युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:05pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
सरकारले जिम्मा लिउ बालबालिकाको ! - यादब देवकोटा
Tuesday, 09.17.2019, 12:11pm (GMT+5.5)

“सुनिश्चित बालअधिकार : समृद्ध राष्ट्रको आधार” भदौ २९ गते आइतबार मनाइएको यस वर्षको बाल दिवसको नारा थियो यो । आज बालअधिकारका यावत पक्षहरुमा राष्ट्रले कति योगदान दिएको छ र अन्य सरोकारवालाहरुले कति चासो दिएका छन् भन्ने महत्वपूर्ण विषय पनि उठिरहेकै छ । विशेष गरी बालबालिकाका शिक्षा र स्वास्थ्य सबभन्दा महत्वपूर्ण कुरा हो र यी दुई आधारभूत अधिकारको पूर्णताबिना कुनै पनि राष्ट्र समृद्ध बन्न सक्दैन । 
राष्ट्रका कर्णधार मानिएका बालबालिकाले उचित शिक्षा र स्याहार पाएनन् भने उनीहरूको जीवन वर्वाद त हुन्छ नै राष्ट्रका लागि पनि ठूलो बोझ थपिनेछ । तसर्थ बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा मनोरञ्जनको वातावरण तयार गर्ने प्रथम दायित्व राज्यको हो । त्यसैले बाल अधिकारसंग सम्बन्धित विभिन्न पक्षलाई संयुक्त राष्ट्रसंघीय बाल विकास कोषले विश्वभरि लागू गरेको छ । बालअधिकारको कुरा गर्दा प्रत्येक बालबालिको पाउनैपर्ने नैसर्गिक अधिकारको प्रश्न जवर्जस्त रुपमा उठेर आउँछ । बालबालिकाले पाउनुपर्ने शिक्षा, स्वास्थ्य, मनोरञ्जन प्रमुख विषय हो । किनभने बालबालिका हाम्रा भविष्य हुन् । आजका स्वस्थ, शिक्षाको अवसर प्राप्त बालबालिका नै भोलिका कर्णधार हुन् । त्यसैले बालिबालिकाको उचित स्याहार, सुसार र संरक्षण राज्यले गर्नुपर्छ । 
अब कुरा गरौं शिक्षाको । आज निर्वाध शिक्षाको अवसर पाउने बालबालिका नै भोलिका लागि राष्ट्रिय जिम्मेवारी बहन गर्नसक्ने कर्मठ नागरिक बन्द सक्दछ । तर नेपालमा अहिले पनि ठूलो संख्यामा बालबालिका विद्यालय जानबाट वञ्चित छन् । यसो भन्दा सरकारी तथ्यांक पल्टाउनेहरुले गलत सावित गर्न सक्छन् तर हरेक वर्ष वैशाखमा भर्ना अभियान चलाएर मात्र बालबालिका शिक्षित हुँदैनन् । यो वर्ष भर्ना भएकामध्ये अबको १० वर्षपछि एसईई परीक्षासम्म पुग्दा कति घटिसक्छन् ? ती घटेका बालबालिका कता गए ? खोज्ने दायित्व सरकारको हो ।
देखाउनका लागि गरिएको भर्ना अभियान र साँच्चिकै राष्ट्रको कर्णधार तयार गर्ने अभियानमा अन्तर हुन्छ । खासमा हाम्रो शैक्षिक क्षेत्र चाहे विद्यालय होस् वा विश्वविद्यालय राजनीतिकरणले ध्वस्त भैसकेको छ । निजी क्षेत्रले केही धानेको छ तर त्योा सब व्यापारीकरण भएको छ । शिक्षण संस्था राजनीतिक शक्ति संघर्षको रणमैदान बनाउने गलत परिपाटी विकसित भएको छ । नेपालका राजनीतिक दलहरूले सबभन्दा पहिले प्रहार गर्ने क्षेत्र भनेकै विद्यालय हुने गरेको छ । राजनीतिक दलहरूले बालअधिकारप्रति जतिसुकै प्रतिबद्धता जनाए पनि त्यसको पटक्कै पालना हुन सकेको छैन । 
बालअधिकारको चर्का नारा लगाउनेहरूबाटै बालबालिकाको विद्यालय जान पाउने अधिकार अत्यधिक खोसिएको छ । शिक्षा प्राप्त गर्ने बालअधिकारको सम्मान हुन सकेको छैन । अरु त अरु विद्यालयका शिक्षकहरू नै विद्यालय बन्द गराउँदै हिंड्छन् । उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थी संगठनका कार्यकर्ता पनि विद्यालय नै बन्द गराउँदै हिंड्छन् । त्यसैले बालअधिकारका क्षेत्रमा काम गरिरहेका कतिपय व्यक्तिहरू नेपालको सन्दर्भमा अन्य मुलुकहरूको तुलनामा बेग्लै किसिमका समस्या छ भनिरहेका छन् । पहिलो त राजनीतिक दलहरू नै समस्याका जड बनिरहेको अवस्था विद्यमान छ । 
बालबालिकालाई भविष्यका कर्णधार बनाउने हो भने उनीहरूलाई निर्वाध शिक्षा प्राप्त गर्ने अवसर दिनुपर्छ । सरकारले बालबालिकाका लागि निःशुल्क शिक्षाको प्रबन्ध गर्नुपर्छ भने निजी क्षेत्रका विद्यायहरूले पनि शिक्षालाई व्यापारीकरण नगरी सेवाको रुपमा लिनुपर्दछ । यसका लागि सरकारले स्पष्ट नीति निर्माण गर्नसक्नुपर्छ । शैक्षिक क्षेत्रलाई राजनीति र पैसा कमाउने थलोका रुपमा विकसित हुनबाट रोक्नैपर्छ । 
