युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 10.24.2019, 10:22am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
राजनीति विकास र समृद्धिका लागि - यादब देवकोटा
Wednesday, 06.05.2019, 12:38pm (GMT+5.5)

नेपालमा राजनीतिलाई पेशा–व्यवसाय जस्तै बनाएर समृद्धिको भ¥याङ ठड्याउनेहरुको भीडमा यस्ता केही नेता छन् र थिए जो राजनीति मात्र मुलुकको विकास र समृद्धिका लागि हुनुपर्छ भन्ने मान्यतामा अघि बढ्थे । अनि त्यसताा व्यक्तित्वहरुलाई अनावश्यक विवादमा पनि तानिन्छ । खासमा स्वार्थ नमिलेपछि आरोपित गर्ने नेपाली समाजको संस्कार नै हो । राजनीतिलाई मुलुकको विकास र समृद्धिमा प्रयोग गर्दा पक्ष–विपक्षा नहेर्ने संस्कारको विकास गर्दै सबैलाई एकनासको व्यवहार गर्ने थारै नेतामा पर्दथे स्व. रवीन्द्र अधिकारी । स्व. अधिकारीको यस्तै स्वाभावले उनलाई देशले आशलाग्दो नेताका रुपमा हेरेको थियो । 
कास्कीबाट लगातार तीनपटक निर्वाचित स्व. अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री हुँदा सरकारी कार्यको सिलसिलामा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षणपछि पाथीभरा दर्शन गरेर फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन हुनुभएको थियो । उहाँको जन्म विसं २०२६ वैशाख २२ गते पोखरामा भएको थियो ।
यिनै अधिकारीको स्मृतिमा शनिबार पोखरामा ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’को घोषणा भयो । घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीको निधनले सरकारले लिएको समृद्धिको लक्ष्यमा ठेस लागेको मात्र बताउनुभएन कि अधिकारीको काम गर्ने शैली, कत्ति पनि विचलित नहुने बलियो मानसिकताको प्रशंसा गर्दै उहाँको सोच र सपना पूरा गर्न पार्टी र सरकारले हर सम्भव गर्ने प्रतिबद्धता जनाउनुभयो ।
हँसिलो अनुहार, फुर्तिलो शरीर, बेलाबेलामा हाँसो–मजाक गर्ने बानी, खुला हृदयले आफ्ना कुरा भन्ने र अरुको कुरा सुन्ने बानी, आफ्नो अभियान र कर्ममा जतिसुकै अबरोध सिर्जना गर्न खोजिए पनि रत्तिभर विचलीत नहुने र भित्रभित्रै आफ्नै किसिमले पार्टी, समाज अनि विकृतिका बिरुद्ध त्यहीभित्र बसेर शान्त र शालिनतापूर्वक विद्रोहको भाषा बोल्ने अधिकारीसंगको एकदशकको संगतले उहाँलाई राम्रोसंग चिन्ने मौका पाएँ । उहाँमा देशमा केही गर्नुपर्छ भन्ने भोक थियो, काम गर्ने जाँगर थियो, दूरदर्शी सोच थियो । 
स्व. अधिकारी राजनीति मात्र मुलुकको स्थिरता र विकासका लागि हुनुपर्छ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो । पार्टीका शीर्ष नेताहरु संविधानका विषयवस्तुमा विवाद झिकेर बसिरहेका बेला मुख्य पार्टीका युवा सांसदहरु समूहगत रुपमै दवाव सिर्जना गर्न सक्रिय हुनुहुन्थ्यो । स्व. अधिकारी विकासप्रेमीका रुपमा परिचित र देशले आश गरेका नेता हुनुहुन्थ्यो त्यसैले त उहाँ कास्कीबाट तीनपटक लगातार निर्वाचित हुनुभयो । उहाँले निर्वाचन क्षेत्रसंगै सिंगो देशको विकास र समृद्धिको नेतृत्व गर्नुभयो । राजनीतिलाई विकासको बहसमा उतार्नुभयो । समृद्धि कसरी हाँसिल गर्ने भन्नेमा गहन अध्ययन गर्नुभयो । सयौं लेख प्रकाशित गर्नुभयो र ‘समृद्ध नेपाल’ पुस्तक सार्वजनिक गर्नुभयो ।
