युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.20.2019, 01:18pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा
Tuesday, 12.11.2018, 01:32pm (GMT+5.5)

नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपछि यहाँ धर्म परिवर्तनको लहर चलेको छ भनेर विश्लेषकहरुले भनिरहँदा धर्मनिरपेक्षता भनेको के हो भन्नेतिर कसैको पनि चासो गएको पाइँदैन । धर्म निरपेक्षता भनेको राष्ट्रले कुनै पनि धर्मको संरक्षण नगर्ने नीति हो भनेर गलत व्याख्या भएको छ । सोही नीति हुँदो हो त ठीकै हो । कुनै पनि मुलुकमा प्रचलनमा रहेका सबै धर्म–संस्कृतिको सम्मान, सम्बद्र्धन र संरक्षण हुनुपर्छ । धमर्म निरपेक्षतामा कुनै पनि धर्म प्रचार गर्न नपाइने भए पनि नेपालमा यसको अर्थ नबुझेको इसाई धर्मावलम्बीहरु नै बताउँछन् ।
धर्मनिरपेक्षताको मूल उद्देश्य संसारमा देखिएको भौतिक वस्तु बाहेक अरु केही छैन भन्ने हुन्छ । ईश्वर नमान्ने र मानवीय भावना तथा नैतिक पक्षलाई खत्तम पार्ने योजना नै हो । त्यसैले त राजनीतिक विश्लेषक तथा इसाई धर्मावल्बी केबी रोकाया केही समययता नेपाल राजासहितको हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । 
उहाँका अनुसार नेपाल मात्र हैन विश्व नै धर्मनिरपेक्ष हुनुहुँदैन र धर्मनिरपेक्षता पश्चिमा राष्ट्रबाट आएको मानिसलाई पतित बनाउने एजेण्डा भएको बताउनुहुन्छ । पश्चिमा मुलुकहरु धर्म नमान्ने र मानिसलाई पशुसमान बनाउन प्रेरित गरिरहेका कारण त्यहाँका चर्चहरुले आफ्नो धर्मको संरक्षणका लागि लगानी गरिरहेको उहाँ बताउनुहुन्छ ।
नेपाल धर्मनिरपेक्ष कसरी भयो भन्नेमा सबैले आश्चर्य व्यक्त गरेजस्तै इसाई धर्मको एक हस्ती रोकाया देश र समाज बचाउन नेपाललाई धर्मसापेक्ष राष्ट्र बनाउनुपर्ने र ८० प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी भएका कारण यसलाई हिन्दु राष्ट्र नै बनाउनुपर्ने बताइरहनुभएको छ ।
उहाँले धर्म निरपेक्षता भनेको के हो भन्ने कसैले पनि नबुझेको र आफू पनि धर्म “निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता होला भन्ने लागेर सुरुमा यसको पक्षधर भए पनि बुझ्दै जाँदा यो ज्यादै खराब कुरा भएको थाहा पाएपछि धार्मिक सापेक्ष राष्ट्रको पक्षमा लागेको” बताउनुहुन्छ ।
कतिपय पश्चिमा मुलुकहरु धर्मनिरपेक्ष छन् । उनीहरु मानिसको सम्वेदनशील भावनामाथि खेलवाड गरिरहेका छन् । उनीहरु अब महिला र पुरुषको विभेद नहुने, श्रीमान श्रीमतीको सम्बन्ध विगार्ने, बाबुछोरी–आमा छोराबीचको सम्बन्धलाई खलबल्याएर नास्तिक, अनैतिक, भ्रष्ट र छाडा समाज निर्माणको दिशातिर लागिरहेका छन् । 
अहिले महिला–पुरुष भन्ने नै नराख्ने, सबै बराबर अनि पारिपारिक सम्बन्ध पनि नमान्ने नीति बनाउँदैछन् कतिपय पश्चिमा मुलुकहरु । अझ बाबु र छोरीको सम्बन्ध त्यस्तो नरहेर समान हुने । एउटा महिलाले सबै पुरुषलाई र सबै पुरुषले महिलालाई एउटै दृष्टिले हेर्नुपर्ने नियम बनाउँदैछन् । एक किसिमले मानिस र पशुबीच विभेद नहुनु र मानिसले पशुवत व्यवहार गर्नु नै धर्मनिरपेक्षता हो ।
