युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
नेपाली युवाहरुको यथार्थता र युवा दिवस
Tuesday, 08.16.2016, 12:26pm (GMT+5.5)

- यादब देवकोटा

केही दिन अघि मात्र अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो । यो दिवसका अवसरमा राष्ट्रपतिको हातबाट २० जना व्यक्ति तथा संस्थालाई नगद रु. एक लाख रुपैयाँसहित सम्मान गरियो । सम्मानितहरु राष्ट्रको विकासमा योगदान पुर्याएका युवाहरु थिए । ती युवाहरु मुलुकका समग्र युवाको प्रतिनिधित्वमा परेका मानिए पनि ४० लाख युवा विदेशिएको देशको आर्थिक–सामाजिक विकास हुन नसकेको यथार्थकाबीच सरकार र सरकार संचालन गर्ने राजनीतिक दलहरुले कुनै चासो दिएका छैनन्  । युवापुस्ता निकासी गरेर देश चलाउनेहरुले देशको विकासमा कस्तो योगदान देलान् भन्ने प्रश्नको उत्तर छैन । 

मुलुकमा अथाह प्राकृतिक स्रोत भएर पनि युवाहरु बेरोजगार बनिरहेका छन् । ती स्रोतको परिचालनभन्दा विदेशीलाई सुम्पेर सत्ता र शक्ति जोगाउने प्र्रपञ्च मात्र चलिरहेको छ । यसले गर्दा एकातिर युवाहरु कामकै लागि विदेशिनुको विकल्प छैन भने अर्कातिर अपराध तथा दुव्र्यशनमा फस्न पुगेका छन् । युवा दिवसको सन्दर्भमा यी विषयहरुतिर ध्यानदिने कोही छैनन् । नेपालको युवा पुस्ता विकृतिको दलदलमा भास्सिदै जान थालेको छ । लागूपदार्थका दुव्र्यसनीहरूको संख्या बढ्दो छ र यसको ओसार पसार पनि बढिरहेको छ । पछिल्लो समय नेपाल लागू पदार्थ ओसार पसारको अन्तर्राष्ट्रिय गिरोहको सुरक्षित थलोको रुपमा चित्रित हुन थालेको छ । 

नेपालमा अब खाद्यान्न उब्जने खेत–बारीमा गाँजा र अफिम खेती हुन थालेको छ । यो राज्यको कमजोरी हो । नगदेबाली लगाउनेहरू तत्काल बढी मुनाफा आउने देखेर गाँजा खेती गर्न थालेका छन् । तराईका उखुखेती हुने जमिनमा अफिम र गाँजा खेती हुनथालेका समाचारहरूले राज्य संयन्त्रलाई घच्घच्याउन सकेको छैन । प्रहरी प्रशासनले गाँजा खेती नष्ट गरेकै भरमा समस्या समाधान हुँदैन भन्ने सामान्य ज्ञान समेत राखेको देखिंदैन ।

आखिर किन लागू पदार्थको दुव्र्यसनी बढिरहेका छन् र किन यसको सञ्जाल विस्तार भैरहेको छ भन्ने महत्वपूर्ण प्रश्नमा गम्भीर विश्लेषण हुनु आवश्यक छ । दुव्र्यसनी बढ्न नदिन राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्छ । राज्यको पहिलो कर्तव्य आफ्ना ऊर्जाशील युवाहरूलाई समुचित उपयोगको अवसर प्रदान गर्नु हो । तर नेपालको विडम्वना नै भन्नुपर्छ कि युवालाई हेरेर कुनै नीति नै बन्न सकेको छैन । आफ्नो भूमिकाको खोजीमा भौतारिइरहेका युवा पुस्ता अवसरको अभावमा लागूपदार्थको दुव्र्यसनमा फस्ने गरेका अनगिन्ती उदाहरण छन् । राजनीतिक व्यवस्था जति परिवर्तन भए पनि मुलुकको मुहार बदलिने कुनै संकेत छैन । केही गरौं भन्ने भावना र क्षमता भएकाहरू कि त विदेश भासिएका छन् कि त दुव्र्यसनको शिकार भैरहेका छन् । बढ्दो बेरोजगारी समस्या, शान्ति सुरक्षाको अभाव र अवसरको कमीले युवाशक्ति लागूपदार्थ दुव्र्यसनमा फस्ने क्रम बढ्दो छ । 

