युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
प्रथालाई कानुन बनाउन मिल्छ ?
Wednesday, 09.06.2017, 03:51pm (GMT+5.5)

- यादब देवकोटा

देशमा विविध जात, धर्म, संस्कृति अनि उनीहरुका आआफ्ना संस्कार र परम्परा छन् । ती संस्कार र परम्पराका कतिपय विषयवस्तु एक अर्कामा मिल्दैन । यसलाई कुरित ीभने पनि, परम्परा भने पनि यो नेपाली संस्कृति हो र यसलाई आफ्नै ठाउँमा स्वतन्त्र छाडिदिनुपर्छ– यसमा कायम रहेका विकृतिहरु हटाएर । धार्मिक–सांस्कृतिक मूल्य–मान्यता र परम्परा भनेको कानुनभन्दा माथि हुन्छन् र यसलाई कानुनले पनि अलिखित रुपमा मान्यता दिएको हुन्छ । किनभने यस्ता परम्परालाई कानुनमा मान्यता दिन मिल्दैन र सकिंदैन पनि ।
तर अहिले मुलुक राजनीतिक रुपमा नयाँ संरचनामा प्रवेश गरेसंगै यसका विविध पक्षमाथि ठूला बहस भैरहेका छन् । मौजुदा ऐन, कानुनहरु परिवर्तन गर्ने कार्य चलिरहेको छ र यस्तैमा पर्दछ मुलुकी ऐनको सन्दर्भ । नयाँ ऐनमा अनेक विषयहरुलाई समेट्नुपर्ने आवाज उठिरहेका छन् । राणा प्रधानमन्त्री जंगबहादुर राणाले १६५ वर्षअघि र राजा महेन्द्रले ५४ वर्षअघि ल्याएको मुलुकी ऐनलाई विस्थापित गरी नयाँ ऐन ल्याउन लागिएको छ । संसदले सो ऐन हालै पारित गरेको छ । “फौजदारी कसूरसम्बन्धी ऐन” नाम  दिइएको सो ऐनमा परम्परागत मान्यताहरुलाई पनि कानुनकै रुपमा स्थापित गर्नुपर्ने माग उठिरहेको छ ।
यस्तोमा एउटा विषय परेको छ दफा १७० मा “हाडनातामा बिवाह गर्न नहुने” सदर्भ । यो कानुनी मान्यता पहिले पनि थियो तापनि कतिपय समुदायमा हाडनाता मानिनेबीच विवाह हुने परम्परा छ । तसर्थ नयाँ ऐनमा पनि “परम्परा अनुसार चली आएकोे विहेबारीमा भने सजायँ हुने छैन” भनिएको छ । यसलाई कानुनी रुपमै उल्लेख गर्नुपर्ने अर्थात् हाडनाता विवाह गर्न पाउनुपर्ने माग केहीको छ । त्यस्तै बहुपति प्रथा पनि नेपालका कुनै ठाउँमा चलिरहेको छ । यसलाई पनि कानुनकै रुपमा स्वीकार्नुपर्ने माग छ । के यसो गर्दा समाजको सद्भाव र शान्ति खलबलिदैन होला ?
