका पुगेका कोइरालाको क्यान्सर निर्मूल भएको चिकित्सकहरूले ठहर गरेपछि नमा नयाँ जोश पलाएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन (12.01.2015)
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)
राष्ट्रियताका भाषण मात्रै कि काम पनि... (11.17.2015)
नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र (11.10.2015)
भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला (11.03.2015)
अब उठाऔं ग्रेटर नेपालको मुद्दा (10.27.2015)
अबको बाटो आत्मनिर्भरतातिर (10.06.2015)
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)
सुन्ने, सुनाउने र गराउने अन्तैका (09.15.2015)
सामान्य सम्वेदनशीलता पनि देखिएन (09.01.2015)
नेपाल बनाउने कि भत्काउने ? (08.26.2015)
कस्तो आउने हो संविधान ? (08.11.2015)
सरकारको गति र नेपालीको नियति (08.04.2015)
आफ्नो शक्ति देखाइदिए जनताले (07.28.2015)
प्रतिगमत र अग्रगमनको दोसाँध (07.21.2015)



 
::| Latest News

 
[Page Top]