युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 08:38am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
बल्ल खुल्यो बुद्धिको बिर्को
Tuesday, 01.09.2018, 01:20pm (GMT+5.5)

- यादब देवकोटा
पर्सी पुस २७ गते २९६ आंै जन्मजयन्ती । झण्डै एक दशकपछि सरकारले बिदा दियो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा । एक दशक अघिसम्म पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा राष्ट्रिय रूपमा मनाइन्थ्यो । २०६२।०६३ को परिवर्तनपछि राजा–महाराजाहरूले राष्ट्रका लागि दिएको योगदानको चर्चा गर्नुसमेत लाजको विषय बन्न पुगेको थियो । पृथ्वीनारायण शाह, त्रिभुवन, महेन्द्र, वीरेन्द्र जस्ता देशभक्त राजाहरूको राष्ट्रिय स्तरमा चर्चै गर्न नहुने अवस्थामा विस्तारै परिवर्तन आउन थालेको छ । कतिसम् मभने पृथ्वीनारायण शाहको शालिक तोड्नेदेखि लिएर योगदानको अपव्याख्या गर्ने काम समेत भयो । अझै यो क्रम जारी छ ।
यतिबेला राष्ट्र संकटमा परेको छ भनिन्छ । यसको कारण के हो ? त्यसको खोजी भने हुने गरेको छैन । एकथरि पृथ्वीनारायण शाहको नेपाल एकीकरणको मर्म नबुझ्दा र उनले दिएका दिव्य उपदेशहरूको ख्याल नगर्दा राष्ट्र विभाजनको पीडाले छटपटाइरहेको छ भनिरहन्छन् । अर्काथरि त्यसलाई वेवास्ता गर्दै आफ्नै धूनमा मस्त छन् । नयाँ नेपालको नाममा मुलुकलाई छिन्नभिन्न पार्ने प्रपञ्च रचिएकै छ । यस्तोमा मुलुकको अखण्डता जोजाउन र नेपाली–नेपालीबीच बढ्दै गएको सद्भावको दूरी मेटाउन राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहको स्मरण गर्नु देशभक्त नेपालीको परम कर्तव्य हो । ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो’ भन्ने नसम्झेर फूलबारीका हरेक फूलले टुक्य्राउँन पाउनुपर्ने अनर्थकारी दृष्टिकोण सार्वजनिक भए । 
पृथ्वीनारायण शाहले नेपालको एकीकरण किन गरे, कसरी गरे र यति लामो समयसम्म कसरी नेपाल अविछिन्न रूपमा समन्वीत भएर रहन सक्यो भन्ने गम्भीर विश्लेषणको विषय हो । यसको एउटै कारण र आधार भनेको धार्मिक, सांस्कृतिक, पौराणिक र समाजिक मूल्य मान्यतालाई यथास्थान महत्व दिएर तिनको संरक्षण गर्ने पृथ्वीनारायण शाहको राज्य संचालनको नीतिका कारण हो । उहाँको राज्य संचालन नीति नै धर्म नीति बमोजिम थियो । पृथ्वीनारायण शाह राजनेता मात्र होइनन्, ज्ञान विज्ञानका साथै दया, विवेक र दूरदर्शी सोच एवं मानवीय चेतना भएका, राजकीय सत्ता हाँक्ने अद्भूत कला र क्षमता भएका बडामहाराजा हुन् । पृथ्वीनारायण शाहको जीवनचर्याको व्याख्या र विश्लेषण गर्नेहरूले उनलाई राजाका रूपमा मात्र हेर्दैनन्, नेताका रूपमा पनि हेरेका छन्, विद्वानका रूपमा पनि हेरेका छन् । दुरदर्शी, साहसी, धीरवीर र तत्ववेत्ता ज्ञानीका रूपमा पनि वर्णन गरेका छन् । 
