युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:08am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
जो घरभित्रै असुरक्षित छन्...
Friday, 11.24.2017, 12:56pm (GMT+5.5)

- यादब देवकोटा
भनिन्छ हरेक व्यक्तिका लागि घर, परिवार सबभन्दा सुरक्षित स्थल र व्यक्ति हुन् , तर, आजभोलि घरभित्रै महिला असुरक्षितन छन् । मूलतः महिला, बालिका तथा युवतीहरु घरभित्रै यौन हिंसाको शिकार भैरहेका छन् । चाहे यौन हिंसा होस् या अरु हिंसा, महिला घरभित्रै हिंसाको शिकार भैरहेकी हुन्छिन् । कति बाहिर आउँछ, कति आउँदैन । घरेलु हिंसाका घटना नेपाली समाजमा सामान्य जस्तै भैरहेको छ । पढेलेखेकादेखि अनपढहरुले बराबर हिंसा सहेर घरको कथित ‘इज्जत’ धानिरहेका छन् । यसले हिंसालाई अरु प्रोत्साहन गरिरहेको छ ।
महिलामाथि पुरुषले गर्ने हिंसा र महिलालाई महिलाले गर्ने हिंसा दुई अलग पाटा हुन् । यी दुईबीचमा पुरुषले महिलामाथि गर्ने हिंसा अझ यौन हिंसा डरलाग्दोसंग मौलाउँदो छ । आफ्नै बाबु, दाजु, जेठाजु, देवर, ससुराबाट यौन हिंसा अर्थात् बलात्कारको शिकार भएका मुद्दा अनगिन्ती छ ।
यो आलेखमा त्यस्तै केही प्रतिनिधि घटनाहरुलाई उद्धृत गर्दै अघि बढिनेछ ।  गत भदौमा रौतहटको गरुडा नपाकी २५ वर्षीया एक महिला ससुराले कुटपिट गरी घरेलु हिंसा गरेको भन्दै केही समय मअघि प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा उजुरी दिइन् । पीडितसँग घटनाको जानकारी लिँदा थाहा भयो ससुराले यौनसम्पर्क गर्न खोज्दा अस्वीकार गरेकाले उनी कुटपिटको सिकार भएकी रहिछन् । यस्तै, प्रतापपुर पल्टुवा गाविसकी २० वर्षीया एक महिला पनि ससुराले कुटपिट गरेको भन्दै उजुरी दिन आइन् । उनको अवस्था बुझ्दासमेत उस्तै रहेछ ।
केही महिना अघि सुर्खेतमा आफ्नै ससुरा बुहारीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ परे । जिल्ला प्रहरी सुर्खेतले सरकारी कर्मचारी समेत रहेका ससुराले आफ्नै बुहारीलाई पटक पटक बलात्कार गरेको आरोपमामा बुहारीको जाहेरीका पक्राउ गरिएको थियो । प्रहरीका अनुसार ससुराले बुहारीलाई पटक पटक बलात्कार गरेको यौनजन्य अंगहरु देखाउने जस्ता यौन हिंसा गर्दै आएका थिए । ससुराले दिन प्रति दिन केही त्यस्तो व्यवहार गर्न थालेपछि बुहारी साउन २४ गते प्रहरीमा किटानी जाहेरीसहितको उजुरी दिइन ।
ससुरा मात्र हैन, दाजुबाट बहिनी बलात्कृत भएका अनेक घटना छन् । गत शनिबार कार्तिक २५ गते काभ्रेको पाँचखालमा यस्तै घटना घट्यो । आफ्नै दाजुबाट बहिनी बलात्कृत भईन् । १२ बर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका– १२ खहरेगाँउ बस्ने २२ बर्षीय दाजुलाई प्रहरीले पक्राउ गर्यो ।
यस्तै गत जेठमा पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरे । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गर्यो । युवतीले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार पीडितकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबुछोरी मात्रै बस्दै आएका थिए । त्यसयता बाबुले छोरीलाई विगतदेखि नै पटक–पटक बलात्कार गर्दै आएका थिए ।
बाबुले पटक–पटक बलात्कार गर्दै आएको भए पनि पीडित बालिकाले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबर गरेकी थिइनन् । तर, पछिल्लो पटक मादकपदार्थ सेवन गरी आएका बाबुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।
त्यसैगरी यही हप्ता सर्लाही घरभई हाल काठमाडौं महाराजगञ्ज बस्दै आएकी २४ वर्षीय महिलालाई आफैँ जेठाजुले पटकपटक यौन दुव्र्यवहार गरेको भन्दै उनले राष्ट्रिय महिला आयोगमा उजुरी दिइन् । आयोगकी कानुन अधिकृत निर्मला गुरुङले आयोगले उजुरीका आधारमा आवश्यक छानविनका लागि महाराजगञ्जस्थित प्रहरी वृतमा पत्रचार गरेको बताइन् । आयोगमा पर्ने अधिकांश महिलाका घटना आफन्तबाटै हिंसामा परेको आउने गरेको अधिकृत निर्मलाले बताइन् ।
