युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 08:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा
Tuesday, 01.01.2019, 12:48pm (GMT+5.5)

नेपालमा चाकडी–चाप्लुसीमा रमाउनेहरुको कुनै कमी छैन अनि त्यसरी रमाउनेहरुलाई फुक्र्याएर आफ्नो स्वार्थ पूरा गर्ने समूहहरु त्यत्तिकै छन् । चाकडी–चाप्लुसीको अनेक रुप र रंग हुन्छन् यस्तैमा पर्दछ संचारमा तारिफ मात्रै गर्ने र त्यसरी तारिफ गरिएकालाई फाइदा पुग्ने गरी अर्कोलाई गाली गर्ने । यस्तोमा संचारकर्मी–माध्यमहरु पनि कुदिरहेका छन् । केही उदाहरण– (१) “केपी ओली सरकारको चमत्कार– नौ महिनामै बन्यो कोटेश्वर कलङ्की सडक” । (२) “वाइडबडी विमान खरीदमा ठूलो भ्रष्टाचार ओली सरकारको भ्रष्ट चरित्रको पर्दाफास” । यी शीर्षकलाई जवाफ दिन अर्को शीर्षक आउँछ– (१) “कोटेश्वर कलङ्की सडक ओली सरकारको पालामा सुरु भएको हो र ?” (२) “वाइडबडी विमान खरीदका लागि पैसा पठाउने देउवा सरकार” । 
यी दुई पक्ष–विपक्षका समाचार शीर्षकले नै झल्काउँछ नेपाली पत्रकारिता कुन दिशातिर गैरहेको छ भनेर । यस्ता समाचारले जनतालाई सूचना प्रवाह गर्छ कि भ्रम, अनि स्वयं पत्रकार कति सन्तुष्ट होला यदि उसले आफूलाई पत्रकारिताको सामान्य मर्यादा र सीमाभित्र राखेको छ भने ? समाचार सकारात्क र नकारात्मक दुबै हो, तर त्यसलाई सम्प्रेषण गर्ने मस्तिष्क र पात्र मात्र फरक अर्थात् बचाउने र खुइल्याउने चरित्र । यो एउटा उदाहरण मात्रै हो, आजभोलि यस्तै प्रकृतिका दोहोरी चलिरहेका छन् । 
निर्मला पन्त बलात्कार र हत्या काण्डमा बचाउने र खुइल्याउने प्रयास अहिले पनि जारी छ । वाइडबडी विमान खरीद प्रकरणमा अहिलेकै सरकारलाई मात्र दोषी देखेर लेखिरहनेहरुको कमी छैन । अनि सरकारको एकोहोरो बचाउ गरिरहनेहरुको पनि अभाव छैन । के यसरी देश समृद्ध हुन्छ ?
नेताहरुले, मन्त्रीहरुले, अनि स्वयं पत्रकारितामा आफूलाई स्थापित गरेकाहरुले भन्ने एउटै वाक्य हुन्छ– “मुलुक रुपान्तरणका लागि संचारकर्मी र संचारमाध्यमको भूमिका ठूलो छ ।” हो– नेपाली संचारले देशको राजनीतिक व्यवस्था परिवर्तनका लागि ठूलो भूमिका निर्वाह ग¥यो । यो सत्य हो– पंचायतको प्रतिबन्धितकालमा लामो समय ‘मिसन पत्रकारिता’ चलाएको नेपाली संचारमाध्यम २०४६ सालको परिवर्तनपछि अभूतपूर्व रुपमा फस्टायो र अहिले गाउँगाउँमा एफएम रेडियो, टोलटोलमा अनलाइन र पत्रपत्रिकाहरु छाएका छन् । तर, संख्याको विकासले देशको विकासमा कुनै भूमिका देखिएन । सबै नियोजित रुपमा सक्रिय छन् ।
संचारमा विकास भएकै हो । तर यस्तो विकासले केही व्यक्ति मोटाएका छन्, धेरैलाई त्रास फैलाएको छ अनि चाकरी र चाप्लुसीको मात्रा बढेको छ । पत्रकारहरु सरकार पक्षधर र विपक्ष पक्षधर बनेर उभिएपछि जनताले सही सूचना, समाचार र जानकारी पाउने सम्भावना नै रहँदैन । अहिले त्यही भैरहेको छ । सरकारले गरेको राम्रो कामको व्यापक प्रचार र खराब कामको वा गलत कामको व्यापक आलोचनासहित सचेत पार्नुपर्नेमा जे पनि राम्रो मात्रै देख्ने एकथरि र राम्रो केही देख्दै नदेख्ने अर्कोथरि पत्रकारहरु भएपछि देशको पत्रकारिता कति मर्यादित छ ? आफैं अनुमान गर्न सकिन्छ ।
