युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.20.2018, 04:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा
Tuesday, 08.28.2018, 01:20pm (GMT+5.5)

नेपालका राजनीतिक नेता, योजनाविद् र विज्ञहरूमध्ये धेरैले बाँडेको एउटा सपना र कागजमा बनाएको एउटा योजना हो दक्षिण एसियामा विजुली बेचेर धनी बन्ने । अनि दक्षिण एसियाको सबभन्दा ठूलो मुलुक भारतका शासक, प्रशासक र योजनावालाहरू पनि यसै भन्छन् । नेपालको पानीबाट विजुली निकालेर नेपाल समृद्ध हुन्छ यसका लागि भारत लगानी गर्न तयार छ । तर, वास्तविकता अब अर्कै बनिसकेको छ । नेपालले अब विजुलीको साथमा पानीको व्यापार गर्नुपर्छ । यसका लागि सोही अनुसारको बहुउद्देश्यीय योजना बन्नुपर्छ ।
हामीले बुझ्नैपर्ने कुरा के हो भने भारतको चासो विजुली नभएर पानी हो । पानीमाथि अधिकार जमाउन उ विजुलीको कुरा गरिरहेको छ । यसका अनेक दृष्टान्त छन् । अब जलविद्युत उत्पादनको नाममा नेपालले पानीमाथिको स्वामित्य गुमाउने हैन कि त्यो स्वामित्व कायम राखी पानीको मूल्य खोज्नुपर्छ । पानी नेपालको मूल स्रोत हो र त्यही पानीले नेपाललाई धनी बनाउँछ भन्नेमा कुनै शंका छैन । त्यसकारण अब पानीकै व्यापार विश्वव्यापी हुनेछ । हामीले गर्ने व्यापार पनि पानीकै हो । किनभने विजुलीको अन्य स्रोत छ तर पानीको छैन । तर, नेपालमा पानीबाट बिजुली मात्रै निकाल्ने कुरा, त्यो बिजुली पनि भारतीयबाटै निकाल्नुपर्छ, नेपाल र नेपालीले लगानी गर्न सक्दैनन् भन्दै पानीको अधिकार गुमाउने खेल चलिरहेको छ । 
जलस्रोत नेपालमा लगानी गर्ने एउटा प्रमुख क्षेत्र हो । तर सोचेजस्तो लगानी आएको छैन । आए पनि भारतीय कम्पनी र त्यहाँको सरकार नियन्त्रित कम्पनी आउँछन्, आयोजना ओगट्छन् र पानीमाथि अधिकार जमाएर बस्छन्  । उनीहरूलाई के थाहा छ भने नेपालको नदीबाट विजुली निकालेर नेपाललाई नै बेच्ने अनि आफ्नो देशलाई नेपालको पानीमाथि कब्जा जमाउने बाटो खोल्ने । अहिलेसम्म यस्तै भैरहेको छ । पञ्चेश्वर, माथिल्लो कर्णाली, अरुण–३ यसैका उदाहरण हुन् । अरुण ३ को उद्घाटन भए पनि अरु काम अघि बढेको थाहा छैन । 
अहिलेको विडम्बना के भने, अपार क्षमता भए पनि विद्युतभार कम गर्न भारतबाटै विद्युत आयात गर्नु परिरहेको छ । सपना भने भारतमा विजुली बेचेर धनी हुने देखाइन्छ । नदी जिम्मा लिन्छ अनि काम भने अघि बढ्दैन । नेपालको पानी उपभोगप्रति निरन्तर लालायित रहेको भारतले विगतमा कोशी, गण्डकी र महाकालीमा गरेको लगानीको लाभ एकतर्फी रुपमा ग्रहण गरिरहेको पृष्टभूमिलाई बिर्सेर अझै पनि त्यस्तै काम गर्न पछिपर्ने गरिएको छैन । 
