युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 07.23.2019, 09:44pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
नेपाल विश्वमा अग्रणी छ महिला अधिकारमा
Tuesday, 03.15.2016, 02:13pm (GMT+5.5)

- यादब देवकोटा

नेपालको संविधान महिलाबिरोधी, महिलामाथि भेदभाव गरिएको भनेर अनेक आरोप लगाउँदै नेपालमा विग्रह सिर्जना गर्न लगानी गर्ने मुलुकहरूमा भने महिलाको स्थिति अत्यन्तै कमजोर रहेको छ । शिक्षा, स्वास्थ्य, राजनीतिक प्रतिनिधित्व, सामाजिक अभियानहरूमा महिलाको उपस्थिति ती देशमा नेपालकोभन्दा कम छ । नेपालका महिला अधिकारवादीहरू तिनै देशको पैसामा नेपालमा उधुम मच्चाउने गरे पनि ती देशमा महिलाको अवस्था के छ भन्ने जान्नै चाहँदैनन् । संसारको सबभन्दा शक्तिशाली र प्रजातान्त्रिक मुलुक अमेरिकामा महिलाको अवस्था कस्तो छ ? राजनीतिक रूपमा महिलालाई कस्तो स्थान छ र महिला सहभागिता कत्तिको छ ? यो एउटा अनुसन्धानको विषय छ ।

विश्वभर प्रजातन्त्र र मानवअधिकारका ठेकेदारी चलाउने अमेरिका भौगोलिक र जनसंख्याको हिसाबमा नेपालभन्दा कैयौं गुणा ठूलो छ । तर त्यही अमेरिकामा महिला सांसदको संख्या भने नेपालकोभन्दा ज्यादै न्यून छ । अमेरिकामा महिला सांसदको संख्या १९ प्रतिशत मात्र छ ।

त्यस्तै विश्वको सबभन्दा ठूलो लोकतन्त्र मानिने भारतमा लोकतन्त्रको अभ्यास भने नाजुक देखिन्छ । नेपालमा संविधानले महिला, आदिवासी, जनजातिलाई अधिकार नदिएको भनेर नाकाबन्दी गर्ने भारतमा पनि महिला जनप्रतिनिधिको उपस्थिति न्यून छ । सार्वजनिक तथ्यांक अनुसार भारत र अमेरिकामा नेपाल र पाकिस्तान र बंगलादेशका भन्दा कम महिला सांसद छन् । एक अर्ब ३० करोड जनसंख्या भएको भारतमा पौने तीन करोड जनसंख्या भएको नेपालकोभन्दा कम महिला सांसद हुनु दुःखको विषय हो ।

दक्षिण एसियामै महिला सांसदको कुरा गर्दा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालमा २९.५ महिला सांसद रहेका छन् भने भारतमा १२ प्रतिशत मात्र । नेपालको संविधान समावेशी र समानुपातिक भएन भन्ने भारतले ७ दशक अघि बनेको उसको संविधानले किन महिला सहभागिता बढाउने प्रयास गरेन । लोकतन्त्रको पाठ सिकाउने अरूले दिएको अधिकार आफ्नो मुलुकमा किन दिएन भन्ने प्रश्न उठेको छ । त्यस्तै कट्टर मुस्मिल मुलुक अफगानिस्तानमा २७.७ प्रतिशत महिला सांसद छन् भने एकतन्त्रीय शासन भएको चीनमा २३.६ प्रतिशत, पाकिस्तानमा २०, बंगलादेशमा २० र प्रतिशत मात्र सांसद छन् ।

यी तमाम विषयहरूका बावजूद नेपालमा महिला अधिकारको नारा खुबै घन्कने गरेको छ । मार्च ८ का दिन विश्वभरि महिला दिवस मनाइदै गर्दा नेपालमा पनि विविध कार्यक्रम भए । तर अहिलेसम्म महिला अधिकारको कुरा नारामुखी मात्र भैरहेको छ । महिलालाई पनि पुरूष सरह अधिकार दिनुपर्छ भन्नेमा कसैको विमति रहँदैन । मानवअधिकारको सम्मान गर्ने जोसुकैले भेदभाव सहन गर्न सक्दैनन् तर त्यस्तो अधिकारको वकालत भाषणमा मात्र बढी हुने गरेको नसुनिएको र नदेखिएको विषय होइन । छोरा र छोरीबीच भेदभाव गर्नु हुन्न भन्नेहरूले नै त्यस्ता व्यवहार प्रदर्शन गरिरहेका देखिन्छन् । महिलालाई खेलौनाका रूपमा मात्र हेर्ने प्रतिष्ठित व्यक्तिहरू पनि देखिएका छन् । यी सब सरकारी निकाय र अधिकारवादीहरूको कमजोरीको कारणले गर्दा हो । अहिलेसम्म जेजति भएको छ त्यसलाई कदर गर्दै आगामी दिनमा नेपाली दिदी बहिनीहरूको प्रतिष्ठा कसरी उच्च बनाउँदै समाजमा समान हैसियत कायम गराउने भन्ने विषयमा कमैको मात्र ध्यान गैरहेको छ । अहिले त महिला अधिकारको अनेक नारा र भाषणवाजी बढी मात्रामा हुने गर्दछ । महिला अधिकारवादीहरू महिलामाथि भएको भेदभावपूर्ण व्यवहारको खुलेर विरोध गर्दछन् । के त्यतिले नै समानता कायम हुन्छ त ? सोचनीय विषय नै यही हो ।

