युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
अबको समय पानी संरक्षण
Tuesday, 08.09.2016, 12:03pm (GMT+5.5)

- यादब देवकोटा

मुलुकमा जलविद्युतको ठूलो हुण्डरी पिटिएको छ । हरेक सरकारले निश्चित अवधिमा यति हजार मेगावाट जलविद्युत उत्पादन गर्ने भन्दै नारा घन्काउँछन् तर अवस्था कस्तो छ भने मध्य वर्षामा समेत लोडसेडिङ बढाउनु परिरहेको छ । दशौं हजार मेगावाटका आयोजनाहरू भारतले ओगटेर बसेको छ । कति आयोजनामा अबरोध सिर्जना गरिरहेको छ ।  भारतको हातमा रहेका ठूला आयोजनाहरूको काम नै अघि बढ्न सकेको छैन । दुई दशक अघिको महाकाली सन्धि अनि पञ्चेश्वर परियोजनाको काम पनि त्यस्तै छ । साँढे पाँच हजार मेगावाट विद्युत उत्पादनन हुने ‘पञ्चेश्वर बहुउद्देश्यीय परियोजना संचालन गर्ने प्रक्रिया अघि बढाएको समाचार पटकपटक सार्वजनिक भए पनि ठोस गति लिन सकेको छैन । 

अहिले पुनः भारतको सक्रियता बढ्ने संकेत देखिएको  छ । भारतीय संचार माध्यम तथा बुद्धिजीवीहरुले वर्तमान सरकार भारतमैत्री भएको दावी गर्दैआएका बेला विकासको नाममा अर्को नदी  भारतले हातपार्ने त हैन भन्ने चिन्ता थपिएको छ । समय फेरिएको छ । विजुलीको विकल्प छ, तर पानीको छैन । नेपालमा राजनीतिक हस्तक्षेपको शृङ्खला चल्नुमा भारतको जल स्वार्थ प्रमुख हो भन्ने जोसुकैले बुझेका छन् । भारतलाई नेपालको बिजुली हैन पानी चाहिएको छ । त्यसैले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको नाममा महाकाली सन्धि गरेको भारतले नेपाललाई विद्युत दिन नभएर नदी ओगटेर बस्ने र आफूलाई चाहिएको बखत उच्च बाँध बाधेर आफूतिर मनग्गे पानी लैजाने योजना मात्रै हो । भारतको दीर्घकालीन योजना ‘नदी जोड’लाई कार्यान्वयन गराउने गृहकार्यका रुपमा कोशी उच्च बाँध, महाकाली, पञ्चेश्वर जस्ता आयोजनाहरूलाई लिएको छ । यी आयोजनाहरूमार्फत नेपाललाई नाम मात्रको विजुली र सिंचाई सुविधा प्राप्त हुने र वास्तविक लाभ भारतले लिने निश्चितै छ । अहिले हामी सवैको प्राथमिकतामा विजुली मात्र परेको छ । जीवनदायिनी पानीको सवालमा कमैले मात्र चासो राखेका छन् । अझ सरकारी निकायको ध्यान त कसरी नदी बेचेरै भए पनि राजस्व संकलन गर्ने भन्ने मात्र छ । 

भारतको विशाल भूमि मरुभूमिकरण हुँदैछ । भिमकाय जनसंख्याको मारमा परेको भारतले जतिसुकै आर्थिक उन्नति गरे पनि त्यहाँको गरिबीमा टसको मस भएको छैन । यसका लागि खाद्यान्न उत्पादनमा विशेष जोड दिनु परेको छ भने सुख्खाग्रस्त क्षेत्रका जनतालाई खानेपानी उपलब्ध गराउनु अर्को वाध्यता रहेको छ । यसको एकमात्र विकल्पका रुपमा नेपालका नदीनालाहरू रहेका छन् । यिनै नदीहरूको एकलौटी दोहन गरेर आफ्नो आकांक्षा पूरा गर्ने अभियानमा भारत छ । महत्वकांक्षा दीर्घकालीन नदीजोड योजना यसैको एउटा कडी हो । यसका लागि नेपाली शासकहरूलाई फकाएर, डराएर जे गरेर भए पनि आफ्नो अभीष्ट पूरा गर्ने अभियानमा भारत छ । ‘मेघा प्रोजेक्ट’को नाममा पनि नदीजोड योजनालाई टेवा पुग्ने काम हुनेछ । अर्कोतिर तराईमा बाँधिएका गैरकानुनी बाँधहरू यसैको अंश हो । भारत नेपाललाई आफ्नो जलभण्डारमा परिणत गरेर आफ्नो आवश्यकता पूरा गर्ने षड्यन्त्रकारी अभियानमा छ । 

भारतले बनाएका बाध बिरुद्ध जनता जागेका छन् । सप्तरीको तिलाठी घटनाले भारत र भारतका दाससरहका नेपालका नेताहरूलाई ठूलो पाठ भएको छ । नेपाल जस्ता जलस्रोतमा धनी मुलुकहरूले आफ्नो स्पष्ट दृष्टिकोण र योजना बनाएर अघि बढ्ने हो भने यो शताब्दी हामीहरूकै हुनेमा कुनै शंका छैन । जसरी खाडी मुलुकहरूले तेल व्यापारबाट आफूलाई समुन्नत गराए त्यसै गरी नेपालले पनि जल व्यापारबाट आफूलाई समुन्नत गर्न सक्छ । तर यसका लागि स्पष्ट दृष्टिकोण र काम गर्ने इच्छाशक्ति चाहिन्छ । हामी अहिले हाम्रो आवश्यकता विद्युतलाई मात्र मानिरहेका छौं तर यो प्राथमिकताको दोस्रो सूचिमा पर्दछ । पहिलो प्राथमिकता पानीको सुरक्षा हो । 