राष्ट्रिय मूल प्रवाहमा युवाशक्तिलाई केन्द्रिकृत गर्ने सोच र योजनाको अहिले प्रचुर अभाव छ । युवाशक्तिलाई उकास्ने किसिमका कार्यक्रमिक नीति बन्नै सकेका छैनन् । राजनीतिक रुपमा यस्ता शक्तिको परिचालन कि त सत्ता प्राप्तिको लागि भयो कि त कसैलाई सत्ताबाट हटाउनकै लागि मात्र भयो । राष्ट्र विकासको अभियानमा परिचालन हुनै सकेन । यसरी आफूमा भएका ज्ञान, सीप र क्षमतालाई प्रस्तुत गर्ने अवसर नपाएका युवाहरू जिन्दगीदेखि नै हरेस खाँदै दुव्र्यसनमा फस्ने र यसैबाट विभिन्न संक्रमणहरू निम्त्याउने गर्दछन् । यो देशको लागि लाजमर्दो प्रकरण हो । राष्ट्रलाई समुन्नतिको मार्गमा डोर्याउनुपर्ने शिक्षित र क्षमतावान शक्ति यसरी दुर्वल हुँदै जानु दुर्भाग्य सिवाय अरु केही होइन । 

युवा पुस्ता नै कुनै पनि मुलुकको भविष्य निर्माणको आधार हो, त्यसकारण अहिलेको समय युवा पुस्ताको भनिन्छ । विकसित मुलुकहरूले कुनै पनि नीति निर्माण गर्दा युवा पुस्तालाई ध्यानमा राख्ने गरेका छन् । तर नेपालमा युवा राजनीतिक दलका नेताको सत्ता आरोहणको भर्याङ मात्र बनिरहेका छन् । जो नेताको दौराको फेर समाउन सक्यो उसले अवसर पायो, नत्र उपयोगविहीन भएर दिग्भ्रमित हुनुको विकल्प छैन । 

युवाहरुलाई अवसर दिने र उनीहरुको उपयोग गरी राष्ट्रमा समृद्धि भित्र्याउने भन्दै युवा परिषद गठन भएको छ । तर, यो परिषद पनि राजनीतिक दलको कार्यकर्ता भर्ती केन्द्र मात्र भएको आरोप युवाहरुकै छ । यस्तो निकायले के चाहिं गर्न सक्ला ? हरेक कुरामा राजनीतिक स्वार्थ मात्र खोज्ने नेतृत्वले गर्दा नेपाल अवसर र सम्भावना भएर पनि पिछडिएको हो । राष्ट्रिय जागरण र धार्मिक–सामाजिक–सांस्कृतिक परम्पराहरुको सम्मान गर्दै मुलुकलाई अघि बढाउने नेतृत्व नआउँदासम्म समाज अघि बढ्न सक्दैन । दिवसका रुपमा दिवस मनाउने र केही व्यक्तिलाई केही लाखको पुरस्कार दिंदैमा सो क्षेत्रको विकास भएको मान्न सकिंदैन । यी सबै औपचारिकता निर्वाह मात्र हुन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अबको समय पानी संरक्षण (08.09.2016)
राष्ट्रघातको इतिहास नदोहोरियोस् (07.26.2016)
लोकतान्त्रिक व्यवस्थामा लोकमतको उपेक्षा (07.19.2016)
नेपालभित्रै आएर भुटानीकरणको चाहना (07.14.2016)
मनलाग्दो गर्न पायौं तर .... (06.21.2016)
कहाँबाट छिर्छन् नेपालमा आतंकवादी ? (06.14.2016)
अब पनि अब जे गर्छ भारतले गर्छ ? (05.17.2016)
असोज तीन गते ‘कु’ हुने थियो ? (04.27.2016)
जनताको आँखामा छारो हाल्दै सरकार (04.22.2016)
युरोपको आँखामा किन फुलो प¥यो ? (04.12.2016)
भारतको शीतयुद्धकालीन आँखा (03.29.2016)
नेपाल विश्वमा अग्रणी छ महिला अधिकारमा (03.15.2016)
दुई सय वर्षअघिको त्यो सन्धि (03.09.2016)
केही त थियो सुशील कोइरालामा (02.18.2016)
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन (12.01.2015)
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)



 
::| Latest News

 
[Page Top]