युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.19.2019, 03:17am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा
Wednesday, 04.10.2019, 10:59am (GMT+5.5)

गत साता बारा र पर्सामा भीषण हावाहुरी आयो । त्यसबाट २९ जनाको ज्यान गयो भने ७०० भन्दा बढी घाइते भए अनि २५ सय घर ध्वस्त भए । हावाहुरीबाट ती जिल्लाका गरीब र झुपडीमा बस्नेको जनधनको क्षति भयो । विपत्तिबाट बढी पीडित हुने गरीबहरु नै हुन् किनभने उनीहरुको बसोबास सुरक्षित हुँदैन । बारा र पर्सामा आएको हावाहुरीले जेजस्तो क्षति पुग्यो त्यसमा दुःख मनाउनुको विकल्प छैन तर अब यस्तो स्थिति दोहोरिन नदिने उपाय अपनाउने कि नअपनाउने भन्ने महत्वपूर्ण सवाल भने उठिरहने छ । 
एकाएक मौसममा हुने बदली र मच्चिने विचण्डाको कारण जलवायु परिवर्तनकै असर हो । अहिले विश्व यसैको त्रासमा छ । जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न वाध्य पार्दछ । उदाहरणका लागि, दक्षिणपूर्वी एसियामा करिब २२ करोड भन्दा बढी जनसंख्या गरिबीको रेखामुनी रहेका छन् । यिनीहरू सामुद्रीक तटीय क्षेत्र र होचा भू–भागमा बसोबास गर्दछन् । यी गरिब मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमिन छ अथवा यिनीहरू ज्याला मजदुरी र सामुद्रीक निर्भरताबाट जीविका चलाउँछन् । यिनीहरू जलवायु परिवर्तनको बढ्ता जोखिममा छन् किनभने उनीहरूको अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामना गर्न सक्ने गरी कृषिमा र स्वास्थ्य सेवा वा अन्य प्रकारका सुरक्षात्मक उपायका निम्ति दक्षता, सीप र पहुँच पुग्नै सक्दैन ।
विश्वमा जलवायु परिवर्तनले सबैभन्दा बढी असर गर्ने देशमध्येमा पर्दछ नेपाल । नेपालमा अनेक समस्याहरू देखा परिरहेका छन् । हिमालदेखि तराईसम्म भौगोलिक विविधता भएको नेपालमा हिमालमा देखिने गडबडीले तराईलाई गाँज्न थालेको छ । यसैको एउटा कडी हो गत आइतबार साँझको हावाहुरी । डुबानको समस्या उत्तिकै छ । प्राकृतिक र मानव सिर्जित संरचनाका कारण तराईको उर्बर भूमि हरेक वर्ष डुब्दै उजाड बन्दैछ । व्यवसायका नाममा तराईको रक्षाकवच मानिएको चुरेको विनाश जारी छ । राजनीतिक पहुँच र शक्तिको आडमा चुरेदोहनले तराई असुरक्षित बन्दैछ । त्यहााँ पानीको अभाव सिर्जना भएको छ । खेतबारी सुख्खा हुँदैछन् । अनि बेलाबेलाको यस्तो विपत्तिको सामना गर्ने हैसियत उनीहरुमा छैन । यसको मारमा पर्ने गरीब नै हुन् ।
नेपालको तराईका अधिकांश जिल्लाको ग्रामीण बस्ती अत्यन्त कष्टपूर्ण छ । २१ औं शताब्दीको यो युगमा पनि सुरक्षित आवासको अभावमा बसिरहेका उनीहरु अनेक विपत्तिको शिकार भैरहेका छन् । बाढी, हावाहुरी, आगलागी जस्ता नियतिको सामना उनीहरुले जनधन गुमाएर गरिरहेका छन् । यस्तै विपत्तिको शिकार भए बारा र पर्साका मानिसहरु आइतबार साँझ । अकल्पनीय रुपमा आएको हावाहुरीले ती दुई जिल्लामा ठूलो जनधनको क्षति भयो । जम्माजम्मी दुई मिनेट आएको हुण्डरीका कारण ३० जनाले ज्यान गुमाए भने ७०० भन्दा बढी घाइते भए । 
