युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 08:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा
Wednesday, 05.30.2018, 04:43pm (GMT+5.5)

गरीब देशका धनी प्रधानमन्त्री–मन्त्री ! सुन्दै आश्चर्य लाग्छ । ओली सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा अधिकांश करोडपति देखिए । सम्पत्ति हुनु अपराध हैन, तर त्यो सम्पत्ति राजनीति गरेरै आर्जन गरिएको हो वा कुनै पेशा–व्यवसाय वा पैतृक ? यो भने खुल्दुलीको विषय हो । 
सम्पत्तिका सवालमा कोहीभन्दा कोही कम रहेनछन् । अरू त अरू चुनावमा एक एक रूपैयाँ चन्दा लिएको सवर्ग प्रचार गर्ने लालबाबु पण्डित समेत झण्डै झण्डै करोडपति रहेछन् । उनको सम्पत्ति विवरण हेर्दा चकित पार्नेखालको छ । एउटा थोत्रो साइकल अनि ५५ लाख रूपैयाँ बैंक मौज्दात । प्रधानमन्त्री केपी ओली पनि करोडपति हुनुहुँदो रहेछ । करोडपति प्रधानमन्त्रीका मन्त्रीहरू पनि करोडपति नै छानिएछन् । यसलाई सकारात्मक पाटोबाट हेर्ने हो भने आफैंमा सम्पन्न मन्त्रीहरूले पक्कै पनि भ्रष्टाचार नगरी देश र जनताकै काम गर्लान् !
भिखारी बन्न राजनीतिमा आएको हैन भन्नेहरूलाई यो मन्त्रिमण्डलका कतिपय सदस्यले सेठ भएरै राजनीतिमा आएको हुँ भन्ने देखाइदिएका छन् भने राजनीति गरेर सेठ भएकाहरू पनि होलान् ? यतातिर पटक्कै नजाऔं । एउटा कुरा के हो भने आफ्नो गरिखानसक्ने हैसियत भएकाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो । कम्तिमा तिनले भ्रष्टाचार कम गर्लान् भन्ने अपेक्षा हो । विश्वमा यस्तो देखिएको पनि छ । तर उदेकलाग्दो कुरा के हो भने मन्त्रिहरूले आर्जन गरेको सम्पत्तिको स्रोत खुलेको छैन । उनीहरू लामो समयदेखि राजनीतिमा नै सक्रिय थिए ।
अर्को विडम्बनापूर्ण कुरा अधिकांश मन्त्रीहरूले आफ्नो सम्पत्ति श्रीमतीको नाममा राखेका छन् । अनि त्यो सम्पत्ति दाइजो, पेवाका रूपमा पाएको बताएका छन् । केही मन्त्रीहरू पैतृक सम्पत्तिकै कारण धनी भएका छन् ।  मन्त्रीहरूले आफ्नो धनको स्रोतमा स्वआर्जन, ऋण, श्रीमती तथा बुहारीको दाइजो, पेवा र आफ्नो पारिश्रमिकलाई देखाएका छन् तर मन्त्री नभएका बेला उनीहरूले पारिश्रमिक पाउने कुन काम गरे होलान, पार्टीले पचासौं लाख रूपैयाँ बैंक मौज्दात हुने गरी पारिश्रमिक कसरी दिन सक्यो होला ? उनीहरू कुनै विषयको ज्ञाता पनि होइनन्, वैदेशिक रोजगारीमा पनि गएका छैनन्, कुनै उद्योग पनि खोलेका छैनन् ? फेरि कहाँबाट आयो त्यत्रो धन ? के श्रीमतीको दाइजो वा पेवा, बुहारीसंग आएको दाइजोले करोडौंको जोहो हुन सक्छ ? 
लौ सक्छ रे, त्यसो भए सामाजिक विभेद र समतामूलक समाजको निर्माण गर्ने भन्दै नारा लगाउने नेताहरूले बुहारीको दाइजो, पेवा वापत पनि थुप्रो सम्पत्ति लिएको सम्पत्तिको स्रोतमा खुलाउनु नैतिकताले दिन्छ ? त्यो साँचो हो भने नेपाली समाजमा कलंककै रूपमा विकसित हुँदैगएको दाइजोप्रथा निमिट्यान्न पार्नुपर्नेमा समाजका अगुवाहरू नै दाइजो लिन अग्रसर ??
