युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 02:43am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा
Tuesday, 05.08.2018, 11:02am (GMT+5.5)

काम गर्नेले गफ नगरी चुपचाप गर्छ भन्ने सन्देश गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले  दिनुभएको छ  । उहाँ सिण्डिकेट तोडेरै छाड्ने अडानमा हुनुहुन्छ । शुक्रबार यातायात व्यवसायी (वास्तवमा गैरसरकारी संस्थाका रुपमा चलेका)हरुले सरकारी निर्णय फिर्ता गराउन यातायात बन्द गरे यसको असर उनीहरुमाथि नै प¥यो  । सरकारले यातायात संघ, समितिका पदाधिकारीलाई पक्राउ मात्र गरेन उनीहरुको बैंक खाता रोक्का गरेर सम्पत्ति शुद्धिकरण विभागमा पठाउने निर्णय ग¥यो  । यातायात व्यवस्था विभागको कारबाहीलाई गृहमन्त्रीले साथ दिए, गृहमन्त्रीको निर्देशनलाई प्रहरीले पालना ग¥यो  । यो असल नियतले गरेको कामको नतिजा थियो  । 
विभिन्न क्षेत्रका यातायात समितिका १५० जना पदाधिकारी पक्राउ परे र कतिपय आगामी दिनमा हड्ताल नगर्ने र सिण्डिकेट नचलाउने शर्तमा रिहा भएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टाईको अभियानलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’को दह्रो साथ रह्यो  । गृहमन्त्रीको आदेशलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दृढतापूर्वक पालना गरे  । यसअघि जस्तो ‘नीति–नियमले मिल्दैन, झन आन्दोलन कडा हुन्छ......’ जस्ता ओठे तर्क गरेर कोही पनि बसेनन्  । जनताले खोजेको यही हो  ।
केही वर्ष अघिसम्म नेपालमा लोडसेडिङ अन्त्य भनेको ‘आकाशको फल आँखा तरी मर’ जस्तै थियो  । सबैको एउटै रटान हुन्थ्यो ‘विद्युत उत्पादन छैन, कहाँबाट उज्यालो दिनु !’ तर जसै नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुगे र ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा– लोडसेडिङ कसरी र किन र कसले गराइरहेको छ भन्ने तथ्य खुल्यो, धमाधम कारबाही थालियो  । अहिले लोडसेडिङ अन्त्य भएको छ  । कुलमानको अभियानलाई मन्त्री जनार्दनले साथ दिए  । यसको प्रभाव नेपालको अर्थतन्त्रमा निकै सकारात्मक रुपमा प¥यो  । औद्योगिक उत्पादन बढ्यो  । आर्थिक वृद्धिदर पनि उकासियो  ।
अहिले कुलमान र जनार्दनको साझेदारी जस्तै यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायणाभट्टराई र गृहमन्त्री रामबहादुर थापाको भएको छ  । यी दुई मिलेर सिण्डिकेटको जालो तोड्ने कसम खाएका छन्  । यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) तोड्ने अभियानले अहिले सिंगो देश गर्माएको छ  । सरकारले यातायात क्षेत्रको एकाधिकार तोड्न चलेको कदमले आम जनताले लाभ त पाउने नै भए राज्यकोषमा पनि धन थुप्रिने भयो  । यसअघि कसैले गर्न नसकेको काम अहिले तीन निकाय मिलेर गरेका छन्  । गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र प्रहरी प्रशासन  । अब यसमा मिसिएको छ नेपाल राष्ट्र बैंक पनि  ।
सरकारले दिनुपर्ने सेवा नदिने अनि निजीले मनपरी गरे भनेर मात्रै पनि हुँदैन  । यातायात क्षेत्रमा पनि अब सिण्डिकेट तोडियो भनेर मात्र हुँदैन  । भोलि कम्पनीका रुपमा दर्ता भएर पनि यो चल्दैन भन्न सकिन्न  । पहिला सरकारले व्यवसायीहरुलाई प्रतिस्पर्धामा आउन बाध्य हुने गरी कदम चाल्नुपर्छ  । साझा यातायातलाई देशभर यातायात सेवा संचालनका लागि तयार गर्ने हो भने सिण्डिकेटको जालो तोड्न सिंगो राज्य लाग्नै पर्दैन  । इतिहास साक्षी छ जतिबेला साझाका बस मेची–महाकाली कुद्थे त्यतिबेलाको अवस्था अर्कै थियो  । जब माफियाको खेलमा फेर साझा सिध्याईयो अनि सुरु भयो एकाधिकार  । यातायायात गैससहरुले चलाएको मनपरी धन्दाको अन्त्य हुने हो भने यो देशमा एकाधिकारवादी सबैको सातो जानेछ  । यो क्रम सुरु भएको छ  । सबैलाई सफलताको शुभकामना !
