युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
खै त्यो बेलाको कूटनीतिक सामथ्र्य
Tuesday, 03.14.2017, 10:28am (GMT+5.5)

- यादब देवकोटा
कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट एकजना नेपाली गोविन्द गौतामको मृत्यु भएपछि सरकारले दिएको प्रतिक्रिया र भारतले दिएको सन्देशले नेपालमा भारतले जे चाह्यो त्यही हुन्छ र भारतको बिरोध कसैले गर्न सक्दैन भन्ने आम धारणा अरु बलियो बनेको छ । 
सीमा क्षेत्रमा विदेशी फौजले नेपालीको हत्या गर्दा सरकारले चाहिनेजति चासो र सरोकार दिएन । हो, सरकारले शहीद घोषणा गरेर राष्ट्रिय सम्मान दिएको घोषणा गर्यो तर गौतमको अन्त्येष्टिमा सरकारी अधिकारी नै पुगेनन् । त्यहाँ प्रधानमन्त्री नै पुग्नुुपथ्र्यो, यदि उहाँमा नेपाल र नेपालीको माया हुन्थ्यो भने । अनि अर्कोतिर भारतलाई माफी मगाउने र क्षतिपूर्ति भराउने गरी कूटनीतिक पहल हुननुपथ्र्यो । त्यो पनि भएन ।

यो घटनापछि सन् १९६० ताका नेपाल र चीनबीचको एउटा सन्दर्भ स्मरण गर्नु आवश्यक छ । त्यतिबेला सम्बन्ध सुमधुर थिएन । सगरमाथा कसको भन्ने विवाद थियो, सीमा विवाद थियो अनि चीनमा नेपाली व्यापारीहरुले दुःख पाएको कुरा थियो । त्यति नै बेला सीमा विवाद भएकै स्थानमा चिनीया सेनाले एकजना नेपालीको हत्या गर्यो ।

यो घटनाले खलबली मच्चियो । उसै त सीमा विवाद त्यसमाथि नेपालभित्रै पसेर चिनीया सेनाले गोली चलाएर एकजना नेपालीको हत्या मात्र गरेन केहीलाई पक्राउ समेत गर्यो । यो घटनापछि नेपालले कडा प्रतिक्रियाा जनायो । चीन सरकारले तत्काल माफी माग्यो । त्यसपछि नेपाल र चीनबीचको सम्बन्धमा पनि सुधार हुँदै आज विश्वकै अद्वितीय बन्न पुगेको छ ।

यस विपरीत धार्मिक तथा पौराणिक सम्बन्ध भएको, विशेष सम्बन्धको नारा घन्काउने गरिएको नेपाल भारत सम्बन्ध भने नारावादी मात्र भएको छ । भारतले नेपालको सीमा मिचेनको छ, आफ्नो स्वार्थ अनुसार भएन भने अनेक समस्या खडा गर्दछ । अघिल्लो वर्ष संविधान जारी भएपछि गरिएको नाकाबन्दी एउटा ज्वलन्त उदाहरण हो । अहिले पनि भारतले संविधानको स्वागत गरेको छैन । मधेशवादीका माग पूरा गराउने नाममा उसले नेपाललाई अघोषित उपनिवेश बनाउन चाहिहेको छ ।

भारत नेपालभन्दा आर्थिक, भौगालिक र जनसंख्याको आधारमा धेरै ठूलो छ र उमा ठूलो हुँ भन्ने अहंकार पनि छ । त्यसै अहंकारले भारतलाई खाँदै गएको छ । दक्षिण एसियामा भारत एक्लिंदै छ । यसको विपरीत भारतभन्दा कैयौं गुणा ठूलो भए पनि गल्ती भए माफी माग्ने र क्षतिपूर्ति दिने चीन दिन प्रतिदिन आफ्ना छिमेकी र अन्य मित्र देशहरुको प्रिय बन्दैछ । यसको एउटै कारण भनेको चिनीया शासकको विनम्रता हो ।

बिहिबार कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएपछि आजभन्दा ५७ वर्ष अघि अर्थात सन् १९६० मा मुस्ताङको घटना र सो घटनापछि चिनीया सरकारको विनम्रता तत्कालीन नेपाल सरकारको कदमको स्मरण गराएको छ ।

१९६० को जुन २८ तारिखमा चिनियाँ सुरक्षाकर्मीहरूले सीमा पार गरेर मुस्ताङको नेपाली भूभागमा प्रवेश गरे । चिनियाँ सुरक्षाकर्मीको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भयो भने उनीहरूले केहीलाई आफ्नो कब्जामा लिए । त्यो घटनालाई नेपाली पक्षले चीनसँग दह्रोसँग उठायो ।

