युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:54am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध
Thursday, 01.25.2018, 12:35pm (GMT+5.5)

- यादब देवकोटा
हामी प्रत्येकले घरमा कुनै शुभकार्य गर्दा हवन गर्नेगर्दछौं । जानेर–बुझेर वा परम्परा निर्वाहकै लागि भए पनि यसरी गरिएको हवन (यज्ञ)ले वातावरणलाई कति लाभ पु¥याउँछ भन्ने हामीमध्ये थोरैलाई मात्र थाहा छ । वैदिक संस्कृतिमा यज्ञ उच्च प्राथमिकतामा राखिएको छ । यसको एउटै कारण हो सृष्टि संरचनाका यावत जीव, वनस्पतिको रक्षा । कारण उनीहरुका लागि चाहिने शुद्ध हावापानी र खाद्यान्न । त्यसकारण भन्न सकिन्छ यज्ञ गर्नु फगत आगोमा अन्न हु¥याउनु मात्र हैन । यो वातावरण सुद्ध गर्ने सबभन्दा वैज्ञानिक वैदिक विधि हो । यज्ञमा होमिने चरुबाट निस्कने धुँवा नै वातावरण शुद्ध राख्ने सबभन्दा उपयुक्त पदार्थ हो । यज्ञकुण्डमा हालिएको पदार्थ सूक्ष्म भएर फैलिंदै हावाका माध्यमबाट टाढाटाढासम्म पुग्दछ र सुगन्ध फैलाउँछ । जल, जमिन, वनस्पति, सबै शुद्ध हुन्छन् । यसले दीर्घजीवन प्राप्त हुन्छ । खाद्यान्नदेखि सबै अत्यावश्यक वस्तु प्राकृतिक हुन्छन् । तर, आज यी सबको साटो कृतिमताले जरा गाडेको छ । अहिले मानिसलाई प्राकृतिक रुपमा स्वस्थ रहने वैदिक विधिबिरुद्ध उक्साएर बहुराष्ट्रिय कम्पनीहरुले विषवमन गरे, पैसा खुवाएर उक्साए । आफ्ना औषधि, हाइब्रिड खाद्य वस्तुका बीज र रासायनिक पदार्थ विक्रीको बजार विस्तार गरे । हाम्रा कथित क्रान्तिकारीहरु त्यसैको सिको गरेर आफ्नो मौलिकता नष्ट गर्न उद्यत रहे । उनीहरुले के बुझ्न सकेनन् भने अग्निमा होमिएको पदार्थ केवल खाद्यान्न मात्र हैन । त्यो औषधि हो । 
वैदिक शास्त्रमा संसारमा सबभन्दा ठूलो कर्म नै यज्ञकर्म भनिएको छ । यज्ञको कर्मथलो नेपालमा भने यसबिरुद्ध कुप्रचार छ । तर, नेपालीलाई वैदिक धर्म, संस्कृतिबिरुद्ध भड्काउने पश्चिमा मुलुकहरु संस्कृत विद्यालय बढ्दैछन् । वेद–वेदाङ्गको अध्ययन गराउँदैछन् अनि यज्ञ–यगादि गर्ने बिधि सिकाउँदैछ । यज्ञसंस्कृतिको उद्गम थलो नेपालमा कथित क्रान्तिकारी भनिनेहरुले त्यसको बिरोध गरे । आगोमा अन्न पोल्नुको साटो गरीबलाई दिए पेट भरिन्थ्यो भन्दै संस्कृतका पुस्तकमा आगो झोसे । कालान्तरमा सत्ताको निकट पुगे अनि तिनीहरु नै महायज्ञमा दुबोको मालाले सजिएर अतिथि बन्न पुगे र भाषण गरे “हिन्दु धर्म संस्कृति वैज्ञानिक छ ।” यदि त्यस्तो थियो भने किन संस्कृतका पुस्तक जलाइए ? किन संस्कृति विद्यालय–विश्वविद्यालयमा आगो झोसियो ?
