युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.24.2018, 02:30pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
सानो कुरामा खुसीले उफ्रने हामी
Tuesday, 04.03.2018, 01:45pm (GMT+5.5)

- यादब देवकोटा
सानोसानो  कुरामा खुसी हुने तर ठूलो विपत्तिमा धैर्यधारण गर्ने नेपाली स्वाभव विचित्रको छ । बिरालोले मुसा मा¥यो भने त्यो आश्चर्य हुँदैन, तर मुसासंग दोस्ती गरेर भकारी रित्याउन सघायो भने त्यो आश्चर्य हुन्छ । अर्थात् प्राकृतिक, कानुनी नियम विपरीत गयो भने त्यो अनौठो र आलोच्य विषय बन्छ । किनभने हरेकको आआफ्नो काम र जिम्मेवारी हुन्छ ? त्यस्तो जिम्मेवारी प्रकृतिले निर्धारण गरेको हुन्छ, कानुनले तोकेको हुन्छ, अनि जनताले अपेक्षा गरेका हुन्छन् । 
माथि सुरूवात नै बिरालो र मुसाबाट गरियो । बिरालोलाई विकास, सुशासन, स्थिरता अनि समृद्धि र भ्रष्टाचार अनि मुसालाई भ्रष्टाचार, कुरिती, अस्थिरताको प्रतीक मानेर यो आलेख अघि बढाइन्छ । प्रकृतिदेखि कानुनसम्मले, मतपत्रदेखि जनविश्वासले दिएको अधिकार र व्यवस्था अनुसार हरेकले काम गरिरहेको हुन्छ र गर्नु पनि पर्छ आफूमा भएका क्षमता र गुण अनुसार मानिस मात्र हैन पशुपक्षी, जनावरले समेत त्यो भूमिका निर्वाह इमानदार भएर निर्वाह गर्छन् । यदि त्यसो गर्न नसके उसको अस्तित्व सकिन्छ । 
तर, नेपाल अपवाद हो यस मामलामा । नेपालका काम हैन, गफ गर्न सक्नेहरूको मात्र अस्तित्व छ । वडाको सानो तहदेखि सिंहदरबारसम्मै यस्तै गफाडीहरूको हालिमुहाली लामो समयदेखि चल्दै आएको छ । काम गर्न नसक्नेहरूकै हैकम छ । काम गर्ला जस्तोको चर्चै छैन । उनीहरूलाई कसैले अवसर दिंदैनन् । यस्ता उदाहरण अनगिन्ती छ । अर्थात् मुसामार्ने बिरालोहरू किनारा लागेका छन्, मुसासंगै मिलेर धान खानेहरू भकारीको वरिपरी छन् ।
प्राकृतिक नियम अनुसार बिरालोले मुसा मार्न छाड्यो भने बिरालोको अस्तित्व सकिन्छ । त्यस्तै तोकिएको जिम्मेवारी पूरा गर्न सकेन भने कुनै ओहदामा बसेको मान्छे असक्षम हुन्छ, उ त्यो जिम्मेवारीबाट मुक्त हुन्छ र हुनुपर्छ । तर, नेपालमा त्यस्तो छैन । जतिसुकै नालायक भए पनि उनीहरू टिकिरहेका छन् । हामीले नेता मानिरहेका छौं । मुसामार्न छोडेर मुसासंगै दोस्ती गरेर भकारी रित्याउने बिरालोबाटै आश गरिरहेका छौं । उसलाई बिरालो नै भनिरहेका छौं । 
जनताले विकास होस्, समृद्धि आओस् शान्ति सुरक्षा कायम होस् भनेर नेता चुनेर पठाउँछन्, तर उनीहरू आफ्नै समद्धिमा केन्द्रित हुन्छन् । जनताको समृद्धि भगवान भरोसा, विकास उनीहरूकै परिवारको मात्रै हुन्छ, शान्ति उनीहरूको घरमा मात्रै छाउँछ । देशरूपी भकारीको वरिपरी बसेर मुसाहरूसंग दोस्ती गरेर भकारी रित्याउनेहरूको शिकार बनेका हामी नेपालीहरूका लागि कुनै एउटा बिरालोले मुसा मा¥यो भने त्यो आठौं आश्चर्य हुने गरेको छ ।
