युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
सम्बन्ध विग्रिएको भारतकै कारणले
Tuesday, 09.13.2016, 11:10am (GMT+5.5)

– यादब  देवकोटा
प्रधानमन्त्री पुष्पकमल दाहाल दुई दिनपछि भारतको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको भ्रमणले भारतसंग विग्रिएको सम्बन्ध सुधारिने दावी हुँदैआएको छ । मधेशवादी नेताहरूले त सम्बन्ध सुधार्न के के गर्नुपर्छ भनेर सुझाव नै दिए । तर, नेपाल र भारतको सम्बन्ध कसरी के कारणले विग्रियो भन्ने अहम् प्रश्नको खोजी भने कमैले गरेका छन् । नेपाल र भारतका जनताको सम्बन्ध सुमधुर छ, समस्या शासकवर्गको हो । पछिल्लो समय नेपालमा भारतले भनेजस्तो संविधान जारी भएन भनेर सम्बन्ध विग्रिएको हो भने अब सम्बन्ध सुधार्ने नाममा भारतको स्वार्थ संविधानमा घुसाउने हो ? पक्कै पनि हैन । तर, भारतले त्यसो नहुँदासम्म नेपाललाई चैनको सास फेर्न दिंदैन ।

इतिहास साक्षी छ– आफ्नो स्वार्थ पूरा गर्न भारतले सत्ता परिवर्तन मात्र हैन व्यवस्थै समेत बदल्न निर्णायक भूमिका खेल्दछ । २०४५ सालको नाकाबन्दी, २०६२।०६३ को जनआन्दोलनको पृष्ठभूमि, मधेशवादीको असन्तुष्टिको नाममा २०७२ सालमा पाँच महिना लगाएको अघोषित नाकाबन्दीले यही कुराको पुष्टि गर्छ । नेपालमा भएको सत्ता परिवर्तनपछि भारतको ध्यान नेपालबाट के लिने भन्नेमै केन्द्रित रहने गरेका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण आम नेपाली जनताको चासो र शंकाको घेरामा छ । हुन त यो भ्रमणमा कुनै विशेष सन्धि सम्झौता नहुने प्रधानमन्त्रीले बताइसक्नुभएको छ । तापनि एक हातमा रोटी र अर्को हातमा तरबार बोकेर नेपाल छिर्ने भारतको नियत नै आम नेपाली जनताको मनमा घोच्ने पक्ष हो । नेपाल र नेपाली जनतामा भारतबिरोधी भावना जागृत हुनुको कारण नै यही हो । कुनै सरकारले नेपाली राष्ट्रियताको पक्षमा अडान लिएर भारतको चाहना अनुसार चलेन भने त्यो सरकार ढालेर आफूप्रति वफादारलाई सत्तामा पुर्याउने खेल निरन्तर चलिरहेको छ । अनि हरेक सरकार परिवर्तनपछि भारतले नेपाललाई ठूलो सहयोग गरेजस्तो गरेर नेपालबाट दीर्घकालीन लाभ लिने दाउपेच चालिरहन्छ । यस्तै आशंका र नियत भारतको देखिएको छ पछिल्लो समय । 

नेपालमा उठ्ने प्रश्न भनेको भारतको नियतको हो । भारतले नेपाललाई गरेको सहयोग, नेपाल र भारतको धार्मिक–सांस्कृतिक समानता र जनस्तरको सम्बन्ध उल्लेख्य पक्ष हो तापनि भारतीय शासक, त्यहाँको गुप्तचर निकाय र कर्मचारीतन्त्रले नेपालप्रति सकारात्मक भनिएको सरकारलाई पनि नेपालमाथि दवाव सिर्जना गर्न निरन्तर खेल खेलिरहेको हुन्छ । ओली सरकार गिराउन, मधेशवादीको मागलाई जायज ठहर्याउन र संविधानमा व्यापक त्रुटी रहेको, भेदभावपूर्ण भएको भन्दै विश्वभर भ्रम सिर्जना गर्ने भारतको नियत अघिल्लो सरकारले छताछुल्ल पारेको थियो । एकातिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका शक्ति मुलुकहरूमा पुगेर नेपालको संविधान अपुरो रहेकाले निश्चित समयभित्र त्यसलाई सुधार्नुपर्ने वक्तव्यवाजी जारी गर्दै हिंड्ने र अर्कातिर नेपाली पक्ष संविधान नेपालको आन्तरिक मामिला भएको र उत्पन्न असन्तुष्टिलाई सम्बोधन गर्दै गएको, भारतले भनेजस्तो अपूर्ण नभएको लविङ गर्दैै जाँदा अन्ततः अन्तर्राष्ट्रिय समुदाय नेपालको संविधानकै पक्षमा उभिन बाध्य भएको थियो ।

