युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
विमानको इतिहास, उडान र दुर्घटना
Tuesday, 03.20.2018, 11:03am (GMT+5.5)

- यादब देवकोटा
हवाई जहाज विज्ञानको विकास हो कि वैदिक शास्त्रको ? यो विवादका विषय हुनसक्ला, अध्यात्मवादीहरूले विमान त हिन्दु शास्त्रमै उल्लेख भएको थियो भन्ने दावी गर्ने हो भने पूर्वी जगतले किन विमान बनाएन ? अनि हैन भन्ने हो भने रामायणमा विमानको सन्दर्भ कसरी जोडियो ? हजारौं वर्षअघि लेखिएको रामायणमा ‘पुष्पकविमान’को चर्चा छ । श्रीरामले लंकाा विजय गरेपछि रावणको पुष्पकविमान चढेर अयोध्य पुगेको चर्चा छ । यसकारण विमान बनाउन सकिन्छ भन्ने तथ्य उतिबेलै थियो । यो केही सय वर्षअघिको मात्र सन्दर्भ हैन । तर विमानकाा कुरा सार्थक हुन् सन १९०३ डिसेम्वर १७ सम्म कुर्नप¥यो । अमेरिकाका राइट ब्रदर (ओरविर राईट र विल्वर राईट)ले हवाईजहाज बनाएर उडाएपछि विमानका बारेमा अरू अनुसन्धान सुरू भयो र अहिले यो व्यापक बनेको छ । 
त्यसपछि सुरू भयो हवाईजहाजको व्यावसायिक उडान । एक शताव्दी भन्दा लामो हवाई इतिहासमा हजारौं दुर्घटना भएका छन् र हजारौंको ज्यान गएको छ । कतिपय जहाजहरू वेपत्ता भएका छन्, यात्रुहरूको अत्तोपत्तो छैन । विश्वमा हुने दुर्घटनामध्ये सर्वाधिक चासो हवाई दुर्घटनाको रहने गरेको छ । यसमा नेपाल पनि अछुतो छैन । नेपालमा हवाईजहाजले अवतरण गरेकको सात वर्षपछि विमान दुर्घटना भएको थियो । नेपालमा हवाई सेवा सुरू भएको सात दशक बितेको छ । सन् १९४८ बेलायती नागिरक एच वेडलरले काठमाडौंको गौचरण (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल)मा सफलतापूर्वक अवतरण गरे । यो नै नेपालको सन्दर्भमा हवाईयातायातको शुरूवात भएको पाइन्छ । त्यस पछि सन् १९४९ मा पहिलो पटक काठमाडौं गौचरणमा डकोटा ३ वायुयान अवतरण भयो । वि.सं. २००७ मा भारतको पटनाबाट ईण्डियन नेशनल एयसवेजले पहिलो वाणिज्य उडानपछि नेपालमा हवाई उडानको व्यावसायिकता सुरू भयो ।
सन् १९५४ मा गौचर विमानस्थल पक्की बनाइयो र शाही नेपाल वायुसेवा निगमको स्थापना भयो । त्यसपश्चात यस क्षेत्रमा व्यवस्थित विकास गर्न गैह्रसैनिक हवाई उडान ऐन २०१५ लागु गरियो । सन् १९५७ मा तत्कालिन निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको विधिवत स्थापना भएपछि सन् १९६०मा नेपालले अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्यता प्राप्त गरेको थियो ।
हवाई उडान सुरू गरेको सात दशकमा नेपालमा आन्तरिक र बाह्य गरी दर्जनौं दुर्घटना भएका छन् । पछिल्लो दुर्घटना २०७४ फागुन २८ गते आइतबार भयो । युएस बंगला एयरको विमान दुर्घटना हुँदा ४९ जनाको ज्यान गयो । यो जहाजा विमानस्थलमै बलेको थियो ।
नेपालमा हवाई उडान सुरू भएपछि पहिलो अन्तर्राष्ट्रिय जहाज दुर्घटना सन् १९५५ मा सिमरामा भएको थियो । कालिंगा एयरको विमान दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए । त्यसपछि सन् १९५६ र सन् १९५८ मा भारतीय एयरलाइन्सका दुई जहाज दुर्घटनामा परेका थिए । दुर्घटनामा ३४ जनाको ज्यान गएको थियो ।
