युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 07.23.2019, 09:09pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
अब पनि अब जे गर्छ भारतले गर्छ ?
Tuesday, 05.17.2016, 11:17am (GMT+5.5)

- यादब देवकोटा

नेपालको राजनीतिमा भारतको हस्तक्षेप जगजाहेर विषय हो । पछिल्लो समय केपी ओली नेतृत्वको सरकार अपदस्थ गर्न भारतले खेलेको खेल र त्यसलाई साथ दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल जसरी लागे त्यसले भारत नेपालमा के चाहन्छ र कस्तो सरकार चाहन्छ भन्ने पुनः देखाइदियो । भारत नेपाल आत्मनिर्भर हुने दिशातिर लाग्यो कि अबरोध सिर्जना गर्न उद्यत हुन्छ । उसको स्वार्थ विपरीतका कुनै पनि काम हुन नदिन कम्मर कसेर लाग्छ । संविधानसभाले संविधान जारी गरेदेखि नेपाल र भारतको सम्बन्धमा दरार उत्पन्न भएको छ । भारतले लगाएको नाकाबन्दीपछि नेपाल चीनतिर ढल्किएको भन्दै भारतले ठूलो हौवा खडा गरेको छ ।

नेपालमाथि भारतको हस्तक्षेप अहिले मात्र हैन, सात दशक अघिदेखि नै हो । २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि नै भारत नेपालको सत्तामा हालिमुहाली चाहने र त्यसका लागि कहिले कसलाई कहिले कसलाई उचाल्ने गर्दैआएको थियो र त्यो अद्यपि छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहाससंगै सत्ता र शक्तिका लागि लिइने भारतको आड भरोसाका बारेमा अनेक सन्दर्भहरू प्रकाशमा आएका छन् । तर, ती विवरणहरू पूर्वाग्रहप्रेरित पनि छन् । लेखकहरूले आआफ्नो आस्था र आबद्धताका आधारमा घटनाक्रम जोड्ने र मोडने गरेका छन् ।

पृथ्वीनारायण शाहको एकीकरण, जंगबहादुरको सत्ता कब्जा, २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०१७ सालको पञ्चायतको जन्म, २०४६ को पुनः प्रजातन्त्र स्थापना, २०६३ को लोकतन्त्र हुँदै अहिलेको संघीय गणतन्त्रसम्म आइपुग्दा भारत नै भारत देखिने गरेको छ । यसको कारण भारत मात्र कति अनि नेपाली नेताहरूको भूमिका कति ? यो असाध्यै महत्वपूर्ण प्रश्न हो र यसको उत्तर सजिलो छैन । 

नेपालमा भएको जुनसुकै राजनीतिक परिवर्तनको स्वामित्व भारतले लिने गरेको छ । २००७ सालको होस् वा २०१७, २०४६ होस् वा २०६३– भारतकै साथ र सहयोगमा भएका सहमति र सम्झौताबाट परिवर्तन भएका छन् । अनि यी परिवर्तनहरूपछि मुलुकको स्वाधीनता र सार्वभौमसत्तामाथि भारतको नियन्त्रण नै हुने गरेको छ । अहिले सन्दर्भ उठेको छ तत्कालीन राजा महेन्द्र अनि वर्तमान प्रधानमन्त्री केपी ओलीको ।

राजा महेन्द्रले भारतको निर्णायकत्व हटाएर नेपाललाई स्वाधीन र स्वतन्त्र राष्ट्रका रूपमा विश्वमाझ चिनाएका थिए, विकास–निर्माणलाई जोड दिएर भारत बाहिरको सहयोग भित्र्याएका थिए । महेन्द्रको उदय हुनुअघि प्रजातान्त्रिक मुलुकमा भारतको दवदवा थियो । नेपालको विकासका लागि चीनले दिन चाहेको सहयोग समेत लिन नसक्ने सरकार त्यतिबेला थियो । मुलुकमा संसदीय निर्वाचनपछि चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले नेपाल भ्रमणका क्रममा तत्कालिन प्रधानमन्त्री विपी कोइराला समक्ष कोदारी मार्ग निर्माणको प्रस्ताव राखेका थिए । विपीको चीन भ्रमणका क्रममा समेत उनले सोही प्रस्ताव दोहो¥याएका थिए । दुबै पटक विपीले चाउको प्रस्ताव ठाडै अस्वीकार गरिदिएका थिए । सोही प्रस्ताव महेन्द्रसमक्ष राखिँदा स्वीकृत भएको थियो ।

