युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:06pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
न वाइडबडी न एनलेस मात्र ज्ञानेन्द्र शाही - यादब देवकोटा
Wednesday, 09.25.2019, 03:45pm (GMT+5.5)

एउटा व्यक्तिको पछाडि सिंगो संगठन लागिपर्छ भने त्यो व्यक्ति शक्तिशाली मान्ने कि संगठनलाई निरीह ? अहिले यस्ता प्रश्नहरु उठिरहेका छन् । केही समययता सारुढ दलका नेताहरु राजतन्त्र फर्काउने षड्यन्त्र भैरहेको, प्रतिगामीले टाउको उठाइरहेका छन् भन्दै चिन्ता र त्रास व्यक्त गरिरहेका छन् । अनि सत्तारुढ दलका भातृ संगठनहरु महंगी, भ्रष्टाचारको बिरोध गर्नेहरुलाई ‘राजावादी’ भन्दै बिरोध गरिरहेका छन् । 
पछिल्लो समय केही व्यक्तिका पछाडि राज्य र त्यसका संचालकका भातृ संगठनहरु लागिरहेका छन् । यो राज्यको कमजोरी वा राज्यलाई निरीह देखाउने उपक्रम मात्र हो । नेकपाको भातृ संगठन युवा संघले देखाएको चरित्रमुलुक कुन दिशातिर जाँदैछ भन्ने संकेत समेत दिएको छ ।
गत सोमबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गर्नुभयो । अध्यक्ष प्रचण्डले परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने संकल्प गर्न आवश्यक भएको र अराजकतावादी विरुद्ध सजग रही प्रतिकार गर्न आग्रह गर्नभएपछि त्यसको केही दिन अघि नेपालगञ्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईले विमान कुराएको भन्दै बिरोध गर्ने ज्ञानेन्द्र शाहीलाई नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रतिकारमा उत्रने सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रवेश निषेध गरेको घोषणा ग¥यो । प्रचण्डको निर्देशनपछि नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीको प्रतिकार सुरु गरेको भन्दै जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गरेको हो । युवा संघ कास्कीले जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गरेको थियो । त्यसपछि धनुषाले पनि गणतन्त्रबिरोधी अराजकताका नाइके भन्दै शाहीलाई जिल्ला प्रवेश निषेध गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, कास्की र धनुषाले विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीलाई जिल्लामा आउन प्रतिबन्ध लगाएको घोषणा गरेको हो । “हजारौं जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकविरूद्ध अभियान चलाउने ज्ञानेन्द्र बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई प्रवेश निषेध गरिएको छ” । राष्ट्रिय युवा संघ नेपाल, कास्की र धनुषाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
शाही दोषी हुन् भने उनलाई कानुनले कारबाही गर्नुपर्छ र गर्छ पनि । तर आफ्नो रुची र चाहना विपरीतको बोल्यो भन्दैमा पार्टीका शीर्ष नेता आव्हान गर्ने अनि कार्यकर्ता एउटा व्यक्तिको पछि लागेर समय वर्वाद गर्न मिल्छ ? के युवासंघको हैसियत एक्ला ज्ञानेन्द्र शाहीको प्रतिकार गर्नु हो र मुलुकमा विद्यमान भ्रष्टाचार, कुरिती, कुप्रथा, बेथितिका बिरुद्ध चुँ नबोली आफ्ना नेतालाई बचाउने मात्रै हो ? 
युवाहरु सिर्जनशील भए मात्र देश बन्छ । खै युवासंघले समयमा काम नगर्ने ठेकेदारको प्रतिकार गरेको ? खै प्रचण्डले त्यस्तालाई ठेगान लगाउन आव्हान गरेको ? सत्ता जोगाउने र सत्तामाथि धारेहात लगाउनेहरुलाई प्रतिकार गरेर गणतन्त्र जोगिन्छ भन्नु राणाकालीन सोच बाहेक केही हैन ।
