युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 09.20.2018, 05:48pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति
Tuesday, 02.20.2018, 10:59am (GMT+5.5)

यादब देवकोटा
सरकारले चाहे के हुँदैन होला ? दुईजना कलाकारको चाहनाले अहिलेसम्म चारवटा एकीकृत नमूना बस्ती बनिसक्यो भने सरकारले चाहे नहुने कुरै थिएन । जुन काम सरकारको उच्च प्राथमिकतामा पर्नुपथ्र्यो त्यो काम मनकारी कलाकारले गरे । सरकारहरु लाजै पचाएर प्रतिक्रियाविहीन भएर बसेको छ । सुदूरपूर्वी नेपालबाट १७ सय रुपैयाँ बोकेर राजधानी छिरेका हाँस्य कलाकार दम्पत्ति सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई उनीहरुको कर्मले आज विश्वभर कलाकारकासाथै देशकै सर्वश्रेष्ठ समाजेवीका रुपमा चर्चित बनाएको छ । दुई वर्षको बीचमा चारवटा एकीकृत नमूना बस्ती बनाइदिए । विश्वभर छरिएर रहेका मनकारी हातहरु र स्वदेशमा रहेका सहयोगी मनहरुको सहयोगले दुई वर्षकोबीच १७ करोड रुपैयाँभन्दा बढी सहयोग संकलन गरेर चारवटा एकीकृत बस्ती बनाउनु सानो कुरा हैन । धुर्मुस सुन्तलीको कामले राज्यलाई ठूलो चुनौति दिएको छ । 
तर, सरकार लाज पचाएर बसेको छ, राजनीतिका ठूला गफ हाँक्ने, विकासका योजना बनाउने  जनतालाई सपना मात्रै बाँड्नेहरु देखेर पनि नदेखे जस्तै गर्छन् । यदि सरकारले चाहेको भए अहिलेसम्म थुप्रै एकीकृत बस्ती बनिसक्थ्यो ।
धुर्मुस सुन्तलीले नेपाली समाजलाई मौन क्रान्तिको बाटोमा डो¥याएको छ । उनीहरुले गरेको महाअभियानमा सिंगो नेपाल र विश्वभर रहेका नेपालीहरुको साथ छ । त्यसैले त उनीहरुको अभियान महाअभियानका रुपमा अघि बढिरहेको छ । नेताहरुले भन्ने गर्छन्– राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्नुपर्छ । तर, त्यो क्रान्ति नेताहरुको व्यक्तिगत मात्र भयो । चाउरिएका गाला पुष्ट भए, महल–गाडी खडा भए । छोराछोरीका लागि विलासी जीवनको स्रोत जुट्यो । गरीब जनताको उत्थानका लागि आएको रकम धनी नेताको धन थुपार्न प्रयोग भयो । विकासका कुरा, समृद्धिका कुरा, जनताको जीवनस्तर उकास्ने कुरा सब हावादारी गफ सावित भयो । अनेक किसिमले पीडित जनताले राहतको प्रतिक्षा गर्दागर्दै जीवन बिताइरहँदा एउटा यस्तो दम्पत्ति समाजमा उदायो जसले अति विपन्न जनजातिका लागि चारवटा एकीकृत नमूना बस्ती निर्माण गरिदिए । ती समुदायका लागि भगवान सावित भए– ‘धुर्मुस–सुन्तली’ (सीताराम कट्टेल–कुञ्जना घिमिरे)
विकास गर्न धन हैन, मन चाहिन्छ । मन भयो भने धनको अभाव हुँदैन भन्ने दृष्टान्त धुर्मुस–सुन्तलीले देखाइदिए । भूकम्पपछि एकीकृत बस्ती बनाउने भनेर सरकारले योजना बनाएर बजेट छुट्यायो, तर अहिलसम्म एउटा बस्ती बनेको छैन । तर, हाँस्य कलाकार दम्पत्तिले भूकम्प पीडितका लागि दुईवटा एकीकृत बस्ती बनाइदिए, अनि तराईका पिछडिएका जातिका लागि दुईवटा एकीकृत नमूना बस्ती ।
उनीहरुले न राजनीति गरे न समाजसेवीको नाममा अनर्गल हल्ला मच्चाएर डलरको खेती गरे । आफ्नो कला बेचे, विदेशमा बस्ने–स्वदेशमा बस्ने नेपालीहरुसंग हारगुहार गरे, करोडौं करोड रकम सहयोग जुटाए अनि बस्ती बनाए । उनीहरुले जे काम गरे त्यो अतुलनीय छ । राज्यले गर्नुपर्ने काम हो त्यो, तर एउटा मनकारी दम्पत्तिमा त्यो उत्साह पलायो, आफ्ना दर्शकहरुको पत्यार गरे, आशा गरे अनि बनाइदिए एकीकृत नमूना बस्ती । 
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि एकीकृत बस्ती बनाइसकेपछि उनीहरु तराई झरे । पहाड र तराईलाई जोड्ने सेतुको काम गरे । राजनीतिक रुपमा विभाजित गर्न खोजिएको भूगोललाई उनीहरुले जोडे । तराईमा धुर्मुस–सुन्तलीले जे गरे त्यो सिंहदरबारमा बसेर गफ हाँक्ने नेता, मन्त्री, सरकारी अधिकारी, अर्बपति उद्योगी–व्यवसायीहरुलाई ठूलो चुनौति हो । उनीहरु लाजै नमानी भन्छन् “यो अतुलनीय काम हो ।”
