युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.22.2019, 09:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा
Monday, 03.18.2019, 04:43pm (GMT+5.5)

नेपाल खण्डिकरणको चाहना गर्नेहरु सल्बलाइरहेका बेला २०० वर्षअघि नेपालले गुमाएको भूभागको मागले अन्तर्राष्ट्रिय मञ्च पाएको छ । नेपालको इतिहासमै पहिलोपटक ग्रेटर नेपाल र भारतको थिचोमिचोका बिरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगको बैठकमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आवाज उठाएको छ । सो मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले जेनेभामा सम्बोधन गर्दै भारतले नेपालमाथि मानवअधिकार र मानवताको मूल सिद्धान्तको उल्लंघन गर्दै संयुक्त राष्ट्रसंघको घोषणापत्र विपरीत नेपालमाथि थिचोमिचो गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँले भारतबाट सन् १९५० मा भएको शान्ति तथा मैत्री अनुसार सुगौली सन्धि खारेज गरेकाले नेपालको ६० हजार वर्ग किमिभन्दा बढी भूभागमा कब्जा जमाएर बसेको बताउँदै सो भूमि नेपाललाई फिर्ता दिनुपर्ने बताउनुभयो ।
सुगौली सन्धिले झण्डै अहिलेको आधा नेपाल गुम्न पुग्यो । तर, सन् १९४७ मा भारत स्वतन्त्र भएपछि बेलायतले “हामी जसरी भारत आएका थियौं त्यसै गरी जाँदैछौं” भन्दै तमाम सन्धि तथा सम्झौताहरू अमान्य हुने बताएको थियो । त्यस्तै सन् १९५० मा नेपाल र भारतीबीच भएको ‘शान्ति तथा मैत्री सन्धि’को प्रावधान बमोजिम पनि सुगौली सन्धि स्वतः खारेज भएको छ । तर, यो व्यवहारमा लागू छैन ।
सन् १९५० को सन्धिको धारा ८ ले सुगौली लगायत नेपाल र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएका सबै सन्धि तथा सम्झौताहरू खारेज गरेको छ । सो धारामा यो सन्धि कार्यान्यनमा आएपछि यसअघि भएका सबै सन्धि तथा सम्झौताहरू स्वतः खारे हुनेछ भनिएको छ । यस हिसाबले सन्धि अनुसार नै नेपालको भूमि फिर्ता हुन्छ भन्ने मानिए पनि नेपालका शासकहरूले सो विषयमा भारतसंग कुरा उठाउन सकेका छैनन् । उनीहरू सन् १९५० को सन्धि मात्र हैन, भारतले कार्यान्वयन नगरेका जलस्रोत सम्झौताहरूको पालनामा समेत दह्रो कुरा राख्न सकेका छैनन् । भारतको चाकडी गरेरै सत्ता र शक्तिमा पुग्ने आकांक्षा राख्नेहरूकै कारण नेपालको राष्ट्रियता कमजोर मात्रै बन्दैगएको छ ।
नेपालले भारतका कारण भोगिरहेका अनगिन्ती समस्याहरूमध्ये राष्ट्रियतासंग सम्बन्धित मुद्दाले सवै नेपालीको मन मस्तिष्क घोचिरहेको छ । सुगौली सन्धिका कारण गुमेको नेपाली भूभाग फिर्ता पाउनुपर्ने दावी राष्ट्रवादी आन्दोलनका अगुवाहरूले गर्दैछन् । भारतलाई थाहा भएको कुरा के हो भने सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धिको धारा ८ अनुसार सुगौली सन्धि समाप्त वा रद्द भएको मनिन्छ । 
सन् १८१६ मार्चमा सुगौली सन्धि हुँदा भारतमा ‘ब्रिटिस–इण्डिया कम्पनी’ ले राज गरिरहेको थियो । नेपालले गरेको उक्त सन्धि भारतसित नभएर बेलायतसित हो । तैपनि नेपालका शासकहरूले यस विषयमा भारतसंग चुँइक्कसम्म गर्न सकेका छैनन् । नेपालभित्र मात्र होइन यस विषयमा भारतभित्रै (जहाँ नेपाली भाषीहरूको बाहुल्यता छ) ‘ग्रेटर नेपाल’को आन्दोलन चलिरहेको छ । 
सुगौली सन्धिका कारण नेपालको एक तिहाई भूभाग भारतमा गाभिएको छ । पुरानो नेपालको नक्सा अनुसार नेपालको सीमाना भूटान र बंगलादेशसंग जोडिएको छ । नेपाली पक्षले यस विषयमा भारतसंग कुनै कुरा राखेको छैन । सन् १९५० को सन्धिदेखिख भारतसंग भउका तमाम सीन्ध, सम्झौता र सहमति कार्यान्वयन गर्न बनेको इपीजीको प्रतिवेदन भारतले बुझ्न मानेको छैन । १९५० को शान्ति तथा मैत्री सन्धि गरेपछि भारतकै कारण नेपालले हालसम्म ६६ हजार हेक्टरभन्दा बढी भूमि गुमाउनु परेको छ । भारतले नेपालको २४ जिल्लाको ६१ स्थानमा सीमा मिचेको छ । भारतले पश्चिमको कालापानीमा एकै स्थानमा ३७ हजार हेक्टर भूमि मिचेको छ भने नवलपरासीको सुस्तामा १४ हजार हेक्टर भूमि हडपेको छ ।
सन् १९५० को सन्धिलाई दुवै देशको राजनीतिक तहले जति बढी महत्व दिए पनि नेपालले गुमाइरहेको आफ्नो भूमिका विषयमा भने चासो देखाइएको छैन । बरू वदलामा सुस्ता र कालापानी बाहेक बाँकी स्थानमा सीमा विवाद समाधान भएको भन्दै नयाँ नक्सा तयार गर्ने काम समेत विगतमा भयो । १९५० मा भएको शान्ति तथा मैत्री सन्धिले नेपाल कसरी ठगिएको छ ? नेपाल कुन क्षेत्रमा बढी पीडित छ ? भन्ने प्रश्नहरू अहिले मुलुकको राजनीतिक–बौद्धिक क्षेत्रले निकै चासो दिइरहेको विषय हो । इपीजीको बैठक र त्यसको प्रतिवेदनमा पनि यही कुरा उल्लेख छ । त्यो प्रतिवेदन नेपालको पक्षमा बढी हितकारी भएको भन्दै भारतले अस्वीकार गरेको बताइन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)



 
::| Latest News

 
[Page Top]