सबैलाई प्रश्न उठाउन सकिंदैन र धनी मन्त्रीहरूको धनमाथि पनि आक्षेप लगाउन मिल्दैन । उदार अर्थनीति अपनाएको मुलुकमा व्यक्तिको धनमाथि प्रश्न उठाउन पाइँदैन तर कुनै पेशा व्यवसाय नगरी दुई छाक जनताको घरमा खाने नेताहरू करोडको मालिक कसरी भए भन्ने प्रश्न चाहिं उठिरहन्छ । मन्त्रीहरूले सम्पत्तिको स्रोत पनि खुलस्त पारिदिए जनता ढुक्का हुने थिए । कम्तिमा हाम्रा धनी मन्त्रीहरूले अब हामीलाई पनि धनी बनाउने काम गर्ने भए भनेर ।
हरेक वर्ष ट्रान्सपेन्सी इन्टरनेशनलले सार्वजनिक गर्ने प्रतिवेदनमा नेपालमा राजनीतिक दल र तिनका नेता सबैभन्दा भ्रष्ट रहेको भन्छ । यो एउटा पाटो हो अनि अर्को पाटो के पनि हो भने धन भएका सबै मन्त्रीहरूले भ्रष्टाचार गरेका छन् भन्न कदापि सकिन्न ।अझ यसपटकक धेरै मन्त्री नयाँ छन् । उनीहरू यसअघि त्यस्तो लाभको पदमा पुगेका थिएनन् । 
अब जिज्ञासा के उठेको छ भने– धनी मन्त्रीहरूले गरीबको पीडा बुझेर काम गर्लान् ? अनि गरीब हुँदै धनी बनेका, जो हिजो स्वयं पनि गरीब थिए उनीहरूले पनि धनको लोभ नगरी गरीब नेपालीको जीवनस्तर उठाउने प्रयास गर्लान् ? या धनमाथि धन थुपार्ने मेसोमा लाग्लान् ? चासोको विषय छ । 
हुन त प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचारा नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने प्रतिबद्धता जनाइरहनुभएको छ । यसो भन्नुको कारण उहाँ स्वयं धनी र अधिकांश धनीलाई मन्त्री बनाउनु भएर रहेछ । सर्वहारावर्गको नेतृत्व गर्ने, गरीब, निमुखा, मजदुर, किसानको पार्टीका नेताहरू करोडौंको मालिक रहेको पाउनु खुसीकै कुरा हो । आम जनतालाई पनि त्यस्तै बनाउन उनीहरूले त्यस्तै काम गरे कति जाति ।
त्यसमा पनि अहिले धनी बनेका मन्त्रीहरू भूमिगत कालमा गरीबकै जीवन बिताएका थिए, गरीबको झुपडीमा बास बसेका थिए, उनीहरूसंग मलको डोका बोकेका थिए, हलो जोतेका थिए र मकै, पीठो खाएर प्राण धानेका थिए, राजनीतिलाई अघि बढाएका थिए, निष्ठा र संघर्षको नमूना देखाएका थिए तर अहिले परिस्थिति बदलिएछ । हिजो गरीबको घरमा बास बस्नेहरू आज धनी भएछन् । अब धनी मन्त्रीले गरीब जनताका लागि केही गर्लान् कि ?
के यी सबै प्रपच्ज्ञ आफ्नो धन जोगाउने मेसो मात्र होइन भन्न सकिएला ? धनी हुनु अपराध होइन, धन आर्जन गर्नु पनि अपराध होइन तर फरक के मात्र हो भने त्यो धन कसरी आर्जन गरिएको छ ? यसैमा सबैको ध्यान आकृष्ट हुन्छ । र आशा पनि हुन्छ कि तीन पुस्तालाई पुग्ने सम्पत्ति भएकाहरूले पक्कै पनि जनताका लागि केही गर्लान् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)



 
::| Latest News

 
[Page Top]