युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 11:50am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
दुई सय वर्षअघिको त्यो सन्धि
Wednesday, 03.09.2016, 11:28am (GMT+5.5)

- यादब देवकोटा

पृथ्वीनारायण शाहले टुक्राटुक्रामा विभाजित भएको नेपाल राष्ट्रलाई एकीकरणको थालनी गरे । उनको निधनपछि पनि यो क्रम चलिरह्यो र नेपालको भूमि फैलियो । यो क्रम सुगौली सन्धि नहुँदाका अवस्थासम्म कायम भयो । नेपाल अंग्रेजसंग युद्धमा पराजित भएपछि नेपालले आफ्नो भूमि गुमाउनु प¥यो– सुगौली सन्धिको नाममा । नेपाली भूमिमाथि यहीबाट अतिक्रमण सुरू भयो । सुगौली सन्धिले झण्डै अहिलेको आधा नेपाल गुम्न पुग्यो । मार्च ४ मा भएको त्यो सन्धि शुक्रबार दुई वर्ष पूरा भएको छ । यसबीचमा नेपाल र भारतबीच भएका अनेक सन्धि र सम्झौताहरूको प्रश्न उठिरहेका बेला सन् १९५० को सन्धिको धारा टेकेर नेपालले सुगौली सन्धिमा गुमेको भूभाग पाउनुपर्ने आवाज उठाउन थालिएको छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि बेलायतले “हामी जसरी भारत आएका थियौं त्यसै गरी जाँदैछौं” भन्दै तमाम सन्धि तथा सम्झौताहरू अमान्य हुने बताएको थियो । त्यस्तै सन् १९५० मा नेपाल र भारतीबीच भएको ‘शान्ति तथा मैत्री सन्धि’को प्रावधान बमोजिम पनि सुगौली सन्धि स्वतः खारेज भएको छ । तर, यो व्यवहारमा लागू छैन ।

सन् १९५० को सन्धिको धारा ८ ले सुगौली लगायत नेपाल र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएका सबै सन्धि तथा सम्झौताहरू खारेज गरेको छ । सो धारामा यो सन्धि कार्यान्यनमा आएपछि यसअघि भएका सबै सन्धि तथा सम्झौताहरू स्वतः खारे हुनेछ भनिएको छ । यस हिसाबले सन्धि अनुसार नै नेपालको भूमि फिर्ता हुन्छ भन्ने मानिए पनि नेपालका शासकहरूले सो विषयमा भारतसंग कुरा उठाउन सकेका छैनन् । उनीहरू सन् १९५० को सन्धि मात्र हैन, भारतले कार्यान्वयन नगरेका जलस्रोत सम्झौताहरूको पालनामा समेत दह्रो कुरा राख्न सकेका छैनन् । भारतको चाकडी गरेरै सत्ता र शक्तिमा पुग्ने आकांक्षा राख्नेहरूकै कारण नेपालको राष्ट्रियता कमजोर मात्रै बन्दैगएको छ ।

नेपालले भारतका कारण भोगिरहेका अनगिन्ती समस्याहरूमध्ये राष्ट्रियतासंग सम्बन्धित मुद्दाले सवै नेपालीको मन मस्तिष्क घोचिरहेको छ । सुगौली सन्धिका कारण गुमेको नेपाली भूभाग फिर्ता पाउनुपर्ने दावी राष्ट्रवादी आन्दोलनका अगुवाहरूले गर्दैछन् । भारतलाई थाहा भएको कुरा के हो भने सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धिको धारा ८ अनुसार सुगौली सन्धि समाप्त वा रद्द भएको मनिन्छ । नेपालमो दह्रो र राष्ट्रवादी सरकार गठन भयो भने यो मुद्दा अन्तर्राष्ट्रिय जगतमा पुग्नसक्छ र त्यस्तो अवस्थामा भारतले नेपाली भूमि फिर्ता गर्नुुपर्ने हुन्छ । यसैले त भारत १९५० को सन्धि पुनरावलोकन वा परिमार्जन गर्ने विषयलाई महत्व दिन्छ । नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा १९५० को सन्धिको पुनरावलोकनको कुरा गरेर निकै ठूलो बाजी मारेको भ्रम छर्छन् । यथार्थमा सो सन्धिका सम्पूर्ण धाराहरूको कार्यान्वयनमाा नेपालले आवाज उठाउनुपर्ने हो । किनभने यो सन्धिको पूर्ण कार्यान्वयन भनेको ‘ग्रेटर नेपाल’को पूर्णता हो । 

सन् १८१६ मा सुगौली सन्धि हुँदा भारतमा ‘ब्रिटिस–इण्डिया कम्पनी’ ले राज गरिरहेको थियो । नेपालले गरेको उक्त सन्धि भारतसित नभएर बेलायतसित हो । तैपनि नेपालका शासकहरूले यस विषयमा भारतसंग चुँइक्कसम्म गर्न सकेका छैनन् । नेपालभित्र मात्र होइन यस विषयमा भारतभित्रै (जहाँ नेपाली भाषीहरूको बाहुल्यता छ) ‘ग्रेटर नेपाल’को आन्दोलन चलिरहेको छ । 

