युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 08.21.2018, 03:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ
Thursday, 04.12.2018, 11:25am (GMT+5.5)

- यादब देवकोटा
देश विकास गर्ने  जिम्मेवारी लिएकाहरुको निकम्मापनले गर्दा नेपालको सत्ता चर्को आलोचनाको विषय छ । विकास जनताको चाहना अनुसार पटक्कै हुने गरेको छैन । नेताहरुको स्वार्थ अनुसार योजना चयन हुने गरेका कारण राष्ट्रिय पहिचानका क्षेत्रमा समेत सरकारी लगानी वेवास्ता भैरहेको छ । यस्तैमा पर्दछ क्रिकेट रंगशाला । 
अहिले हाँस्य कलाकार धुर्मुस (सीताराम कट्टेल) यतिबेला नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने अभियानमा छन् । नेपालले एकदिवसीय मान्यता पाएपछि जनताबाट उठेको रंगशाला चाहियो भन्ने नारालाई साकार पार्न धुर्मुस जुटेका हुन् । हुन पनि पूर्वाधारबिना नेपाली क्रिकेटले जसरी विश्वमा धाक जमाउन सक्यो यसमा सरकारको कुनै लगानी छैन भन्दा फरक पर्दैन । प्रतियोगिता जितेर आएपछि केही लाख व्यक्तिगत पुरस्कार दिने बाहेक क्रिकेटको विकासका लागि सरकारले केही गरेको छैन ।
जितेपछि बधाई र पुरस्कार दिनेले क्रिकेटको विकास गर्नुपर्छ, अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनुपर्छ, नेपालमा ठूला प्रतियोगिता खेलाउनुपर्छ भन्ने सोच्दै सोचिएन । जनताले क्रिकेट रंगशाला माग गरिरहँदा सरकारहरुका लागि यो चुनावी नारा मात्रै बन्यो । चार वर्षअघि टी २० विश्वकप खेलेपछि हरेक सरकारले थुप्रैपटक रंगशाला बनाउने बाचा गरे । तर, अवस्था जस्ताको तस्तै । सरकारले रंगशाला बनाउने कुनै पहल नगरेपछि लागिपरे समाजसेवी कलाकार धुर्मुसले घोषणा गरे रंगशाला बनाउने भनेर । उनको टोलीले विभिन्न क्षेत्रमा गएर जमिन हेरिसकेको छ । धुर्मुस तातेपछि प्रदेश सरकारहरुले जमीन दिने भन्दै भव्य स्वागत गरे । बाचा गरे । धुर्मुसलाई जमीन दिने घोषणा गर्ने प्रतिस्पर्धा नै चल्यो ।
योभन्दा लाजमर्दो कुरा अरु केही हैन । उनीहरुले रंगशाला बनाउनु राम्रो कुरा हो, तर ससरकारी ढुकुटी बोकेर बसेकाहरुले एकजना कलाकारलाई रंगशाला बनाइदेउ भनेर गुहार माग्नु र हामी सहयोग गर्छौं भन्नु निकम्मापन हो । एउटा रंगशाला बनाउने कुराले सिंगो देश हल्लिनु अर्को लाजमर्दो स्थिति हो । तर, यहाँ यस्तै छ । यस्तै हो भने सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ भन्नेन टिप्पणी पनि भए । 
अर्कोतिर जनताले विकासको चाहना र उनीहरुले राष्ट्रिय पहिचानलाई अझ माथि उठाउन के चाहेका रहेछन् भन्ने पनि देखाइदिए । धुर्मुसले रंगशाला बनाउने निश्चित गरेपछि उनी पुगेका ठाउँमा जनताको व्यापक उत्साह देखेर छक्क परे । सबैले आआफ्नो स्थानमा रंगशाला बनाइदिए हुने आशय राखे । टोलीले रुपन्देही, चितवन र हेटौंडामा रहेका जग्गाहरुको स्थलगत अवलोकन गरेको थियो । यसै गरी काठमाडौं फर्किने क्रममा चोभारमा रहेको सरकारी जग्गाको कुरा आएपछि त्यो पनि हेरिएको छ । 
