युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
साँच्चैको नेता बनौं न
Wednesday, 01.04.2017, 12:01pm (GMT+5.5)

- यादब देवकोटा
अहिले राष्ट्र जोगाउने कि सत्ता भन्ने ज्वलन्त प्रश्न आम नेपालीको मनमा उब्जिएको छ । संविधान कार्यान्वयन गर्न भन्दै राखिएको राष्ट्रघाती संशोधन प्रस्ताव, नेपाली सेनालाई भारतको मातहत संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा पठाउने प्रस्ताव जस्ता विषयले नेपालमा देशभक्त नेताको खडेरी नै परेको स्पष्ट देखिएको छ । नेता छैनन् भने जत्ति पनि छन्, छन् भन्ने हो भने देशका हितमा काम गर्ने कोही भएनन् । अहिलेको चिन्ता यही हो ।

अहिले मुलुकको राष्ट्रिय स्वाधीनता चरम संकटमा परेको भए पनि राष्ट्रिय राजनीतिमा आफूलाई सर्वेसर्वा बनाउनेहरूले यसतिर पटक्कै चासो दिएका छैनन् । उल्टै राष्ट्रवादी सोच राख्नेहरूको दोहोलो काढ्ने गरिएको छ । सत्ता लिप्साका कारण मुलुकको अस्तित्व नै मेटाउने दीर्घकालीन रणनीतिको शिकार मुलुक भैरहेको छ । अहिले कतिपय नेताहरूलाई सिक्किमका तत्कालीन काजी लेण्डुप दोर्जेसंग तुलना गर्न थालेका छन् । दोर्जेको सत्ता स्वार्थले सिक्किमको स्वतन्त्रता भारतको पोल्टामा पुगेको दृष्टान्त त्यति पुरानो हैन । अहिले नेपाल हाँक्ने सही नेताको अभाव छ ।

अरूको उपयोगमा आउने हाम्रा नेताहरूको नैतिक दुर्वलताले गर्दा मुलुक इतिहासमै सर्वाधिक कमजोर अवस्थामा पुगेको छ । राष्ट्रिय स्वाधीनता अहिले जत्तिको कमजोर यसअघि कहिल्यै थिएन भनेर नेताहरूले नै भन्ने गरेका छन् । नेताहरूले यस्तो भन्ने गरे पनि उनीहरू राष्ट्रियता जोगाउने र जनतालाई जगाउने काम गर्नुको साटो यस विपरीतको कार्यमै तल्लिन छन् । शक्ति राष्ट्रहरूको रणनीति अनुसार निर्णय गर्ने गर्दा मुलुकको अखण्डतामाथि नै आँच आइरहेको छ । धर्म निरपेक्ष राष्ट्रको घोषणा होस् वा संघीयता यी विषय स्वदेशबाटभन्दा विदेशबाट बढी लागेको आम जानकारीको विषय हो । अझ जातीय अधिकार स्थापनाको नाममा विदेशीले पैसाको खोलो बगाए पनि अहिले मत्थर भएको छ । ‘हाम्रो यत्रो लगानी भैसक्यो अब पछाडि फर्कन सकिंदैन’ भन्ने पश्चिमा मुलुकहरू अहिले पनि जातीय नारा घन्काउन छाडेका छैनन् । तिनीहरूकै पैसा खाएकाहरू अहिले अनेक नारा घन्काइरहेका छन् । नेपाली जनताले गर्नुपर्ने निर्णय सात समुद्र पारीबाट भैरहेको छ । कुनै एक क्षेत्र छैन, मुलुकले स्वनिर्णय गर्न पाउने । 

राजनीतिक निर्णयको अधिकार त बाह्य निर्देशनको चंगुलमा परेको छ नै आर्थिक–सामाजिक अवस्था पनि त्यस्तै हुन पुगेको छ । नेपाली मौलिक परम्परा ध्वस्त हुने क्रममा छ । आर्थिक पराधिनता बढ्दो छ । राष्ट्रिय राजनीतिमा मौलाउँदै गएको विदेश परस्तता अर्थतन्त्रमा व्यापक परेको छ । आर्थिक–सामाजिक पराधिनता नै कुनै पनि मुलुकलाई पराधिन गर्ने प्रमुख औजारको रूपमा स्थापित हुँदै गएको अहिलेको अवस्थामा नेपाल विस्तारै भारतको पराधिन बन्दै गएको दृश्यहरू जताततै छरपस्ट हुन पुगेको छ । 

मुलुकको राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप बढेको बढ्यै छ । यसमा पनि भारतको प्रत्यक्ष हस्तक्षेप र निर्देशनले मुलुकको राजनीतिलाई वेथितिकै दलदलमा मात्र भास्दै लगेको छ । बाह्य प्रभावका रणनीतिक खेलले जताततै आशंका र आक्रोश मात्र उत्पन्न गरेको छ । मुलुकको समग्र क्षेत्रको जिम्मा लिएको भन्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूमा राष्ट्रियताप्रति पटक्कै सचेतता नहुँदा मुलुकको शिर निहुरेको निउरेकै छ । 

राष्ट्रियता विदेशीको पाउमा सुम्पने कार्य गरेर पछि पछुताउनुको कुनै अर्थ हुँदैन । समय छँदै आत्मचेत जगाएर राष्ट्रियताको जगेर्ना गर्न सके मात्र काम लाग्दछ । आत्मालोचना त लेण्डुप दोर्जेले पनि गरेका थिए तर मुलुक विदेशीलाई सुम्पिसकेपछि गरिएको आत्मालोचनाको के अर्थ ? नेपालका राजनीतिक दलका नेताहरूले आफूलाई सुधारेर राष्ट्रिय जागरणको अभियान थाल्नु नितान्त आवश्यक भैसकेको छ । विदेशीले भनेको जे पनि मान्ने गलत संस्कारको अन्त्य अहिलेको एक मात्र आवश्यकता हो । राष्ट्रियता बलियो बन्यो भने कसैले पनि हेप्न सक्दैन ।

