युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:55pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
कसरी पाइन्छ सुख कसरी भइन्छ खुसी ? - यादब देवकोटा
Monday, 07.22.2019, 05:40pm (GMT+5.5)

आज सुख र खुसीको परिभाषामा विवाद छ । वस्तु वा पदार्थको पर्याप्त उपलब्धतालाई खुसी मान्ने प्रवृत्तिसंगै अध्यात्मबाट मात्रै मानिस वास्तविक खुसी र खुसीको चरणमा पुग्नसक्छ भन्नेबीच चरम विवाद छ र पछिल्लो खुसीको पक्षमा लाग्नेहरु थोरै छन् तर उनीहरुको तर्क बलियो छ । वास्तवमा मानिस सुखी र खुसी हुन शान्ति, सहिष्णुता, भाइचारा र आपसी मिलाप चाहिन्छ । सामाजिक प्राणी भएका नाताले मानिसले आपसी सद्भाव, सहयोग र सहकार्य पाउन सके मात्र खुसी हुन्छ र त्यो खुसी प्राप्तिका लागि हरेक मानिस प्रयत्नशील रहनुपर्छ । तर आजभोलि भौतिक वस्तुको उपलब्धता र पर्याप्ततालाई सुखको आधार मानेर अरुलाई मान्छे नै नगन्ने प्रवृत्ति बढ्दो छ ।
व्यक्ति वा समाज सुखी हुन उसमा मनोवैज्ञानिक तागत हुनुपर्छ अर्थात् मनोवैज्ञानिक स्वास्थ्य पहिलो आधार हो भने दोस्रोमा पर्दछ स्वस्थ जीवन । त्यसै गरी सर्वसुलभ र गरिखानसक्ने शिक्षा, सांस्कृतिक विविधताको एकता तथा समान क्षमता, सामाजिक जीवन, पर्यवरणीय विविधता तथा संरक्षण र सुशासनले युक्त मुलुकका जनता वास्तविक सुखी हुन्छन् ।
मनोवैज्ञानिक रुपमा जनता बलिया भए भने त्यसले मुलुकलाई श्रमशक्ति प्रदान गर्छ अनि त्यो शक्तिले देशविकास गर्छ, देश विकास भयो भने मुलुक सम्पन्न र समृद्ध हुन्छ जनता स्वाभाविक रुपमा सुखी हुन्छन् । यसका लागि चाहिने पहिलो र अनिवार्य शर्त हो सुशासन । मुलुकमा सुशासन कायम भयो भने जनता सुखी हुने धेरै आधारहरु तयार हुन्छन् । त्यसपछि चाहिन्छ पर्यवरण संरक्षण र सामाजिक–धार्मिक सहिष्णुता र एकता । आज पर्यावरण क्षयोन्मुख छ । दुई दिन लगातार पानी प¥यो भने देश महासागरमा परिणत हुन्छ । यसको कारण आकाशबाट वर्षने पानीलाई मात्र मानेर बस्ने कि मानिसकै कारण यस्तो भैरहेको छ भनेर खोतल्ने पनि । पर्यावरणीय विनाशले मानिसमा स्वाभाविक रुपमा बेचैनि र अशान्ति पैदा गराउँछ । हिंसा भड्काउँछ र मानिसलाई पशुसमान बनाउँछ । आजभोलि बढ्दो अपराधमा यसैको प्रमुख हात छ ।
त्यस्तै हरेक व्यक्तिको पहिचान उसको धर्म–संस्कृति हो । आज त्यही धर्म–संस्कृति बचाउन जनता सडकमा उत्रनुपरेको अवस्था छ । विदेशी अतिक्रमणबाट मौलिक धर्म–संस्कृति नष्ट हुँदै जाने चिन्ता बढिरहेको छ । एक धर्मले अर्को धर्म र एक जातले अर्को जातलाई होच्याउँदै आलोचना गर्ने क्रम बढ्दो छ । 
के यसरी जनता सुखी होलान् ? इतिहासलाई दुत्कारेर वर्तमान भताभुंग पारेर अनि भविष्य अन्धकार बनाएर सुख खोज्ने हाम्रो प्रवृत्तिले कहाँ पु¥याउने हो कोही केही भन्न सक्ने अवस्थामा छैनन । नारा फलाकेर, सपना बाँडेर अनि मिथ्यांकको ठेली छरेर देश समृद्ध भएको हुँकार गरेर अहंकार प्रदर्शन गर्नु जनता सुखी बनाउने आधार हैन ।
सरकारले नेपालीहरुको खुसीको मापन गर्ने तयारी गरेको समाचार सार्वजनिक भएपछि विभिन्न कोषबाट विश्लेषण हुन थालेको छ । सरकारले कुन कुन आधार लिएर खुसीको सर्वेक्षण गर्ने हो त्यो त सार्वजनिक भएको छैन तर खुसी भनेको धन–सम्पत्ति र भौतिक विलासिता मात्र हैन भन्ने आधार बनाएर सर्वेक्षण गर्ने हो भने नेपाली जनताले चाहेको सुख र खोजेको खुसी के हो भन्ने चाहिं स्पष्टै हुन्छ । किनभने मानिस सुखी हुनका लागि प्रकृतिदेखि भौतिक वस्तु वा पदार्थसम्मको सन्तुलित प्रयोग हुनुपर्छ । शिक्षा, स्वास्थ्य, उचित खानपान, सुरक्षित बास अनि सामाजिक शान्ति सुरक्षा मानिस खुसी र सुखी हुने आधार हुन् ।
