युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.26.2019, 07:30pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा
Tuesday, 05.28.2019, 11:17am (GMT+5.5)

संसारका विकसित मुलुकहरुले विकासको आधार तयार गर्न आफ्ना देशका थिङ्क ट्याङकलाई हमेसा सक्रिय राख्छ । उनीहरुलाई कुनै न कुनै अनुसन्धान र अध्ययनमा संलग्न गराएर नयाँ नयाँ सोचको विकास गर्छ । सरकारले त्यसै अनुसार काम गर्न अनि देश बन्छ । तर नेपालमा यस्तो विडम्बना छ कि नेताहरु सबैभन्दा जान्नेसुन्ने । उनीहरुले नजानेको कुनै विषय नै हुँदैन । जसले गर्दा उनीहरु बुद्धिजीवी र थिङ्क ट्याङकलाई गन्दै गन्दैनन् । यस्ताको सुझाव मान्नुपर्ने आवश्यकता नै उनीहरुले देख्दैनन् । देशमा रहेका बुद्धिजीवी तथा थिङ्क ट्याङकहरुको उपयोगमा राज्यले चासो नदिएकै परिणाम होला कि विश्वका थिङ्क ट्याङकरुको स्तर मापन गर्ने संस्था “ग्लोबल डिस्ट्रिबुसन अफ थिङ्क ट्याङक बाई कन्ट्री”को सन् २०१८ को प्रतिवेदनमा नेपाली थिङ्क ट्याङकहरुको स्तर विश्वमा पछाडिबाट तेह्रौ रहेको देखायो ।
यससंगै पूर्वाञ्चलका एक पत्रकार मुकुन्द सुवेदीको हवाला दिंदै बंगलादेशको एक अनलाईन मिडियाले नेपालका शिक्षित वर्गमाथि भारतीय गुप्तचर निकाय रअले लगानी गरिरहेको दाबी ग¥यो । उक्त अनलाइनले लामो विवरण प्रकाशन गर्दै सबैजसो पेशामा संलग्न नेपाली शिक्षित वर्गमाथि रअले लगानी गर्नुका साथै शैक्षिक, सामाजिक र धार्मिक संस्थाहरु रअका एजेन्टमार्फत सञ्चालन भएको दाबी गरिएको छ । 
कतिसम्म भने पशुपतिनाथदेखि अन्य महत्वपूर्ण मन्दिरमा रहेका पुजारीलाई समेत रअले चलाइरहेको दाबी गरिएको छ । नेपाललाई रअले कन्ट्रोल गरिरहेको र यहाँका मिडियादेखि शिक्षक, सुरक्षाकर्मी, सामाजिक कार्यकर्ता, गैरसरकारी संस्थादेखि सबैजसो राजनीतिज्ञलाई समेत रअले लगानी गरेको जनाइएको छ ।
नेपालको राजनीतिक प्रशासनिक हरेक क्षेत्रमा भारतको प्रभाव र हस्तक्षेप छ भन्ने कुरामाा सामान्य नागरिकलाई पनि थाहा भएको विषय हो । अब भने यस्तो प्रभाव सात समुद्रपारीबाट पनि बढ्न थालेको छ । यसैको परिणाम हो थिङ्क ट्याङकको स्तर !
नेपालको वर्तमान अवस्थामा किन सुधार हुन सकेन भन्ने विषयमा माथिका दुई सन्दर्भ नै काफी छन् । जुन मुलुकमा बुद्धिजीवीहरुले आफ्नो बुद्धिको प्रयोग देशका लागि गर्छन् र जुन देशका शासकले बुद्धिजीवीहरुको सल्लाह मान्छन् त्यही देश मात्र उन्नतिको शिखरमा पुगेका छन् । यसको विपरीत शासकदेखि बुद्धिजीवीसम्म विदेशीको प्रभावमा पर्छन् भने देशको अवस्था कसरी सुध्रियोस् !?
सन् २०१९ को जनवरीमा सार्वजनिक “ग्लोबल डिस्ट्रिबुसन अफ थिङ्क ट्याङक बाई कन्ट्री २०१८” को प्रतिवेदनमा एशियाका १८२९ थिन्क ट्यान्कहरुमा नेपालका थिङ्क ट्याङकहरुको स्थान उल्टोबाट १३ औं श्रेणीमा रहेको छ । अब सहजै विचार गर्न सकिने कुरा के हो भने नेपालका थिङ्क ट्याङकहरु के गरिरहेका छन् वा यिनीहरुको उपयोग राज्यले गरेको छ कि छैन रु अनि किन यति कमजोर नतिजा हाम्रा थिङ्क ट्याङकहरुको ।
