युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 01:20pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
युरोपको आँखामा किन फुलो प¥यो ?
Tuesday, 04.12.2016, 01:28pm (GMT+5.5)

- यादब देवकोटा

सन्यासी र हिन्दु धर्म–संस्कृति तथा परम्पराको अनुयायी र संरक्षकका रुपमा आफूलाई विश्वभर चिनाउन चाहने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक चरित्र त्यस्तो छैन । भाषणमा ‘वसुदैभ कुटुम्बकम्’ भन्ने मोदी व्यवहारमा छिमेकीहरुलाई सधैं सकसमा पारेर आफ्नो स्वार्थ पूरा गर्न तल्लिन छन् । उनी संसारले भारतकै आँखाबाट नेपाललाई हेरोस् भन्ने चाहन्छन् । नेपाललाई तपोभूमि र ऋषिमुनीहरुको भूमि भन्दै नेपाली जनताको मनजित्ने मोदी यतिबेला नेपालमा सर्वाधिक आलोचित छन् । अझ नाकाबन्दीपछि त उनको छवि पूरै धमिलियो । तैपनि मोदी नेपालमाथि प्रहार गर्न छोड्दैनन् । उनी जहाँ पुग्छन् नेपालको संविधानमाथि विषवमन गर्न पुग्छन् । अनि विश्वका शक्ति मुलुकहरु पनि त्यसैको पछि लाग्छन् ।

पछिल्लो समय यस्तै भयो । युरोपेली मुलुकहरुले भारतसंग संयुक्त विज्ञप्ति जारी गरेर संविधान अपूर्ण रहेको बताए । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सम्बन्ध नयाँ उचाईमा पुगेको र असमझदारी हटेको भनिए पनि तिनै मोदी युरोप पुगेर फेरि बौलाए । अनि यिनै बौलाहा मोदीको पछि लागेर युरोपेली यूनियनले पनि सहीछाप ग¥यो । पछि सरकारले स्पष्टिकरण मागेपछि कतिपय युरोपेली मुलुकले नेपालको संविधान विश्वकै प्रगतिशील संविधान हो भनेर विज्ञप्ति जारी गरे । आखिर किन युरोपको आँखामा फूलो प¥यो र मोदीको आँखाले नेपालको संविधान अपूरो रहेको देख्यो ? त्यसो त उनीहरुको पूरै चाहना पूरा भएको छैन । भारत नेपालमा हिन्दु राष्ट्र चाहन्थ्यो, त्यो पूरा भएन । युरोप धर्म निरपेक्ष चाहन्थ्यो त्यो पूरा भयो । बाँकी जातीय राज्य थियो, त्यो पूरा भएन । यस्तोमा उनीहरुको संयुक्त विज्ञप्ति कसको आकांक्षाका बिरुद्ध आएको हो ? त्यो विज्ञप्ति जारी गर्नेले नै बुझ्ने कुरा हो ।

भारत र ईयुको संयुक्त विज्ञप्तिमा नेपालको भूकम्पपछिको पुनःनिर्माणको काममा सघाउने प्रतिबद्धता पनि जनाइएको छ । यो काखमा राखेर घाँटी रेट्ने नीति हो । मुख्य कुरा ऐतिहासिक रुपमा जारी भएको संविधानका कमजोरी केलाउँदै हिंड्नुको अर्थ नेपालमाथि हस्तक्षेप बढाउने रणनीति नै हो । संसारको कुन देशको संविधानले शतप्रतिशत नागरिकलाई खुसी तुल्याएको छ । ६ दशकअघि जारी भएको भारतको संविधान कतिपटक संशोधन भयो । यो अवधिमा कतिवटा प्रान्तको जन्म भयो, अझै कति टुक्रिने क्रममा छन् । यो यथार्थ नबुझेर भारतले मधेशवादीहरुको मागलाई मात्र उच्च प्राथमिकता दिएर विश्वका शक्ति समूहहरुसंग लविङ गर्नु नेपालको लागि सुखद सन्देश हैन । विश्वको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतका लागि सुहाउने कुरा हैन ।

युरोप पुगेर भारतका प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा व्यक्त गरेका धारणाको उल्लंघन गरेका छन् । यसको कारण स्पष्ट छ, नेपालले चीनसंग बढाएको मित्रताको नयाँ हात । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको व्यापार तथा पारवहन सम्झौताले भारत तिल्मिलाएको छ । त्यसैले एकाएक इयुसंगको वक्तव्यमा नेपालको संविधान अपूर्ण रहेको विज्ञप्ति आयो । यो नेपाललाई भारतनिर्भरको बाटोबाट उम्कन नदिने, नेपालको विकास रोक्ने षड्यन्त्र मात्र हो । हस्तक्षेप हो, नेपालको स्वाधीनतामाथिको प्रहार हो । होइन भने प्रधानमन्त्री ओलीको भ्रमणका बेला भारतले मधेशवादीलाई ‘संविधानलाई हाम्रो स्वागत छ, असन्तुष्टहरु पनि अब मिलेर अगाडि बढ्’ भन्ने  सन्देश दिनु र अहिले अपूर्ण रहेको भन्दै वक्तव्य आउनुको कारण के हो ? चीनसँग भएको सम्झौतालाई लिएर भारतको बौद्धिक जगतले ठूलो आलोचना गरे । प्रधानमन्त्री ओलीलाई ‘महेन्द्रपथ’मा हिंडेको आरोप लगाए । तत्कालीन राजा महेन्द्रले भारतको एकाधिकार समाप्त गर्दैै चीनसंग मित्रता र विकासका लागि जुन सहयोग लिन सफल भएका थिए त्यो ऐतिहासिक थियो । कोदारी राजमार्ग बनाउने बेलामा भारतले ‘चीनबाट कम्युनिष्ट भित्रिन्छ, तिमीलाई खतरा हुन्छ’ भन्दा राजा महेन्द्रले ‘कम्युष्टि मोटर चढेर आउँदैनन्’ भन्ने जवाफ दिएका थिए ।