सुगौली सन्धिका कारण नेपालको एक तिहाई भूभाग भारतमा गाभिएको छ । पुरानो नेपालको नक्सा अनुसार नेपालको सीमाना भूटान र बंगलादेशसंग जोडिएको छ । नेपाली पक्षले यस विषयमा भारतसंग कुनै कुरा राखेको छैन । सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्ने पा परिमार्जन गर्न भारत तयार भएको समाचारहरू प्रकाशमा आइरहेको बेला यसै सन्धिको प्रावधान टेकेर सुगौली सन्धिका विषयहरू पनि उठाइनुपर्ने आवाज उठिरहेको छ । सन् १९५० को सन्धिलाई पुनरावलोकन वा परिमार्जन गर्नासाथ स्वतः सुगौली सन्धिको प्रसंग आउने निश्चित छ । यसका यसका अतिरिक्त १९५० को शान्ति तथा मैत्री सन्धि गरेपछि भारतकै कारण नेपालले हालसम्म ६६ हजार हेक्टर भूमि गुमाउनु परेको छ । भारतले नेपालको २४ जिल्लाको ६१ स्थानमा सीमा मिचेको छ । भारतले पश्चिमको कालापानीमा एकै स्थानमा ३७ हजार हेक्टर भूमि मिचेको छ भने नवलपरासीको सुस्तामा १४ हजार हेक्टर भूमि हडपेको छ ।

सन् १९५० को सन्धिलाई दुवै देशको राजनीतिक तहले जति बढी महत्व दिए पनि नेपालले गुमाइरहेको आफ्नो भूमिका विषयमा भने चासो देखाइएको छैन । बरू वदलामा सुस्ता र कालापानी बाहेक बाँकी स्थानमा सीमा विवाद समाधान भएको भन्दै नयाँ नक्सा तयार गर्ने काम भयो । १९५० मा भएको शान्ति तथा मैत्री सन्धिले नेपाल कसरी ठगिएको छ ? नेपाल कुन क्षेत्रमा बढी पीडित छ ? भन्ने प्रश्नहरू अहिले मुलुकको राजनीतिक–बौद्धिक क्षेत्रले निकै चासो दिइरहेको विषय हो । विशेष गरेर नेपालको राजनीतिक क्षेत्रमा भारतको हस्तक्षेपको चर्चा अत्यधिक हुने गरेको सन्दर्भमा भारतको रेमिट्यान्स भित्रिने प्रमुख मुलुकहरूको सूचीमा नेपाल दशौं स्थानभित्र पर्दछ । भारतले नेपाललाई  जति अनुदान वा सहयोग दिन्छ त्योभन्दा धेरै नेपालबाट लैजान्छ । नेपाली युवाहरू रोजगारी नपाएर खाडीमा पसिना चुहाइरहेका बेला र नेपालको अर्थतन्त्र रेमिट्यान्सबाट धानिएरहेका बेला नेपाल भने भारतको रेमिट्यान्सको बार बनिरहेको छ । नेपालमा घरेलु कामदेखि कृषि, औद्योगिक मजदुर, निर्माण मजदुर लगायत सानोतिनो व्यापार व्यवसाय लगायत ठूला औद्योगिक प्रतिष्ठानहरूसम्म भारतीयहरूको संलग्नता रहेको छ । यसै भएर नेपाल भारतको आर्थिक स्रोतको प्रमुख मुलुकको रूपमा स्थापित भएको हो । विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रूपमा उपस्थित हुँदै गएको भारतको रेमिट्यान्स भित्रिने प्रमुख १० राष्ट्रहरूको सूचमा नेपाल रहनुको कम चिन्ताको विषय हैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
केही त थियो सुशील कोइरालामा (02.18.2016)
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन (12.01.2015)
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)
राष्ट्रियताका भाषण मात्रै कि काम पनि... (11.17.2015)
नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र (11.10.2015)
भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला (11.03.2015)
अब उठाऔं ग्रेटर नेपालको मुद्दा (10.27.2015)
अबको बाटो आत्मनिर्भरतातिर (10.06.2015)
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)
सुन्ने, सुनाउने र गराउने अन्तैका (09.15.2015)
सामान्य सम्वेदनशीलता पनि देखिएन (09.01.2015)
नेपाल बनाउने कि भत्काउने ? (08.26.2015)
कस्तो आउने हो संविधान ? (08.11.2015)
सरकारको गति र नेपालीको नियति (08.04.2015)
आफ्नो शक्ति देखाइदिए जनताले (07.28.2015)



 
::| Latest News

 
[Page Top]