सिण्डिकेटको जालो अझै पनि मजबुत नै छ  । यातायात संचालकहरु राजनीतिक दलमा आबद्ध भएर बसेका छन्  । उनीहरुको अबको दौड दलीय शक्तिको आडमा आफ्नो एकाधिकार कायमै गर्ने हुनेछ  । यसलाई तोड्न सरकारले सक्छ कि सक्दैन  । यो भने निकै महत्वपूर्ण छ  । यो क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसमा आबद्ध भएका व्यवसायीहरु छन्  । उनीहरु संघ र समितिको नाममा यातायातमा एकाधिकारा जमाइरहेका छन्  । नेता पालेका छन्, नेताहरुलाई चाहिने ‘दादा’ पालेका छन् अनि आवश्यक परेका बेला खर्च पनि दिएका छन्  ।
उनीहरुको हिम्मत यसैकारण बढेको हो  । अब सिण्डिकेट वालाहरुका दलीय आबद्धता रद्द गर्नेे निर्णय सत्तारुढ दलबाट सुरु भयो भने यो अर्को ऐतिहासिक काम हुनेछ  । विपक्षी दलमा आबद्ध भएकालाई कारवाही गर्ने र आफ्नो पक्षलाई काखी च्याप्ने हो भने यसको कनै अर्थ रहँदैन  । मुलुक बनाउने हो भने अब राजनीतिक आस्था र संलग्नता हेर्न बन्द गर्नैपर्छ  । केही नेताको व्यक्तिगत स्वार्थ पूराा गरिदिएकै भरमा राज्यले त्यस्ताहरुको संरक्षण गरिरहने परिपाटी बन्द हुनुपर्छ  ।
अब भ्रष्टाचारीहरु, कर छली, कालोबजारी, मिसावट गर्नेहरुमाथि डण्डा बर्साउनु पर्नेछ  । यति काम गर्न सकिए मात्र देशमा सुशासन कायम हुन्छ र सरकारले भनेजस्तै देश समृद्धिको दिशातिर जानेछ  । कालोबजारी र तस्करी अनि हुण्डी देशको अर्थतन्त्र चौपट पार्ने कुकर्म हुन्  । सुन काण्डले अहिले त्यही देखाइरहेको छ  । कसरी र ककसको मिलोमतोमा सुन तस्करी हुँदो रहेछ भन्ने पनि प्रष्ट भैसकेको छ  ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार वर्षमा ४७ टन सुन तस्कर भएको तथ्य फेला परेपछि यो देशमा सुशासन र आर्थिक समृद्धिको नारा कति हाँस्यास्पद रहेछ भन्ने पनि खुलस्त भएको छ  । साढे ३३ किलो सुनका भरिया सनम शाक्यको हत्यापछि उत्खनन् भएका सुन तस्करीको जालो कहाँकहाँसम्म पुगेको छ अझै खुल्न बाँकी छ  । सुन तस्करीका मुख्य नाइके अझै पक्राउ परेका छैनन्  । यो दुई सन्दर्भले नेपालको राजनीतिक, प्रशासनिक, गृह प्रशासन, व्यवसायीहरुको कालो कतुर्तत छताछुल्ल भएको छ  । सबै मन्त्री, सचिव र महानिर्देशक तथा अन्य जिम्मेवारहरु अहिलेको अभियान जस्तै लागिपर्ने हो भने देश उकासिन कतिबेर लाग्छ र ?
अब, यातायात क्षेत्रको जस्तै शिक्षा, स्वास्थ्य र हवाई क्षेत्रमा मौलाइरहेको सिण्डिकेट तोड्नुपर्छ  । बजारमा चल्ने ‘कार्टेलिङ’बिरुद्ध आन्दोलन छेड्नुपर्छ  । सेवाको नाममा यहाँ त गरीब जनता नै चुसिएका छन्  । शिक्षामा राज्यको अथाह लगानी छ, तर जनताका छोराछोरी निजी विद्यालयमा जान बाध्य छन्  । यसको कारण सबैलाई थाहा छ  । अरुलाई दोष दिएर मात्रै हुँदैन  । सरकारी लगानीका शिक्षालयहरुको गुणस्तर वृद्धि गरेर जनतालाई विश्वस्त पार्नासाथ निजी विद्यालयहरु आफैं नियन्त्रणमा आउँछन्  । सरकारी अस्पतालहरुले गुणस्तरीय र भरपर्दो सेवा २४ सै घण्टा दिने हो भने निजी अस्पताला आफैं खुम्चिन्छन्  । उनीहरुको मनपरी स्वतः हट्छ  । त्यस्तै सरकारी स्वामित्वको निकायले हवाई सेवा विस्तार गर्ने हो भने निजी वायुसेवाहरु स्वतः नियन्त्रणमा आउँछन्  ।
यो सन्दर्भले के प्रमाणित गरेको छ भने एकजनाा व्यक्तिले मात्रै अठोट लिने हो भने ठूलै उथलपुथल ल्याउन सकिने रहेछ । सरकारका अन्य मन्त्रीहरुले पनि मुलुकको दीर्घकालीन हितका लागि यस्तै अडान र अठोट लिएर अघि बढ्ने हो भने मुलुक समृद्ध हुन साँच्चै समय लाग्दैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)



 
::| Latest News

 
[Page Top]