नेपालको जलस्रोतको विकासमा राजनीतिक स्वार्थ नघुसेको हुन्थ्यो भने स्थिति अर्कै भैसकेको हुने थियो । बहुउद्देश्यीय रुपमा उपयोग गर्नुपर्ने र कम्तिमा ४ हजार मेगावाट विद्युत उत्पादन हुने भनिएको माथिल्लो कर्णालीको हालत के छ ? पञ्चेश्वर कता पुग्यो ? हरेकपटकको नेपाल भारत उच्चस्तरीय भ्रमणमा यी विषयहरू समेटिन्छन्, तर काम अघि बढ्दैन । किन ? किनभने भारत नेपालको नदी ओगट्न मात्र चाहन्छ । उसको स्वार्थ विद्युत हैन, जलमात्र हो । 
नेपाली जनतालाई झुक्याउन नदी सम्झौता गरेपछि यति विजुली सित्तैमा भनेर प्रचार गरिन्छ । नेपालका नदीहरूमा लगानी गरेर यथेष्ट कमाउने योजनाबद्ध प्रयासमा लागेका बनियाहरूले नेपालीलाई यति सित्तैमा दिने भए भनेर उल्टै लज्जाबोध गराउने धृष्टता भैरहेको छ । नेपालका नदीको पानी र विजुली भारतीय लगानीकर्ताहरूलाई चर्को शुल्क तिरेर नेपालीहरूले नै उपभोग गर्नुपर्ने अनपेक्षित स्थिति सिर्जना गर्दा पनि कुनै लज्जाबोध र हिनताबोध नगरी दासमनोवृत्ति प्रदर्शन गरेर सित्तैमा प्राप्त हुने हुण्डरी मच्चाउनु नेपाली जनताको र नेपाल राष्ट्रको अपमान बाहेक केही होइन । 
आजसम्म भारतले कुनै आयोजना सम्पन्न गरेको छैन । भारतीयहरूको हातमा ७ हजार मेगावाटका आयोजना छन् । ती कुनै पनि अघि बढेको छैन । किन बढेन भन्दा उनीहरूलाई विजुली हैन पानी चाहिएको छ । महाकाली सम्झौता अनि पञ्चेश्वर यसैको कडी हो । किनभने भारतको पहिलो रणनीति जलविद्युत आयोजना निर्माणभन्दा नदीनाला ओगटेर राख्नु नै हो । महाकाली सन्धि भएको साढे दुई दशक हुन लाग्यो, तर भारतले पञ्चेश्वर बनाउन कुनै चासो देखाएन ।
अब विजुलीको सपना बुढो भैसक्यो । पानी जोगाउने हो । हिमालयदेखि निरन्तर प्रवाहित नेपालका प्रमुख नदीहरूमाथि भारतको वा अरु कुनै विदेशी कम्पनीको स्वामित्व भए पनि पानी उनीहरूले बेच्ने भारतलाई नै हो । पश्चिम सेतीको सुरुको लगानीकर्ता ‘स्मेक’ले आयोजना बनाउन नसकेको त्यसको पानीको मूल्यमा विवाद भएर हो । भारतमा विजुली बेच्ने तयारी उसको भए पनि नदीको पानीको उपयोगितामा भारतले पानीमा समेत आफ्नो स्वामित्व खोजेको थियो । यसैबाट प्रस्ट हुन्छ पानीको महत्व अनि नेपालमा विजुली उत्पादन गरेर भारत निर्यात गर्ने अनि धनी हुने भन्ने भारतीयहरूको कथनमा ठूलो रणनीतिक षड्यन्त्र लुकेको छ भन्नेमा विवाद छैन । 
जल नै जीवन हो र जल नै समृद्धिको आधार हो । हामीले यसैलाई मूल मन्त्र मानेर योजना बनाउनुपर्छ । जलविद्युत आयोजना पनि बनाउने अनि त्यहाँ बहुउद्देश्यीय थप परियोजना चलाउनु अत्यावश्यक छ । विद्युत आयोजनासंगै सिंचाई र खानेपानीलाई समेट्न सकिन्छ । हामीले अहिलेसम्म यस्तो किसिमले योजना बनाउन सकेका छैनौं । अब पानीको व्यापार सुरु गर्नुपर्छ । त्यो व्यापार बोतलमा बन्द गरेर होस् वा सिंचाई गरेर कृषि उपज बढाएर, माछापालन, नौकाविहार आदिबाट अतिरिक्त आम्दानी गर्ने । यो नै नेपालका लागि अनिवार्य पक्ष हो ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)



 
::| Latest News

 
[Page Top]