यसमा दुबैपक्षको दोष बराबर छ । सरकारमा रहनेहरु सबै कुरा आफू मात्रै जान्ने र आफ्ना आसेपासेले भनेको मात्रै सही ठान्ने अनि बुद्धिजीवी वा थिङ्क ट्याङकहरुमा पनि दलीय आवरण नलगाइकन अवसर नपाइने कुण्ठाले बुद्धिको सही उपयोग नै हुन सकेको छैन । मुलुकलाई चाहिएको सल्लाह हैन कि कसलाई के चाहिएको छ त्यो मात्र दिएर आफ्नो दूनो सोझ्याउने प्रवृत्तिले गर्दा नेपाली थिङ्क ट्याङकहरुको स्तर उल्टोबाट १३ औं स्थानमा पुगेको हो ।
सामान्यतया, थिङ्क ट्याङकहरु भनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका बिषयहरुमा नीतिगत सल्लाह सुझाव दिने बिषय ज्ञान र अनुभवले खारिएका बिशिष्ट ब्यक्तिहरुको समूह हो । यिनीहरुकै प्रयोगबाट मुलुक बन्ने हो । तर नेपालमा न थिङ्क ट्याङकले आफूलाई प्रमाणित गर्न सकेको पाइयो न त सरकारले नै उनीहरुलाई उपयोग गर्ने चासो देखायो । अर्कोतिर कति विषयमा थिङ्क ट्याङकहरु गठन भएको छ भन्ने प्रश्न पनि उठेको छ । 
विश्वमा ८,२४८ वटा थिङ्क ट्याङकहरुबीच गरिएको एक अध्ययनले अमेरिका नं १, भारत नं २ र चिन नं ३ मा रहेको देखाउँछ । एसियामा रहेका १८२९ थिङ्क ट्याङकहरुको देशीय अवस्थाको अध्ययन अनुसार भारत र चिनले हासिल गरेको श्रेणी क्रमशः ५०९ र ५०७ छ भने नेपालको श्रेणी १३ हो । त्यसपछि क्रमशः बंगलादेशको ३६, अफगानिस्तानको २२, श्री लंकाको ३२ र पाकिस्तानको २५ हो ।
यस्तो अवस्थामा रहेका बुद्धिजीवी र थिङ्क ट्याङक भनिएका संस्थाहरुले दिने सुझाव कसको हितमा उपयोगी होला ? यो गम्भीर प्रश्न दशकौंदेखि एकनासले उठिरहेको छ । यहाँ देशका लागि केही गर्छु र गर्नुपर्छ भन्नेहरु सधैं पछाडि पर्ने र चाटुकारहरुले मात्र अवसर पाउने कारण पनि यही हो ।
देश विकासका लागि बुद्धिजीवीहरुको समूह गठन गर्नुको विकल्प छैन । तर देशमा यति राजनीतिकरण र विदेशीको प्रभाव विस्तार भएको छ कि स्वतन्त्र ढंगले काम गर्नसक्ने बुद्धिजीवी नै पाउन मुस्किल छ । विज्ञता हाँसिल गरेका व्यक्तिको साटो दलीय आबद्धता खोज्ने गलत संस्कारको विकासले गर्दा देश दिन प्रतिदिनन कमजोर मात्र बन्दै गएको तछ ।
यदि सरकारले देश विकास गर्न चाहेकै हो भने थिङ्क ट्याङकहरुमा स्वदेशी लगानी गर्ने र आईएनजीओको प्रभावबाट देशलाई मुक्त गर्नैपर्छ । यदि यसो गर्न सकिएन भने प्राथमिक विद्यालयको शिक्षकदेखि सचिवसम्म र पार्टीका सामान्य कार्यकर्तादेखि मन्त्रीसम्म विदेशीको प्रभावमा परिरहने र देश विस्तारै विस्तारै अघोषित उपनिवेश बन्दै जाने खतरा बढ्दो छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा (04.30.2019)
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा (04.25.2019)
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)



 
::| Latest News

 
[Page Top]