विद्युत आयोजनाका नाममा नदीमाथिको अग्राधिकार गुमाउँदै जाने हो भने जलस्रोतका धनी मुलुकका जनता खानेपानीको अभावमा छटपटिनुपर्ने अवस्था आउने छ र हाम्रो दैनिकी अरुको दानकै भरमा मात्र चल्ने दिन आउनेछ । एक बोतल पानीका लागि दिनभर लाइन लाग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । नेपाली जनतालाई अध्यारोमै राखेर भारतमा विजुली बेच्ने आयोजनाहरूको सम्झौता गर्ने सरकारले जनताको खेतबारीमा सिंचाई सुविधा दिने र घरघरमा खानेपानीको धारा जडान गर्ने उपायको खोजी गरेको छैन । एउटा नदीबाट खानेपानी, विद्युत र सिंचाईका साथै माछापालन लगायत बहुआयोजनाका रुपमा अब कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता छ । 

विश्वमा देखिएको मौसम परिवर्तन र तापमान वृद्धिले नेपाल जस्ता हिमाली देशहरू अत्यधिक प्रभावित भैरहेका छन् । भूमिगत जलका स्रोतहरू सुक्दै गएका छन् । पानीको मुहान मानिने क्षेत्रमा समेत घर निर्माण भएर गाउँघरहरू अहिलेदेखि नै मरुभूमिकरणको दिशामा उन्मुख छन् । यस दिशातिर न जलस्रोतविद्हरूको ध्यान पुगेको छ न त सरकारी निकायको नै । विकास निर्माणको नाममा गरिएको अन्धाधुन्द विनाशले प्राकृतिक सन्तुलन नै खलबलिने अवस्था सिर्जना भैरहेको छ । एकातिर जनतालाई खानेपानी उपलब्ध गराउन सकिएको छैन भने अर्कोतिर भयभरका नदी नालाहरू भारतलाई सुम्पेर विद्युतका नाममा भारतलाई नदी सुम्पने र आफ्नो आँगनबाट बगेको नदीको पानी आफैंले टुलुटुलु हेरेर तिर्खा मेट्न नसक्ने अवस्थाको सिर्जना नेपालीका लागि हुँदैछ । 

अहिलेको विश्व पानीका लागि द्वन्द्व गर्दैछ । भारतले नेपालप्रति देखाइरहेको रवैया यसैको संकेत हो । भारतका लागि नेपालको विद्युत होइन पानी चाहिएको छ । अहिलेको विश्वमा विद्युतभन्दा पनि खानेपानीको महत्व बढ्दै गएको छ । विद्युतको विकल्प प्रशस्तै छन् । वायु, अणु, सौर्य लगायत थुप्रै स्रोतबाट विद्युत उपलब्ध गर्न सकिन्छ । तर पानीको विकल्प छैन । त्यही विकल्परहित पानीको हामीले महत्व बुझ्न सकेका छैनौं । ७ हजारभन्दा बढी खोलानालाहरूबाट अथाह बगिरहेको पानीलाई सदुपयोग गर्नेतिर हाम्रो ध्यान पटक्कै गएको छैन । नेपालको पानी अरबको तेलभन्दा महत्वपूर्ण छ तापनि यसको सदुपयोगको त कुरै छाडौं जोगाउनेतिर समेत ध्यान पुग्न सकेको छैन । यदि हामीले जलविद्युत उत्पादनको नाममा भारतलाई सबै नदीनाला सुम्पने हो भने त्यो नेपालका लागि अभिषाप बाहेक केही हुने छैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रघातको इतिहास नदोहोरियोस् (07.26.2016)
लोकतान्त्रिक व्यवस्थामा लोकमतको उपेक्षा (07.19.2016)
नेपालभित्रै आएर भुटानीकरणको चाहना (07.14.2016)
मनलाग्दो गर्न पायौं तर .... (06.21.2016)
कहाँबाट छिर्छन् नेपालमा आतंकवादी ? (06.14.2016)
अब पनि अब जे गर्छ भारतले गर्छ ? (05.17.2016)
असोज तीन गते ‘कु’ हुने थियो ? (04.27.2016)
जनताको आँखामा छारो हाल्दै सरकार (04.22.2016)
युरोपको आँखामा किन फुलो प¥यो ? (04.12.2016)
भारतको शीतयुद्धकालीन आँखा (03.29.2016)
नेपाल विश्वमा अग्रणी छ महिला अधिकारमा (03.15.2016)
दुई सय वर्षअघिको त्यो सन्धि (03.09.2016)
केही त थियो सुशील कोइरालामा (02.18.2016)
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन (12.01.2015)
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)
राष्ट्रियताका भाषण मात्रै कि काम पनि... (11.17.2015)



 
::| Latest News

 
[Page Top]