गुरू गोरखनाथका प्रियपात्र पृथ्वीनारायण शाहले आफ्नो जीवनकालमा साम्रज्यवादी आसुरी शक्तिसंग खेल्नसम्म खेलेर त्यसलाई पराजितै गरेका थिए । विश्वमा दवदबा मच्चाइरहेको साम्राज्यवादीहरूको तीब्र उत्तेजनालाई थिलथिल्याएर शिथिल पारेर स्वतन्त्रताको शंखघोष पनि गरेका थिए । विश्वमा आणुवांशिक विशेषताको गुढ रहस्यबोध गरेका पृथ्वीनारायण शाहले गोरक्षाको निमित्त जागृत गरेको चेतना यो सृष्टिकै निमित्त अत्यन्त महत्वको शाश्वत सत्यको नगिच छ ।
अहिले मुलुकको राष्ट्रियता संकटमा परेको सर्वत्र चर्चा चलिरहेको छ । राष्ट्रिय एकता खतरामा परेको पनि यससंगै चर्चामै छ । तर राष्ट्रिय एकताका आधारहरूलाई भत्काउने काम भने जारी नै छ । भौगोलिक, धार्मिक, सांस्कृतिक, भाषिक रूपमा हिजो मुलुक जसरी एकढिक्का थियो आज त्यसमा धमिरा लाग्न सुरू भैसकेको छ । यही धमिराकै असरले मुलुकमा जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक रूपमा विभाजनका रेखाहरू कोरिए । राष्ट्रिय एकताका जगहरू हल्लिन थालेको छ । यसरी राष्ट्रिय एकताका परिचयबोधक चिन्हहरू छिन्नभिन्न पार्दाको दुष्परिणाम मुलुकमा देखापर्दैछ । अर्कोतर्फ पूर्वजले भावी सन्ततिलाई दिन भनेर जनतनासाथ राखेको धार्मिक, सांस्कृतिक मूल्य मान्यताहरू भताभुङ्ग पार्दाको परिणाम आज जताततैबाट राष्ट्रिय अखण्डता खतरामा परेको आवाज सुन्नु परिरहेको छ । यदि यस्तै हो भने किन राष्ट्रिय एकतालाई कमजोर पार्ने आयातित राजनीतिक सिद्धान्त अपनाइयो ? किन मुलुकलाई बाह्यशक्तिको क्रिडास्थल बन्न दिइयो ? वैदिक सनातन धर्मको आडमा संगठित भएको नेपाली समाज किन छिन्नभिन्न हुँदै गयो ? यसको वहिंगम विश्लेषण हुनुपर्छ र समय छँदै सच्याउने जमर्को भयो भने अहिले देखिएका समस्याहरू स्वतः समाधान हुँदै पनि जान्छन् । 
राजनीतिक गर्ने नाममा गरिएका अनेक कुतर्क र कुसंस्कारको जड राजनीतिको मूल थलोमै केन्द्रित छ । यसको जरै उखेलेर फाल्नसके मात्र मुलुकले चाहेजस्तो गरी अगाडि बढ्न सक्छ । अहिले सर्वाधिक ठूलो चिन्ता मुलुकको भविष्यसंग गाँसिएको छ । कहिले जनजाति, कहिले आदिवासी, कहिले दलित त कहिले उत्पीडित भन्दै दुःखीहरूको नाममा राजनीति गर्ने गरिएको । यी सब मुद्दाहरू उचाल्नुको खास उद्देश्य केही टाठाबाठाहरूले आफ्नो स्वार्थ पूरा गर्ने दाउपेच मात्र हो । यसैले त पृथ्वीनारायण शाहको योगदानको गोलमटोल व्याख्या हुन थालेको छ । एकाएक अग्रगामी र क्रान्तिकारी लेखक ठहरिएकाहरू पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई उनको चक्रवर्ती सम्राट बन्ने चाहना भन्दै त्यो योगदानको अवमूल्यन गरिरहेका छन् । उनीहरूमा भाषिक, धार्मिक, सांस्कृतिक रूपमा एक भएको नेपाल पुनः टुक्राटुक्रामा विभाजित गरेर आफूहरू कुनै एउटा राज्यको ठालु बन्ने धोको त कतै छैन भन्ने प्रश्न पनि उठ्न थालेको छ । 