निरन्तर यज्ञ–यगादि विभिन्न स्थानमा भैरहने हो भने तापक्रम वृद्धि, वातावरण प्रदूषण, नदी प्रदूषण क्रमशः हटाउँदै जान सकिन्छ । तर, नेपालमा यज्ञ–यगादिलाई कर्मकाण्डी र बाहुनको खाने मेसोका रुपमा गलत व्याख्या र प्रचार गरियो । अहिले तापक्रम बढेको छ– हिमालदेखि तराईसम्म । वितेको केही वर्षयता तराईमा भन्दा हिमालमा तापक्रम बढेको तथ्यांक छ । यसले नेपालका हिमालयहरु कतिबेला काला पहाडमा परिणत हुने हुन् केही भन्न सकिन्न । विश्व जलवायु परिवर्तनका कारण नेपाल सबभन्दा प्रभावित मुलुकको सूचीमा छ । हिमाली क्षेत्रको तापक्रम बढिरहेको छ । यसो हुनुको मुख्य कारणमा पानी नपर्नु, हिउ घट्नु र तापक्रम बढ्दै गएकाले हो । यसको प्रत्यक्ष असर नेपालको जलस्रोत, खानेपानी, खाद्य उत्पादन लगायत जैविक विविधतामा प्रत्यक्ष रुपमा परेको छ । 
विश्व जलवायु परिवर्तनले संसारभर नै खाद्यान्न संकट उत्पन्न हुने चेतावनी विश्व खाद्य संगठनले दिइसकेको छ । अर्कोतिर भोकमरीमा पर्नेको संख्या पनि ह्वात्तै बढ्ने भविष्यवाणी भैसकेको छ । विश्वमा ७० दिनलाई पुग्ने खाद्यान्न संचिती भएन भने त्यसलाई संकटकालका रुपमा हेरिन्छ । अहिले विश्वमा ७० दिनलाई पुग्ने खाद्य सञ्चित छैन । खेतीपातीको मौसममा पानी नपर्दा खाद्य उत्पादनमा व्यापक कटौती हुन थालेको छ । हिमालका हिउँ पग्लदै जाँदा हिमनदीहरूको संख्या बढ्न थालेका छन् । यसले चाहिने बेलामा पानीको अभाव हुने र नचाहिने बेलामा नदीहरूको सतह बढ्ने खतरा पनि औंल्याउन थालिएको छ । 
चौतर्फी प्रदूषणले अनेकथरि रोगव्याधी देखापरेका छन् । शुद्ध र स्वच्छ हुनुपर्ने हिमाल र सागर समेत प्रदूषित भएर त्यहाँका बहुमूल्य जडिबुटी र जलचरहरू लोप हुन थालेका छन् । प्राकृतिक सन्तुलनका लागि अत्यावश्यक पक्षहरू लोप हुँदैजादा मानव जीवन अत्यन्त कष्टकर बन्नसक्छ । अहिले नेपालको जल, थल र वायुमा फैलिएको प्रदूषणले अनेक समस्याहरू उत्पन्न गरिरहेका छन् । राजधानी काठमाडौंको हालतको के बयान गर्नु ? वातावरण शुद्ध राख्ने परम्परागत पद्धति र पिता पुर्खाले उत्तराधिकारमा छाडेर गएका विधिहरूको हामीले अनुसरण नगर्दा नै हाम्रो वातावरण हाम्रै लागि अनुपयुक्त बन्दैछ । पानीका स्रोत सुक्दैछन्, नदी प्रदूषित बन्दैछ । हिमालमाथि बढी व्यापारीकरण गरिंदा हिमालमै टनका टन फोहरको थुप्रो लागेको छ । हरेक वर्ष सगरमाथाबाट ओसारिने फोहरको राशीले पनि यो कुराको पुष्टि गर्दछ । स्वच्छ हुनुपर्ने हिमाल यसरी प्रदूषित हुनु दुर्भाग्यको सूचक हो । 
