युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 02:53am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
निर्वाचनको साथर्कता तब हुन्छ...
Tuesday, 12.12.2017, 02:49pm (GMT+5.5)

- यादब देवकोटा
नयाँ संविधान कार्यान्वयनका साथै मुलुकको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण टेको सावित हुने अपेक्षा गरिएको निर्वाचनको प्रदेश र प्रतिनिधिसभाको लगभग सबै नतिजा आइसकेको छ । परिणामले बाम गठबन्धन स्पष्ट बहुमतमाा पुगेको छ । यो निर्वाचनपछि मुलुक राजनीतिक स्थिरतातर्फ मोडिने आमअपेक्षा छ ।
निर्वाचन लोकतान्त्रिक पद्धतिको मेरुदण्ड हो । जनताको मतद्वारा निर्वाचितहरु नै जनप्रतिनिधि हुन् र उनीहरुको दायित्व जनताका हरेक सुख दुखमा साथ दिनु हुनेछ । विगत लामो समयदेखि नेपालको लोकतान्त्रिक अभ्यासमा निर्वाचन फगत नेतालाई सत्ता शिखरमा पु¥याउने र उनीहरुको समृद्धिको सोपान खडा गर्ने मेरो मात्रै बनिरहेको दर्दान्त अवस्था छ ।
संविधानसभाको दुईपटक निर्वाचन गरेर संविधान बनाउन सफल भए पनि यो संविधान कार्यान्वयनमा अनेक चुनौति छन् । पुनःसंरचित संरचना अनुसार राज्य संचालनको महाभारत कायमै छ । यस्तोमा सम्पन्न निर्वाचन र यसले दिने नतिजाले देश र जनताको भलो कत्तिको गर्छ भन्ने कुतुहलता विद्यमान छ । नेपाल लामो समयदेखि संक्रमणकालबाट गुज्रिँदैआएको छ । आमूल राजनीतिक परिवर्तनका संवाहक शक्तिहरू बनेका प्रमुख राजनीतिक दलहरू नै निर्णायक खेलाडी रहेकै अवस्थामा मुलुक असफलताको संघारतिर भास्सिने डर बनिरहेका बेला संविधान कार्यान्वयनको नयाँ दिशा सुरु भएको छ ।
त्यसो त यसपटक निर्वाचन यसअघिकोभन्दा अलिक फरक ढंगले भयो । बम पड्काएर निर्वाचन बिथोल्न खोज्ने शक्तिको केही लागेन । आम जनता देशको भविष्य निर्माणमा अग्रसर भए । त्यसै गरी दलहरु जसरी गठबन्धन गरेर चुनावी मैदानमा उत्रिए । उनीहरुको गठबन्धन चुनावसम्म मात्रै हो कि चुनावपछि पनि भन्ने जिज्ञासाको सहज समाधान छैन । यद्यपि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेर जसरी चुनावी मैदानमा होमिए र जरी प्रचारप्रसारका क्रममा एकले अर्कोलाई खुइल्याउने प्रपञ्च रचियो त्यसले स्वस्थ राजनीतिक अभ्यासको भने अझै कमी रहेको देखिएको छ ।
अनि जनतालाई आकर्षक योजनाका आश्वासन र अर्को पक्षलाई गाली गरेर चुनाव जित्ने धोको पाल्ने क्रम कसैले पनि तोड्न सकेनन् । चुनावी प्रचार अभियानमा देखिएका गतिविधिहरू र घोषणापत्र एवं प्रतिबद्धतापत्रमार्फत खुलाशा गरिएका धारणाहरूलाई विहंगम दृष्टिले हेर्दा विगतकै निरन्तर बाहेक केही हो भन्न सकिन्न । स्वस्थ प्रतिस्पर्धाका लागि विश्वसनीय राजनीतिक वातावरण बन्न नसक्दाका दुःखद परिणतिहरूले धेरै ठाउँमा राजनीतिक अस्थिरता र अन्यौल–अनिश्चितता जन्माउने गरेको तथ्यलाई हाम्रो राष्ट्रिय सन्दर्भमा पनि उपेक्षा गर्न मिल्दैन । 