त्यसपछि सन् १९७३ अक्टोबर ६ मा नेपालको आफ्नै विमान दुर्घटना भएको थियो । नेपाल वायुसेवा निगमको क्यानडामा निर्मित डीएचसी सिक्स ट्वीनअटर थ्री हन्ड्रेड नाइन नाइन एन एबीजी लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन यात्रु र चालक दलका तीन सदस्य घाइते भएका थिए । त्यसमा कसैको ज्यानै भने गएन ।
सन् १९९१ जुन ९ तारिखमा वायु सेवा निगमकै काठमाडौंबाट लुक्लाका लागि उडेको विमान दुर्घटना भएको थियो । क्यानडामा बनेको डीएचसी सिक्स ट्वीनअटर थ्री हन्ड्रेड नाइन एन एबीए खराब मौसमका कारण दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १४ यात्रु र तीन चालक दल सदस्यसहित १७ जनाको मृत्यु भएको थियो ।
३१ जुलाई १९९२ मा ललितपुरको भट्टेडाँडामा थाई एयरलाइन्सको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । थाई एयर बसको ३०४ नम्बरको उक्त विमान काठमाडौं अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । यो पहिलो अन्तर्राष्ट्रिय विमान दुर्घटना थियो । थाई एयरलाइन्सको विमान दुर्घटनाको दुई महिना नबित्दै २८ सेप्टेम्बर १९९२ मा अर्को ठूलो दुर्घटना भएको थियो । पाकिस्तान एयरलाइन्सको उक्त विमान नुवाकोटको भोप्टेभीरमा दुर्घटना हुँदा एक सय ६७ जनाको ज्यान गएको थियो । ए थ्री हन्ड्रेड एयर बस पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको थियो । यो दुर्घटनामा अहिलेसम्मकै सबैभन्दा बढी यात्रुको मृत्यु भएको हो ।
सन् १९९५ जनवरी १७ मा नेपाल वायु सेवा निगमको डीएचसी सिक्स ट्वीनअटर थ्री हन्ड्रेड नाइन एचएवीआई विमान काठमाडौंबाट रूम्जाटार जाने क्रममा धावनमार्गमा रहेको खराबीका कारण दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा सवार २१ यात्रु र चालक दलका तीन सदस्यमध्ये एक जना चालक दलका सदस्य र एक यात्रुको मृत्यु भएको थियो ।
सेप्टेम्बर ५, १९९९ मा नेकोन एयरको बीएई ७४८ सुपर टु बी (नाइन एन एईजी) विमान पोखराबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका ५ सहित १५ जनाको ज्यान गयो। नेपाल टेलिकमको टावरमा ठोक्किएर विमान दुर्घटना भएको थियो ।
२५ मे २००४ मा काठमाडौंबाट लुक्ला जाने क्रममा दुर्घटना भएको थियो । यती एयरलाइन्सको डीएचसी सिक्स थ्री हन्ड्रेड नाइन एनएफडी ट्वीनअटर विमान खराब मौसमका कारण लुक्ला विमानस्थलनजिकै लाम्जुरा पहाडमा ठोक्किएर दुर्घटनामा परेको थियो । उक्त विमान दुर्घटनामा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो ।
२००४ अक्टोबर एकमा अर्को विमान दुर्घटना भयो । सीता एयरवेजको डोर्नियर २२८ विमान लुक्ला विमानस्थलमा अवतरणक्रममा दुर्घटना भएको थियो । विमानको अघिल्लो गियर फसेका कारण दुर्घटना भएपछि दुई दिनसम्म धावनमार्ग नै अवरूद्ध बन्न पुगेको थियो ।
२००५ जुन ३० मा गोरखा एयरलाइन्सको डोर्नियर २२८ विमान लुक्ला विमानस्थलको धावनमार्गमा धसिएर दुर्घटना हुँदा चालक दलका तीनसहित नौ जना घाइते भए । २००८ अक्टोबर ८ मा यती एयरलाइन्सको विमान दुर्घटना भयो । अवतरण क्रममा आगलागी भएपछि विमानमा सवार १८ जनाको मृत्यु भयो भने चालकलाई सकुशल उद्धार गरिएको थियो ।
२००८ डिसेम्बर २८ मा नेपाल वायु सेवा निगमको ट्वीनअटर डीएचसी सिजी ३०९ एनएबीएम विमान उडान भर्ने क्रममा दुर्घटनामा परेको थियो ।२०१० अगस्ट २४ मा अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा विमानमा सवार १४ जनाको ज्यान गयो ।