भारतले नेपालको संविधान अपूर्ण छ भन्नुको खास मतलब मधेशवादीहरुको सबै माग पूरा नभएको हो भन्ने बुझ्न गाह्रो छैन । मधेशवादीका सबै माग पूरा गराउँदा भारतलाई लाभैलाभ मात्र छ । त्यो लाभ भनेको पानीमाथिको एकाधिकार हो । भारतको स्वार्थ पानी हो र त्यही पानी हत्याउन मधेश बाहुल्य क्षेत्रमा प्रमुख नदीहरु परोस् भन्ने चाहना कायमै राखेको छ । कोशी, कर्णाली, महाकाली नदी भारतको चासो हो । वृहन नदीजोड योजना भारतको महत्वकांक्षी परियोजनालाई पूरा गर्न यी नदीहरुका क्षेत्रमा आफ्ना गुलामहरुलाई स्थापित गराउनु भारतको चाहना हो ।

अनि भारतलाई आफ्नो ठूलो बजार ठान्ने पश्चिमाहरु भारतकै लहैलहैमा लागेर उसकै आँखाले नेपाललाई हेर्ने गरेका छन् । जातीय र धार्मिक विषयमा भारत र पश्चिमाको कुरा मिल्दैन । त्यसो त नेपालभित्रै पनि जातीय राज्य, एक मधेश एक प्रदेश, धर्मनिरपेक्षता जस्ता विषयहरु जनताको मञ्जुरी छैन । संविधानमाथि सुझाव लिने क्रममा पनि यी सुझाव प्राप्त भएका थिए, तर पश्चिमाको दवावकै कारण धर्मनिरपेक्ष शब्द हटाउन नसकिएको संविधान बनाउन सक्रिय हुनेहरु नै बताइरहेका छन् । भारतको असन्तोष त्यसैमा हो भन्नेहरुको पनि कमी छैन । मधेशवादी दलको माग त एउटा बहाना मात्र हो भन्नेहरु धेरै नै छन् । तर, जे भए पनि नेपालको संविधान नेपालीले बनाएको हो । धर्मनिरपेक्ष वा सापेक्ष, जातीय ापहचिान वा सामथ्र्यको आधारमा प्रदेशहरुको निर्माण, त्यो नेपालीको चासो र चिन्ता हो । यी विषयहरुमा विदेशीहरुले खुल्लमखुल्ला बोल्नु हस्तक्षेप मात्रै हो । एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकबिरुद्धको खेल हो, अघोषित युद्धको हुँकार हो ।

भारत र पश्चिमाबीच आआफ्नो स्वार्थ बाझेको देखिए पनि एकस्वरमा नेपालको संविधान अपूर्ण रहेको विज्ञप्ति निकाल्नुको खास कारण नेपालमा चीनको प्रभावशाली उपस्थिति हो । यी दुबै समूह नेपाल प्रयोग गरेर चीनलाई कमजोर तुल्याउन चाहन्छन् । तर, यसपटक चीनले नेपालले चाहेजति सबै सहयोग गर्न सम्झौता नै गरिदिएपछि भारत र पश्चिमा तिल्मिलाउनु अस्वाभाविक हैन ।

यी तमाम घटना विवरणपछि उठ्ने प्रश्न भनेको अब नेपालले के गर्नुपर्छ र नेपालमाथि के कस्तो विपत्ति आइपर्नसक्छ भनेर होसियार र चनाखो हुनु नै हो । फेरि कुनै पनि बेला अघोषित नाकाबन्दी लाग्छसक्छ, तराईलाई आधार बनाएर हिंसा भड्काउने षड्यन्त्र हुनसक्छ । यी सब हुनु भनेको नेपालको राष्ट्रिय स्वाधीनता कमजोर पार्नु हो । घटनाक्रमहरुको सूक्ष्म विश्लेषण गर्ने हो भने नेपाल इतिहासमै सबैभन्दा ठूलो खतराको मोडमा पुगेको छ । यदि यस्तो अवस्था पुनः सिर्जना भएमा नेपालले भारतको कुनियतको भण्डाफोर गर्दै आफ्नो अधिकार रक्षाका लागि संघर्ष गर्नुको विकल्प छैन । 


Rating (Votes: )   
Share     Print


Other Articles:
भारतको शीतयुद्धकालीन आँखा (03.29.2016)
नेपाल विश्वमा अग्रणी छ महिला अधिकारमा (03.15.2016)
दुई सय वर्षअघिको त्यो सन्धि (03.09.2016)
केही त थियो सुशील कोइरालामा (02.18.2016)
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन (12.01.2015)
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)
राष्ट्रियताका भाषण मात्रै कि काम पनि... (11.17.2015)
नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र (11.10.2015)
भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला (11.03.2015)
अब उठाऔं ग्रेटर नेपालको मुद्दा (10.27.2015)
अबको बाटो आत्मनिर्भरतातिर (10.06.2015)
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)
सुन्ने, सुनाउने र गराउने अन्तैका (09.15.2015)
सामान्य सम्वेदनशीलता पनि देखिएन (09.01.2015)
नेपाल बनाउने कि भत्काउने ? (08.26.2015)



 
::| Latest News

 
[Page Top]