धार्मिक, सांस्कृतिक मूल्य–मान्यताले समाजलाई एकढिक्का र अनुशासित बनाइरहेको हुन्छ । एउटा समुदायको प्रथा अर्कोका लागि अपाच्य पनि हुनसक्छ । तर, त्यसमा कसैले अबरोध गरेका छैनन् । तर, यदि यसलाई कानुनमै लेखियो भने त्यस्तो परम्पराको विपक्षमा रहेका समुदायमा कस्तो असर गर्ला ? खासमा यी विषयहरुलाई कानुनमै उल्लेख गर्दा यसको असर नकारात्मक नै बढी पर्ने सम्भावना रहन्छ ।
हुन पनि कानुनमा उल्लेख हुने र परम्परागत प्रथाबीच ठूलो अन्तर हुन्छ । कतिपय प्रथाले कानुनकै मान्यता अलिखित रुपमै पाएको छ । बाहुन–क्षेत्रीमा मामा–फुपुको छोराछोरीबीच विवाह गर्न हुँदैन तर, अर्को कुनै जातिमा यो जायज छ र व्यवहारमा आइरहेको छ । अब यो प्रथा वैज्ञानिक रुपमा जायज कि नाजायज भन्ने अनुसन्धान गर्नु आवश्यक छ ।
सांसद रामनारायण बिडारी “प्रथाजन्य कानुनका नाममा विकृतिहरुलाई निरन्तरता दिन नहुने” बताउदै “कतिपय आदिवासी जनजाति समुदाय र ठकुरी समुदायमा समेत मामा–चेला फूपु–चेली विहे गर्ने चलन छ । तर, यो प्रथा वैज्ञानिक रुपमा पनि ठीक छैन । सन्तान उत्पादनसँग समेत यो जोडिएको छ । बहुपति प्रथाजस्ता विकृतिहरु पनि प्रथाका नाममा निरन्तरता दिन जरुरी छैन” भन्नुहुन्छ ।
थारु समुदायमा एकथरि प्रथा छ, त्यसलाई त्यो समुदायले स्वीकारेको छ । जस्तो कि श्रीमान मरेपछि विधवाले चाहेको पुरुष ल्याएर घरमा राख्न पाउने परम्परा छ । यो अन्य जातिमा पनि छ । यो मानिसको व्यक्तिगत स्वतन्त्रता र हक हो । के यसलाई कानुनी रुपमा स्थापित गरिदिंदा यसको नतिजा सकारात्मक होला ? कानुनको ठेलीमाा लेखिनु र परम्परागत व्यवहारबीच ठूलो अन्तर हुन्छ । त्यस्तै कतिपय समुदायमा दाजुभाइका छोराछोरीबीच समेत बिहे हुने गरेको छ । अब यसलाई पनि कानुनी मान्यता दिने ?
परिवर्तन र नयाँ नेपाल भनेको विकृतिहरुको पहाड खडा गर्ने पक्कै हैन । हो, कानुनले “तर, यो व्यवस्थामा प्रथागत रुपमा स्थापित मान्यताहरुलाई रोक लगाउने छैन” भनिसकेपछि त्यो स्वतः कानुनी भयो ।
कुनै जातिमा बहुपति प्रथा छ ? यसलाई कानुनमा उल्लेख गर्न सकिन्छ ? यस्तो प्रथालाई कानुनी रुपमाा लिखित मान्यता दिइयो भने दाजुभाईबीच कस्तो सम्बन्ध कायम रहँला ? यस्ता पक्षहरुलाई वेवास्ता गर्दै हरेक प्रथालाई कानुनी रुपमा लेख्न लगाउँदा त्यो कानुन कतिका लागि स्वीकार्य होला ? विवाहकै सन्दर्भमा कुरा गर्दा जनजाति समुदायको प्रथा अन्यलाई मान्य छैन । यो उनीहरुको प्रथा हो । 
दाजुभाईका छोराछोरीबीचको विवाह हाडनाताभित्र पर्दछ । यसलाई कानुनले निषेध गरेको छ र गर्नुपर्छ तर यस्तो प्रथा भएका समुदायका हकमा यो कानुन निस्क्रिय रहन्छ । यहाँ बुझ्नुपर्ने कुरा के हो भने हाड नाताभित्रको विवाहको प्रथा कायम रहे पनि यसले खडा गर्ने समस्याको विषयमा अध्ययन नै भएको छैन ।
