युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
विपत्ति निम्त्याउने मान्छेले नै हो
Tuesday, 09.06.2016, 11:13am (GMT+5.5)

- यादब देवकोटा

मानिसमा उत्पन्न अहंकार र शक्तिको उन्मादले प्रकृतिमाथि विजयी पाएको दम्भ प्रदर्शन गर्दा मानव समाज अनेक समस्यामा परिरहेको छ । सामुद्रिक आँधी, बाढी, पहिरो लगायतबाट भएको मानव तथा भौतिक क्षतिमा मान्छे नै जिम्मेवार र कारक हो । मानवले प्रकृतिलाई आफ्नो अवस्थामा रहन नदिएको र यसको अत्यधिक दोहन नगरेको भए न पहिरोको समस्या, न बाढी वा डुबानकै । सामुद्रिक आँधी पनि त्यस्तै हो । हिमाल र सागरबीचको अन्योन्याश्रित सम्बन्धका विषयमा जो कोही जानकार भए पनि यसको वेवास्ता गर्दा अनेक विपत्तिको सामना मानवले नै गर्नु परिरहेको छ । अत्यधिक वर्षा, बाढी, पहिरो, डुबान, सामुद्रीक आँधी, समुद्रको सतह बढ्नु कारण मान्छेकै कुकृत्य हो ।

हरेक वर्ष जस्तै यो वर्षको तीन महिनायता नेपाल प्राकृतिक विपत्तिमा छ । बाढी पहिरोले मात्रै सयौंको ज्यान गयो, अर्बौको भौतिक क्षति भयो । यसको कारण मानवले प्राकृतिक स्रोत साधनमाथि गरेको अत्यधिक दोहनको परिणाम हो । नदी किनारमा घर बंगला बनाउने, ढुंगा, बालुवा बेच्ने, वन जंगल मास्ने, भूधरातलको अवस्थौ नहेरी घर बनाउने जस्ता कारणले मानव समाज जोखिममा परेको हो । सबैले यसलाई प्रकृतिको दोष मानिरहेका छन् । तर दोष मानिसकै हो । 

यदि मानिसले सचेत भएर प्रकृतिलाई चुनौति नदिएको र आफ्नो सुरक्षा आफैं गर्नुपर्छ भन्ने जागरुकता देखाएको भए घटना वावा दुर्घटनाबाट यति धेरै क्षति हुने थिएन । २०७२ साल वैशाख १२ र २९ गते गएको भूकम्पले झण्डै ९ हजारको ज्यान गयो, खर्बौंको भौतिक क्षति भयो । यो प्रकृतिले गरेको हो कि मानव सिर्जित समस्या ? भूकम्प प्राकृतिक हो भने क्षतिमा मानवकै हात छ । भूकम्पले मान्छे खोजी खोजी मार्दैन, मान्छेले बनाएका संरचना असुरक्षित हुँदा नै मानवीय क्षति हुने हो । 

मानवले आफ्नो सुरक्षा र आरामका लागि बनाएका संरचना नै मानवका लागि काल बन्दैगएको छ । नेपालमा मात्र हैन विश्वका शक्तिशाली र धनी मुलुकहरूको हालत पनि यस्तै छ । विश्वमा भूकम्प जाने देशमध्ये नेपाल उच्च जोखिममा छ । त्यस्तै जापानको अवस्था समान रहेको छ । फरक के मात्र हो भने जापानमा भूकम्पबाट बच्न त्यस्तैखाले संरचनाहरूको निर्माण गरिएको छ भने नेपालमा भौतिक संरचना निर्माण गर्दा मापदण्ड मिचिने र नक्सा स्वीकृतीभन्दा फरकको बनाउने गर्दा बढी क्षति भएको छ । भूकम्पले मानिसको क्षति गर्ने नभै मानिसले निर्माण गरेका संरचनाले नै क्षति गर्ने भएकाले त्यसतर्फ विशेष सचेतता अपनाउनुपर्ने भन्दै भूकम्प संसारभरका विज्ञहरूले सुझाव दिए । तर, एक वर्ष नबित्दै निर्माणमा उस्तै प्रवृत्ति देखियो । 

भूकम्पको कुरा पुरानो भयो । जनताले घर बनाउन सरकारी अनुदान अझै पाउन नसके पनि यो बिर्सिसकेको विषय बन्दैछ । भूकम्प पीडितको नाममा चर्को राजनीतिक खेल चलिरहेको छ । अहिले बाढी–पहिरोको ताण्डव चलिरहेको छ । २–४ घण्टा पानी पर्याे कि पहिरोले बस्ती पुर्ने गरेको छ । एक त भूकम्पपछि कमजोर भएका डाँडाकाँडा, त्यसमाथि वन विनाश अनि अव्यवस्थित बस्ती । यसले गर्दा क्षति बढी भैरहेको छ । अझ कतिसम्म भने अहिले त सडकहरू नै व्यापक असुरक्षित हुन थालेका छन् । एक हप्ताकाबीचमा पाँच दर्जनभन्दा बढीको राजमार्गमा भएका दुर्घटनाले ज्यान लियो । 