त्यसो त पति वैदेशिक रोजगारीमा गएका पत्नीहरु ससुरा, जेठाजु तथा देवरबाट यौन हिंसाको शिकार हुने गरेको छन् । गत महिना सिरहाको अर्नमा गाउँपालिका— १ महनौर बुढियाचापमा आफ्नै ससुराको कुटाईबाट शोभा महरा गम्भीर घाइते भइन । ससुरोको कुटाइबाट बेहोश भएकी शोभाको टाउको, अनुहार, आँखा, लगायत शरीरको अन्य भागमा गम्भीर चोट लागेको थियो । पछि थाहा लाग्यो उनका श्रीमान बिदेशमा रहँदा ससुराले पटक पटक यौन सम्पर्क गर्न दवाब दिने र नमान्दा कैयौं पटक कुटिनुपरेको थियो ।
यी केही उदाहरण मात्रै हुन् । हाम्रो समाजमा आफन्तैबाट महिला तथा बालिकाहरु यौन दुव्र्यवहार र बलात्कार भएका घटनाहरु धेरै छन् । नेपाल प्रहरीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७२।७३ मा ९ सय ६३ वटा जबरजस्ती करणीका घटना घटेका थिए । यस्तै २०७३।७४ मा १ हजार १३९ वटा घटना घटे । जसमध्ये अधिकांश घटना आफन्तैबाट, छरछिमेकबाट घटेको छ ।
सर्वोच्च अदालतको बार्षिक प्रतिवेदन अनुसार देशभरका अदालतमा २०७१।०७२ मा ७१ वटा हाडनाता करणीका मुद्धा दर्ता भएको थिए । यस्तै २०७२।०७३ हाडनाता करणीका ८२ वटा मुद्धा दर्ता भएको थियो ।
त्यसो त नेपालको फौजदारी सम्बन्धी नयाँ कानुनमा कसैले हाडनाता करणी गरे जन्मकैद हुने भएको छ । समाजमा आफन्तबाटै महिला एवम् बालिकाहरु बलात्कृत भैरहेको अवस्थामा फौजदारी कसुर सम्बन्धी नयाँ कानुनले यस्तो व्यवस्था गरेको हो । त्यस्तै जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद हुनेछ । यसअघि मुलुकी ऐनले पनि आफूलाई जन्माउने आमाको करणी गर्नेलाई जन्मकैद हुनेछ भनिएको थियो ।
आफ्ना एकै बाबुबाट जन्मेका दिदी बहिनी वा आफूले जन्माएका छोरीको करणी गर्नेलाई दश वर्ष कैदको व्यवस्था गरेको थियो । यस्तै सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाई वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाई बुहारी वा देवर भाउजुको करणी भएमा चार वर्षदेखि दश वर्षसम्म कैद र चालीस हजार रुपैँया देखि एक लाख रुपैँयासम्म जरिबाना हुने भनिएको छ ।
एकै हागाँको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाती, एकै हागाँको ठूलो वावु वा काका भतिजी, एकै हाँगाको भतिजो ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजी बुहारी, साख्यै मामा भाञ्जी वा भानिज माइजु, आमा तर्फको ठूली आमा वा सानी आमा र छोरा र आफनी श्रीमती तर्फकी सासू र ज्वाईको करणी भएमा तीन वर्ष देखि ६ वर्षसम्म कैद र तीस हजार रुपैँया देखि साठी हजार रुपैँयासम्म जरिबाना हुने भनिएको छ ।
यी बाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता समेत विचार गरी एक वर्ष देखि तीन वर्षसम्म कैद र दश हजार रुपैँया देखि तीस हजार रुपैँया सम्म जरिबाना हुने भनिएको छ ।
बलात्कार र महिला हिंसामा संलग्नहरुले प्रभाव, दवाव, धम्की र मिलेमतोका आधारमा उम्किने गरेकै कारण अपराध बढ्दै गएको हो । नयाँ कानुनी व्यवस्था अनुसार कारबाही हुन थालेपछि यस्ता घटनामा कमी आउने विश्वास गर्न सकिन्छ । तर, यसको कार्यान्वयनका लागि समाजका हरेक वर्गकोा साथ र सहयोग आवश्यक पर्दछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)
दार्जिलिङ आन्दोलन र नेपालीको भावना (06.28.2017)
निर्वाचन सार्नुको औचित्य के ? (06.22.2017)
हिमालमा लामखुट्टे नाँच्न थाले... (06.15.2017)
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा (05.31.2017)
दर्शना, शाक्य र थापाको सन्देश (05.24.2017)
स्खलित नैतिकता र गुम्दो इमान (05.11.2017)
अझै कति कुर्ने पीडितले ? - यादब देवकोटा (05.02.2017)
नेता भाड्नतिर जनता जोड्नतिर (04.18.2017)
स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश (04.11.2017)
खै त्यो बेलाको जस्तो कूटनीतिक क्षमता (03.22.2017)
खै त्यो बेलाको कूटनीतिक सामथ्र्य (03.14.2017)



 
::| Latest News

 
[Page Top]