हेरिएका सबै जग्गाहरु रंगशाला निर्माणका लागि उपयुक्त देखिएको बताउँदै धुर्मुसले खेलकुद सम्वद्ध सरकारी निकाय, क्रिकेट खेलाडीहरु लगायत सबै पक्षसँग बसेर निर्णयमा पुग्ने बताउँछन् । उनी भन्छन् माग त सबैतिरका जनताको उत्तिकै छ तर, बनाउने एउटा मात्रै हो । जुन स्थान छनोट गरे पनि सबै जनताले साथ दिनु हुनेछ । किनभने यसअघि चारवटा एकीकृत बस्ती निर्माण गर्दा उनले देशभित्र र विदेशमा रहेका नेपालीबाट अपार साथ र सहयोग पाएका थिए । उनीमा यही कुराको उत्साह छ । राम्रो काम गर्ने हो भने जनताले साथ दिन्छन् भन्ने विश्वास छ र जनताले  सहयोग पनि गरेका छन् ।
नेपालमा धेरै गफ चुटेर आफलाई मिडियाको चर्चामा ल्याउनेहरु मात्र छन् । तर धुर्मुस भने कामै गरेर सबैको मुखमा बुझो लगाइदिन्छन् । त्यसैले पनि उनले क्रिकेट रंगशाला बनाउने कुरा गरेपछि व्यापक उत्साह आयो । सरकारले बनाउने भनेको भए कसैले पत्याउने थिएन । विगत आधा दशकयता रंगशाला बनाउने प्रतिबद्धता पटकपटक गरिएकै हो ।
सुरुमा जग्गा हेर्न धुर्मुस सुरुमा काठमाडौंबाट भैरहवा गएका थिए । त्यहाँको विमानस्थलमा रातिसम्म मानिसहरु प्रतिक्षामा बसेका रहेछन् । त्यो भीडमा युवा मात्र होइन, बुढाबुढीदेखि बच्चाबच्चीसम्म थिए । टोलीले सैनामैना नगरपालिकामा रहेको ६५ विगाह जग्गा अवलोकन गरेको थियो । सैनामैनाका मेयरले यो जग्गामा रंगशाला बनाउन प्रस्ताव गरे । यसैगरी भैरहवामा रहेको सिद्दार्थ रंगशालालाई स्तरोन्नति गर्न सकिन्छ कि भनेर टोली त्यहाँ पनि पुग्यो । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग टोलीले भेटघाट गर्यो । मुख्यमन्त्री पोखरेलले आफ्नो प्रदेशमा आउने भए सबै सहयोग गर्ने तत्परता व्यक्त गरे ।
धुर्मुसको टोलीले भरतपुर चितवनमा रहेको महानगरपालिकाद्वारा प्रस्तावित चितवन रंगशाला हे¥यो । त्यो जग्गा धेरै दृष्टिकोणले उपयुक्त ठहर्याइएको छ । वरिपरीको सुन्दरताले धुर्मुस उत्साहित बने । भरतपुरकी मेयर रेणु दाहालले महानगरककोा बैठक राखेर धुर्मुसलाई जग्गाा दिने घोषणा गरिन् । 
त्यसपछि प्रदेश ३ का मुख्य सचिव डोरमणि पौडेलको आग्रहमा टोली हेटौंडा पुग्यो त्यहाँ २४ विगाह सरकारी जग्गा कम्पाउन्डले घेरेर राखिएको रहेछ । पौडेलले पनि जग्गा दिनुका साथै सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाए । 
यी घटनाक्रमले के सिद्ध गरेको छ भने नेपालमा विकासा गर्छु भनेर ओहदामा पुगेकाहरुमा कुनै क्षमता छैन । उनीहरु अरुले काम गरिदिए सहयोग गर्ने भन्दै भाषण गरिरहेका छन् । के यसरी देश र प्रदेश चल्छ ? 
हुन पनि हो– काठमाडौंको मुलपानीमा निर्माणाधीन रंगशाला कहिले पूर्ण हुने हो पत्तो छैन । सम्भवतः त्यो भन्दा पहिले नै धुर्मुसले रंगशाला बनाइसक्ने अवस्था छ । किनभने सरकारी कामको नमूना त भूकम्प पीडितका घर निर्माणबाटै देखिएको छ । सरकारले एउटा एकीकृत बस्ती बनाउन नसक्दा उनीहरुले भूकम्प पीडित र तराईका अति पिछडिएका मुसहर र बाढी पीडितका लागि गरेर चारवटा एकीकृत नमूना बस्ती बनाएर हस्तान्तरण गरेका छन् ।
उनीहरुको यही लगन र उत्साह देखेर जनताले सरकारलाईभन्दा बढी विश्वास गरेका हुन् । यसै अवस्थाबाट सरकार लज्जित हुनुपर्ने हो ? तर, उसमा लोकलाज र लोकभय पटक्कै छैन । देश विकास नै गर्ने हो भने अब सिंहदरबारको चाबी पनि धुर्मुसलाई नै दिए हुन्छ भन्ने आवाज त्यसै उठेको हैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)



 
::| Latest News

 
[Page Top]