मुसा मार्ला, भकारीको धान जोगाउला भनेर दूध खुवाएर पालेको बिरालो मुसासंग दोस्ती गर्न थाल्यो भने घरमालिकको के हाल होला ? अहिले नेपाली जनताको त्यस्तै हाल भएको छ । त्यसै भएर त कुनै एउटा मन्त्री, सचिव, निर्देशक वा प्रहरी अधिकृतले केही राम्रो कामको संकेत मात्रै दियो भने हामी तीन हात उफ्रिएर उसको पक्षमा नारा लगाउँछौं ।
यो किन भयो ? उत्तर सहज छ– सबै बिरालोहरू मुसासंग मिलेर भकारी रित्याउन लागिपरेका बेला केही त्यस्ता मुसा देखिए जसले भकारी जोगाउन मुसा मार्ने संकेत गरे । नेपालमा दशकौंको बीचमा एउटा त्यस्तो बिरालो देखापर्ने गर्दछ जसले मुसा मात्रै मार्छ । नत्र मुसामार्ने आशमा पालिएका बिरालो सबै मुसासंग दोस्ती गरेर भकारी रित्याउने र टन्न खाएर चौबीसै घण्टा सुत्ने भए ।
एउटा प्रहरी अधिकृतले अपराधीलाई कुनै हालतमा नछोड्ने अडान राख्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न थाल्छ भने हामी उसको वाहवाही गर्छौं । यथार्थमा ती प्रहरी अधिकृतको काम नै त्यही हो । अर्थात्, ऊ मुसा मार्ने बिरालो नै हो र बिरालोले मुसा मा¥यो भनेर हामी दंग पर्छौं । अब केही हुन लाग्यो भन्छौं । 
एउटा मन्त्रीले आफू मातहतको निकायबाट जनतालाई बढीभन्दा बढी सुविधा दिन्छु भनेर काम गर्दा हामी उसको जयजयकार गर्छौं । कारण यसअघि त्यस्तो गर्ने मन्त्री नै थिएन । वास्तवमा ती मन्त्री पनि त्यही काम गर्छु भनेर त्यहाँ पुगेका हुन् भने उनले त्यस्तो काम गर्दा अनौठो र आश्चर्य मान्नुपर्ने कुरै थिएन । तर यहाँ यस्तै छ । अनौठै मान्नुपर्छ । जिम्मेवारी पाएकाहरू बेजिम्मेवार भएपछि सानोतिनो नतिजामै हामी खुसी हुनुपर्ने बाध्यता छ ।
विकासको मोडल पश्चिमबाट सिकिन्छ, राजनीतिक नारा पश्चिमबाट भित्र्याइन्छ । उनीहरूको नीति–निर्देशन र अनुदानमा मुलुक चलाइन्छ । तर, ती देशको विकासको मोडल सिके पनि काम भने सिकिंदैन । पश्चिमको विकास चासो र हाम्रो चासो आनको तान फरक छ । उनीहरू स्वीच थिचेको भरमा जनताले चाहेको सुविधा उनीहरूको घरमा पुर्याउने कल्पना गर्न थालेका छन्, हामी अझै सार्वजनिक धारामा अल्झिरहेका छौं । त्यसमा पनि भ्रष्टाचार, दुराचारको भेल छ । मुसा मार्ला भनेर पठायो, मुसै बनेर निस्कन्छ । अनि एउटा बिरालोले मुसा झम्टिए मात्रै पनि हामी खुसी हुन्छौं । हाम्रो नियति योभन्दा माथी उठ्ने कहिले ?


Rating (Votes: )   
Share     Print


Other Articles:
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)



 
::| Latest News

 
[Page Top]