युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 09.21.2018, 07:20am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’
Tuesday, 03.27.2018, 12:18pm (GMT+5.5)

- यादब देवकोटा
मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको पर्यवेक्षण गर्न आएको युरोपेली यूनियनको पर्यवेक्षण समूहले गत मंगलबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन प्रतिनिधित्वमा खस–आर्य समुदायलाई दिइएको आरक्षण हटाउनुपर्ने कथित सुझाव दियो । यसको एउटै कारण थियो नेपालको मौलिक धर्म–संस्कृतिमाथिको प्रहार । नेपालमा इशाईकरण बढाउन हिन्दु धर्म–संस्कृति मास्नुपर्ने निष्कर्ष निकालेका युरोपियनले नेपाल एकीकरण अघिदेखि नै यो प्रयास थाल्दैआएको इतिहास छ । पृथ्वीनारायण शाहले पादरीहरू लखेटेको सन्दर्भदेखि एक दशकअघिको जनआन्दोलनपछि उनीहरूको सर्सराहटले नेपालमाथि धार्मिक अतिक्रमणको बीजले आकार लिएको हो । यसमा उनीहरूकोा लगानी र प्रशिक्षण निकै आलोच्य बनेको थियो र अहिले पनि बनिरहेको छ ।
युरोपेली यूनियनका पर्यवेक्षकको प्रतिवेदन आए लगत्तै गाई काट्ने कानुन बनाउने घोषणा गरेपछि यसको चर्को बिरोध भएको छ । गाई काट्ने कानुन बनाएर बजारमा खसी–कुखुरा काटेजस्तै गर्ने हो भने यो देशको अवस्था के होला ? गाईलाई देवताका रूपमा पूजा गर्नेहरूले त्यसलाई कसरी स्वीकार्लान् । विगतमा युरोपेली यूनियनको पैसामा जातीय आन्दोलन चर्केको कुरा कतिपय जातीय अगुवाहरूले नै स्वीकार गरेर अलग भए । आफूलाई नागरिक अगुवा ठान्नेहरूले पनि हात झिके । जातीय नारा घन्काउनेहरूको समूह कमजोर बन्दैगर्दा युरोपियन यूनियनले स्थितिरतातर्फ लम्किन लागेको देशमा जातीय विद्वेष पैदा गर्ने विषवमन ग¥यो ।
नेपालको संविधान २०७२ ले गाईलाई राष्ट्रिय जनावर मानेको छ । राष्ट्रिय जनावरको बध गरिंदैन, गरे कारबाही हुन्छ । तर नेपालमा यस्तै भैरहेको छ र संविधानले निषेध गरेको कुरा गर्न पाउनु आफ्नो अधिकार भएको भ्रम फैलाइएको छ । जनआन्दोलन २०६२।०६३ को सफलतापश्चात गौबधको शृङ्खला बढ्दै गएको थियो । विशेषतः नेपाललाई धर्म निरपेक्ष राष्ट्रको घोषणा गरिएपछि यो क्रम बढे पनि अन्तरिम संविधान र संविधानसभाले बनाएको संविधानले गाईलाई राष्ट्रिय जनाबर मानेपछि यसमा केही कमी आए पनि यस्ता घटना निमिट्यान्न भएका छैनन् । अहिले निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयनको दिशामा उन्मूख भएको र मुलुक समृद्धिको दिशातिर जाने आशा बढिरहेका बेला पश्चिमाको यो विषवमन नेपाललाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र बाहेक केही हैन ।
हुन त नेपालमा गाईको मासु खानेहरू नभएका हैनन्, विभिन्न जातजातिले गाई खान्छन् । तर आजभोलि गाई कटेर विक्री नै गर्न पाउनुपर्ने शैलीका अभिव्यक्ति आएका छन् र यसलाई आफ्नो अधिकार भन्ने गरेका छन् । यसो भन्दैमा संविधानले निषेध गरेको कुरा गर्नु अपराध हो, गैरकानुनी हो । राष्ट्रिय जनावर गाई काटेर खान पाउनुपर्छ भन्नु संविधान विपरीतको काम हो । 
धार्मिक मान्यताका आधारमा गाईलाई हिन्दु धर्मावलम्बीहरूले लक्ष्मीको रूपमा पूजा गर्ने गर्दछन् । यसको अर्थ गैरहिन्दुहरूले धर्म निरपेक्षताकै आधारमा अरूको आस्थामा प्रहार गर्नु नै अधिकार स्थापित गर्नु हो भन्ने मान्यता राख्ने हो भने मुलुकमा कहिल्यै सहिष्णुता कायम रहँदैन । यो बडो गम्भीर र विचारणीय पक्ष हो । जातीय राजनीतिका पक्षपोषकहरू गाई मारेर खान पाउनुपर्छ भन्दै आइरहेका छन् । कतिपयको संस्कृति र परम्परामा त्यो छुट छ तर यसो भन्दैमा संविधानले निषेध गरेको कुरा किन गर्ने ? कतिपय समुदायमा बहुपती प्रथा छ । के यो उनीहरूको अधिकार हो भनेर बहुपती वा बहुपत्नीप्रथालाई कानुनी मान्यता दिन सकिन्छ ? गाई काट्ने कानुन पनि त्यस्तै हो ।
