युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.20.2018, 04:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
काठमाडौंको कष्ट फोहर
Tuesday, 09.11.2018, 12:27pm (GMT+5.5)

यादब देवकोटा
काठमाडौं उपत्यकाका शहरबासी हुन वा गाउँबासी सबैको एउटै कष्ट छ– सडकको दूरावस्था र फोहरको दुर्गन्ध । एकातिर धुलो र हिलो सडक अनि त्यही सडक किनारमा थुप्रिएको फोहोरको डंगुरले उपत्यकाबासीको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ भने शहरको सौन्दर्य नै हराएको छ ।
धार्मिक, सांस्कृतिक, वातावरणीय दृष्टिकोणले विश्वका उत्तम शहरहरूमा गनिने काठमाडौं उपत्यका विगत एक दशकदेखि अत्यधिक प्रदूषित र कुरुप बन्दैछ । विश्वको सबैभन्दा प्रदूषित शहरमा गनिन्छ काठमाडौं । मन्दिरै मन्दिरको शहर फोहरै फोहरको थुप्रोले पुरिएका छन् । सांस्कृतिक धरोहरू आफ्नो अस्तित्वरक्षाका लागि गुहार मागिरहेका छन् । तर जिम्मेवारी लिएर ओहदामा बसेकाहरूको कानमा बतास पस्दैन । फोहरमैला बाहिरबाट हेर्दा एउटा समस्या हो, तर यसभित्र अनगिन्ती समस्याहरू जेलिएर रहेका छन् । फोहर व्यवस्थापन हुन नसक्दा यसले वातावरणमा पार्ने नकारात्मक प्रभाव र त्यसबाट उत्पन्न हुने अनेक समस्याहरूको लेखाजोखा नै छैन । फोहरमैलाको थुप्रोबाट उत्पन्न हुने दुर्गन्ध, त्यसबाट उत्पन्न हुने रोगव्याधीसंगै वातावरणीय दुष्प्रभावबाट उत्पन्न हुने अनेक समस्याहरूले नेपाली जनजीवन आक्रान्त बनिरहेको भए पनि त्यस दिशातिर पटक्कै ध्यान दिइएको छैन । वातावरण प्रदूषित हुनासाथ यसको असर खानेपानी, स्वास्थ्य, शिक्षा, यातायात र आर्थिक क्षेत्रमा समेत पर्दछ । 
फोहरलाई मिल्काउने बस्तु ठान्नु नै महाभूल भएको छ । फोहरलाई मोहरमा परिणत गर्न सकिन्छ भनेर धेरै विज्ञहरूले भन्ने गरेका छन् । फोहरमैलाबाट विद्युत उत्पादन गर्न सकिने तथ्इ प्रमाणित भैसकेको छ । राजधानीमा उत्पादन हुने फोहरमैलामध्ये ७० प्रतिशत पुनः उपयोग गर्नसकिने खालको रहेका फोहरमैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रले नै बताएको छ । अर्कोतिर महानगरपालिका पनि यसको बहुउपयोगमा जानुपर्ने कुरा बेलाबेलामा ओकल्ने गरे पनि समय वित्दै गएपछि त्यो विषयले प्राथमिकता नै पाउँदैन । हाम्रो मुल समस्या भनेको फोहरमैलालाई स्रोतको रुपमा नलिएर समस्याको रुपमा लिने र यसलाई ‘डम्पिङ’ गर्ने बाहेक अर्को योजना र नीति नबन्नु पनि हो । अर्कोतिर हरेक कुरामा राजनीतिकरणको मार त संगसंगै जोडिएकै छ ।
वातावरण प्रदूषण, नदी प्रदूषण, वायु प्रदूषण, ध्वनि प्रदूषणको चर्को मारमा परेको काठमाडौं उपत्यका यतिबेला निकै जोखिमपूर्ण अवस्थामा छ । राजधानी उपत्यकाको वातावरण स्वच्छ राख्न, यहाँको जैविक विविधताको संरक्षण गर्न र यहाँको कला, संस्कृति र मौलिक चिनारी बचाइराख्न उपत्यकालाई फोहरमैला मुक्त राख्नैपर्छ । कला, संस्कृति, साहित्य र प्राकृतिक सुन्दरताको मुहान मानिने काठमाडौं उपत्यका जहिले पनि फोहरमैलाको थुप्रोले पुरिनुपर्ने दुर्दिनको अन्त्यका लागि सवैको प्रयास आवश्यक छ । 
काठमाडौंमा घोषितरुपमा गाउँ छैनन् अनि मुलुकको जेठो महानगरपालिका र राजधानीमा अहिले जस्तो अवस्था छ त्यसले यो राजधानी हो भन्न गाह्रो पर्छ । कुनै देशको राजधानी यति धुलो, हिलो र फोहरले भरिएला भन्ने कसैको अनुमानभित्र पर्र्दैन तर यथार्थ यही हो ।
