युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
अझै कति कुर्ने पीडितले ? - यादब देवकोटा
Tuesday, 05.02.2017, 02:02pm (GMT+5.5)

२०७२ वैशाख १२ गते शनिबार  राजधानी लगायत देशका दुई दर्जन जिल्लाबासी बिहानको खाना खाएर आआफ्नो काममा लागेका बेला अकल्पनीय भूकम्प भयो । नौ हजार बढीले ज्यान गुमाए भने १७ हजारभन्दा बढी घाइते भए । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पीडित जनताले अझै घर बनाइसकेका छैनन् । आधाभन्दा कमले मात्र घर बनाउने जग हालेका छन् ।

भूकम्पले ७ खर्ब रुपैयाँ बराबरको क्षति भयो । पुननिर्माणका लागि सोही बराबरको रकम लाग्ने अनुमान गरियो । यसमा अन्तर्राष्ट्रिय समुदायबाट अथाह सहयोग राशिको घोषणा भयो । तर, त्यो सहयोग रकम के गरियो भन्ने पत्तो छैन ।

पुननिर्माणम ठूलो राजनीति भयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठनमै एक वर्ष लाग्यो । बल्लबल्ल बन्यो सरकार परिवर्तनसंगै प्रमुख फेरिने खेल चल्यो । यसले नीति तथा कार्यक्रम बन्ने, काम नहुने प्रवृत्तिले नै निरन्तरता पायो । कहाँ कति काम भैरहेको छ भन्ने यक्किन छैन । केही व्यक्तिले एकीकृत बस्ती बनाएर भूकम्प पीडितलाई हस्तान्तरण गरी सरकारलाई चुनौति दिइरहेका भए पनि सरकारको ध्यान त्यतातिर जान सकेको छैन । 

कुनै पनि विनाश नवसिर्जनाका लागि उपयुक्त अवसर हुन्थ्यो तर सरकारले त्यो अवसर गुमायो । पुरातात्विक सम्पदाहरुको हालत पनि उस्तै छ । जनताले पैसा उठाएर सम्पदा बनाइसके तर, सरकार रमिते मात्रै बनिरहेको छ । पुनःनिर्माणको काम कागजमा बढी छ ।

अहिले भूकम्पले क्षति पु¥याएका निजी घरमध्ये ४० प्रतिशत घरको पुनःनिर्माण कार्य भैरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा छ लाख २६ हजार ६९५ घर क्षति भएको सूची दर्ता भएको थियो । तीमध्ये ४० प्रतिशत घरधनीले घर पुनःनिर्माण सुरु गरेको प्राधिकरणले जनाएको छ । ती जिल्लाका पाँच लाख ६२ हजार २७८ लाभग्राहीले अनुदानका लागि सम्झौता गरेका र तीमध्ये पाँच लाख ४३ हजार ६०६ लाभग्राहीले आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेको जानकारी दिइयो । 

यसै गरी दोस्रो किस्ता भुक्तानीका लागि ३४ हजार १९४ निवेदन परेकोमा १४ हजार ५५७ लाभग्राहीका घर प्रमाणितसमेत भएको र लाभग्राही आफैँले निर्माण गरेका घर १८ हजार ६३३ पुगेको जानकारी सो अवसरमा दिइयो । प्राधिकरणले अति प्रभावित १४ जिल्लाबाहेक प्रभावित १७ जिल्लामा ९० हजार लाभग्राही पहिचान गरी अनुदान सम्झौता सुरु भएको र अनुदान सम्झौता गरी पहिलो किस्ता वितरण कार्यलाई तीव्रता दिइएको पनि जनाएको छ । 

भूकम्पले काठमाडौँ उपत्यकाभित्र क्षति पु¥याएका ७५० सम्पदामध्ये बौद्धनाथ स्तूप, नागार्जुन नपास्थित जमाचो पार्टी, कीर्तिपुरको लोहदेग, इचंगुनारायण सत्तल, हनुमानढोका भित्रको नाट्येश्वर मन्दिर, तलेजु भवानी मन्दिर लगायतको निर्माण सम्पन्न भएको र पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र, स्वयम्भु क्षेत्र, पशुपति क्षेत्र र चाँगुनारायण परिसर पुनःनिर्माण जारी रहेको दावी छ ।