पश्चिमा मुलुक अरु देशमा यस्तै वेथिति खडा गरेर द्वन्द्व र अशान्ति मच्चाएर आफ्नो उपस्थिति जनाउने र व्यापार बढाउने मेसोमा छन् । उनीहरुको यस्तो रणनीति नबुझेर धर्मनिरपेक्षताको अरुले घोकाइदिएको पाठ पढेर नेपालमा लागू गरियो, यसको संकेत देखापरिसकेको छ । अहिले धार्मिक स्वतन्त्रताका नाममा इसाईकरण बढ्दैछ । यो पश्चिमा मुलुकबाट नभएर चर्चहरुबाट भैरहेको छ । उनीहरुलाई आफ्नो मुलुकमा धर्म मासिने चिन्ता बढेर नै नेपाल जस्ता देशहरुमा पञ्जा गाडिरहेका छन् । 
वास्तवमा मानिस त के पृथ्वीमा रहेका चल–अचल वस्तु वा पदार्थ समेत आआफ्नो धर्ममा निरपेक्ष रहन सक्दैनन् ! मानिसको त कुरा !! मानिस स्वभावैले चेतनशील भएको हुँदा उसले गर्न हुने र नहुने कामहरुका बारेमा जानकार छन् । शान्ति, विकास, सद्भाव, सहिष्णुता मानवीय स्वाभाव हो तर यो स्वाभाव र गुणलाई धर्मनिरपेक्षताको नाममा ध्वस्त पारेर मानिस र पशुलाई समान बनाउने गुरुयोजनाको शिकार नेपाल भैरहेको छ । के धर्मनिरपेक्षताको पक्षमा लाग्नेले भन्न सक्छन्– हावाले धर्म छोड्यो भने, पानीले धर्म छाड्यो भने, आगोले धर्म छाड्यो भने के होला ? यी वस्तुको धर्ममा अडेको मानिस चाहिं कसरी अधार्मिक ? के मानिसले धर्म छाडेर पशु बन्नु नै स्वतन्त्रताको उपयोग र आधुनिक समाज निर्माणको सुरुवात हो ?
धर्मनिरपेक्षता (सेक्युलरिज्म) शब्दको पहिलो प्रयोग बेलायतको बर्मिंघम शहरका जर्ज जेकब हाँलियाकले सन् १८४६ मा गरेका थिए । उनले “आस्तिक–नास्तिक तथा धर्मग्रन्थमा नअल्झिकन मानव मात्रको शारीरिक, मानसिक, चारित्रिक, बौद्धिक स्वभावको उच्चतम बिन्दुसम्म विकसित गर्नु र सेवा गर्नु नै धर्मनिरपेक्षता हो” भनेका थिए ।
तर अहिले धर्मनिरपेक्षताको नेपालमा प्रभाव उल्टो परेको छ । यहाँको सनातन र बौद्ध धर्म मासेर इसाई धर्म लादिएको छ । मानिसलाई आस्तिक वा नास्तिकको होडबाट माथि उठाएर स्वतन्त्रतापूर्वक उसले आफ्नो विकास गर्न पाउनु धर्मनिरपेक्षताको अर्थ पश्चिमा मुलुकमै पनि गलत ढंगले भैरहेको छ । उनीहरु नै यसको गलत व्याख्या गरेर भौतिकता मात्रै सत्य हो र यसभन्दा पर केही छैन भन्ने प्रचार गरेर मानिसलाई पशुसरह बनाउने प्रपञ्चमा लागेका छन् । अनि तिनै पश्चिमा मुलुकका चर्चहरु नेपालमा मानव सेवा, विकासका नाममा धर्म परिवर्तनको लहर चलाइरहेका छन् ।
कुनै पनि मुलुकलाई समाप्त पार्न वा आफ्नो उपनिवेश बनाउन अब हतियारले सम्भव छैन । यसका लागि अहिलेको सबभन्दा उपयुक्त हतियार भनेको धार्मिक–सांस्कृतिक अतिक्रमण हो । इतिहासमै कहिल्यै कसैको उपनिवेश नबनेको, पश्चिमी साम्राज्यलाई नेपाली सीमाबाट कटादिएको नेपाल आज पश्चिमीकरणको शिकार भैरहेको छ । धार्मिक–सांस्कृतिक अतिक्रमणको शिकार भैरहेको छ । धर्मनिरपेक्षताको यो उपलब्धिले कतिको घरबार ठडियो थाहा छैन, तर नेपालीको भने आफ्नो अस्तित्व मेटिंदै गएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)



 
::| Latest News

 
[Page Top]