स्थानीय तहको निर्वाचन अघि सबैले स्मार्ट सिटीको नारा घन्काए, फोहर व्यवस्थापन गरी ग्यास निकाल्ने योजना सुनाए, सडक चिल्ला र सफा हुने योजना बाँडे अनि सय दिनमा काठमाडौं धुलो र हिलोमुक्त हुने कथा सुनाए तर एक वर्ष बितिसक्दा पनि यी कुनै काम भएनन् ।
सडकको अवस्थाबाट वाक्कदिक्क काठमाडौंबासी फोहरको समस्याबाट पनि आक्रान्त छन् । उपत्यकाको सबभन्दा ठूलो समस्या हो फोहरमैला व्यवस्थापन । अर्कोतिर दीर्घकालीन डम्पिङ साइट समेत व्यवस्था गर्न सकिएको छैन । उचित थलोको खोजी हुनै सकेको छैन । फोहरमैला व्यवस्थापनमा महानगपालिका र सबै नगरपालिकाहरुबीच समन्वय हुनुपर्नेमा त्यस्तो छैन । यो अहिलेको सबैभन्दा ठूलो समस्या हो । हातेमालो गरेर अघि बढ्नुको साटो आआफ्नै तालमा यसो भएन र उसो भएन भनेर चिच्याउने बाहेक जनप्रतिनिधिहरुबाट केही भएको छैन ।
शहरका चोक र खाली ठाउँमा थुप्रिएका फोहोरले ती ठाउँमा बस्ने र व्यापार गर्नेहरु वाक्कदिक्क छन् । उनीहरुको एउटै गुनासो छ किन फोहर व्यवस्थापनमा यति लापरवाही ? अर्कातिर फोहर जथाभावी मिल्काउनु हुँदैन भन्ने सामान्य चेतना पनि नगरबासीमा नभएको जस्तै देखिन्छ । सभ्यताको सबभन्दा घृणित दृश्य फोहर व्यवस्थापनमा देखिएको स्थानीय निकाय र ती निकायबासीको व्यवहारले देखाउँछ । घरको फाहोर सडकमा मिल्काउने बानी हामी सबैमा छ ।
फोहोर व्यवस्थापनमा नगरपालिकाहरुलाई मात्र दोष दिएर कोही उम्कन भने पाउँदैन । हामी आफू कति सफा छौं र सफाईप्रति कति सचेत छौं भन्ने स्वमूल्यांकन अहिलेको आवश्यकता भएको छ । हामीले आफ्नो घर आफैं फोहर त गरिरहेका छैनौं वा आफ्ना लागि आफैंले रोग त निम्त्याइरहेका छैनौं भन्ने गम्भीर प्रश्न खडा छ । 
नगर वा शहर सफा राख्ने पहिलो दायित्व नगरबासीको पनि हो भन्ने हामीले बिर्सेका छौं । सबै काम नगरपालिकाले गरिदिनुपर्ने गलत मानसिकता बोकेर बसेका कारण हाम्रो शहर फोहरमा परिणत भएको हो । यस्तो मानसिकता कायम रहँदासम्म यस्ता समस्या जस्ताको तस्तै रहन्छन् । 
हो, गर्नुपर्ने निकायले ध्यान नदिएकै हो, नसकेकै हो, उनीहरुले दीर्घकालीन सोच नराखेकै हो । जनताको सेवा सुविधामा भन्दा आफ्नै सुविधामा मात्र चासो दिएकै हुन् । यसो भन्दैमाा नागरिक दायित्व हामीले बिर्सनु हुँदैन । यसो भन्दैमा महानगर वा नगरपालिकालाई दोषमुक्त ठह¥याउन सकिन्न । उनीहरुको अकर्मण्यता त कति हो कति ? स्मार्ट सिटीको नारा घन्काएर शहर स्मार्ट बन्दैन, त्यसका लागि त्यस्तै कर्म गर्नुपर्छ भन्ने चासै छैन । हाम्रो दुर्भाग्य यही हो ।
राजधानीको मुख्य आकर्षण भनेको पर्यटकीय स्थलहरू नै हुन् । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । यस्तै अवस्थाले आउलान त्यति पर्यटक ? पर्यटकीय स्थलहरु पुग्ने सडकको अवस्था । ती स्थलहरू फोहरमैलाको थुप्रोको बीच पर्यटक आगमनकोा कल्पना गर्नु कति उचित होला ? फोहरमैला व्यवस्थापन शिक्षा, स्वास्थ्य, अर्थ, पर्यटन सवै क्षेत्रको चासोको रुपमा रहनुपर्छ । यी सवै निकायको सामूहिक पहल र प्रयासले मात्र राजधानीलाई स्वच्छ, सफा र हराभरा पार्न सकिन्छ । तर यस दिशातिर कसैको ध्यान पुगेको छैन । 


Rating (Votes: )   
Share     Print


Other Articles:
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)



 
::| Latest News

 
[Page Top]