युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 06.24.2018, 04:22pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
कहिले छोड्ने बाटो बूढाहरुले ?
Tuesday, 12.26.2017, 11:30am (GMT+5.5)

- यादब देवकोटा
निर्वाचन सम्पन्न भयो ? धेरै शीर्ष भनिनेहरुले चुनाव हारे । केही आशलाग्दा युवाहरुले चुनाव जिते । जित्नैपर्नेहरुमध्ये धेरैले हारे । अहिले बाम गबठन्धनको बहुमत छ र प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट छ । तर, देशले एउटा आश गरिरहेको छ, सक्षम नेतृत्व आएर राजनीतिक स्थिरता कायम होस् र मुलुक समृद्ध बनोस् । अहिले प्रधानमन्त्री–मन्त्री बन्नेहरु यसअघि पनि सत्तामा पुगेकै थिए । कोहीले आशा जगाए, कोहीले अरु बढी निराश बनाए । यद्यपि नेपाली जनताको आश कायमै छ, विकल्प छैन जनतासंग ।
विकल्प हुन्थ्यो भने अहिलेका धेरै नेता पछारिन्छे । तर पछारिएनन् । जनताले अझै नेताबाट आश गरेका छन्, उनीहरुबाट त्यागको प्रतिक्षा गरेका छन् । जनताको चाहना कोही पनि नेपाली हातमुख जोर्नकै लागि विदेशिनु नपरोस्, देशको स्रोत साधनको सदुपयोग होस्, समृद्धिको शिखरतर्फ अघि बढोस् भन्ने हो । तर, दशकौंदेखिको यो सपना कहिले पूरा हुने हो थाहा छैन । नेपाली जनताका सामु समृद्धि र सुख महसुस गर्ने वस्तु मात्र भएको छ । किनभने नेपालमा जति राजनीतिक क्रान्ति भए त्यसले मुलुकलाई स्थिरता र समृद्धि दिन सकेन । यसको कारण सही र सक्षम नेतृत्वलाई अगाडि आउन नदिनु हो ।
सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अधिकांश उम्मेदवार पुराना थिए, जो दशकौंदेखि चुनाव लडेका, जितेका र प्रधानमन्त्री, मन्त्री भएकाहरु थिए । तर, धेरै त्यस्ताले चुनाव हारे । कारण थियो– केही गर्न नसके पनि उनीहरुमा अझै थकान छैन चुनाव लड्न तर, देश बनाउने हिम्मत भने पटक्कै छैन । पद लिन जति उत्सुक छन् नेताहरु देश बनाउने मामलामा उत्तिकै कमजोर छन् । 
विकासको कुरा गर्ने हो भने सरकारहरुले कति विकास ग¥यो, कति जनतालाई राहत दियो अनि देशको आर्थिक समृद्धिमा कति टेवा पु¥यायो र देशको सुदूर भविष्यसम्म सकारात्मक असर पर्ने के कति काम भयो भन्ने लेखाजोखा गर्दा सबै छर्लङ्ग हुन्छ । सरकार चलिरहन्छ, विकास निर्माणका आयोजनाहरु पम्परागत रुपमा घिस्रदै घिस्रदै चलिरहेका छन् । मेलम्चीको दुई दशकले यस्तै देखाउँछ । दक्षिण एसियामै विजुली बाल्ने अग्रणी मुलुक अनि विश्वमै जलस्रोतमा सबभन्दा धनी भएर पनि १००० मेगावाट विद्युत निकाल्न सकेका छैनौं । विकास यही हो ? कतिन्जेल अल्झाउने । अब पटकपटक अवसर पाएकाहरुले विश्राम लिएर नयाँ नेतृत्वलाई जिम्मा दिने त्याग गर्न सक्नुपर्छ ।
राजनीतिको दुई आयाम हुन्छ । एउटा आन्दोलन वा क्रान्ति, अर्को शान्ति अर्थात् समृद्धि । नेपालमा पटकपटक आन्दोलन भयो त्यो आन्दोलनको नेतृत्व अहिलेका शीर्ष भनिएका नेताहरु (कति दिवंगत भैसके)बाटै भएको हो । यो गर्वलायक पक्ष हो । तर क्रान्तिको नेतृत्व गरेको, जेल बसेको, कुटाई खाएको भन्दै आजीवन मन्त्री–प्रधानमन्त्री–सांसद आफू मात्रै बनिरहनुपर्ने भन्ने मान्यताले उनीहरुको राजनीतिक चेतना र देशभक्तिको भावनामा ठेस पु¥याउँछ । क्रान्ति नायकहरुलाई जनताले पटकपटक पुरस्कृत गरेका छन् । तर, उनीहरुले जनताको त्यो पुरस्कारको सम्मान गर्न सकेनन् । एकले अर्कोलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने काम मात्रै गरिरहे । अर्थात् आरोप–प्रत्यारोपमा उत्रिए । उनीहरुले भट्याउने देशको समृद्धिको नारा केवल नारा मात्रै बनिरहेको छ ।
