युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.18.2017, 11:43pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ?
Tuesday, 08.08.2017, 06:22pm (GMT+5.5)

- यादब देवकोटा

यतिबेला नेपालको बौद्धिक–कूटनीतिक क्षेत्र चीन–भुटान–भारतको त्रिदेशीय बिन्दु ‘डोक्लाम’मा भारत र चीनको विवादले रन्किएको छ । उनीहरु यो विवादमाथि अनेक टिप्पणी र विश्लेषण गरिरहेका छन् । यो विवादले विश्वको दोस्रो ठूलो आर्थिक शक्ति चीन र उदयिमान शक्ति भारतबीच युद्ध हुने सम्भावना औंल्याइरहेका छन् । अर्कोतिर युद्धको कुनै सम्भावना नभएकोे विश्लेषण पनि भैरहेको छ । डोक्लामको विवाद चीन र भुटानबीचको हो वा भुटान र भारतबीचको वा चीन र भारतबीचको ? यो एउटा पक्ष हो । खासमा सो क्षेत्रको सीमा विवाद चीन र भुटानकै हो । यी दुई मुलुकले सीमा विवाद समाधान गर्न लामो समयदेखि प्रयास गरिरहेकाा भए पनि हुन सकेका छैन । 

यसमा कारक भारत नै हो । भारतकै कारण भुटानले चीनसंग औपचारिक दौत्य सम्बन्ध समेत कायम गरेको छैन । भुटानको परराष्ट्र र सुरक्षा भारतको मुट्ठीमा छ । यसै कारण डोक्लाम हुँदै चीनले सडक बनाउन थालेपछि भारत आत्तिएको हो । खासमा डोेक्लामको अहिलेको विवाद भुटानको सार्वभौमिकतामाथिको हस्तक्षेप हो । यो एउटा प्रसंग हो । यस्तै प्रसंग दुई वर्ष अघि चीन र भारतले लुटेकको नेपालको सार्वभौमिकता ।

यहाँ सन्दर्भ डोक्लामको हैन, नेपालको लिपुलेकको उठाउन खोजिएको छ । भारतले चीनलाई र चीनले भारतलाई भुटानको सार्वभौमिक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाइरहेका बखत यी दुई देशले नेपालकको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको प्रसंग यहाँ स्मरणीय हुन आउँछ । वास्तवमा यी दुबै मुलुक अरुको सार्वभौमिकताको रक्षाका नाममा आफ्नो स्वार्थ पूर्ति गर्न चाहन्छन् भन्ने लिपुलेक र डोक्लाम प्रकरणले स्पष्ट पारेको छ । भुटानको सन्दर्भ पनि यही हो । यदि दुबै मुलुक अर्को स्वतन्त्र मुलुकको सार्वभौमिक स्वतन्त्रताको सम्मान गर्ने मनस्थितिमा हुन्थे भने नेपालको लिपुलेकलाई दुई देशको व्यापारीक केन्द्र बनाउने सम्झौता गर्ने थिएनन् । 

नेपालको सार्वभौमिक अखण्डतामाथि कसैले आँखा लगाएमा हामी सहँदैनौं भन्ने चीनले भारतसंग लिपुलेक सम्झौता गर्दा नेपालसंग सोध्नुपर्ने आवश्यकता नै ठानेन । भारत त यसै पनि हेपाहा भैहाल्यो । उसले आधाशताब्दीदेखि सो क्षेत्रको कालापानीमा सैनिक क्याम्प नै राखेको छ । कालापानीको ऐतिहासिक दस्तावेजले यो भूभाग नेपालकै हो भन्ने प्रमाणित भए पनि नेपालका दास मनोवृत्तिका शासकहरुको कमजोरीका कारण यो भूमिलाई भारत र चीनबीचको सीमाका रुपमा स्थापित गरिदिएको छ । यो विषयले नेपालीको रगत किन उम्लेन ? नेपालका बुद्धिजीवी–कूटनीतिज्ञहरुको मस्तिष्क किन तरंकित भएन । केही औंलामा गन्न नसकिनेहरुले मात्र लिपुलेक सम्झौताको बिरोध गरे । राजनीतिक नेतृत्व अन्तर्गत विपक्षमा रहेकाहरुले कराए । सत्तापक्ष मौन ।

डोक्लाम जस्तै लिपुलेक त्रिदेशीय बिन्दु हो र यसलाई दुई शक्तिशाली मुलुकले चाहने हो भने ठूलो विकास गर्न सक्छन् । यसको लाभ नेपाललाई पनि हुनेछ । तर, अर्काको भूमिलाई आफ्नै ठानेर सम्झौता गर्नु हेपाहा प्रवृत्ति त हो नै यससंगै नेपाली शासकहरुको मनोविकारग्रस्त मानसिकता अर्को कारण हो । भारतले आफ्नो दावी गर्दैआएको लिपुलेकलाई चीनले व्यापारीक केन्द्र बनाउने सम्झौता गरेर सदर गरिदियो । किनभने यो भारत र चीनलाई जोड्ने एउटा महत्वपूर्ण क्षेत्र हो । यो क्षेत्र नेपालको पश्चिम सीमाभन्दा ५३ किलोमिटर पूर्वमा पर्दछ । अर्थात् नेपालको पश्चिमी सिमाना दार्चुला जिल्लाको लिम्पियाधुरा हो । त्यसभन्दा ५३.१२ किमि पूर्वमा लिपुलेक भञ्ज्याङ रहेको छ । 