२०१० को डिसेम्बर १६ मा लामिडाँडाबाट काठमाडौं आउँदै गरेको तारा एयरको विमान दुर्घटना भयो । ओखलढुंगाको श्रीचौर, मानेडाँडामा ठोक्किएर दुर्घटना हुँदा २२ भुटानी नागरिकले ज्यान गुमाएका थिए । २०११ सेप्टेम्बर २५ मा ललितपुरको विशंखुनारायणमा बुद्ध एयरको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाले ज्यान गुमाए ।
२०१२ मे १४ मा अग्नि एयरको डोर्नियर विमान जोमसोमबाट पोखरा आउने क्रममा विमानस्थलनजिकैको डाँडामा ठोक्किएर दुर्घटनामा पर्यो। त्यसमा चालक दलका तीन सदस्यसहित सबै १६ यात्रुको ज्यान गयो ।
२८ सेम्टेम्बर २०१२ मा सीता एयरको नाइन एनएएचए डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट सोलुको लुक्ला उड्ने क्रममा मध्यपुर ठिमीको मनोहरा किनारमा खस्दा विमानमा रहेका सबै १९ जनाको मृत्यु भयो । २०१३ मे १३ मा वायुसेवा निगमको ९ एनएबीओ विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा ६ जना घाइते भए ।
२०१४ मा काठमाडौंबाट जुम्लाका लागि उडेको वायु सेवा निगमको ९ एनएबीबी ट्वीनअटर विमान अर्घाखाँचीको खिदिममा दुर्घटना भयो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १८ जनाको ज्यान गयो ।
२०१५ मार्च १५ तारिखमा २ सय २७ यात्रु र चालक दलका ११ जनासहित २ सय ३८ जना सवार टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भयो । दुर्घटनामा जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका थिए ।
२०१६ फेब्रुअरी २४ तारिखमा तारा एयरको विमान दुर्घटना हुँदा २३ जनाको ज्यान गयो । पोखराबाट जोमसोमका लागि उडेको यो विमान म्याग्दीको जंगलमा खसेको थियो ।
२०१६ फेब्रुअरी २६ मा कालिकोटमा भएको एयर काष्ठमण्डपको विमान दुर्घटनामा दुई चालक दलका सदस्यको मृत्यु भयो । नेपालगन्जबाट जुम्लाका उडेको विमान कालिकोटमा दुर्घटना हुँदा यात्रु भने सकुशल थिए ।
२०१७ नोभेम्बर १९ मा हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना भयो । सिमकोट विमानस्थलबाट सुर्खेतका लागि उड्न लागेको तारा एयरको ट्वीनअटर ९ एएनएबीएम विमान धावनमार्गमा गुड्ने क्रममा बायाँतर्फको टायर पन्चर भएर दुर्घटना भएको हो । बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना हुँदा विमानमा रहेका १३ यात्रु र चालक दलका सबै सदस्य सकुशल थिए ।
विमान दुर्घटनाको ४४ वर्षको इतिहासमा प्रत्येक वर्षजसो दुर्घटना भएकै छ । यस अवधिमा झन्डै पाँच सय जनाको ज्यान गएको छ । दुईवटा अन्तर्राष्ट्रिय विमानस् दुर्घटनामा मात्रै सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
हवाई उडानमा सेवाभाव र यात्रुको जीवनको जिम्मेवारीभन्दा मुनाफामुखी प्रवृत्ति हावी भएका कारण बढी दुर्घटना हुने गरेको छ । युएस बंगलाको बिमान दुर्घटनापछि सोही विमानसेवामा काम गर्ने एक चालकले विमान दुर्घटना हुनु नै थियो भन्दै निजी वायुसेवा निगम संचालकहरूको मनोवृत्ति उजागर गरिदिएका छन् । प्राविधिक कारणबाट, मौसमका कारण नभै चालकको थकानका कारण सो विमान दुर्घटनामा परेको तथ्य खुल्नुले धेरै प्रश्नहरू उठाएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)



 
::| Latest News

 
[Page Top]