हावाहुरीअघि केही दिन मौसम बदली रहने र वर्षा हुने अनुमान मौसम पूर्वानुमान शाखाले गरेको भए पनि यस्तो वितण्डा मच्चिने गरी हावाहुरी आउने अनुमान थिएन । आइतवार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्व्तिर सरिरहेको जनाएको थियो । तर यति ठूलो क्षति पु¥याउन सक्ने गरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको जल तथा मौसम विज्ञान विभागका विज्ञहरु बताउँछन् ।
जल तथा मौसम विभागका मौसमविद्का अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउने गरी कुनै संकेत देखिको थिएन । उता भारतको मौसम पूर्वानुमान निकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार तथा पश्चिम बङ्गाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने बताएको थियो । 
विज्ञहरु स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको बताउँछन् । स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भएको बताउँछन् । तर नेपालमा उपलब्ध प्रविधिले त्यो सूचना प्रवाह गर्न सकेन । यो एउटा प्राविधिक कमजोरी हो । यसलाई धेरै उचाल्नु आवश्यक छैन । तर यहाँ महत्वपूर्ण कुरा के हो भने विपत्ति बाजा बजाएर आउँदैन । त्यसैले यसबाट जोगिने उपायहरु अपनाउनुपर्दछ । 
मुलुकमा दुई तिहाई बहुमतको सरकार छ र यो सरकारको नारा समृद्ध नेपाल सुखी नेपाली रहेको छ । पाँच वर्षभित्र नेपालीको आथिृक अवस्था सुधार्ने योजना पनि अघि सारिएको छ । तर असुरक्षित र अव्यवस्थित बस्तीको साटो व्यवस्थित बस्ती नबन्दासम्म मुलुकमा समृद्धिको खाका कोरिंदैन । जवसम्म श्रमजीवी अति विपन्न परिवारका लागि बसोबासको उचित प्रबन्ध हुँदैन तबसम्म यस्ता विपत्तिहरुले मानवीयका साथै अर्बौं अर्बको भौतिक क्षति पु¥याइरहेको छ । हुन्छ त्यसदिशातिर पाइला चाल्न ढिला भैसकेको छ ।

प्राकृतिक विपत्ति रोक्ने सामथ्र्य मानिसमा छैन । तर यसबाट हुने जनधनको क्षति भने कम गर्न सकिन्छ । यसका लागि सुरक्षित आवास नै महत्वपूर्ण हो । नेपालको सबैभन्दा ठूलो समस्या भनेको अव्यवस्थित र असुरक्षित बस्ती हो । अझ तराइमा असुरक्षित बस्तीमा बाढी, आगलागी र हावाहुरीका कारण हरेक वर्ष ठूलो क्षति हुने गर्दछ । हावाहुरीले माटोबाट बनेका कच्ची घरहरुमा बढी क्षति पु¥याएको थियो । त्यस्तै विजुली र टेलिफोनका पालेहरु लडेर, टिनका छाना उडाएर र पर्खाल भत्किएर मानिसहरु हताहत भएका थिए । 
अब भौतिक पूर्वाधार निर्माण र विकासको नाममा झाराटार्ने शैलीलाई परित्याग गर्नैपर्छ । यस्ता विपत्तिबाट जनधनको क्षति कम गर्न व्यवस्थित बस्ती विकास एउटा प्रमुख कडी हो भने अन्य विकास निर्माणका कामहरुलाई वैज्ञानिक र व्यवस्थित गर्नु नै हो । जवसम्म व्यवस्थित र सुरक्षित बस्ती विकास हुँदैन तबसम्म यस्ता प्राकृतिक विपत्तिबाट अकल्पनीय क्षति भोगिरहनुपर्दछ । अब संघीय र प्रदेश सरकार तथा स्थानीय निकाय एकजुट भएर काम गर्नुपर्दछ ।