नेपालको आन्तरिक राजनीति लामो समयदेखि बाह्यशक्तिहरूको रणनीतिक स्वार्थबाट हुँडलिँदैआएको जनजाहेर भैरहेको छ । राजनीतिक स्थायित्व र विधिको शासनको लामो समयदेखि प्रतिक्षा गरिरहेका जनताले आफैंले विश्वास गरेका र आफूले नै सघाएका राजनीतिक नेताहरूबाट धोका पाउँदैआएको बिडम्बनापूर्ण स्थिति भोगिरहनु परेको छ । राष्ट्रिय राजनीतिको स्वामित्व मुलुक बाहिरै पुगिसकेको कटु यथार्थबोधले स्वतन्त्रता प्रेमी स्वाभिमानी नेपालीको मनमा ठूलो चोट पुगेको छ । जसरी पनि निर्वाचन सम्पन्न हुनु मात्र यथेष्ट छैन– राजनीतिक स्वामित्वको प्रत्यावर्तनको प्रत्याभूति नेपाली जनताको पहिलो प्राथमिकता हो ।
आशा बाहेक अर्को विकल्प छैन, जनताको मनमा बसेको यही विकल्पहीन सोचको फाइदा दलका नेताहरुले उठाउँदै आएका छन् । तर, अब समय अलिक परिवर्तन भएको छ । जनतालाई सधैं झुक्याएर आफ्नो स्वार्थ पूरा गरिरहन सकिन्न । यसतर्फ सबैको ध्यान जानु आवश्यक छ । अहिले बाम गठबन्धनले बहुमत ल्याएको छ र उसले मुलुकमा राजनीतिक संस्कारको विकास गर्दै सरकार संचालन गरेर देशको मुहार बदल्ने शपथ खानुको विकल्प छैन । यदि त्यसो हुन सक्यो भने मात्रै यति ठूलो राजनीतिक उपलब्धिको सार्थकता कायम हुन्छ ।
नेपालमा जेजस्ता समस्याहरु उत्पन्न भैरहेका छन् त्यसको मूल कारण बाह्यशक्तिको चलखेल हो । जनताले सोच्दै नसोका अनेक प्रयोगले नेपालको राजनीतिक इतिहास रंगिदैआएको छ । विकृतिजन्य अनेक अभ्यासका दुष्परिणामहरू देश र देशवासीले भोगिरहनुपरेको छ । आन्तरिक राजनीतिक परिवर्तन र व्यवस्थापनमा बाह्यक्षेत्रको सहयोग र भूमिकाको अपेक्षा गर्दाका दुष्परिणामहरू मुलुकलाई कमजोर, परमुखापेक्षी र दिशाहीन अवस्थामा पुर्याउने प्रमुख कारण बनेका छन् । यो अवस्थामा वर्तमान संविधानको स्वीकार्यता र अस्वीकार्यताको विषय अरु जटिल पनि बन्नसक्छ । यसलाई आन्तरिक रुपमा व्यवस्थापन गर्न सके मात्र संविधान र निर्वाचनको सार्थकता झल्किनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)
दार्जिलिङ आन्दोलन र नेपालीको भावना (06.28.2017)
निर्वाचन सार्नुको औचित्य के ? (06.22.2017)
हिमालमा लामखुट्टे नाँच्न थाले... (06.15.2017)
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा (05.31.2017)
दर्शना, शाक्य र थापाको सन्देश (05.24.2017)
स्खलित नैतिकता र गुम्दो इमान (05.11.2017)
अझै कति कुर्ने पीडितले ? - यादब देवकोटा (05.02.2017)
नेता भाड्नतिर जनता जोड्नतिर (04.18.2017)



 
::| Latest News

 
[Page Top]