युवासंघले काठमाडौंका सडकहरु बेहाल बनाउने ठेकेदारको प्रतिकार गरेका भए सारा जनता उनीहरुसंगै सडकमा जान्थे । मालपोत, यातायातमा घूसखोरी बिरुद्ध अभियान चलाएका भए त्यहाँ पनि जनताले साथ दिन्थे । कालोबजारी, मिसावट बिरुद्ध युवा परिचालन गरेका भए सिंगो देशले साथ दिन्थ्यो । हो, उनीहरु भन्छन् यो काम राज्यको हो र कानुन अनुसार हुनुपर्छ । त्यसो भए ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रवेशमा रोक लगाउने अधिकार कुन कानुनले दियो । आज ज्ञानेन्द्र शाही, भोलि शेरबहादुर, पर्सी बाबुराम भट्टराई? जो जो सरकारका बिरुद्धमा बोल्छन् ती सबको प्रतिकार गर्दै हिंड्ने हो युवा संघले ?
युवासंघको यो कदम सरकारकै निर्देशनमा भएको बुझ्न गाह्रो छैन । यो विषयमा रवि लामिछाने प्रकरण पनि जोडिएर आउँछ । रविलाई कानुन लगाएर समाप्त गर्न नसकेपछि अब बाहुबल प्रयोग गर्ने रणनीति लिइएको बुझ्न गाह्रो छैन । ज्ञानेन्द्र शाहीका कदम सही छन् या गलत छन्, उनको बोली नरम छ या कडा त्यो चासोको विषय हैन तर एक नागरिकलाई सत्तारुढ दलको भातृ संगठनले जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गर्नु कानुनसम्मत हुन सक्छ ?
अध्यक्ष प्रचण्डको आव्हान र युवासंघको उर्दीपछि मुलुकमा मुठभेडको वातावरण सिर्जना त हुने हैन भन्ने चिन्ता आम रुपमा जागृत भएको छ । देशभित्र निर्वाध घुमफिर गर्न पाउने व्यक्तिको अधिकार हनन् गर्ने युवासंघको पछिल्लो निर्णयले सत्तापक्ष बाहेक अरु सबै प्रतिक्रियावादी हुन् भन्ने सन्देश पनि दिएको छ । मुलुक अधिनायकवादतिर जाँदै गरेको आरोपलाई यो प्रकरणले एक खुडकिलो चढाइदिएको छ ।
र, अर्को प्रश्न– शाहीलाई जिल्ला प्रवशेमा रोक लगाउने युवासंघ को हो ? यो आजकता मच्चाउने र बिरोधी निमिट्यान्न पार्ने खेल बाहेक केही हैन । युवासंघ जस्तो सशक्त संगठनलाई एउटा व्यक्तिको प्रतिकार गर्न कति सुहाउँछ । यसले ज्ञानेन्द्र शाहीको उचाई कति बढाउँछ र युवासंघको कति भन्ने प्रश्न उठेको छ । अर्कोतिर शाहीले कानुन विपरीत काम गरेका भए कानुनले काम गर्छ । कसैलाई जिल्ला प्रवेशमै रोक लगाउने अधिकार युवासंघलाई कसले दियो ?


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारले जिम्मा लिउ बालबालिकाको ! - यादब देवकोटा (09.17.2019)
माल भएर चाल नपाएको अवस्था - यादब देवकाटा (09.10.2019)
एउटा पत्रकारप्रति यत्रो समर्थन ? - यादब देवकोटा (08.20.2019)
हामीलाई इमरान जस्तै प्रधानमन्त्री चाहिएकै हो - यादब देवकोटा (07.30.2019)
कसरी पाइन्छ सुख कसरी भइन्छ खुसी ? - यादब देवकोटा (07.22.2019)
सडकमा उत्रेका लाखौंजन ‘सामन्ती’ हुन् ? - यादब देवकोटा (06.18.2019)
राजनीति विकास र समृद्धिका लागि - यादब देवकोटा (06.05.2019)
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा (05.28.2019)
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा (04.30.2019)
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा (04.25.2019)
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)



 
::| Latest News

 
[Page Top]