मानिसले जतिसुकै उन्नति गरेको र जतिसुकै प्रविधिको विकास गरेको भने पनि प्रकृतिलाई चुनौति सक्दैन, प्रकृतिको नियम बदल्न सक्दैन । अहिले हिमाली क्षेत्रमा लामखुट्टे देखापर्न थालेको छ । तराईमा भन्दा हिमालमा तापक्रम बढ्दैछ । यसले नयाँ नयाँ विपत्तिको सिर्जना गरिरहेको छ । अनि एकथरिलाई यही विपत्ति कमाउने धन्दा बन्नेगरेको छ । राहत, उद्धार सामग्रीमा भ्रष्टाचार गर्नेहरूको लर्को लाग्दछ । भूकम्प पीडितका लागि आएको चामल वितरण नगरेर कुहाएर फाले । जनता भोकभोकै पर्दा विदेशीले दिएको चामल समेत वितरणा नगरी भ्रष्टाचार गर्ने मौका ढुकेर बस्नेहरूको यहाँ कुनै कमी छैन । किनभने विपत्ति पर्याे भने त्यो एकथरिका लागि दशैं सावित हुने गरेको छ । त्यसैले त आमजनताले भन्ने गरेका छन्– नेपाल विग्रेको भ्रष्टाचारले हो । यहाँ कुनै निकायका कसैमाथि पनि विश्वास गर्न नसकिने स्थिति छ । विपत्तिमा कमाउन चाहनेहरू सरकारी उच्च निकायमै रहेकाहरू छन् भन्ने कुरा भूकम्पपछि आएको राहत सामग्री गायब पारिएका घटनाबाटै स्पष्ट हुन्छ । 

यी सन्दर्भहरू उल्लेख गर्नुको कारण के हो भने– विपत्ति रोक्न सकिन्न तर विपत्तिको सामना गर्न र त्यसबाट हुने क्षति कम गर्न सकिन्छ । तर, यहाँ त विपत्ति बढेर गए रमाउने समूह नै शक्तिमा छ, स्रोत–साधनमा उसैको पकड छ । ‘मुलुकमा जति धेरै वेथिति मच्चिन्छ आफूहरूको राजनीतिक एजेण्डा स्थापित गर्ने ढोका उति चाँडै खुल्छ’ भन्ने नेताहरू भएको देशमा जनता जनता मरे नेताको घरमा खसी ढल्नु सामान्य हो । यस्तै अवस्थामा छन् भूकम्पबाट घरबारविहीन भएकाहरू । स्मरणीय कुरा के हुन्छ भने विपत्तिपछि सही समयमा सही व्यवस्थापन हुन सकेन भने त्यसले अर्को विपत्ति सिर्जना गर्दछ । जुन, नितान्त मानव सिर्जित हुन्छ । भूकम्प, बाढी, पहिरोको बेलैमा व्यवस्थापन नहुँदा महामारी फैलिएको र त्यसले विपत्तिलेभन्दा बढी क्षति गरेकको दृष्टान्त विश्वका कतिवय मुलुकको छ । त्यसैले विपत्ति प्राकृतिक वा दैवी हैन मानवीय हो भन्ने तथ्य मनन् गरेर अघि बढ्नु पर्दछ । सोही अनुसारको योजना, नीति, कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्दछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पहिला समस्या चिनौं अनि समाधान (08.25.2016)
नेपाली युवाहरुको यथार्थता र युवा दिवस (08.16.2016)
अबको समय पानी संरक्षण (08.09.2016)
राष्ट्रघातको इतिहास नदोहोरियोस् (07.26.2016)
लोकतान्त्रिक व्यवस्थामा लोकमतको उपेक्षा (07.19.2016)
नेपालभित्रै आएर भुटानीकरणको चाहना (07.14.2016)
मनलाग्दो गर्न पायौं तर .... (06.21.2016)
कहाँबाट छिर्छन् नेपालमा आतंकवादी ? (06.14.2016)
अब पनि अब जे गर्छ भारतले गर्छ ? (05.17.2016)
असोज तीन गते ‘कु’ हुने थियो ? (04.27.2016)
जनताको आँखामा छारो हाल्दै सरकार (04.22.2016)
युरोपको आँखामा किन फुलो प¥यो ? (04.12.2016)
भारतको शीतयुद्धकालीन आँखा (03.29.2016)
नेपाल विश्वमा अग्रणी छ महिला अधिकारमा (03.15.2016)
दुई सय वर्षअघिको त्यो सन्धि (03.09.2016)
केही त थियो सुशील कोइरालामा (02.18.2016)
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)



 
::| Latest News

 
[Page Top]