युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:02am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
मत तान्ने नै भए पनि सही निर्णय
Tuesday, 12.05.2017, 03:49pm (GMT+5.5)

- यादब देवकोटा
सरकारले निर्वाचनको संघारमा आचारसंहिता मिचेरै जनमुखी बनेको देखाउँदै ‘मतमुखी’ निर्णय ग¥यो । मुस्लिम धर्मका प्रबर्तक मोहम्मद जयन्ती र नेपाल एकीकरणकर्ता राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिने निर्णय भयो । मोहम्मद जयन्तीको निर्णय कार्यान्वयनमा आयो भने पृथ्वी जयन्ती आउन बाँकी छ । यो निर्णय दुई ठूलो समुदायको भोट तान्ने मेसो त हुँदै हो तर, यससंगै यो निर्णय जनमुखी रहेकोमा विवाद नहोला । 
निर्वाचन आचारसंहिता जारी भएदेखि नै सरकारले त्यस विपरीतका निर्णयहरु गर्दैआएको छ । मन्त्रिपरिषद् विस्तार, ठूला आयोजनाहरुको सम्झौता खारेजी र नयाँ सम्झौताको तयारी, आर्थिक सहायता वितरण, सरकारी स्रोत साधनको दुरुपयोग जस्ता विषयहरु जति आलोच्य भए पनि निर्वाचन आयोगले सरकारलाई सचेत पार्ने काम नै गर्न सकेन । पछिल्लो निर्णय पनि आचारसंहिता विपरीत भएकाले  सरकारसंग स्पष्टिकरण सोध्ने निर्वाचन आयोगको भनाई रहे पनि त्यो पानीको फोका जस्तै बनेको छ ।
भोट तान्नकै लागि सरकारले पृथ्वी जयन्तीमा विदा दिने निर्णय गरेको हो भन्ने बुझ्न गाह्रो छैन, तर त्यस्तै नियत भए पनि यो निकै सह्रानीय काम हो । नेपालको अहिलेको स्वरुपको निर्माणकर्ता पृथ्वीनारायण शाह नै हुन् । उनैले छिन्नभिन्न रहेको नेपाललाई एकताको सूत्रमा बाँधेर भौगोलिक मात्र हैन जातीय, भाषिक र धार्मिक–सांस्कृतिक एकता गराएका थिए । पृथ्वीनारायण शाहले खडा गरेको नेपाल एकीकरण र राष्ट्रिय एकताको मजबुत जग हल्लाउन विदेशी शक्तिहरुले ठूलै कसरत गरे पनि अन्ततः त्यो सफल भएन ।
लोकतन्त्र प्राप्ति लगत्तै हठात रुपमा राष्ट्रिय एकता दिवसका रुपमा मनाइदै आइएको पुस २७ गतेको विदा कटौती गरियो । सरकारले देशको दिवस नै मनाएन तापनि विभिन्न संघसंस्थाले निरन्तर मनाइरहे र पृथ्वीनारायण शाहको योगदानप्रति नतमस्तक हुँदै सरकारलाई विदा दिन र दिवस मनाउन दवाव दिइरहे । खासमा राष्ट्रको हित सोच्ने जो कोहीले पृथ्वीनारायणको योगदान, उनको दृष्टिकोण र नेपाल बनाउने, जगाउने र जोगाउने सूत्र कहिल्यै बिर्सदैन ।
पृथ्वीनारायण शाह दूरदर्शी, जनमुखी र अहिलेको भाषामाा समाजवादी राजा थिए । उनले जसरी नेपाल एकीकरणका लागि आर्थिक जोहो गरेका थिए त्यो अहिलेको नेपालका लागि पनि उत्तिकै आवश्यक छ । उनले आफूले जितेका राज्यहरुको धर्म, संस्कृतिको संरक्षण मात्र गरेनन् त्यसलाई नेपालकै सम्पदाका रुपमा विकसित गरे । जनताको राय सुझाव लिएर अघि बढे ।