नेपाली संस्कृतिमा नारीको के भूमिका थियो र नेपाली समाजले नारीलाई कसरी हेरेको छ भन्ने प्रश्नको उत्तर पनि नेपालको संसदमा महिलाहरूको उल्लेख्य उपस्थितिले जनाउँछ । विकृति छन् र तिनको उपचार गर्नुपर्छ । तर, केही विकृतिलाई लिएर सांस्कृतिक र धार्मिक आस्था, विश्वास र राम्रा पक्षहरूको समेत आलोचना गर्दैै आयातित नाराको पछि कुद्नु राम्रो हैन । जव मानिस सांस्कृतिक रूपमा स्खलित हुन्छ तर उसको आफ्नो भन्ने केही पनि रहँदैन । समस्या उत्पन्न भएको छ भने त्यसलाई सुधार गर्ने हो । रोग लागेको अंगको उपचार गर्ने कि त्यो रोग बोक्ने शरीर नै मिल्काउने ? प्रश्न यति मात्र हो । नेपालको प्रचलित सांस्कृतिक, धार्मिक, व्यवहारिक दृष्टिले नारीलाई प्रशस्तै महत्व दिएको छ । समस्या यसको पालना हुन नसक्नु मात्र हो । त्यसको पालना गर्नसक्ने हो भने पूर्वका नारीले पश्चिमका नारा आयात गर्नु पर्दैन । आफ्नो मौलिक पहिचान गुमाएर अर्काको जडौरी भिर्न पनि पर्दैन । पूर्वमा पितृसत्ताभन्दा मातृसत्ताकै विशेषता पाइन्छ । घर गृहस्थीको वातावरण होस् वा सामाजिक संस्कारको पक्ष होस्, पर्यावरणको स्वच्छता होस् वा जीवनका अन्य पक्ष नारीलाई नै पूर्वले महान ठानेको छ । छोरीलाई अंश खोज्न सडकमा नारीले नारा लगाउनै पर्दैन । पूर्वीय संस्कृतिले सम्पत्ति मात्रै होइन परिवारको यश, कीर्ति र आयू तथा गौरब बढाउने श्रेय समेत नारीलाई नै दिएको छ । यसको एउटा उदाहरणा सांसदको संख्या पनि हो ।

हो, राजनीतिले भने महिलालाई अझै भेदभाव गरेको छ र भेदभावको नारा घन्काउँदै पश्चिमा संस्कृतिका पक्षपोषण गरेको छ । तर, त्यही पश्चिममा महिलाको अवस्था अहिले उजागर भएको छ । अमेरिकाको संसदमा महिला सांसदको संख्याको न्यून उपस्थितिले नै उजागर गर्दछ । हामी नै हौं ‘यत्रनार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ भनेर नारीको पूजा भएमा मात्र देवता रमाउने छन् भनेर भन्ने । अमेरिका र भारतकोभन्दा महिला सहभागिता बढी देखिए पनि त्यो संख्या अझै न्यून नै छ । किनभने नेपाली समाजमा महिला नै परिवार धान्ने भएकाले राष्ट्र पनि महिलाले नै हाँक्ने गरी अगाडि बढ्नु आवश्यक छ । यसका लागि महिला अग्रसरता पहिलो शर्त हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
दुई सय वर्षअघिको त्यो सन्धि (03.09.2016)
केही त थियो सुशील कोइरालामा (02.18.2016)
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन (12.01.2015)
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)
राष्ट्रियताका भाषण मात्रै कि काम पनि... (11.17.2015)
नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र (11.10.2015)
भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला (11.03.2015)
अब उठाऔं ग्रेटर नेपालको मुद्दा (10.27.2015)
अबको बाटो आत्मनिर्भरतातिर (10.06.2015)
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)
सुन्ने, सुनाउने र गराउने अन्तैका (09.15.2015)
सामान्य सम्वेदनशीलता पनि देखिएन (09.01.2015)
नेपाल बनाउने कि भत्काउने ? (08.26.2015)
कस्तो आउने हो संविधान ? (08.11.2015)
सरकारको गति र नेपालीको नियति (08.04.2015)



 
::| Latest News

 
[Page Top]