नेपालको विकास नहुनुमा पनि यही नै कारण प्रमुख छ । मुलुकलाई स्वाभिमानपूर्वक आर्थिक–सामाजिक विकासको दिशामा अघि बढाउने हो भने पराश्रयी चिन्तन त्याग्नैपर्छ । मुलुकको आर्थिक–सामाजिक विकासका लागि नेताहरूको पटक्कै ध्यान गएको छैन । कसरी सत्ता र शक्ति आर्जन गर्ने र कसरी आफ्नो वर्चश्व कायम गर्ने भन्नेतिर मात्रै उनीहरूको दौड रहेको छ । शक्ति आर्जनको भोकले ग्रस्त नेताहरूले राष्ट्रिय मर्यादाको समय ख्याल नगरी विदेशी सामु लम्पसार पर्दा मुलुकको अस्तित्व नै संकटमा परेको छ । 

२००७ सालमा प्रजातन्त्र प्राप्ति गरेको मुलुकका जनतालाई त्यसपछि भएको दुईवटा अभूतपूर्व राजनीतिक परिवर्तनले पनि राहत दिन सकेको छैन । नेताहरूले निरन्तर झूटो सपना बाँडेर भ्रमको खेती गर्दैआएका छन् । जनतालाई कसरी, कुन उपायबाट भुलाउन सकिन्छ त्यस्तै रणनीति मात्र चलिरहेको छ । जनताको जीवनस्तर उकास्न नसके पनि राष्ट्रिय स्वाभिमान उच्च राखेका भए एउटा सन्तोषको अवस्था हुन्थ्यो तर त्यो पनि अहिले छैन । अहिलेको सर्वा्धिक खड्केको विषय भनेको राष्ट्रिय चिन्तनशीलता नै हो । मुलुकको मुहार फेरिने गरी वर्तमानको चुनौतिपूर्ण समस्याहरूलाई सम्बोधन गर्नसक्ने राष्ट्रिय चेतनाले ओतप्रोत भएको राजनीतिक नेतृत्व अहिलेको खाँचो हो र त्यस्तो व्यक्तित्वको उदय नहुँदासम्म राष्ट्रियताको जगेर्ना र जनताको समृद्धिको ढोका खुल्न नै सम्भव छैन । यसले गर्दा समृद्ध नेपालको निर्माणको सपना बाड्नेहरू झण्डै सात दशकको अन्तरालमा धेरै भए तर गरीब नेपालीको मुहार कहिल्यै फेरिएन । 

राजनीतिलाई राष्ट्रनिर्माणको माध्यम बनाउनुको सट्टा भ्रमको खेती गरेर क्षणिक स्वार्थ पूरा गर्ने औजारका रूपमा मात्र प्रयोग गरियो । राजनीतिले सामाजिक विकृति, आर्थिक अपराध र बाह्य स्वार्थका प्रक्षेपित खेलहरूबाट मुलुकलाई जोगाउन प्रभावकारी शैलीमा रचनात्मक भूमिका खेल्नुपर्नेमा उल्टै राजनीतिकर्मीहरू नै सामाजिक विकृतिका मुहान, आर्थिक अपराधका संरक्षक र बाह्य हस्तक्षेपका संवाहक बनेर देखापर्न थाले । राष्ट्रहित विपरीतका राजनीतिक–अराजनीतिक कर्महरूको शृङ्खलाबद्ध विस्तारले गर्दा आम जनतामा बढ्दै गएको वितृष्णा र आक्रोश कतिबेला विस्फोट हुने हो र त्यसले कस्तो नतिजा ल्याउने हो ? यसै भन्न सकिन्न । यस दिशातर्फ जिम्मेवार नेताहरू सचेत हुनु आवश्यक छ । आफूलाई नेता भनाउने मात्रै हैन नेता नै बनेर केही गर्ने ध्येय राख्नुपर्दछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा (12.29.2016)
यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ? (12.20.2016)
संघर्ष अखण्डता र विखडनका बीच (12.07.2016)
किन हिस्रक बन्दैछ मानिस ? (11.29.2016)
सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार (11.23.2016)
सधैं सहमति मात्रै खोज्ने हो ? (11.08.2016)
दक्षिण एसियामा मोदीप्रतिको मोहभंग (10.05.2016)
राजनीतिको नाममा अपराधको खेती (09.27.2016)
किन विकृत पारियो ऐतिहासिक संविधान ? (09.20.2016)
सम्बन्ध विग्रिएको भारतकै कारणले (09.13.2016)
विपत्ति निम्त्याउने मान्छेले नै हो (09.06.2016)
पहिला समस्या चिनौं अनि समाधान (08.25.2016)
नेपाली युवाहरुको यथार्थता र युवा दिवस (08.16.2016)
अबको समय पानी संरक्षण (08.09.2016)
राष्ट्रघातको इतिहास नदोहोरियोस् (07.26.2016)
लोकतान्त्रिक व्यवस्थामा लोकमतको उपेक्षा (07.19.2016)
नेपालभित्रै आएर भुटानीकरणको चाहना (07.14.2016)
मनलाग्दो गर्न पायौं तर .... (06.21.2016)
कहाँबाट छिर्छन् नेपालमा आतंकवादी ? (06.14.2016)
अब पनि अब जे गर्छ भारतले गर्छ ? (05.17.2016)



 
::| Latest News

 
[Page Top]