एउटा सन्दर्भ– 
पृथ्वीनारायणलाई गोर्खा राज्यलाई विस्तार गर्नको लागि १२ हजार रुपैयाँ आवश्यक थियो र त्यो रकम राजकोषमा थिएन । त्यति रकम पनि राज्य कोषमा नहुँदा त्यतिबेलाको गोर्खा राज्य र राजाको दरिद्र अवस्थालाई जाहेर गर्दछ । कसरी १२ हजार रुपैयाँ जुटाउने भन्ने चिन्ताले छटपटिएका राजा पृथ्वीनारायण सुझावका लागि जनतामा जान्छन् र पाका जनतासंग सुझाव माग्छन् । यही सुझाव माग्ने सन्दर्भमा दरबारका पाका दमाइ विषे नगर्चीकोमा पुग्दछन् र समाधानको उपाय सुझाउन भन्दछन् । विषे नगर्ची निकैबेर सोचमग्न हुन्छन् र नबोली आफ्नो घरभित्र पस्छन् । घरभित्रबाट एक रुपैयाँ ल्याएर राजा पृथ्वीनारायण शाहलाई दिंदै राजा तपाईंको समस्याको समाधान निस्कियो भन्छन् ।
पृथ्वीनारायणलाई गोर्खा राज्यमा कति घरधूरी छन् भनेर सोध्छन् । उनी राज्यमा जम्मा १२ हजार घरधूरी छन् भनेर बताउँछन् ।  यसरी नै राज्य विस्तारका लागि प्रत्येक घरधूरीबाट एक एक रुपैयाँ माग्नुहोस र १२ हजार संकलन गरेर अघि बढ्नुहोस् भन्छन् । विषे नगर्ची आफ्नो सुझावको कार्यान्वयन र व्याख्या एकैसाथ गर्छन् । पृथ्वीनारायणको चित्त बुझ्छ । उनी यसरी नै अघि बढ्छन् । १२ हजार रुपैयाँ प्राप्त गरेपछि हतियार खरीद गरेर उनी एकीकरण अभियानमा अघि बढेर सफलता हाँसिल गर्छन् । जनतासंगको सहकार्य गर्ने विषेको सोच र पृथ्वीनारायणको जोशद्वारा राज्यका हरेक घर परिवारले स्वेच्छाले खुसी भएर साझा राज्य कोषको लागि प्रदान गरेको १२ हजार रुपैयाँको कोष नै नेपाल एकीकरणको लागि संकलित प्रथम राज्य कोष हो । अहिलेको भाषामा भन्नुपर्दा त्यो सहकारी मान्नु पर्दछ । 
अहिले नेपालको अवस्था त्योभन्दा फरक छैन । ठूलठूला विकास आयोजना सम्पन्न गर्नुपर्ने सरकारसंग त्यो पूँजी छैन, तर पूँजी संकलन गर्ने पृथ्वीनारायणकालीन योजना भने विस्मृतिमा पारिएको छ । हुन त अहिले गाउँगाउँमा सहकारी खुलेका छन्, तर त्यसको काम सानोतिनो गर्जो टार्ने मात्रै हो । विकासमा जनताको सहभागिता गराउने र जनताको पूँजी परिचालनन गर्ने हो भने त्यो आयोजना समयमै सम्पन्न हुने र त्यसको संरक्षण जनताले नै गर्ने हुँदा मुलुक चाँडै समृद्धिको दिशातिर अग्रसर हुनसक्छ । तर, यसका लागि पृथ्वीनारायण शाहको अध्ययन हुनु आवश्यक छ । राज्य संचालका विविध सूत्र दिएर आर्थिक, सामाजिक, सांस्कृतिक, विदेश नीति सबै नीतिहरुको दिव्योउपदेश दिएर गएका पृथ्वीनारायण शाहको नाम उनका पुर्खाहरुले भजाइरहे तर, काम भने विपरीत गरे । अहिले त उनको जन्मदिनलाई दिवस नै मनाउन छाडिएको बेला सरकारले भोट तान्नकै लागि भए पनि जुन निर्णय ग¥यो, त्यो साहसिक र जनमुखी छ । तर, पृथ्वीनारायणको शालिकमा माला लगाउने मात्रै हैन, उनका नीतिहरुको पालना