देश विकास गर्न सबैको आआफ्नो किसिमको साथ र सहयोग चाहिन्छ । धुर्मुस–सुन्तलीले आफ्नो क्षमताले भ्याएसम्म गरिरहेका छन् । सरकार ढुकुटीमा पैसा थुपारेर बसेको छ । अहिलेसम्म न भूकम्प पीडितका छाना हालिएका छन, न बाढी पीडितका लागि नै केही भएको छ । पीडितका नाममा आर्थिक सहयोगको घोषणा गरेर भोट बटुल्ने काम मात्र भैरहेको छ । 
देश विकासका लागि जातीय, क्षेत्रीय, साम्प्रदायिक नारा सबभन्दा घातक हो । तराई होस् वा पहाड आआफ्नो राजनीतिका जातीय र क्षेत्रीय नारा घन्काएर जनतालाई भ्रममा मात्र पारिरहेका छन् । मिलेर बसेका जनतालाई विभाजित गरेर उनीहरु सत्ताशिखरमा पुगेका छन् । तर, जनता भने दिन प्रतिदिन कमजोर बन्दै छन्, विभाजित हुँदै शक्तिहीन बन्दैछन् । पहाडमा जनजातिका कुरा, तराईमा जनजातिका कुरा, मधेशीका कुरा गर्नेहरुले कहिल्यै उनीहरुका पीडा बुझ्ने प्रयास नै गरेनन् ।
यसै वर्ष तराईमा बाढीले खर्बौंको क्षति पु¥यायो । हजारौं घरबारविहीन भए । तर, तराईका कुनै पनि राजनीतिक दलका नेताहरुले अति विपन्न परिवारका लागि घर बनाइदिने सोच राख्न सकेनन् । उनीहरु उल्टै पीडितका नाममा राजनीति गरेर भोट बटुल्ने मेसोमा लागे । यस विपरीत पहाडी भनिने धुर्मुस–सुन्तलीले तराईका अति विपन्न वर्गका लागि एकीकृत बस्ती बनाइदिए । मधेशवादी भनेर चिनिने, मधेशको हितका लागि भनेर राजनीति गर्नेहरुलाई यो सन्दर्भले भाउन्न भएको हुनुपर्छ । 
अहिले पनि आदिवासी जनजातिको हकहितको नारा लगाएर राजनीतिक दलका नेताहरूले आआफ्नो अभिष्ट पूरा गर्न नौटंकी गरिरहेका छन् । यसको विपरीत कलाकार जोडी ‘धुर्मुस–सुन्तली’ले कुनै नारा लगाएनन्, न त कसैलाई पीडा दिए । उनीहरूले यस्तो क्रान्ति गरे, जुन क्रान्तिले कीर्तिमान नै कायम ग¥यो । उनीहरूले आदिवासी जनजातिको नारा लगाउने काम हैन आदिवासी जनजातिलाई आवास, शिक्षा, स्वास्थ्य र रोजगार एकैसाथ जुटाइदिए । काम गर्न पद र शक्ति नै चाहिन्छ भन्ने छैन भन्दै उदाहरण प्रस्तुत गरें । यसले आदिवासी–जनजातिको नारा घन्काउनेहरुको मनमा के परेको होला ?
धुर्मुस–सुन्तलीको यो कामले राजनीतिक रुपमा लगाइने नारा, बनाइने योजना र विदेशीले लादिदिएको निर्देशन कति घातक छ र कति अनर्थपूर्ण छ भन्ने प्रष्ट भएको छ । काम गर्नेले नारा घन्काउँदैनन्, जातीय, विजातीय कुरा गर्दैनन् जसलाई आवश्यक छ उसका लागि काम गर्छन् भन्ने प्रष्ट भएको छ । के सिंहदरबार अनि सात प्रदेशका मुकाममा रहने ठालूहरुले अब यो विषयलाई मनन् गर्लान् ? लक्षण देख्दा त्यो सम्भव छैन । किनभने अहिले पनि भाषा, भेष–भुषामा विवाद निकालेर रडाको मच्चाइरहेका छन् । अझै राजधानी आफूले भनेकै ठाउँमा हुनुपर्ने माग गर्दै जनतालाई सडकमा उतारेर सत्तासंग मोलमलाई गरिरहेका छन् । 

धुर्मुस–सुन्तलीका कारण काभ्रेका पहारी, सिन्धुपाल्चोकका भूकम्प पीडित तामाङ समुदाय, बर्दिबासका मुसरह र रौतहट सन्तपुरका बाढी पीडितको बसाई अब अन्य सम्भ्रान्त जातिको हाराहारीमा उक्लदैछ । राजनीतिक दलका दशकौंका नारा, कार्यक्रम र घोषणापत्र सपना बाँड्ने हरकत सबै पाखण्ड थिए भन्ने प्रमाणित भएको छ । उनीहरूले गरेको तथाकथित क्रान्ति झूठा थियो । धुर्मुस–सुन्तलीले मौन क्रान्तिद्वारा युग नै बदल्ने गरी प्रस्तुत गरेको यो उदाहरणले मानवीय सद्भावना, सम्वेदनशीलता र समाज परिवर्तनको क्षेत्रमा कीर्तिमान कायम गरेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)
दार्जिलिङ आन्दोलन र नेपालीको भावना (06.28.2017)



 
::| Latest News

 
[Page Top]