अहिले नेपालीको जीवनस्तर प्रतिवर्ष सुध्रदै गएको प्रतिवेदन सार्वजनिक हुन्छ । यसका लागि मुलुकभित्रबाट कति विकसित स्थिति पैदा भयो र बाहिरी कारण कति भन्ने पहिलो शर्तमा सर्वेक्षण हुनुपर्छ । नेपालीको जीवनस्तर सुधार हुनुको एउटै कारण जनतासंग पैसा हुनुलाई आधार मानिएको छ । वास्तवमा भौतिक सुविधा बढे पनि यसले मानिसको जीवनलाई झन दुःखी बनाएको छ । विदेशमा श्रम गरेर पठाइएको पैसाले घर परिवारको भौतिक आवश्यकता त पूरा भएको होला केही हदसम्म के त्यतिले मात्र मानिस सुखी छ त ? 
सुख र खुसीको मापद गर्दा मानिसको धर्म, संस्कृति, परम्परा र सामाजिक रीतिरिवाज अनि प्राकृतिक वातावरणलाई प्रमुख आधार बनाउन सके वास्तविक सुख–दुःखको तथ्यांक सार्वजनिक हुनेछ । प्राकृतिक वातावरणलाई अलग राखेर खुसी मापन गर्न सकिंदैन । किनभने विश्वका सुखी, सम्पन्न र शक्तिशाली भनिएका देशका मानिसहरुबाटै देखिएको छ कि सुखको आधार मात्र भौतिक विसासिता हैन भन्ने । उनीहरु अध्यात्मतिर केन्द्रित छ, प्राकृतिक जीवनयापनमा उनीहरु अग्रसर भैरहेका छन् । कोठाभित्रको एसीभन्दा रुखको छहारीको शितलता खोज्न थालेका छन् ।
हिजो भौतिक सुविधा कम थियो तर मानिसहरु सुखी र सुखी थिए । राजनीतिक रुपमा प्रतिबन्ध थियो तर उनीहरुलाई आफ्नै गाउँघरका मेलापात, जात्रा, पर्व, चाडहरु नै प्यारो थियो । धर्म, संस्कृति र परम्परा धान्दै वातावरण संरक्षणमा उनीहरु तल्लिन हुन्थे । उनीहरुको जीवनशैली ऋषिमुनिको जस्तै थियो । घरघरमा विहानै पृथ्वीदेखि, रुखबिरुवा, पानी, आकाश, ग्रहमण्डल सबैको शान्तिका लागि प्रार्थना गर्थे, चरु होम्थे, तुलसी र पिपललाई पानी चढाउथे । मन शान्त पारेर आफ्नो कर्म गर्थे । आजभोलि जीवनशैली बदलिएको छ । त्यो जीवालाई रुढीवादी परम्परा मान्नेहरुले वास्तविक खुसी कति भोगेका होलान् ? मदिराको प्यालामा शरीर नष्ट गरेर पाएको क्षणिक खुसीलाई कसरी खुसी मान्ने 
तसर्थ सरकारले कस्तो मापदण्ड तयार गरेर सुखी नेपालीको तथ्यांक तयार गर्ने योजना बनाएको छ ? घरघरमा टेलिभिजन, हातहातमा मोबाइल फोन अनि ग्रामीण जीवनशैली त्यागेर पश्चिमा नक्कली जीवनशैली अपनाउने प्रयास नै सुख हो वा सुखको परिभाषा अरु विस्तृत छ ? यो कुराको निक्र्योल नगरी सुखी नेपालीको यथार्थ तथ्यांक आउँदैन । नेपालीको जीवनस्तर सुध्रेको, नेपालीको आय बढेको तथ्यांक हरेक वर्ष सार्वजनिक हुँदा डोल्पाको दुर्गम गाउँबासीले एक मानो नुनका लागि संघर्ष गर्नुपरेको व्यथा अनि जीवनजल नपाएर जाजरकोटका दर्जनौं नागरिकले मृत्युवरणा गर्नुपरेको कारुणिक प्रसंगले सुखको आधार कसरी खोज्ला ?


Rating (Votes: )   
Share     Print


Other Articles:
सडकमा उत्रेका लाखौंजन ‘सामन्ती’ हुन् ? - यादब देवकोटा (06.18.2019)
राजनीति विकास र समृद्धिका लागि - यादब देवकोटा (06.05.2019)
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा (05.28.2019)
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा (04.30.2019)
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा (04.25.2019)
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)



 
::| Latest News

 
[Page Top]