महेन्द्रको प्रजातन्त्र मास्ने कदम आलोच्य विषय हो, तर उनले देश विकासका लागि गरेको कामहरू आलोचनाको विषय पक्कै हैन । तर प्रजातन्त्र र निरंकुशताको विषय आउँदा वीपी र महेन्द्र नै जोडिने र वीपी महान नायक अनि राजा महेन्द्रलाई खुँखार खलनायकका रूपमा प्रस्तुत गरिन्छ । यथार्थमा महेन्द्र र वीपी दुबै नायक नै थिए । वीपीको प्रजातान्त्रिक चेत र जीवनको उत्तराद्र्धमा पलाएको राष्ट्रियको धारणाले उनलाई अन्ततः राष्ट्रवादी नेता बनायो । तर, जतिबेला वीपी इन्दिरा गान्धीबाट दपेटिए उनी राष्ट्रिय मेलमिलापको नीति बोकेर आएका हुन् । 

राजनीतिक विश्लेषकहरू केसम्म भन्छन् भने विकास र राष्ट्रियतामा लगभग समान दृष्टिकोण महेन्द्र र वीपीमा थियो । यी दुई महानायकहरू एक ठाउँमा उभिएर संगसंगै हिंडेका भए मुलुकको कायापलट हुने थियो । यी यथार्थ बुझेर दुबैलाई भारतले खेलायो, एक अर्काप्रति उपयोग ग¥यो । अहिले पनि भारतले त्यही गरिरहेको छ । कहिले कसलाई त कहिलेकसलाई उचालेर खेलिरहेको छ ।

संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी असफल भयो । यससंगै भारत नेपाल मामिलामा असफल भयो । दक्षिण एसिया पार गरेर भारत नेपालको संविधानमाथि विषवमन गरिरहेको छ । वर्तमान सरकारको राष्ट्रियताप्रतिको अडानले भारत झस्किएको छ । उसले सरकार बदल्न खेलेको खेल असफल भैसकेको अवस्थामा भावी दिनमा कस्ता षड्यन्त्र गर्छ र को–कसलाई उपयोग गनै त्यो भने हेर्न बाँकी नै छ । प्रधानमन्त्री ओली ‘महेन्द्रपथमा हिंडेको’ आरोप एकथरिले लगाइरहेका छन् । के ओली साँच्चै महेन्द्रपथमाा हिंड्न सक्लान ? यो प्रश्नको उत्तर भने समयले नै दिनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
असोज तीन गते ‘कु’ हुने थियो ? (04.27.2016)
जनताको आँखामा छारो हाल्दै सरकार (04.22.2016)
युरोपको आँखामा किन फुलो प¥यो ? (04.12.2016)
भारतको शीतयुद्धकालीन आँखा (03.29.2016)
नेपाल विश्वमा अग्रणी छ महिला अधिकारमा (03.15.2016)
दुई सय वर्षअघिको त्यो सन्धि (03.09.2016)
केही त थियो सुशील कोइरालामा (02.18.2016)
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन (12.01.2015)
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)
राष्ट्रियताका भाषण मात्रै कि काम पनि... (11.17.2015)
नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र (11.10.2015)
भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला (11.03.2015)
अब उठाऔं ग्रेटर नेपालको मुद्दा (10.27.2015)
अबको बाटो आत्मनिर्भरतातिर (10.06.2015)
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)



 
::| Latest News

 
[Page Top]