नेपालको मौलिक पहिचान भनेको यहाँको शुद्ध वातावरण नै हो । स्वच्छ जल, शुद्ध वायु, लहलह अन्न फल्ने तराईका समथर मैदान, हरियाली डाँडापाखा र सेताम्य मनोरम हिमाल नै नेपालको सम्पत्ति हो । धार्मिक–सांस्कृतिक मान्यताले पनि यी वस्तुहरूको संरक्षण गर्नुपर्ने शिक्षा प्रदान गरेका छन् । वातावरण दूषित पार्नु हुँदैन यसले मानवलाई नै हानी पु¥याउँछ भनेर अनेक वैदिक मन्त्रहरूको रचना गरियो । बम र गोला बारुदको साटो स्वस्ती वाचन र शंख तथा घण्टका मधुर ध्वनीले वातावरणलाई शुद्ध पार्नुपर्छ भन्ने मान्यता अघि सारियो । राँको र टायरको साटो सुगन्धित चरु उत्सर्जन गर्ने विधि बसाइयो । खै यसको पालना । पश्चिमा मुलुकहरु यसैको सिको गर्दैछन् । हामी भने उनीहरुको दास बनिरहेका छौं । आफ्नैं घरमा आफैं पराई हुनुको दृष्टान्त अहिले छ ।
पुराना कुरा सवै खराब र नयाँ जति सवै राम्रा हुन्छन् भन्ने होइन । नेपालको मौलिक पहिचानको हामीले ख्याल गर्न सक्यौं भने र यसको रक्षा गर्ने जमर्को ग¥यौं भने हामी विश्वमा नमूना राष्ट्रको रुपमा उभिने छौं । वातावरण शुद्ध राख्ने यज्ञ–यगादि गर्नुको साटो टायर बालेर विरोध प्रदर्शन गर्न थाल्यौं भने हाम्रो मन्दिर, मस्जिद, नदी, पहाड, हिमाल सवै ध्वस्त हुने दिन धेरै टाढा छैन । तर यसको विपरीत हामी प्रत्येक गाउँमा यज्ञस्थल निर्माण गर्ने र वातावरणलाई सुगन्धित पार्ने हवन आदि कार्य गर्ने अभियान नै चलाइनु पर्दछ । 
विश्वका धनी मुलुकहरूले अहिले यज्ञ विधिको सिको गर्दै प्रत्येक मानिसलाई केही समय मात्र भए पनि यज्ञ गर्न आव्हान गरेका छन् । कतिपय अरबी मुलुकमा रुख अगाडि पुगेर स्वचालित यज्ञयन्त्रमा चरु होमेर यज्ञ गर्ने चलन बसालिएको समेत सुन्नमा आएको छ । तर यज्ञ–यज्ञादिको उद्गमस्थल मानिएको नेपालमा यसलाई बाहुनको ठगी खाने पेशाको रुपमा दुत्कारिएको छ । विश्वले ज्ञान–विज्ञानदेखि शिक्षा र स्वास्थ्यमा समेत हाम्रा मौलिक शिक्षा पद्धतिको सिको गरेर आफू सुरक्षित र ढुक्क हुनथालेका छन् भने हामी भने हाम्रै सम्पत्तिमाथि आगो लगाइरहेका छौं । हाम्रो विडम्वना नै यही हो ।
वस्तुतः यज्ञ प्रकृतिसंग निकट रहने एक विधि हो । रोगनाशक औषधिहरुको मिश्रणद्वारा गरिएको यज्ञले प्रदूषण मुक्त गरेर स्वस्थ रहन सघाउ पुग्छ । यज्ञमा प्रयोग गरिने दूध, फल, घीउ, विविध अन्न, चामल, जौ, गहुँका साथमा कपुर, चन्दन, अलैंची, ल्वांग आदिले वातावरण शुद्ध राख्न र रोगव्याधी फैलाउने किटाणु नाश गर्न मद्दत गर्छ । आधुनिक चिकित्सा विज्ञानले पनि परीक्षण गरेर वायु शुद्धि र रोग निवारणमा सघाउ पुग्ने वैदिक मान्यतालाई स्वीकार गरिसकेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)
दार्जिलिङ आन्दोलन र नेपालीको भावना (06.28.2017)
निर्वाचन सार्नुको औचित्य के ? (06.22.2017)
हिमालमा लामखुट्टे नाँच्न थाले... (06.15.2017)



 
::| Latest News

 
[Page Top]