भारतले यही रीस ओली सरकारमाथि पोख्यो र दोस्रोपटकको प्रयासमा सरकार ढाल्न सफल भयो । ओली सरकार ढालेपछि प्रधानमन्त्री बन्ने लहरमा उभिएका नेपालका नेताहरूभन्दा भारतका नेताहरू बढी खुसी भए, भारतीय बुद्धिजीवी र संचार माध्यमहरूले दीपावलीकै शैलीमा अक्षर उत्सव नै मनाए । समस्या यही हो । नेपालको राष्ट्रियताको पक्षमा उभिनेबिरुद्ध खनिने भारत आफ्ना ‘यस म्यान’लाई सत्तामा पुर्याउन चाहन्छ भन्ने ज्वलन्त उदाहरणको अर्को पाटो हो । प्रधानमन्त्री दाहालले यसलाई चिर्न जरुरी छ । 

भारतले नेपालाट पाउने दुई कुरा हुन् । जलस्रोत पहिलो हो भने त्यसपछि नेपालको सुरक्षा संयन्त्र, जसमार्फत चीनको नेपाल उपस्थिति रोक्न र निगरानी गर्न सकियोस्, यसवापत पश्चिमा मुलुकबाट भारतले ठूलो सहयोग पाउनेछ । भारतमार्फत पश्चिमा मुलुक नेपाललाई चीनबिरुद्ध खेल्ने मैदान बनाउन चाहिरहेका छन् । त्यसैले चीनले नेपाललाई अलिक फरक किसिमले सहयोग गर्यो भने भारतको टाउको दुख्छ । ओली सरकारले चीनसंग व्यापार र पारवहन सम्झौता गरेपछि भारतको टाउको ओली सरकार नहटेसम्म दुखिरह्यो ।

नेपाल दुई विशाल छिमेकी मुलुकको बीचमा छ । उत्तरमा चीन र दक्षिणमा भारत । यी दुई विश्वमा शक्ति राष्ट्रका रुपमा उदाइरहेका छन् । यस अर्थमा नेपालले यी दुबै मुलुकबाट पर्याप्त सहयोग लिएर विकास गर्नुपर्ने हो तर यहाँको राजनीतिक नेतृत्वको गुलामी मानसिकता, भारतीय शासक–प्रशासकको औपनिवेशिक सोचले भारत र नेपालबीचको सम्बन्ध प्रचार गरिएभन्दा बिल्कुल फरक छ । यसको विपरीत चीनसंगको सम्बन्धमा कुनै समस्या छैन । त्यसैले नेपालको विकासमा चीनको उपस्थिति स्वागतयोग्य र भारतको उपस्थिति शंकाको घेरामा पर्ने गरेको हो । प्रश्न नियतकै हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विपत्ति निम्त्याउने मान्छेले नै हो (09.06.2016)
पहिला समस्या चिनौं अनि समाधान (08.25.2016)
नेपाली युवाहरुको यथार्थता र युवा दिवस (08.16.2016)
अबको समय पानी संरक्षण (08.09.2016)
राष्ट्रघातको इतिहास नदोहोरियोस् (07.26.2016)
लोकतान्त्रिक व्यवस्थामा लोकमतको उपेक्षा (07.19.2016)
नेपालभित्रै आएर भुटानीकरणको चाहना (07.14.2016)
मनलाग्दो गर्न पायौं तर .... (06.21.2016)
कहाँबाट छिर्छन् नेपालमा आतंकवादी ? (06.14.2016)
अब पनि अब जे गर्छ भारतले गर्छ ? (05.17.2016)
असोज तीन गते ‘कु’ हुने थियो ? (04.27.2016)
जनताको आँखामा छारो हाल्दै सरकार (04.22.2016)
युरोपको आँखामा किन फुलो प¥यो ? (04.12.2016)
भारतको शीतयुद्धकालीन आँखा (03.29.2016)
नेपाल विश्वमा अग्रणी छ महिला अधिकारमा (03.15.2016)
दुई सय वर्षअघिको त्यो सन्धि (03.09.2016)
केही त थियो सुशील कोइरालामा (02.18.2016)
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)



 
::| Latest News

 
[Page Top]