विश्वका अति गरीब मुलुकहरू मध्येको एक नेपालमा शिक्षा, रोजगारी, गरीबी, पारिवारिक बोझजस्ता तमाम समस्याले बालबालिकाहरू उनीहरूको अधिकारबाट वन्चित छन् । दुई छाक खानै धौधौ पर्नेहरूले शिक्षा प्राप्तिको अवसर कसरी पाउलान् भन्ने महत्वपूर्ण प्रश्न छ तर यसका लागि राज्यले गतिलो नीति निर्माण गर्न सकेको छैन । मुलुकमा रोजगारीको अवसर, शान्ति सुरक्षा, राजनीतिक स्थिरता कायम हुने हो भने बाल अधिकार पनि सुरक्षित हुन्छ । होइन भने यो विषय भाषण र नारा अनि केही आईएनजीले–एनजीओका हर्ताकर्ताहरूका लागि कमाउने मेसो मात्र बनिरहने छ ।
दुर्गम ग्रामीण क्षेत्रमा काम नगर्ने हो भने उनीहरूको मुखमा माड नलाग्न सक्छ । यस्तो अवस्थामा बालअधिकारको सुगा रटाइले केही हुनेवाला छैन । समाजमा रहेका गरीब, निमुखा र आयस्रोतको ठेगान नभएका परिवारका बालबालिकाहरू नै विशेषतः यस्तो समस्याबाट पीडित छन् । यो समस्याको नजिकको समाधान भनेको त्यस्ता परिवारको सही मूल्यांकन गरी उनीहरूलाई सीपमूलक तालिम दिएर रोजगारीको व्यवस्था गर्ने अनि बालअधिकारको र बालबालिकाको संरक्षण गर्नुपर्ने विषयमा विस्तृत रुपमा चेतना जगाउने काम भयो भने बाल मजदुर र बाल शोषणको समस्या केही हदसम्म कम हुनसक्छ । 
मानिसले जन्मपश्चात् प्राप्त गर्ने विभिन्न चरणका अधिकारहरूमध्ये बालअधिकारलाई विशेष महत्व र चासो दिनुपर्ने हुन्छ । किनभने बालअधिकारसंग गाँसिएका यावत कुराहरू– उचित स्याहार–सुसार, पारिवारिक वातावरण, शिक्षा–दिक्षा प्रमुख हुन् । तर नेपालमा बाल अधिकारको सम्बन्धमा देखिएका समस्याहरू केलाएर हेर्ने हो भने यस विषयमा सरकारी दृष्टिकोण केवल कागजी रुपमा मात्र बढी सक्षम भएको र व्यवहारतः गतिशीलता पाउन सकिरहेको छैन । आज प्रायःजसो उद्योग, व्यवसाय, पसल, होटल वा घरायसी कामदारको रुपमा बालबालिकाको शोषण भइरहेको छ । सरकारी निकायबाट बालमजदूरको विषयमा नीति निर्माण त गरियो, तर बालअधिकारका सम्बन्धमा देखापरिरहेका व्यापक अन्य समस्याहरूको बारेमा चासो नदेखिएको भान हुन्छ । एकाध गैरसरकारी संघ संस्थाहरूबाहेक अरुबाट त्यसतर्फ ठोस कदम चालिएको पाइदैन पाइए पनि त्यो न्यून रुपमा छ । 
बालअधिकारमा देखिएको प्रमुख समस्या भनेको घरेलु कामदारको रुपमा रहेका बालबालिकाहरू हुन् । गरीबी र अभावले पिल्सिएका अभिभावकहरूबाट धनाढ्यवर्गले कामदारको रुपमा प्रयोग गरिएका यस्ता बालबालिकाहरूले शिक्षा, स्वास्थ्यको अधिकार पाउने कि नपाउने ? यो ज्यादै गम्भीर समस्या हो एकातिर उमेरभन्दा बढी कामको बोझ झेल्नुपर्छ भने अर्कोतर्फ पाउनुपर्ने अधिकार पाइरहेका हुँदैनन् । काममा लगाउनु अपराध हैन, यसको मतलब उमेर सुहाउँदो लगाउनु पर्छ तर हाम्रा समाजका धनाढ्यवर्गहरू जो शिक्षित पनि छन् उनीहरू घरमा काम गर्नेलाई मीठो खाने, राम्रो लगाउन दिने र स्कूल पठाउनु भनेको आफ्नो इज्जत जाने वा आफ्ना छोराछोरीको बराबरीमा हुन्छन् भन्ने गलत मान्यता र सामाजिक आडम्वरका कारण बालअधिकारको हनन् भइरहेको छ । यस विषयमा सरकारी स्तरबाट स्पष्ट नीति र दृष्टिकोण सार्वजनिक गरी कार्यान्वयनमा जोड दिनु नितान्त आवश्यक छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
माल भएर चाल नपाएको अवस्था - यादब देवकाटा (09.10.2019)
एउटा पत्रकारप्रति यत्रो समर्थन ? - यादब देवकोटा (08.20.2019)
हामीलाई इमरान जस्तै प्रधानमन्त्री चाहिएकै हो - यादब देवकोटा (07.30.2019)
कसरी पाइन्छ सुख कसरी भइन्छ खुसी ? - यादब देवकोटा (07.22.2019)
सडकमा उत्रेका लाखौंजन ‘सामन्ती’ हुन् ? - यादब देवकोटा (06.18.2019)
राजनीति विकास र समृद्धिका लागि - यादब देवकोटा (06.05.2019)
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा (05.28.2019)
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा (04.30.2019)
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा (04.25.2019)
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)



 
::| Latest News

 
[Page Top]