गरी आर्थिक समृद्धिको बाटोमा कसरी जनतालाई सहभागी गराउने, विदेशी दान–अनुदानबिना कसरी मुलुकमा औद्योगिकीककरण गर्ने भन्ने पृथ्वीविचारको अध्ययन अब योजना आयोग, अर्थमन्त्रालय अनि सम्बन्धित सबै निकायमा हुनुपर्छ । नेपाल एकीकरणका लागि १२ हजार रुपैयाँ जुटाउने उपाय दिने विषे नगर्चीको सोच अहिले पनि आवश्यक छ र जनताको राय मान्ने राजनेताको पनि उत्तिकै खाँचो छ । 
जनताको कोष र जोश एकैसाथ परिचालित भएर नै नेपालको एकीकरण सफल भएको र टिकेको हो । यसरी नेपाल सहकारी र सहकार्यबाट विशाल बनेको र रहिरहन सकेकोबाट पाठ सबैले सिक्नुपर्दछ । प्रथम राज्य सहकारी र सहकार्यबाट विशाल नेपाल बनाउन मिलेको सफलतालाई अर्को ढंगले निरन्तरता दिंदै विशाल नेपाललाई विकास नेपाल बनाउन साझा र राष्ट्रिय संकल्प आवश्यक छ ।
किनभने जनतासंगको सहकार्य गर्ने विषे नगर्चीको सोच र पृथ्वीनारायण शाहको जोशद्वारा राज्यका हरेक घर परिवारले स्वेच्छाले खुसी भएर साझा राज्य कोषको लागि प्रदान गरेको १२ हजार रुपैयाँ नेपालको कोष थियो र त्यही कोषबाट मुलुक एकीकरण भएजस्तै नेपाललाई विकास नेपाल बनाउन त्यस्तै साझा र राष्ट्रिय संकल्प सहितको कोष खडा गर्नुपर्दछ । जनतासंगको सहकार्यमा राष्ट्रिय कोष खडा गरी विकास गर्न सकिन्छ । यस्तो व्यापक स्वदेशी पूँजीबाट खडा भएको कोषको रकम लगानीको प्राथमिकता विद्युत उत्पादनलाई दिनुपर्दछ । व्यापक रुपमा जलविद्युत उत्पादन गरेर त्यसलाई ऊर्जा र इन्धनका रुपमा व्यापक परिचालन गरी पेट्रोलियम पदार्थको निर्भरतालाई लगभग विस्थापित गर्न सक्नुपर्दछ । यसबाट पचासौं अर्ब रुपियाँ विदेशिन रोकिन्छ । त्यो रकम मुलुकको विकासमा लगाउन सकिन्छ, विदेशीका सामु हात पसार्न पर्दैन । 
यसका लागि अहिलेका भ्रष्ट, विदेशपरस्त नेता र पार्टीबाट भने हुन सक्दैन र राष्ट्रिय कोष पनि खडा हुन सक्दैन । या त उनीहरूले आफूलाई गम्भीर रुपान्तरित गर्न सक्नुपर्दछ या त जनताको पंक्तिबाट ज्यूँदो जाग्दो नयाँ शक्तिको उदय हुनुपर्दछ । जनतालाई नयाँ ढंगले परिचालन गर्नुपर्दछ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)
दार्जिलिङ आन्दोलन र नेपालीको भावना (06.28.2017)
निर्वाचन सार्नुको औचित्य के ? (06.22.2017)
हिमालमा लामखुट्टे नाँच्न थाले... (06.15.2017)
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा (05.31.2017)
दर्शना, शाक्य र थापाको सन्देश (05.24.2017)
स्खलित नैतिकता र गुम्दो इमान (05.11.2017)
अझै कति कुर्ने पीडितले ? - यादब देवकोटा (05.02.2017)
नेता भाड्नतिर जनता जोड्नतिर (04.18.2017)
स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश (04.11.2017)



 
::| Latest News

 
[Page Top]