त्यस्तै भूकम्पले क्षति पु¥याएका एक हजार ५९ विद्यालय, ९२९ स्वास्थ्य संस्था र पाँच हजार २३३ खानेपानी योजनाको पुनःनिर्माण द्रुतरुपमा भइराखेका छन् ।

प्राधिकरणले पुनःनिर्माणलाई सरलीकृत बनाउन प्राचीन स्मारक संरक्षण, जीर्णाेद्धारसम्बन्धी कार्यविधि २०७४, निजीआवास अनुदान कार्यविधि, २०७३ संशोधन, बस्ती स्थानान्तरण कार्यविधि २०७३ स्वीकृत, गैरसरकारी सस्था सञ्चालन कार्यविधि २०७२ संशोधन गरेको छ । यसले भने काम गर्न केही सहज हुने अपेक्षा गरिएको छ । 

भूकम्प पीडितका अनेक समस्या छन् । घर भत्कियो, जग्गा आफ्नो नाममा छैन । लालपूर्जा नभए अनुदान रकम नपाइने । त्यस्तै एउटै जग्गामा दुई वा तीनवटा घर बनेका र ती सबै भत्केका छन्, तर अनुदान पाउने एउटाले मात्रै । सबैको लेखाजोखा गर्ने हो भने पीडितको संख्या अझै बढ्ने छ । भूकम्प पीडितहरु सरकारले तय गरेको नीति र बन्धनका कारण अरु पीडित बनेका छन् । एकातिर घरबारविहीन हुनेको पीडा अर्कोतिर सरकारले दिने अनुदान नपाइने पीडा । यस्ता समस्याको समाधान हुनैपर्छ  ।

भूकम्पपछिको क्षतिलाई अवसरका रुपमा लिन हामीले पटक्कै सकेनौं । राजनीतिक स्थिरता, सुशासन र कामगर्ने प्रतिबद्धता अनि दृढ इच्छाशक्ति हुन्थ्यो भने अहिले साँच्चै नयाँ नेपाल बन्थ्यो । जसरी धुर्मुस–सुन्तलीले काभ्रेको पहारी बस्ती र सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत बस्ती बनाए । सरकारले यस्ता बस्ती हजारौं बनाउन सक्थ्यो । तर, बनाउन चाहने । भूकम्प पीडितका नाममा सहायता मात्रै बटुलिरह्यो । त्यो पैसा कहाँ छ ? पत्तो छैन ?

यस्तै छ नेपाल र नेपालीको नियति । केही व्यक्ति चन्दा उठाएर पीडितका लागि घर बनाइरहेका छन्, सरकार भने ढुकुटीमा पैसा थुपारेर कागजी विकासमा रमाइरहेको छ । अब यस्तो नहोस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेता भाड्नतिर जनता जोड्नतिर (04.18.2017)
स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश (04.11.2017)
खै त्यो बेलाको जस्तो कूटनीतिक क्षमता (03.22.2017)
खै त्यो बेलाको कूटनीतिक सामथ्र्य (03.14.2017)
शैक्षिक मुद्दा र स्ववियू निर्वाचन (02.28.2017)
माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ? (02.15.2017)
यही हो शहीदको सम्मान ? (01.31.2017)
टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या (01.18.2017)
यसकारण मनाउने पृथ्वी जयन्ती (01.12.2017)
साँच्चैको नेता बनौं न (01.04.2017)
पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा (12.29.2016)
यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ? (12.20.2016)
संघर्ष अखण्डता र विखडनका बीच (12.07.2016)
किन हिस्रक बन्दैछ मानिस ? (11.29.2016)
सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार (11.23.2016)
सधैं सहमति मात्रै खोज्ने हो ? (11.08.2016)
दक्षिण एसियामा मोदीप्रतिको मोहभंग (10.05.2016)
राजनीतिको नाममा अपराधको खेती (09.27.2016)
किन विकृत पारियो ऐतिहासिक संविधान ? (09.20.2016)
सम्बन्ध विग्रिएको भारतकै कारणले (09.13.2016)



 
::| Latest News

 
[Page Top]