युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.18.2017, 11:53pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
हिमालमा लामखुट्टे नाँच्न थाले...
Thursday, 06.15.2017, 01:01pm (GMT+5.5)

- यादब देवकोटा
नेपाल जलवायु परिवर्तनका कारण सर्वाधिक असर गर्ने मुलुकको सूचीमा पाँचौं स्थानमा छ । त्यसैले त हिमाली क्षेत्रमा लामखुट्टे देखा परेका छन् । तराईको तुलनामा हिमाली क्षेत्रमा तापक्रम बढिरहेको छ । अतिवृष्टि, अनावृष्टिले खाद्यान्न र खानेपानीमाा समस्या पारिरहेको छ । अनि खाद्यबाली चक्रमा ठूलो अन्तर आएको छ । यसअघिसम्म हाम्रो कल्पना हिमालमा लामखुट्टे लाग्छ भनेर हुन्थेन । अनि काफल फागुनमै पाक्छ, गुराँस माघमै फुल्छ भनेर । तर, अहिले यस्तै यस्तै अनौठा र अप्राकृतिक लाग्ने दृश्यहरु देख्न–सुन्न पाइन्छ । 
यसको कारण जलवायु परिवर्तन हो । जलवायु परिवर्तनले मानव सभ्यतालाई मात्र होइन पृथ्वीको अस्तित्वलाई नै संकटमा पार्न थालेका संकेत माथि वर्णन गरिएका दृश्यहरु हुन् । धनी, औद्योगिक र सम्पन्न मुलुकहरुको लापरर्वाहीका कारण यस्तो स्थितिको सिर्जना भैरहेको छ । यो नेपालको मात्र होइन विश्वका अनेक मुलुकको साझा समस्या हो । समुद्री आँधीको चपेटामा परिरहेका छन् । हिमाली मुलुकका हिउँ पग्ने, समुद्री किनारका मुलुक डुब्दै जाने स्थिति उत्पन्न भएको छ । अर्कोतिर अन्र्टाटिका र आर्कटिके सागरको हिउँ तीब्रगतिमा पग्लदै गएको छ । यो अर्को ठूलो चुनौति हो ।
सन्दर्भ नेपालकै जोडौं– वैज्ञानिकहरु नेपाल जस्ता जलस्रोतका धनी मुलुकहरुको भविष्य समेत अन्योलमा पर्ने बताउन थालिसकेका छन् । जलवायु परिवर्तनकै कारण जलविद्युत निर्माण गर्दा जलाशययुक्त योजना संचालन गर्नुपर्ने र वर्षाको पानी जम्मा गर्ने योजना बनाउनुपर्ने सुझाव वैज्ञानिकहरुले दिन थालेका छन् । नेपाल जस्तो हिमाली राष्ट्रको पानीको स्रोत हिमालय भएका कारण पनि हिउँ पग्लदै जाँदा नदीको स्रोत घट्दै जाने र जलविद्युत उत्पादनमा मात्र होइन, खानेपानी तथा सिंचाईमा पनि नकारात्मक प्रभाव पर्नेछ । यसले मानव जीवनशैलीमै अप्रत्यासित परिवर्तन ल्याउने छ । पानी र खाद्यान्नका लागि मारामारको स्थिति उत्पन्न हुनेछ । खान र बाँच्नकै लागि आप्रवासीहरुको ओइरो ती मुलुकहरुमा लाग्नेछ । हालै मात्र जापानमा जलवायु परिवर्तनका कारण हावामा कार्बनडाइअक्साइडको मात्रा दोब्बर बढेको पाइएको छ । जापान विश्वमा सबभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकमा पर्दछ । यसै समस्याको समाधानका लागि विश्वका औद्योगिक मुलुकहरुले जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि अघिल्लो वर्ष पेरिस सम्झौतामा हस्ताक्षर गरे तर हालै अमेरिकाले सो सम्झौताबाट बाहिरिने निर्णय गरेर विश्वलाई आतंकित पारिदिएको छ । 