राजनीतिमा पुस्तान्तरण भए मात्र देशले विकास गर्छ । यहाँ आजीवन पद ओगटिरहने प्रवृत्ति छ । २०४८ सालदेखि लगातार उच्च पदमा पुगेकाहरुलाई अझै कति पद चाहिएको ? देशको माया गर्छु भन्नेले सक्षमलाई नेतृत्वमा ल्याउनुपर्छ । अहिले मुलुकका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले,र माओवादी केन्द्रका शीर्ष तहका नेता, जो यसअघि कैयौंपटक प्रधानमन्त्री बने, मन्त्री बने र सांसद पनि बने, उनीहरुकै निरन्तरता छ । कोही पनि नेताले देशको भावी प्रधानमन्त्री अब ‘फलानो’ भनेर जनताले आश गरेका युवा पुस्ताका नेताको नाम उच्चारण नै गरेनन् ।
यही प्रवृत्तिले गर्दा जनतामा स्थापित राजनीतिक दलका शीर्षस्थ नेताहरुप्रति वितृष्णा जनाएको छ र विकल्पको खोजीमा लागेका छन् । यसको भेउ नेताहरुले पाएका छन् कि छैनन् त्यो उनीहरुले नै जान्ने कुरा हो । अहिलेको निर्वाचन नतिजाले पनि यो कुराको पुष्टि हुन्छ । एउटा सत्य के हो भने नेताहरुले जनताको भावनाको कदर पटक्कै गर्न सकेका छैनन् । उनीहरु लोकतन्त्रको नाममा आफ्नो हालीमुहाली चलाइरहन चाहन्छन् ।
सत्ताको निकट रहने तीन दलभित्र युवा पंक्तिका आशलाग्दा थुप्रै नेताहरु छन् । ती नेताहरुले संसदमा रहँदा वा नरहँदा जहिले पनि देश र जनताको पक्षमा खटिरहेका हामी सबैले देखेकै हौं । किन ती नेताहरुलाई भावी प्रधानमन्त्री भनेर अघि सारिएन ? अर्को कुरा चुनाव जितेका शेरबहादुर, केपी ओली, प्रचण्डहरुले अब आफूहरु प्रधानमन्त्री नबन्ने र युवा पुस्तालाई नेतृत्व दिने भनेर किन भनेनन् ? किन आफू नै प्रधानमन्त्री र आफ्ना नजिककालाई नै मन्त्री बनाउने तयारी किन गरे ?
राजनीतिक स्थिरताको नाममा आफ्नो सत्ता सुरक्षाको नौंटंकी नगर्ने हो भने देशले आशगर्नसक्ने ठाउँ भने छ । अहिले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भयो भने कम्तिमा पाँच वर्षसम्म सरकार परिवर्तन हुँदैन र यसले केही न केही विकासको ढोका खोल्नेछ । अब बन्ने सरकारमा पुरानालाई हैन नयाँ सोच र योजना भएका इमान्दार सांसदलाई मन्त्री बनाउने हो भने देशले पक्कै पनि काँचुली फेर्नेछ । केही न केही परिवर्तनको अनुभूति हुनेछ । यसका लागि शीर्ष तहका नेताहरुले त्याग गर्न र सानोतिनो लालचमा नफस्ने दृढता भने देखाउनुपर्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)
दार्जिलिङ आन्दोलन र नेपालीको भावना (06.28.2017)
निर्वाचन सार्नुको औचित्य के ? (06.22.2017)
हिमालमा लामखुट्टे नाँच्न थाले... (06.15.2017)
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा (05.31.2017)
दर्शना, शाक्य र थापाको सन्देश (05.24.2017)
स्खलित नैतिकता र गुम्दो इमान (05.11.2017)



 
::| Latest News

 
[Page Top]