अधिकारीको त्यो पुस्तक मुलुकको विकास कसरी गर्ने भन्ने स्पष्ट मार्गचित्र हो । एक किसिमले भन्ने हो भने राष्ट्रिय योजनाको खाका नै भन्दा फरक नपर्ला । तर अधिकारीले आफ्नो सपना पूरा गर्न पाउनुभएन । नियतिको कठोर खेलले हामीबाट उहाँलाई चुँडेर लग्यो । स्व. अधिकारीले पार्टीभित्र कुनै गुट समातेको थाहा छैन । उहाँ पार्टीभित्रभन्दा जनताकोा माझमा बढी लोकप्रिय हुनुहुन्थ्यो । विपक्षीले पनि तारिफ गर्ने नेता हो उहाँ । सरकारको एक वर्षे कार्यकालको मूल्यांकनमा विपक्षी नेताले अधिकारीको कामको मुक्त कण्ठले प्रशंसा गरेका थिए । उहाँ कसैलाई कटुबचन नबोल्ने र कहिल्यै निराशभाव नदेखाउने स्वाभावको हुनुहुन्थ्यो । त्यसैले त वाइडबडी खरीदमा गम्भीर आरोप लाग्दा पनि उहाँ एकरत्ति विचलित नभई जीवनको अन्तिम क्षणसम्म पनि काममै सक्रिय हुनुभयो ।
२०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित भएपछि उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभयो । छोटो कार्यकालमा उहाँले पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा कीर्तिमानी काम गर्नुभयो । सरकारका कामका बारेमा विपक्षी दलले चर्को आलोचना गरिरहेका बेला विपक्षी दलकै नेताले सार्वजनिक संचार माध्यमबाटै अधिकारीको कामको प्रशंसा गरेका थिए । यही गुण थियो स्व. अधिकारीमा ।
अधिकारीमा राजनीतिक प्रतिस्पर्धा र प्रतिशोधको भावना नै थिएन । तत्कालीन एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच संविधानका अन्तरवस्तुमा विवाद भएर चर्को बहसको विषय बनिरहेका बेला संविधान बनाउन दवाव दिन उहाँले कांग्रेस नेता गगन थापासंग सामूहिक लेख लेख्नुभयो । यो असल राजनीतिक चरित्र थियो । अनि विद्यार्थी नेता हुँदा अखिलबाट स्ववियू सभापति निर्वाचित अधिकारीले नेविसंघमा आबद्ध विद्यार्थीहरुलाई समेत भर्ना हुन सघाएर एउटा नेताको परिचय दिनुभएको उहाँका समकालीन नेविसंघका नेताहरु नै बताउँछन् ।
एउटा राजनेताको गुण बोकेका अधिकारीको अकल्पनीय निधन सिंगो देशका लागि ठूलो क्षति हो । विकास र समृद्धिको नारा बोकेर राजनीतिमा होमिनुभएका अधिकारीको स्मृतिमा ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ गठन भएको छ । प्रसतष्ठानको उद्देश्य विकास र समृद्धि अनि अनुसन्धान रहेको छ । प्रतिष्ठानका शुभारम्भ गर्दै स्व. अधिकारी पत्नी विद्या भट्टराईले “विकास र समृद्धिको पर्याय रवीन्द्र अधिकारी” भन्दै उहाँको नाममा स्थापित प्रतिष्ठानले मुलुकको समृद्धिका लागि आवश्यक हर प्रकारको सहयोग गर्ने र उद्यमशीलता, अध्ययनशीलता अनि खोज–अनुसन्धानलाई प्राथमिकता दिने बताउनुभयो ।
प्रधानमन्त्री ओली ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना साकार पार्न लागिपर्नुभएका एउटा योद्धा रवीन्द्र अधिकारी गुमाउनुको पीडा उहाँमा शनिबार पोखरामा स्पष्ट देखियो । अधिकारी बच्चै हुँदा राजनीतिक चेतना भएको र ३९ वर्षअघिदेखि चिनेको बताउँदै उहाँको अभाव मुलुकको विकास र समृद्धिमा रहेको बताउनुभयो । अधिकारीमाथि लागेका आरोपहरु चिर्दै प्रधानमन्त्री ओलीले जसले एक धर्सो हस्ताक्षर गरेको छैन, जसको टेबलमा फाइल पुगेको छैन उसैलाई दोषी देखाएर स्वार्थ सिद्ध गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले पोखरामा पनि स्व. अधिकारी वाइडबडी खरीदमा निर्दोष रहेको पुनः दोहो¥याउनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा (05.28.2019)
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा (04.30.2019)
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा (04.25.2019)
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)



 
::| Latest News

 
[Page Top]