पर्सियादेखि बर्मासम्मको हिमालय पर्वतमाला सर्वाधिक जोखिममा छ । यिनलाई नजोगाउने हो भने यो क्षेत्रका कुनै पनि मुलुकको भौगोलिक अस्तित्व अहिलेको जस्तो नरहने चेतावनी समेत आउन थालेका छन् । हिमताल पग्लदै जाँदा यसको असर गंगा भ्याली हुँदै बंगलादेशसम्म पर्छ । हिमाललाई सुरक्षित राख्न सकेनौं भने मैदान र सागर पनि सुरक्षित रहन सक्दैन । हिमाल र सागरबीचको अन्योन्याश्रित प्राकृतिक सम्बन्धलाई कायमै राख्ने र यसमा खलबल ल्याउन नहुने तथ्य बुझ्नैपर्छ । 
औद्योगिक राष्ट्रहरुले उत्सर्जन गरेको हरित गृह ग्यास यसको सर्वाधिक ठूलो कारण हो । त्यस्तै युद्ध, बम, बारुदको धुवा अनि विकासको नाममाा वातावरणीय सन्तुलनको ख्यालै नगरी हुने निर्माणले अर्को अनिष्ट निम्त्याइरहेको छ । हुन त नेपाल वातावरण मैत्रि संस्कृति भएका मुलुक हो । तर वातावरण शुद्ध राख्नेतर्फ परम्प्रागत हाम्रा विधिहरुको उपयोगलाई धर्मको नाम दिएर दुत्कारिएको छ । नेपालको संस्कृति नै वातावरणमैत्री थियो र छ । वैदिक सनातन धर्मावलम्बीहरुले हरेक दिन वाचन गर्ने स्वश्तिवाचन र गर्ने यज्ञ यज्ञादिले वातावरण शुद्धतातर्फ संकेत गरेको छ । तर यसलाई केवल कुनै जात विशेष वा धर्म विशेषको कर्मको रुपमा व्याख्या गरेर दुत्कार्न थालिएको छ । हिमाल खलबलियो भने सागरमा गडबडी उत्पन्न हुन्छ भन्ने वैदिक शास्त्रीय मान्यता अहिले पनि स्थापित छ तापनि वातावरण शुद्ध राख्ने विधिहरुको भने अनुसरण हुन सकिरहेको छैन । 
नेपालको हिमालहरु पग्लिदै छन् । नयाँ नयाँ हिमनदीहरुको उत्पत्ति भैरहेको छ भने कतिपय त कुनै पनि बेला फुट्नसक्ने उच्च जोखिममा छन् । हिमाल पग्लनुको अर्थ समथर भूभाग डुबानमा पर्नु हो । यसले सो क्षेत्रमा चर्को भोकमरी सुरु हुने स्पष्ट नै छ । विश्व खाद्य कार्यक्रमले यसअघि नै ती क्षेत्रमा खाद्यान्न अभाव हुने भविष्यवाणी गरिसकेको सन्दर्भमा भित्र्याउने बेलामा नष्ट भएका धानको क्षतिपूर्ति कसले तिर्ने र पीडित किसानहरुलाई कसरी राहत उपलब्ध गराउने ? यो विनाश हाम्रो कारणले होइन अरुकै कारणले गर्दा भएको हो । जलवायु परिवर्तनका कारण मासिंदै गएको दुर्लभ वनस्पति, जीवजन्तु लगायतको क्षतिपूर्ति कसरी प्राप्त हुने हो ? पत्तो छैन । स्याउ फल्ने ठाउँमा मकै र मकै फल्ने ठाउँमा अनावश्यक झारपात मात्र उम्रन थाल्यो भने त्यसको वैकल्पिक उपाय के हुने ? नेपालले अहिलेसम्म यी विषयहरुमा गम्भीर गृहकार्य गरेको पत्तो छैन । बंगलादेश र भुटानले जलवायु परिवर्तनबाट पुगेको क्षतिको क्षतिपूर्ति उतिबेलै मागिसकेको अवस्थामा नेपालमा त्यसको डाटा संकलन कार्य मात्र सकिएको बताइन्छ । 
माटोको उर्वराशक्ति घट्दैछ । प्रांगारिक खेती गर्नुपर्ने ठाउँमा अनेक किसिमका रासायनिक पदार्थको प्रयोग गरेर खाद्यान्न नै विषाक्त हुँदै गएको छ । धनी मुलुकहरु जैविक खेतीतिर आकर्षित भैरहे पनि गरिब र विकासोन्मुख मुलुकहरुमा रासायनिक मल अनुदानमा उपलब्ध गराएर उनीहरुको बाँच्ने आधार नै समाप्त पार्दैछन् । नेपाल जस्ता परम्परागत कृषि प्रणालीमा धानिएको मुलुकको कृषि उत्पादन हरेक वर्ष घट्दै जानुको मुल कारणमध्ये यो पनि एउटा प्रमुख पक्ष हो । जलवायु परिवर्तनबाट प्रत्यक्ष देखिएको प्रभावहरुमध्ये खाद्यान्न तथा फलफूल उत्पादनमा आएको अत्यधिक ह्रास हो । नेपाल जस्तो जैविक र भौगोलिक विविधता भएको मुलुकमा मौसम अनुसारको खेतीपाती गर्नु अब ठूलो चुनौतिको विषय बन्न थालेको छ । 
