युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.20.2018, 05:50pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा
Tuesday, 09.04.2018, 12:43pm (GMT+5.5)

नेपालको संविधानले समाजवादको परिकल्पना गरेको छ । त्यो समाजवाद जहाँ धनी–गरीबको खाडल नरहोस्, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई जस्ता आधारभूत कुराहरु जनताले सहजै पाउन् । रोजगारी प्राप्त होस् र जीवन सहज होस् । यो समाजवादको सिद्धान्त वा परिकल्पना हो । तर, यथार्थ फरक छ । नेपालको समाजवाद नारामुखी मात्र छ । हामीले समाजवाद वा समानताको शास्त्रीय परिभाषालाई आत्मसात गर्नैसकेनौं । अहिले समाजवाद वा साम्यवादका गगनभेदी नारा घन्काएर माक्र्स–लेनिनको पूजा गर्नेहरुले भागवतको एउटा सन्दर्भ मात्रै स्मरण गर्ने हो भने हाम्रो समाजमा समाजवाद कहिलेदेखि थियो भन्ने प्रष्ट हुन्छ ।
आज नेपाल गरीबीचको चक्रमा पिसिएको छ । गरिबीको अथाह समुद्रमा पिल्सिएका जनताको जीवनस्तर उकास्ने नाममा धनी झन धनी हुने क्रम चलिरहेको छ । गरीब झन् भास्सिदै जाने, धनी झन उस्सिदै जाने प्रवृत्तिलाई श्रीभदभागवतमा यस्तालाई दण्डनीय अपराधी भनिएको छ । त्यहाँ भनिएको छ– “यावतभ्रियेत जठरं तावत सत्वंहि देहिनाम । अधिंक यो भिमन्यतेसंस्तोनो दण्डमर्हति ।।” अर्थात् “भरिन्छ जतिले पेट त्यति मानिसको हक । बढी ओहट्ने हो चोर सजाय गर्नु पर्दछ” । (साभार)
केही दशक अघिसम्म अध्यात्मको उन्नत थलोको रुपमा रहेको नेपाल अहिले अनेक हमलाबाट आक्रान्त छ । अहिले अध्यात्मवाद कि भौतिकवाद भनेर द्वन्द्व चर्किएको छ । समाजवाद कि पूँजीवादको बहस छ । अध्यात्म नै समाजवाद हो भन्ने चाहिं भुलेका छौं । पश्चिमा संस्कृति भित्र्याएर त्यसैको अन्धानुसरण गरेर समावादको बखान गरिरहेका छौं । यसैको प्रतिक्रिया हो– पश्चिमाहरूको संगठित हमला हुँदा आध्यात्मिक जगतमा कम्पन मात्र नभै यसको जग नै भत्कने गरी हल्लिन थालेको छ । स्थापित मान्यता र मूल्यहरूको अवमूल्यन, विश्वासको संकट, परस्परको लटारो चटारो र कालचक्रको तीब्रगतिले परम्परागत सवै सन्दर्भ चुँडिदै जान थालेको छ ।
गीता, रामायण वा वेद अहिलेकै भाषामा भन्ने हो भने कति वैज्ञानिक छ भन्ने केही सामान्य सन्दर्भबाटै प्रमाणित हुन्छ । रामायणकालीन युग १५ हजार वर्षअघिको मानिन्छ । त्यही युगमा विमानको कल्पना गरिएको थियो । रावणको पुष्पकविमान चढेर श्रीराम लंका विजय पश्चात अयोध्या फर्किएका थिए । के शास्त्रले विमानको कल्पना गरेको त्यो युग हामी स्मरण गर्न सक्दैनौं ? महाभारतको युद्धमा पृथ्वी ध्वस्त हुने अस्त्रको चर्चा छ ? अर्जुन र अस्वास्थामाको युद्धमा ब्रम्हास्त्र प्रहार हुँदा श्रीकृष्णले रोकेको सन्दर्भ छ । यदि दुई ब्रह्मास्त्र आपसमा ठक्कर आए पृथ्वी ध्वस्त हुन्छ भन्ने श्रीकृष्णको उद्गार अहिलेको आणविक हतियार हो कि हैन ? यो बुझ्नसके हामी कति उन्नत समाजका उत्कृष्ट समाजवादी मानव भन्ने तथ्य स्पष्ट हुन्छ । 