कानुनी रुपमा मात्रै हैन हाडनाता विवाह वैज्ञानिक रुपमै उपयुक्त छैन । हाडनाताभित्र विवाह किन वञ्चित छ भन्ने सन्दर्भलाई हिन्दु धर्मले पापका रुपमा व्याख्या गरे पनि यसको खास कारण उनीहरुबाट जन्मने बच्चाको भविष्यसंग जोडिएको छ । हाडनातामा कारणीपश्चात जन्मिएको बच्चा मानसिक रूपमा दुर्बल, रोगी, नराम्रो, अशक्त हुन्छ । तसर्थ हाडनाताबीचको सम्बन्धलाई मान्यता दिएमा मानव समाज अधोगतिमा लाग्ने निश्चित भएका कारण हाडनाताबीचको सम्बन्ध वञ्चित गरिएको हो । तर, यो प्रथाभित्र जोजो परेका छन्, उनीहरुलाई कानुनी रुपमा वञ्चित गरिएको छैन ।
हाडनाता विवाह (करणी)लाई जानेर वा नजानेर प्राचीन समयका मानिसले महापापको संज्ञा दिएका हुन् । त्यतिबेला धर्म नै कानुन थियो । समाज धर्म अनुसार चल्थ्यो । तर, यो अधिकारका रुपमा स्थापित गर्ने जमर्को भैरहेको छ । विश्वका विभिन्न मुलुकमा हाडनाता विवाहको सन्दर्भ उठेका छन् र कतिपय वैज्ञानिकहरुले यसलाई मान्यता दिनुपर्ने आवाज उठाइहेका छन् ।
तर, हाडनाता करणीबाट जन्मिएको मान्छे मात्र हैन पशु समेत स्वस्थ नहुने पाइएको छ । एउटा सानो उदाहरणका रुपमाा बाख्रा प्रजनन गराउँदा हाडनाता परेमा तौल कमी, रोगी र मासु उत्पादनमा कमी हुने गरेको छ । नेपालमा बाख्रा प्रजनन प्रायः हाडनातामै हुने गरेको छ । जनचेतना, व्यावसायिक बाख्रापालन र उन्नत जातको बोकाको अभावले बाख्रामा प्रायः सबै हाडनातामै प्रजनन हुने गर्छ ।
गाई–भैंसी, भेडा–बाख्रा वा अन्य पशुको गर्भाधानका लागि घरमै बहर, राँगो, बोको भए पनि किन बाहिर लगिन्छ ? यसको एउटै कारण उसबाट जन्मिछ बच्चा अस्वस्थ हुन्छ भनेरै हो । पशुमा हुने यो समस्या मानिसमा नहुने कुरै भएन । तसर्थ पनि हाडनाता विवाहलाई कानुनी मान्यता दिनुहुँदैन भन्ने स्थापित मान्यता छ ।
मानिसमा त के पशुमा समेत वर्जित हाडनाता करणी (विवाह) जसले अपनाइरहेका छन् त्यो उनीहरुको प्रथा हो र जसले यसलाई महापाप ठान्छन् त्यो पनि उनीहरुको प्रथा र अधिकार हो भने जर्वजस्ती कानुनी मान्यता लाद्न हुँदैन । कानुन समाज रुपान्तरण र अनुशासनका लागि हो भाँडनका लागि हैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)
दार्जिलिङ आन्दोलन र नेपालीको भावना (06.28.2017)
निर्वाचन सार्नुको औचित्य के ? (06.22.2017)
हिमालमा लामखुट्टे नाँच्न थाले... (06.15.2017)
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा (05.31.2017)
दर्शना, शाक्य र थापाको सन्देश (05.24.2017)
स्खलित नैतिकता र गुम्दो इमान (05.11.2017)
अझै कति कुर्ने पीडितले ? - यादब देवकोटा (05.02.2017)
नेता भाड्नतिर जनता जोड्नतिर (04.18.2017)
स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश (04.11.2017)
खै त्यो बेलाको जस्तो कूटनीतिक क्षमता (03.22.2017)
खै त्यो बेलाको कूटनीतिक सामथ्र्य (03.14.2017)
शैक्षिक मुद्दा र स्ववियू निर्वाचन (02.28.2017)
माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ? (02.15.2017)
यही हो शहीदको सम्मान ? (01.31.2017)
टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या (01.18.2017)
यसकारण मनाउने पृथ्वी जयन्ती (01.12.2017)



 
::| Latest News

 
[Page Top]