लेख्ने विषयहरु अनेक छन्, घटनाहरु घटिरहेका छन्, विकास पनि भैरहेकै छन् नियमित प्रक्रियासंग तर प्रधानमन्त्री, मन्त्रीको चाकडी गरेर लेखेकै भरमा भात–भान्सा चलाउने चाकडी पत्रकारिता अनि उनीहरुको बिरोध मात्रै गरेर अर्काथरिको चाकडी गरेर गुजारा गर्ने पत्रकारहरुको होडबाजीले पत्रकारहरुको केही इज्जत बचेको छैन । जिम्मेवारी निर्वाह भएको छैन, दलीय झण्डा बोकेर स्वतन्त्रताको नारा घन्काउने पाखण्डको परिणाम हो यो, नत्र नेपाल पत्रकार महासंघको निर्वाचनमा किन दलका नेताहरुले उम्मेदवार तोक्थे ? 
यसैको परिणाम हो पत्रकारिताभित्र राजनीतिक दम्भ प्रदर्शनको होडवाजी छ । दलीय आस्था र झोला बोकेर स्वतन्त्र पत्रकारिताको वकालत गर्नेहरुको संख्या गनेरै साध्य छैन । देखिएकै छ पार्टीको कार्यक्रमहरुका पार्टी कार्यकर्ताका रुपमा आफूलाई पत्रकार भनेर चिनाउनेहरु उपस्थित भएपछि उनीहरुको पत्रकारिता समाजका लागि हुन्छ कि पार्टीका लागि । अझ अहिले त पार्टीभन्दा तल झरेर गुटको पत्रकारिता सुरु भएको छ । त्यो सत्तापक्षमा पनि देखिन्छ र विपक्षमा पनि । यसको सिको धेरै ठाउँमा भएको छ, मधेश पत्रकारिता, मंगोल पत्रकारिता, किरात पत्रकारिता, ब्राह्मण पत्रकारिता, नेवाः पत्रकारिता ! यही हो स्वतन्त्रता ? अनि सम्बन्धित समुदायको नाममा गरिने पत्रकारिताले अर्को समुदायलाई होच्याउनु नै आफ्नो धर्म ठान्छ । के यसरी मुलुक अघि बढ्छ । परिवर्तनका लागि यत्रो योगदान दिएको पत्रकारिताको अहिलेको भूमिका यस्तै हुनुपर्ने हो ?
यहाँसम्म त ठिकै थियो, अब त गुट वा एक नेताको पक्षमा कलम चल्ने गरेको छ । नेकपा र नेपाली कांग्रेसको वर्तमानको सकसमा पत्रकारिता यसरी विभाजित भएको छ कि उनीहरु आआफ्नो गुटलाई सही भन्दै शीर्षक बंग्याएर समाचार प्रवाह गरिरहेका छन् । कमसेकम पार्टी पत्रकारिता मात्रै गरेको भए पनि त्यसले पार्टीको नीति, कार्यक्रम र सिद्धान्तको प्रचार गथ्र्यो तर विडम्बना गुटको पक्षमा कलम चलाएर आफ्नो स्वार्थ सिद्ध गर्ने धन्दा चलिरहेको छ ।
सरकारमा बस्नेहरु आफ्नो पक्षमा राम्रो मात्रै लेख्नेहरुलाई मात्रै आफ्नो देख्ने, अनि नेताहरु पनि स्वस्थ आलोचना र सुझाव ग्रहण गर्नै नसक्ने, पत्रकारहरुलाई चाकडी गराएर उनीहरुबाट प्रशंसाका सस्ता शब्द ओकल्न लगाएर त्यसैमा रमाउने प्रवृत्ति बढ्दै गएको छ । यसै कारण त हैन देशको वास्तविकतासंग कसैको पनि सरोकार नभएको ? कुनै सूचना नै नपाए जस्तो गरेर हावादारी भाषण छाँटदै हिंडेको छ ।
नत्र प्रधानमन्त्री केपी ओलीले दावीका साथ “सरकारको उपस्थिति हेर्न नागढुंगा–कलंकी सडक हेर्न जानु” भनेर किन भन्थे । उनले सही सूचना पाएका थिएनन् वा उनको चाकडीमा शब्द खर्चिनेहरुको मोहजालमा परेर त्यस्तो भने, त्यो सडकमा धुवाँधार प्रगति भएको ठान्ने प्रधानमन्त्रीले कसको भनाइलाई पत्याएर त्यो बोले ? प्रधानमन्त्रीलाई यस्तो भन्नसक्ने गरी सहमत गराउने शक्ति के हो ? 
अब अर्को सन्दर्भ, राष्ट्रपतिलाई सुरक्षाका लागि बुलेटप्रुफ गाडी र भिभिआईपीको सवारीका लागि होलिकोप्टरको सन्दर्भ निस्क्दा यहाँ कोहोलो मच्चाउने र बिरोध गर्ने अनि समर्थनमा बिरोध गर्नेको खोइरो खन्ने क्रम अझै जारी छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)



 
::| Latest News

 
[Page Top]