प्राचीन महर्षि, देवर्षि, राजर्षि वा ब्रह्मर्षिका चिन्तन वा स्थापित मान्यता, जीवनदर्शन र शिक्षा उपेक्षित मात्र नभएर विस्मृतिको गर्तमा पुरिएको छ अनि माक्र्स–लेनिन–माओहरू बनेका छन् आराध्य । यसैलाई आधुनिक प्रगतिशीलताको नाममा वैज्ञानिक शब्दको प्रयोग गर्दै उपभोक्तावादको जडौरी भिरिएको छ । अर्कातिर पूँजीवादी उपभोक्तावाद पनि संगठित भएर अध्यात्मलाई हमला गर्दैछ । अब धर्म केवल उपयोगितावादको रुपमा साधन मात्र बन्न गएको छ । यसको सबभन्दा ठूलो उदाहरण हो श्रीमदभागवत ज्ञान महायज्ञ– जसलाई पैसा कमाउने मेसोका रुपमा उपयोग गरिएको छ ।
नाम ज्ञान महायज्ञको दिइए पनि यो सबै पैसा कमाउने मेसो भएको छ । विभिन्न समाजिक कार्यका लागि यसैको माध्यमबाट अर्थ संकलन हुन्छ । यो सकारात्मक कुरा त हो तर यससंगै ज्ञान वितरण गर्न सकिए यसको व्यापकता अरु झल्किन्थ्यो । तर हामी ज्ञानको पछि हैन धनको पछि लागेका छौं– जुनसुकै नाममा ! अनि वैदिक धर्म–संस्कृति र संस्कृत शास्त्रलाई समाज विकासको अबरोधक मान्नेहरु तिनै महायज्ञमा दुबोको मालामा बेहुला जस्तै सजिएर उद्घाटन गर्न पुग्छन् । आत्माले नमाने पनि ‘निर्देशक’को भनाई मान्नैपर्ने बाध्यता उनीहरुलाई छ । 
धर्मसापेक्ष राष्ट्रको घोषणा नेपाली जनताको चाहना र माग थियो कि थिएन अहिले बहस गर्नु नै बेकार हुन्छ । अनि संस्कृति शिक्षा, भागवतगीता, रामायण जस्ता ग्रन्थहरु अध्ययन–अध्यापन र यसको गर्भमा रहेको ज्ञानको त्यो मुहान जनजनको मस्तिष्कमा पु¥याउनु आवश्यक छ कि छैन, यो पनि बेग्लै सन्दर्भ हो । तापनि यति चाहिं भन्नैपर्छ कि हामी आधुनिकताको नाममा विदेशीले भिराइदिएको कथित वैज्ञानिकताको जडौरी भिरेर बुर्कुसी भने मारिरहेका छौं आफैंलाई बिर्सेर ! 
पूर्वीय दर्शन ईशापूर्वको दर्शन हो । पाश्चात्य दर्शन ईशा पश्चात्को दर्शन हो । पूर्वले ईशापूर्व बुझाएजस्तै पश्चिमभन्दा ईशापश्चात् भनेर बुझिन्छ । अध्यात्मका गुढतम् रहस्यका गहिराईसम्म पुग्ने क्षमता नभएकाहरू सस्तो लोकप्रियताको निमित्त नारा लगाउनमै व्यस्त भएर सपना मात्र बाँड्ने र समाज भाड्ने काममा मात्र उद्यत छन् अहिले । पश्चिमका विद्वानहरूले चपाएर छोक्रा बनाएका सारहीन तर्कलाई अत्याधुनिक मानेर त्यही छोक्रा चुस्न रमाउनेहरुका कारण हामी आफ्नोपन बिर्सदै छौं । आज पूर्वीय दर्शन पश्चिमाका लागि आकर्षणको केन्द्र बन्दैछ, उनीहरु हाम्रा वेद–पुराणको अध्ययन–अध्यापन गराइरहेका छन्, तर हामीलाई भने उनीहरुको संस्कृति र धर्म लाद्न स्वतन्त्रताको नाममा रकम खन्याइरहेका छन् । हामी त्यसैको पछि दगुरेर ‘कुहिरोको माग’ बनिरहेका छौं ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)



 
::| Latest News

 
[Page Top]