यही भञ्ज्याङलाई मे १४–१५ २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको अवसरमा चीन र भारतले ‘व्यापारीक बिन्दु’ बनाउने समझदारी गरी नेपालको सार्वभौमिकतामाथि गम्भीर आँच पु¥याए । सो समझदारीबाट नेपालको सार्वभौमसत्तामा असर पर्ने गरी नेपाली भूमि भारतमा गाभ्ने प्रयास भएको छ । तर यो विषय जति उठ्नुपथ्र्यो अझै उठेको छैन । चिनीया पक्षबाट अनौपचारिक रुपमा यसमा सुधार गर्ने आश्वासन दिए पनि अहिले के भैरहेको छ पत्तो छैन । 

यतिबेला सबैको ध्यान डोक्लामतिरै छ । नेपाली भूमि दुई मुलुकले अतिक्रमण गरेर भारतीय भएको मान्यता स्थापित गरिसकेका छन् । हामी भने डोक्लामतिरै रुल्मुलिएका छौं । नेपालको स्वतन्त्र अस्तित्वमाथि कसैको पञ्जा पर्न नदिने भन्दैआएको चीनले नेपाली भूमि भारतलाई सुम्पिने काम गर्दा नेपालको कूटनीतिले केही गर्न सकेन । आधा शताब्दीभन्दा बढी समयदेखि कालापानी र सो क्षेत्रमा भएको भारतीय अतिक्रमणको बिरोध भैरहँदा नेपालको सबभन्दा भरपर्दो मित्र देशले त्यस्तो काम गरेको छ, जुन कल्पना गर्न सकिन्थेन । यद्यपि यो विषय अहिले चर्चा सन्दर्भभन्दा बाहिर छ । चीनले गल्ती महसुस गरेको र उचित समयमा यसलाई सच्याउने आश्वासन दिएको चीन निकटस्थहरुले बताउँदै आएका छन् ।

लिपुलेकमा भारत र चीनबीचको समझदारी जानेर हो वा नजानेर अझै गम्भीर विश्लेषणको आवश्यकता छ । किनभने नेपाल र चीनबीच सन् १९६१ र सन् १९७९ मा सीमा सम्झौता भएको थियो । सीमा सम्झौता हुँदा लिपुलेक भन्ज्याङलाई नेपाल–चीन र भारतको त्रिदेशीय बिन्दु कायम गरिएको थियो । यद्यपि भारतले भने लिपुलेक भञ्ज्याङलाइ हालसम्म मान्यता दिएको छैन । लिपुलेक भञ्ज्याङको बाटो नेपालीहरू तिब्बत प्रवेश गर्ने नाका परम्परागत रूपमा रहँदै आए पनि भारतले उक्त क्षेत्रमा आफ्नो शैन्य गतिविधि बढाएपछि भने नेपालीका लागि लिपुलेक भञ्ज्याङ पूर्णतः बर्जित भएको छ । लिपुलेकभन्दा ५३ किमि पश्चिममा पर्ने लिम्पियाधुरा नेपाल–भारत सीमा क्षेत्र हो भने लिपुलेक भञ्ज्याङबाट व्यापार आदान–प्रदान गर्न चीन र भारतले सम्झौता गर्न कसरी सक्छन् ? 

यहाँ उठाउन खोजिएको विषय भारत र चीनको स्वार्थमा नेपाल र भुटान जस्ता मुलुक कति परिरहने हो । डोक्लामको विवाद दुई देशको अस्तित्व स्थापित गर्ने रणनीति मात्र हो । त्योभन्दा बढी केही हैन । उनीहरुबीच युद्धको कुनै सम्भावना छैन । जसरी लिपुलेकलाई भारत र चीनको सीमा मानेर दुई देशले व्यापार बढाउन नेपालको सार्वभौमिकतामाथि बुट प्रहार गरे भुटानको हकमा पनि त्यही हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)
दार्जिलिङ आन्दोलन र नेपालीको भावना (06.28.2017)
निर्वाचन सार्नुको औचित्य के ? (06.22.2017)
हिमालमा लामखुट्टे नाँच्न थाले... (06.15.2017)
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा (05.31.2017)
दर्शना, शाक्य र थापाको सन्देश (05.24.2017)
स्खलित नैतिकता र गुम्दो इमान (05.11.2017)
अझै कति कुर्ने पीडितले ? - यादब देवकोटा (05.02.2017)
नेता भाड्नतिर जनता जोड्नतिर (04.18.2017)
स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश (04.11.2017)
खै त्यो बेलाको जस्तो कूटनीतिक क्षमता (03.22.2017)
खै त्यो बेलाको कूटनीतिक सामथ्र्य (03.14.2017)
शैक्षिक मुद्दा र स्ववियू निर्वाचन (02.28.2017)
माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ? (02.15.2017)
यही हो शहीदको सम्मान ? (01.31.2017)
टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या (01.18.2017)
यसकारण मनाउने पृथ्वी जयन्ती (01.12.2017)
साँच्चैको नेता बनौं न (01.04.2017)
पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा (12.29.2016)
यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ? (12.20.2016)



 
::| Latest News

 
[Page Top]