युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.23.2019, 04:18am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा
Thursday, 04.04.2019, 01:37pm (GMT+5.5)

आजभोलि सूचना प्रविधिको विकास र पहुँचले हरेकको हातमा स्मार्ट फोनसंगै विभिन्न प्रकारका खेलले गर्दा युवा पुस्तामा शारीरिक व्यायाम हुने खालका खेलभन्दा त्यसैमा बढी झुम्मिने मात्र हैन यसको लतमै फसेका छन् सूचना प्रविकको विकाससंगै यसमा आम मानिसको सहज पहुँचले एकातिर जीवन सरल बनाएको छ भने अर्कोतिर दिनप्रतिदिन नयाँ नयाँ समस्या र कठिनाइहरु उत्पन्न भैरहेको प्रष्ट देखिएका कारण विश्वका विभिन्न मुलुकमा यसमाथि कडाई गर्न थालिएको छ ।
हुन पनि इन्टरनेटमार्फत आर्थिक करोबार, मानव बेचबिखच, जुवा जस्ता अवैध कारोबार भैरहेको छ भने इन्टरनेटबाट सहज प्राप्त हुने विभिन्न गेमहरुले युवा तथा बालबालिकाहरुको जीवन धरापमा पारिरहेको छ । संसारभर नै विभिन्न मोबाइल गेमहरु चर्चित छन् । अधिकांश बालबालका तथा युवाहरु यसको लतमा लागेका छन् । यिनै गेमका कारण कतिपयको ज्यान नै गएको छ । मानिसको ज्यानै लिने यस्ता गेमहरु रोक्न किन पहल नभएको भन्ने प्रश्न आजभोलि समाजमा बहसको विषय बनेको छ ।
आज विश्वभर चर्चित रहेको पब्जीले थुप्रैको ज्यान गैसकेको छ । पछिल्लो समय भारतमा एक युवकको लगातार पब्जी खेल्दा मृत्यु भएको छ । तेलंगाना राज्यको जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार ४५ दिनसम्म पब्जी खेल्दा मृत्यु भयो । ४५ दिनदेखि लगातार पब्जी खेलिरहेका उनको गर्धनको नसा चुँडिएर मृत्यु भएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । गर्धन दुखेपछि उनलाई हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमा नै ती युवकको ज्यान गएको हो । 
पब्जीले यतिसम्म एकोहोरो बनाउछ कि खेल्नेले कुनै कुराको ख्याल गर्दैनन् . यसअघि भारतको मध्येप्रदेशस्थित भोपालका एक युवकले पब्जी खेलिरहेको सुरमा पानी सम्झेर एसिड पिएका थिए । समय मै उपचार पाएकाले उनको ज्यान भने जोगियो । २५ वर्षीय युवक आँगनमा बसेर पब्जी खेलिरहेको रहँदा पानी भन्ठानेर एसिड पिएछ । पिउनासाथ अत्यधिक जलन भएपछि उनलाई अस्पताल लगिएको थियो । 
यी केही प्रतिनिधि घटना मात्र हुन् । यस्तै हाम्रो घरघरको समस्याका रुपमा रहेको छ साना केटाकेटीलाई भुलाउन मोबाइल दिने । हामी सबैले बालबालिकालाई भुलाउनदेखि फकाउनसम्म मोबाइल र इन्टरनेट सुविधा दिइन्छ र यसबाट उनीहरु रमाउँछन् पनि । तर, बालबालिकालाई बढी इन्टरनेटमा भुलाउँदा उनीहरुमा गम्भीर मानसिक समस्या उत्पन्न हुने गरेको छ । इन्टरनेटको अत्यधिक प्रयोगकै कारण कक्षामा पनि विद्यार्थी टोलाउने र पढाइका कुरामा ध्यान नदिएको भन्दै धेरै अभिभावक सन्तान लिएर मानसिक रोग विशेषज्ञसम्म पुग्ने गरेका छन् । आजभोलि सन्तानलाई इन्टरनेटको लत लागेको भन्दै अस्पताल आउने अभिभावकको संख्या बढ्दै गएको छ । विशेष गरी १० वर्षदेखि १७–१८ वर्षसम्मका किशोरकिशोरीमा यस्तो लत पाइएको छ । 