विश्वभर नै यस्ता विपत्तिबाट बढी पीडित हुने गरीबी र अभावले पिल्सिएका ग्रामीण क्षेत्रमा बासिन्दा नै हुन् । उनीहरुको सुरक्षाका लागि एकीकृत बस्ती निर्माण एकमात्र विकल्प हो । हावाहरीबाट मृत्यु हुने अधिकांश फुसका छाप्रामा बस्नेहरु थिए । तसर्थ त्यस्ता झुपडी विस्थापन गरी बलियो घर निर्माणमा अब सबैको ध्यान जानुपर्छ । 
कुनै पनि क्षति नयाँ सिर्जनाको लागि एउटा आधार बन्छ भन्ने मान्यतालाई स्वीकार गर्ने हो भने बारा र पर्सामा भएको यो क्षतिपछि गरीबका लागि तीनवटै तहले ध्यान दिनुपर्छ । यो तराईका ती दुई जिल्लाको मात्र समस्या नभएर सबैतिरको समस्या हो र सबैतिर सुरक्षित एकीकृत बस्ती निर्माणलाई उच्च प्राथमिकता दिनुपर्छ । संगसंगै जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनिकरण गर्न विश्वव्यापी आवाज बुलन्द गर्नुपर्छ ।
नेपाल प्राकृतिक हिसाबबाट विश्वका धेरै मुलुकको एकल प्रतिनिधित्व गर्दछ । जैविक विविधतामा धनी नेपालको  हिमालय पर्वतमालाको संरक्षण हुन सकेन र यहाँको हिउँ अहिलेकै गतिमा पग्लन थाल्यो भने दक्षिण एसियाका लगभग सवा अर्ब मानिस पानीको संकटमा पर्ने भविष्यवाणी भैसकेको छ । यस्तो अवस्थामा पानीसंग जोडिएको खाद्यान्न उत्पादनमा आउने व्यापक कमीले यो क्षेत्र भोकमरीको शिकार हुनु पर्नेछ । बढ्दो जनसंख्या र वातावरण विनाशले एसियाका कैयौं मुलुकहरूमा चर्को खाद्य संकट गर्ने चेनावती वैज्ञानिकहरूले दिएका छन् । 
यस्तो स्थितिमा जलवायु परिवर्तनको प्रभाव कम गर्नेदेखि लिएर मानव अस्तित्व सुरक्षित राख्न समेत वातावरण जोगाउनुको विकल्प छैन । मानिसले सबै कुरा आविष्कार गरे पनि प्रकृति आविष्कार हुन सक्दैन र प्रकृतिसंग जोरी खोजेर मानिसले कहिल्यै विजय पाउँदैन । कृतिमताको रमझमले मानिसलाई धेरै समयसम्म बचाइराख्न सक्दैन ।
आगामी ५० वर्षपछि एसियाका लागि अहिलेको दोब्बर खाद्यान्नको आवश्यकता पर्दछ । त्यतिबेला जनसंख्या वृद्धिका कारण कृषियोग्य भूमिको व्यापक कमी हुनेछ । पृथ्वीको क्षेत्रफल बढेको छैन तर मानिसको संख्या भने बढेको बढ्यै छ । यसले गर्दा बढ्दो जनसंख्याको भार थाम्नकै लागि वन विनाश, नदी अतिक्रमण जस्ता वातावरणलाई प्रत्यक्ष प्रभाव पार्ने कार्यहरू भैरहेका छन् । बढ्दो खाद्यान्नको मागलाई पूर्ति गर्नका लागि नयाँ नयाँ कृषिभूमिको निर्माण गर्र्नु आवश्यक छ तर त्यो कसरी ? प्रश्न जति जम्भीर छ यसको उत्तर पनि उत्तिकै जटिल छ । जताबाट जोेडे पनि विषय वनतावरणसंगै आएर जोडिन्छ । खेतीयोग्य जमिनका लागि वन विनाश गर्नुको विकल्प छैन । यसबाट जलवायु परिवर्तनमा अरु मद्दत गर्नेछ । फलस्वरुप खाद्यान्न उत्पादनमा वृद्धि गर्ने लक्ष्य त्यसै तुहिने मात्र होइन कल्पनै नगरिएका समस्याहरूको पनि सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)



 
::| Latest News

 
[Page Top]