पछिल्लो समय मुलुकका विभिन्न भेगमा गाई मारेर खाएको अभियोगमा प्रहरीले पक्राउ गर्ने गरेको छ । यसलाई लिएर जातीय नेता वा संगठनका अगुवाहरूले आपत्ति जनाइरहेका छन् । खानेले खालान्, पूज्नेले पुज्लान् तर राष्ट्रिय जनावर भैसकेपछि त्यसलाई काटेर खानु अपराध हो भन्ने चाहिं बुझ्नुपर्छ । गाई काटेर खानेलाई पक्राउ गरेको कुनै जातको वा धर्म विशेषको पक्षपोषण गरेको नभै संविधानले निषेध गरेकोमा हो भन्ने बुझ्नुपर्छ ।
यहाँ महत्वपूर्ण कुरा के छ भने राष्ट्रिय आवश्यकताभन्दा दलीय स्वार्थपूर्तिमा अघि बढ्ने र विदेशीको इशारामा चल्ने गर्दा मुलकका सम्वेदनशील विषयहरूमा गम्भीर आघात पुगेको कुरा कामजत्तिकै छर्लङ्ग छ । विगतमा जातीय पहिचानसहितको संघीयता, एक मधेश एक प्रदेश जस्ता उग्र जातिवादी र क्षेत्रीयतावादी नारा लगाउनेहरूले नै प्रचलित मूल्य–मान्यताबिरूद्ध विषवमन गरे विदेशीको पैसामा ।
गाईलाई हिन्दुहरूले लक्ष्मीको रूपमा मानेर किन पूजा गरे भन्ने विषय निकै महत्वपूर्ण छ । भन्नेले तिमीहरू गाईको मुत खाओ, हामी मासु खान्छौं भन्दैछन् । यो आक्रोश बाहेक केही हैन । गाईको शरीरबाट निसृत हुने हरेक कुरा मानव र प्रकृतिका लागि लाभदायक छ । दूधको त कुरै नगरौं– गहुँतमा यति ठूलो औषधीय शक्ति हुन्छ कि हामीले गाईको मासु खाने कि दूध मुत्रसेवन गर्न भन्ने यसपछि सोच्नैपर्छ ।
गोमुत्रमा रोगव्याधी हटाउने शक्ति हुन्छ भनेर पश्चिमी देशका वैज्ञानिकहरूले नै भनिरहेका छन् । गौमुत्र सर्वोत्तम औषधीको रूपमा लिइन्छ । यसको सेवनले कतिपय रोग समेत निर्मूल हुन्छ । यद्यपी स्वस्थ्य गाईको गौमुत्र सेवन गर्नुपर्छ । स्थानिय जातका गाई अझ खुला चरनमा छाडिने गाईको गौमुत्र, दूध बढी औषधिय महत्वको हुन्छ ।
गौमुत्रले क्यान्सर जस्ता रोग लाग्न दिदैन । चिकित्सा विज्ञान अनुसार गाईको कलेजोलाई चार भागमा बाडिन्छ । यसको अन्तिम हिस्सामा एक प्रकारको एसिड हुन्छ, जो क्यान्सर रोगको जड हटाउने क्षमता राख्छ । गौमूत्र खाली पेट प्रतिदिन निश्चित मात्रामा सेवन गर्दा क्यान्सर जस्तो रोग नष्ट हुन्छ । त्यस्तै दूध दुइरहेको समयमा गौमुत्रमा ल्याक्टोजको मात्रा वृद्धि हुन्छ, जो हृदय रोगीको लागि फाइदाजनक मानिन्छ ।
त्यस्तै गोमूत्रबाट बनेको औषधीले क्यान्सर, उच्च रक्तचाप, आर्थराइटिस, सर्वाकल हड्डी सम्बन्धी रोगको समेत उपचार सम्भव हुन्छ । यसै कारण गाईलाई नेपालको राष्ट्रिय जनावर मानिएको हो । पौराणिककालदेखि गाईलाई त्यसै पूजा गरिएको हैन रहेन । ऋषिमुनिहरूले हजारौंहजार वर्षअघि पत्ता लगाएको कुरा आज विज्ञानले पुष्टि गरिसक्यो । हामी किन गाईका विषयमा अनेक विवाद निकालेर राष्ट्रिय एकतालाई भत्काउन लागिपर्ने ? वैदिक धर्म, संस्कृति नेपालको हो, कुनै जान विशेषको हैन । यसले प्रतिपादन गरेको सिद्धान्त मानवजातिका लागि हो ।
तर, समयले विस्तारै कोल्टे फेर्दै गरेको र जातीय मुद्दा मत्थर हुँदै राष्ट्रिय बहसमा देश दौडनै लाग्दा युरोपियन यूनियनले जसरी विष घोल्ने काम ग¥यो, यो घोर आपत्तिजनक छ । सरकारले आपत्ति जनायो, तर उसले दम्भ देखाउँदै प्रतिवेदन नसच्याउने घोषणा ग¥यो । अनि उनीहरूले दिएको प्रतिवेदनप्रति जातजातिको राजनीति गर्नेहरूले यसको भव्य स्वागत गरे । एउटा जात–सम्प्रदायलाई खुम्च्याएर अर्को माथि उठ्दैन भन्ने उनीहरूले हेक्कै राखेका छैनन् । हिजोको सामाजिक वनावट हेरे मात्रै पनि नेपाली संस्कार र संस्कृति झल्कन्छ । कसरी मिलेको थियो समाज र कति सहयोगी थियो भन्ने ? तर आज, विद्वेषको विष फैलाइएका छन् विदेशीले अनि हामी त्यसैको पछि लागेर निषेधको राजनीतिमा उद्यत छौं ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)



 
::| Latest News

 
[Page Top]