नेपालमा पनि पब्जीले कुलतकै बाटो समातेको छ । यसलाई रोक्नुपर्छ भन्ने सामान्य चेतना अहिलेसम्म कसैमा छैन । नेपालमा सामाजिक सञ्जालहरुमाथि कडाई, प्रतिबन्ध वा निगरानी बढाउनुपर्ने कुराहरु जोडतोडले उठिरहेको छ । तर यस्ता गेमहरुमाथि प्रतिबन्ध लगाउन सकिन्छ कि सकिंदैन भन्ने प्रश्नतिर सम्बन्धित निकायको ध्यान गएको छैन । फेसबुक र ट्वीटर जस्ताा समाजिक संजाल, जो सूचनाप्रधान हुनलाई कडिकडाउ गर्न तम्सिएको सरकारले पब्जी र अरु यस्तै खेलहरुलाई नियन्त्रण गर्न ढिला भैसकेको जानकारहरु बताउँछन् । कुनै पनि समस्या उत्पन्न हुनुअघि त्यसको रोकथाम गर्नु बुद्धिमानी हुन्छ । 
इन्टरनेटको प्रयोग आफैँमा समस्या नभए पनि यसको अत्यधिक प्रयोगले धेरै समस्यालाई निम्त्याउने गरेको छ । बालबालिकामा निन्द्रा कम हुने, पढाइमा कमजोर हुने, एकोहोरो टोलाउने लगायतका समस्या यसैको उपज हो । विश्वका विकसित देशहरूले बालबालिकामा इन्टरनेटको लतलाई रोगको एउटा प्रकारको रूपमा स्वीकार गरिसकेका छन् । हाम्रो देशमा पनि इन्टरनेटको पहुँच धेरै मानिसम्म पुग्दा यो समस्या बढ्दै गइरहेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले इन्टरनेटको अधिक प्रयोग गर्दा घरमा आमाबाबुले बोलाउँदा नसुन्ने र झर्को मान्ने गरेको अभिभावकले बताउने गरेको अधिकारीले बताउनुभयो । 
अरु मानसिक रोगको जस्तै समयमा उपचार नगर्दा यो रोगले ठूलो रूप लिनेसक्छ । मान।िसक रोग विशेषज्ञहरु यस्ता समस्याको समयमा उपचार गर्न नसके भोलि गएर ती बालबालिका डिप्रेशनलगायतका कडा खालका मानसिक रोगका सिकार हुन सक्छन् । 
अत्यधिक इन्टरनेटमा झुम्मिदा बालबालिकामा स्मरणशक्ति हराउँदै जाने, पहिलेभन्दा पढाइ क्रमशः नराम्रो हुँदै गएको अभिभावक बताउँछन् । इन्टरनेटको पहुँच बढ्दै जाँदा सँगसँगै यो समस्या बढ्दै गएको छ । अहिले नै यसको समाधानमा नलागे भविष्यमा ठूलै रूप लिनसक्ने विज्ञहरुको चेतावनी छ । यति मात्र हैन बालबालिकामा इन्टरनेट अत्यधिक प्रयोगकै कारण विभिन्न किसिमका ‘साइबर’ अपराधमा समेत पीडित र पीडकका रूपमा बालबालिकाको संलग्नता बढेको प्रहरीमा आउने उजुरीले समेत देखाएको छ । बालबालिकामा इन्टरनेटको अधिक प्रयोगले भविष्यमा लागुऔषध सेवनको समेत उत्तिकै सम्भावना रहेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)



 
::| Latest News

 
[Page Top]