विगत डेढ दशकमा पृथ्वीको तापक्रम औसतभन्दा निकै बढेको छ । नेपाल जस्ता हिमाली मुलुकहरूमा हिमाल पग्लेकै कारण हिमतालहरूको संख्या बढ्दैछ । यसै गरी तापक्रम बढ्दै जाने हो भने यी हिमतालहरू कुनै पनि बेला विस्फोट हुने खतरा औंल्याउन थालिएको छ । यसो भयो भने तराई डुब्ने र हिमालको हिउ निख्रिने अवस्था सिर्जना हुनेछ । यसको रोकथामका उपायहरू बेलैमा नअपनाउने हो भने नेपालको तराई डुबान क्षेत्र र हिमालहरू नांगा पहाडमा परिणत हुनेछन् । यसको प्रत्यक्ष प्रभाव नेपाललाई मात्र होइन विश्वलाई नै पर्नेछ । हिमाल र सागरको अन्योन्याश्रित सम्बन्धका कारण सन्तुलित रहेको जलवायुमा यसले ठूलो प्रभाव पार्नेछ । हिमालहरू पग्लदै गएपछि समुद्रको सतह पनि बढ्ने र यसले कतिपय टापु मुलुकहरूको अस्तित्व विलिन हुने अवस्था आउने छ । 
जलवायु परिवर्तन नेपाल वा कुनै एक मुलुकको मात्र चासो र चिन्ताको विषय होइन । धनी र विकसित मुलुकहरूले प्रकृतिमाथि गरेको अत्यधिक शोषणको परिणाम नेपालजस्ता मुलुकहरूले भोग्नु परिरहेको छ । वितेका केही वर्षयता नेपालमा जलवायु परिवर्तनको स्पष्ट संकेतहरू देखिएका छन् । मनसुनमा वर्षा नहुने मात्र होइन हिउँदे वर्षा पनि कम हुन थालेको छ । अतिवृष्टिले डुबान समस्या बढाइरहेको छ । यसले खानेपानीको समस्या झन विकराल बनाइरहेको छ भने खाद्यान्न उत्पादनमा पनि भारी गिरावट आएको छ । जलस्रोतको भण्डार रहेको भए पनि जनताको घरमा धारा र खेतमा सिंचाई सुविधा नपुगेका कारण नेपाली किसानहरू आकाशे पानीको भरमा खेती गर्न विवश छन् भने खानेपानीका लागि नदी, पोखरी, कुवा, इनारको भरपर्नुपर्ने अवस्था अहिले पनि विद्यमान नै छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा (05.31.2017)
दर्शना, शाक्य र थापाको सन्देश (05.24.2017)
स्खलित नैतिकता र गुम्दो इमान (05.11.2017)
अझै कति कुर्ने पीडितले ? - यादब देवकोटा (05.02.2017)
नेता भाड्नतिर जनता जोड्नतिर (04.18.2017)
स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश (04.11.2017)
खै त्यो बेलाको जस्तो कूटनीतिक क्षमता (03.22.2017)
खै त्यो बेलाको कूटनीतिक सामथ्र्य (03.14.2017)
शैक्षिक मुद्दा र स्ववियू निर्वाचन (02.28.2017)
माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ? (02.15.2017)
यही हो शहीदको सम्मान ? (01.31.2017)
टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या (01.18.2017)
यसकारण मनाउने पृथ्वी जयन्ती (01.12.2017)
साँच्चैको नेता बनौं न (01.04.2017)
पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा (12.29.2016)
यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ? (12.20.2016)
संघर्ष अखण्डता र विखडनका बीच (12.07.2016)
किन हिस्रक बन्दैछ मानिस ? (11.29.2016)
सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार (11.23.2016)
सधैं सहमति मात्रै खोज्ने हो ? (11.08.2016)



 
::| Latest News

 
[Page Top]