सो घटनामा चिनियाँ पक्षले आफ्नो सुरक्षा निकायको तल्लोस्तरको जवानले गरेको असावधनीका कारण घटना भएको स्वीकर र्गयो । तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले चीन सरकाका तर्फबाट घटनाका सम्बन्धमा माफी मागे र नेपाल सरकारले मागेअनुसार मारिएका सुरक्षा गार्डको परिवारलाई क्षतिपूर्ति दिने बताए ।

यसको विपरीत बिहिबार कञ्चनपुरको घटनामा सुरुमा भारतले आफ्ना सुरक्षा फौजले गोली न नचलाएको बतायो । त्यसपछि अनुसन्धान भैरहेको बतायो भने पोस्टमार्ट रिपोर्ट र फोरसेनिक रिपोर्ट उपलब्ध गराएर अनुसन्धानका लागि सहजीकरण गर्न नेपाललाई आग्रह गरिएको बताएको छ ।

भारतले अझै पनि आफ्ना सुरक्षा फौजले गोली चलाएको र नेपालीको मृत्यु भएको कुरा स्वीकार गरेको छैन । अर्को्तिर सरकारले पनि दुई विज्ञप्ति जारी गर्ने र भारतीय दूताबासका अधिकारीलाई बोलाएर नोट दिने बाहेक केही काम गरेको छैन । अन्तर्रा्ष्ट्रिय प्रेस सम्मेलन गरेर घटनाको सार्वजनिकीकरण गर्नुपर्ने आवश्यकतै ठानेन सरकारले ।

यो घटनाले देशव्यापी आक्रोश बढेको छ । राजनीतिक दल, नेता तथा विभिन्न क्षेत्रमा आबद्ध नागरिकहरूले त्यसको विरोधमा मत प्रकट गरिरहेका छन् । घटनाबारे सरकारले भारतसँग कुरा गर्नुपर्ने र भारतले त्यसमा माफी माग्नुपर्ने आवाज सर्वत्र छ ।

यसको विपरीत प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले भारत सरकारका तल्लो तहका कर्मचारीसंग घटनाबारे छलफल गरेको समाचार आए पनि त्यसले नेपाली स्वाभिमानलाई बचाउन नसकेको छैन । शुक्रबार संसदमा यस विषयमा ठूलै बहस भयो । गृहमन्त्री विमलेन्द्र निधिले भारतीय एसएसबीको गोलीबाट मृत्यु भएका गोविन्द गौतमलाई शहीद घोषणा गरेर १० लाख क्षतिपूर्ति दिने निर्णय भएको जानकारी दिए । तर, भारतलाई माफी मगाउने र क्षतिपूर्ति दिलाउनेतिर कुनै पहल गरिएको छैन ।

भारतको मित्र (भक्त) भनेर भारतले नै प्रचार गरेको वर्तमान सरकारले आफ्नो मित्रलाई माफी मगाउने वा क्षतिपूर्ति भराउने हिम्मत गर्ने कुरा अहिलेलाई कल्पना गर्न सकिन्न । जनस्तर र राजनीतिक दलका भातृ संगठन वा सरकार बाहिर रहेका दलहरुको बिरोधले सरकारलाई दवाव सिर्जना गर्छ भनेर पत्याउन सकिन्न ।


Rating (Votes: )   
Share     Print


Other Articles:
शैक्षिक मुद्दा र स्ववियू निर्वाचन (02.28.2017)
माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ? (02.15.2017)
यही हो शहीदको सम्मान ? (01.31.2017)
टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या (01.18.2017)
यसकारण मनाउने पृथ्वी जयन्ती (01.12.2017)
साँच्चैको नेता बनौं न (01.04.2017)
पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा (12.29.2016)
यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ? (12.20.2016)
संघर्ष अखण्डता र विखडनका बीच (12.07.2016)
किन हिस्रक बन्दैछ मानिस ? (11.29.2016)
सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार (11.23.2016)
सधैं सहमति मात्रै खोज्ने हो ? (11.08.2016)
दक्षिण एसियामा मोदीप्रतिको मोहभंग (10.05.2016)
राजनीतिको नाममा अपराधको खेती (09.27.2016)
किन विकृत पारियो ऐतिहासिक संविधान ? (09.20.2016)
सम्बन्ध विग्रिएको भारतकै कारणले (09.13.2016)
विपत्ति निम्त्याउने मान्छेले नै हो (09.06.2016)
पहिला समस्या चिनौं अनि समाधान (08.25.2016)
नेपाली युवाहरुको यथार्थता र युवा दिवस (08.16.2016)
अबको समय पानी संरक्षण (08.09.2016)



 
::| Latest News

 
[Page Top]