पृथ्वीनारायण शाहले मानिसमा चेतना हुनुपर्छ भनेका छन् । त्यसकारण हामी मानिस बन्ने कि नबन्ने भन्ने मूल विषय हो । बाठो पशु पनि हुन्छ । तर मानिसमा चेतना हुनेहुँदा पशुभन्दा धेरै माथि उठेको प्राणी हो । दिव्य उपदेशमा पृथ्वीनारायण शाहले यही कुरा भनेका छन् । सबवैलाई बाठो हुन छाडेर चेतनशील हुनुपर्छ भनेर चेतनाको स्मरण गराएका छन् । पृथ्वीनारायण शाह तत्ववेत्ता थिए । सार्वभौम राष्ट्रको परिकल्पनामात्र नगरी सार्वभौम राष्ट्र कसरी सुरक्षित हुन्छ भन्ने ज्ञानले ओतप्रोत पृथ्वीनारायण शाहले नै सार्वभौम राष्ट्रको प्रथम शर्तको रूपमा अगाडि सारेर एकीकरण अभियान सुरू गरेका हुन् । उनले नेपाल राष्ट्रलाई सार्वभौम राष्ट्रका रूपमा प्रतिष्ठित गराउन खेलेको भूमिकामा एकताको रसायन घोलिएको छ । एकताकै रसायनले यो राष्ट्रको आधारस्तम्भ खडा भएको छ । गोर्खामा कुनै राज्य गाभिएका होइनन् । नेपाल राष्ट्र एउटा बलियो सार्वभौम राष्ट्रको परिकल्पनाको साकार रूप लिएको राष्ट्र हो । 
पृथ्वीनारायण शाह सार्वभौम राष्ट्रको सार्वभौम राजा हुन् । सार्वभौम जनताका मात्र सार्वभौम राजा वा शासक हुनसक्छन् । जनता सार्वभौम छैनन् भने राजा अथवा शासक सार्वभौम हुन सक्दैनन् । के अहिले सत्तामा बस्नेहरू आफूलाई सार्वभौम बनेर प्रमाणित गर्न सक्छन् ? आफ्नो मौलिकतालाई बिर्सेर आयातित संस्कृतिमा रमाउन थालियो भने त्यो जस्तो घातक अर्को कुनै कुरा हुँदैन । मुलुकमा यस्तै आयातित संस्कृतिले जरा गाड्दै जाँदा राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाह विस्मृतिमा पर्दै गए । मुलुकको यावत समस्याहरूको चूरो यहीबाट सुरू भएको छ । 
अहिलेका शासकहरूले आफूलाई जतिसुकै सार्वभौम भएको घोषणा गरे पनि उनीहरूको व्यवहारले त्यो पुष्टि हुँदैन । हरेकपटक गठन हुने सरकारले मुलुकलाई हानी पुग्ने गरी भारतसंग कुनै न कुनै सम्झौता गरेका हुन्छन् । जनतालाई सार्वभौम बनायौं भन्नेहरूले दिन प्रतिदिन जनतालाई उपनिवेशवादीको चङ्गुलमा पार्न उद्यत छन् उनीहरूको रेखाचित्र मुलुकको भविष्य र गौरवशाली इतिहासलाई भत्काउन उद्यत भएका छन् । 
पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा थुप्रै छन् । आजभोलि चल्ने गरेका आरक्षणका विषयमा पृथ्वीनारायण शाह उतिबेलै सचेत थिए । सवैको आ–आफ्नो अधिकार दिन सकिएन भने मुलुक एकीकृत हुन सक्दैन भन्ने बुझेका पृथ्वीनारायण शाहले त्यतिबेलाको मूल्य मान्यता र आवश्यकता अनुसार आरक्षणको सिद्धान्त अनुरूप नै यो राष्ट्रलाई परिभाषित गर्ने प्रयास गरेका छन् । एउटा त साम्राज्यवादीहरूबाट रक्षा गरेर विभिन्न जातजातिका संस्कृति, परम्परा, रीतिस्थिति, मूल्य र मान्यता सवैको आरक्षण गर्ने नीति पृथ्वीनारायण शाहको रह्यो । त्यसैले उनले भनेका पनि छन् “राम शाहको स्थिति पनि हेरें, जयस्थिति मल्लको पनि हेरे, मैले पनि थिति बाँध्ने अठोट गरेको छु ।” थिति बाँध्नु भनेको नै संविधान तः विधिको विधान अनुसार राज्य संचालनको परिकल्पना हो । 
बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तपोबल, धर्मको बल, आत्मबल, चरित्रबल र बाहुबलमा जनबल समेत एकीकृत भएर यो राष्ट्र निर्माण भयो । यहाँका जनता सार्वभौम भए, राष्ट्र सार्वभौम भयो, सार्वभौम राष्ट्रका सार्वभौम जनताका राजा पनि सार्वभौम नै भए । यस्ता धर्मशास्त्रका ज्ञाता भएकाले एकएक पण्डित, कचहरीपिच्छे राखेर न्याय न्याय सम्पादन गर्दा प्रणालीको पनि पृथ्वीनारायणा शाहले सुरूवात गरे । न्याय सम्पादन गर्दा विधिको विधानअनुसार शास्त्रसम्मत हुन सकोस् , कोही पनि अन्यायमा नपरोस्, न्याय नमरोस् भन्ने कुरामा पृथ्वीनारायण शाह सचेत थिए ।
पृथ्वीनारायण शाहका बाहुबल, आत्मबल, चरित्रबल, धर्मको बलले एकीकृत यो राष्ट्रलाई अब नयाँ रूप दिंदा कसरी दिने ? गम्भीर प्रश्न छ । सबैमा महत्वकांक्षा जागेको छ । भाषा, संस्कृति, धर्म, मूल्य, मान्यतालाई लत्याएर राजनीतिक स्वार्थ त्यो पनि व्यक्ति र समूह विशेषको अलग अलग स्वार्थलाई मलजल गर्दा एकीकृत नेपालको हविगत कस्तो होला ? संघीयताको नाममा मुलुक कतै २२ से र २४ सेमा परिणत हुने त होइन ? हिमाल, पहाड र तराईको भौगोलिक वनावट भएको नेपाल कतै छिन्नभिन्न त हुने होइन ? यी प्रश्नहरूलाई मनन् गर्दै राष्ट्रिय एकताका आधारस्तम्भहरूको उचित मूल्यांकन र उनीहरूको योगदान र त्यागको स्मरण मात्र गर्न सके मुलुक खण्डित हुनबाट जोगिने थियो ।
अहिले देखिएको प्रदेशहरूको राजधानीकोा माग र आन्दोलनले के संकेत गर्छ । संघीयता अर्थात् प्रदेश विभाजनमा कति ववण्डर मच्चियो । अब यसको कार्यान्वयनमा त्यस्तै अवस्था छ । के यी सब कुरालाई हेक्का राख्दै पृथ्वीनारायण शाहको योगदान, दूदर्शीता र राष्ट्र संचालनको सूत्रहरूको सिको गरेर मुलुकको अखण्डता कायम राख्न अहिलेको पुस्ता सक्षम होला ?


Rating (Votes: )   
Share     Print


Other Articles:
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)
दार्जिलिङ आन्दोलन र नेपालीको भावना (06.28.2017)
निर्वाचन सार्नुको औचित्य के ? (06.22.2017)
हिमालमा लामखुट्टे नाँच्न थाले... (06.15.2017)
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा (05.31.2017)



 
::| Latest News

 
[Page Top]