युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 07.23.2019, 08:57pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
जनताको आँखामा छारो हाल्दै सरकार
Friday, 04.22.2016, 02:09pm (GMT+5.5)

- यादब देवकोटा

विनाशकारी भूकम्प गएको एक वर्ष पूरा हुँदा पनि जनताले आवास बनाउन पाएका छैनन् । जनतालाई कसरी छिटो र सरल तरिकाले अनुदान उपलब्ध गराउने भन्नेतिर नलागी सरकार भने भूकम्प गएको दिनलाई उत्सव र महोत्सव बनाएर जनताको आँखामा छारो हाल्ने तयारीमा छ । जनतालाई राहतको प्याकेज दिनुको साटो सरकारले वैशाख १२ गतेका दिन अर्को घोषणा गर्ने तयारी गरिरहेको छ । माघ २ गते भूकम्प दिवसको अवसरमा राष्ट्रिय पुनःनिर्माण महाअभियान भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरी र बुङमतीबाट पुनःनिर्माण आरम्भ गरे पनि त्यसपछिको गति शून्य छ । यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तयारी परामर्श बैठकले वैशाख १२ गते मुलुकलाई भूकम्पपछिको पुनःनिर्माणको चरणमा प्रवेश गरेको सन्देश प्रवाह गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 

सरकारले राहत उपलब्ध समयमै नगराएपछि आक्रोशित र चिन्तित जनतालाई फकाउने शैलीमा प्रचार सामग्री जस्तै काम गर्ने तयारी छ वैशाख १२ गते । अहिले सरकारले काम गर्न नसकेको हो कि सम्बन्धित जिम्मेवारी लिएकाहरुले काम नगरेको त्यो समीक्षाको विषय छ । पर्याप्त पूँजी हुँदा पनि टहरामा बसेका पीडितलाई छानामुनि ल्याउन नसक्नुको दोष सरकारकै हो । यी विषयहरुमा कडाईका साथ अघि बढ्नुको साटो सरकार गृह मन्त्रालयको आयोजनामा वैशाख १२ गते बिहान धरहरामा जम्मा भएर भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धान्जलि तथा सोही दिन साँझ तिनको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गर्ने कार्यक्रम गर्ने निर्णयमा पुगेको छ ।

त्यसो त विनाशकारी भूकम्पबाट दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना राज्यस्तरबाट गरिन र सो कार्यक्रममा धेरैभन्दा धेरै जिल्लामा समन्वय समितिलाई क्रियाशील बनाएर भूकम्पसँग जोडिएका विभिन्न कार्यक्रम सञ्चालन गर्नु आफैंमा राम्रो काम हो । तर, सोसंगै राहत र अनुदानको काम पनि अगाडि बढे पीडितलाई साँच्चै साहत हुने थियो । त्यसो त वैशाख १२ गते भूकम्प प्रभावित १४ जिल्लाका  ३८६ गाविसमा को कसले अनुदान प्राप्त गर्नसक्ने हो त्यसको सूचि प्रकाशित गर्ने र अनुदान सम्झौता गर्ने तयारी सरकारको छ ।

भूकम्प पीडितलाई समयमै राहत र अनुदान उपलब्ध गराउन असक्षम रहेको सरकारले अब कसरी अघि बढ्ने र भूकम्पबाट विपत्तिमा परेका छ लाख भन्दा बढी परिवारका आवास बनाउनका लागि उपलब्ध गराउने रकम उपलब्ध गराएर पुनःनिर्माणको काम छिटो सम्पन्न गर्न चाल्नुपर्ने कदमका बारेमा योजना बनाउँदै गरेको छ । यहाँ आश्चर्यको कुराा के छ भने सबै संयन्त्रको गठन भैसक्दा पनि किन पीडित जनताको आँगनमा पुगेन ? यो चाहिं पत्ता लगाउनुपर्ने विषय हो ।

यस विषयमा प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया पुनःनिर्माणको काम भूकम्प प्रतिरोधी, दिगो, दरिलो, भरपर्दाे बनाउन र भावी पुस्तालाई अहिलेको पुस्ताले व्यहोर्नु परेको नोक्सानी खेप्न नपरोस् भन्ने ढङ्गबाट कामअघि बढिरहेको बताउँदै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको काममा भइरहेको ढिलाइलाई कसरी गतिशील तुल्याउने र जनअपेक्षाअनुरुप गराउने भन्ने विषयमा छलफल गरिरहेको बताउनुहुन्छ ।

सरकारले जनताको घर बनाउन दिने भनेको अनुदान बल्ल दोलखाबाट सुरु भएको छ । दुईदर्जन जिल्ला अति प्रभावित भए पनि उपत्यकामा अहिलेसम्म क्षतिको तथ्यांक लिने काम समेत भएको छैन । पुनःनिर्माण प्राधिकरण कर्मचारीको अभावमा काम नै अघि बढाउन सकेको छैन । गाविस सचिवहरु अतिरिक्त सुविधाको माग गर्दै पुनःनिर्माणको काममा नसघाउने धम्की दिइरहेका छन् । यस्तोमा सरकार भने जनताको आँखामा छारो हाल्ने काम मात्रै गर्दैन । 

भूकम्पपछिको पुनःनिर्माणका लागि भनेर नेपालका मित्रराष्ट्र तथा दाताहरुले ४ सय अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता अघिल्लो वर्षको असारमा गरे भए पनि त्यो रकम ल्याउने गरी कार्ययोजना बन्न सकेको छैन । दाताहरुले पुनःनिर्माणको काम छिटो सुरु गर्न दवाव दिइरहे पनि सरकारी अक्षमता र राजनीतिक दाउपेचले गर्दा जनता यो वर्ष पनि सुरक्षित घरमा बस्न पाउने स्थितिमा छैनन् । अघिल्लो वर्षको वर्षायाम र जाडो अत्यन्त कष्टसंग बिताएका भूकम्प पीडितले यो वर्षको वर्षा पनि त्यसरी नै बिताउनुपर्ने स्पष्टै देखिएको छ । तैपनि सरकार दीप प्रज्वलन र शोकसभा गरेर जनताको आँखामा छारो हाल्ने मेसोमा मात्रै छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
युरोपको आँखामा किन फुलो प¥यो ? (04.12.2016)
भारतको शीतयुद्धकालीन आँखा (03.29.2016)
नेपाल विश्वमा अग्रणी छ महिला अधिकारमा (03.15.2016)
दुई सय वर्षअघिको त्यो सन्धि (03.09.2016)
केही त थियो सुशील कोइरालामा (02.18.2016)
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन (12.01.2015)
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)
राष्ट्रियताका भाषण मात्रै कि काम पनि... (11.17.2015)
नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र (11.10.2015)
भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला (11.03.2015)
अब उठाऔं ग्रेटर नेपालको मुद्दा (10.27.2015)
अबको बाटो आत्मनिर्भरतातिर (10.06.2015)
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)
सुन्ने, सुनाउने र गराउने अन्तैका (09.15.2015)
सामान्य सम्वेदनशीलता पनि देखिएन (09.01.2015)



 
::| Latest News

 
[Page Top]