युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 12.14.2019, 04:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
यस्तो अपेक्षा थिएन एनआरएनहरुसंग - यादब देवकोटा
Tuesday, 10.22.2019, 01:29pm (GMT+5.5)

मुलुकको आर्थिक–सामाजिक विकासका लागि विदेशमा रहेका नेपालीहरुबाट संस्थागत रुपमा योगदान पु¥याउने उद्देश्यसहित स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) आज कुन रुपमा विकसित भएको छ भनेर हेर्दा विगत केही वर्षयता यसको महाधिवेशनमा देखिएका दृश्यहरुले नै स्पष्ट पार्दछ । थोरै लगानी धेरै चर्चा अनि राजनीतिकरणले थिलथिलो बनेर विश्वसनीयता गुमाउँदै गएको यो विश्वव्यापी सञ्जाल भएको संस्था अब भरोसा गर्न लायक नरहेको भन्दै यसका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले असोज २८ गते एनआरएनएको नवौं महाधिवेशन नै वहिस्कार गर्नुभयो– संस्थाभित्र राजनीतिकरण भयो भनेर । 
हुन पनि महाधिवेशनमा संघका नीति, कार्यक्रम र योजना सुन्ने, सुनाउनेभन्दा आआफ्ना पक्षमा भोट माग्ने कामलाई नै अधिकांशले प्राथमिकता दिएका थिए । उनीहरुलाई संस्थाको कार्यक्रमभन्दा आफ्ना मान्छेलाई चुनाव जिताउनु थियो त्यो पनि दलीय आस्थाकै आधारमा । मुलुकलाई केही गर्न हैन कुनै दल विशेषलाई केही गर्न भेला भएका जस्ता देखिन्थे एनआरएनहरु ।
देशका कुनै पनि निकाय राजनीतिकरणबाट मुक्त नभएका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनीतिकरणबाट मुक्त हुनुपर्छ भन्ने अपेक्षा भए पनि त्यस्तो पटक्कै देखिएन । नयाँ नेतृत्वका लागि सत्तारुढ दल नेकपा पक्षधर र विपक्षी दल नेपाली कांग्रेस पक्षधरबीच समूहगत रुपमै चुनावी प्रतिस्पर्धा हुनु र आफ्नो पक्षलाई जिताउन जालझेल भएका खबर आउनु दुःखलाग्दो सन्दर्भ हो । 
नेपाली कांग्रेस निकटले नेकपा निकटकाको नाम काट्ने र नेकपा निकटले कांग्रेस निकटका प्रतिनिधिको नाम काट्ने गर्दा मंगलबार साँझ हायात होटलमा चर्को नाराबाजी भयो । बुधबार निर्धारित मतदान नै स्थगित भयो । जापान, अमेरिका, बेलायत जस्ता बढी प्रतिनिधि भएका मुलुकबाट उम्मेदवारी दिएकाहरुबाट यस्तो झेल भएको भन्दै सहभागीहरुले नारावाजी गरे । त्यो नाराबाजी देख्दा लाग्थ्यो एनआरएनएको चुनाव नभएर कुनै राजनीतिक दलको भातृ संगठनको चुनाव जस्तो भयो छ ।
दलीय आस्थाका आधारमा नेतृत्व हत्याउने होडबाजीले एनआरएनएले नेपाललाई के दिन्छ ? विदेशमा रहेर आफ्नो पेशा–व्यवसायमा अब्बल ठहरिएका, विदेशीलाई नै रोजगारी दिने हैसियत बनाएका नेपालीहरु दलीय कार्यकर्ता भएर विभाजित हुँदा उनीहरुले मुलुकका लागि स्वतन्त्र ढंगले काम गर्छन् भने कसरी पत्याउने ? जता गए पनि राजनीतिकरणले शिथिल र जीर्ण भएको नेपालीको मस्तिष्कमा स्वतन्त्र विचार र मुलुकका लागि केही गर्नुपर्छ भन्ने भावना नै छैन । त छ केवल आफू आबद्ध राजनीतिक दल अझ दलभित्र पनि आफ्नो निकटको नेताका लागि केही गर्नुपर्छ भन्ने गलत सोच हावी देखिएको छ । 
एनआरएनएभित्र मडारिएको राजनीतिक ध्रुवीकरणले यो संस्थालाई कहाँ पु¥याउने हो र यसको स्थापनाको उद्देश्य, गरिमा र विश्वसनीयता कति कायम रहने हो यो नै अहिलेको चासोको विषय हो । मुलुकलाई समृद्ध बनाउन अहं भूमिका निर्वाह गर्नसक्ने हैसियत बनाएकाहरुँ राजनीतिक दलका वफादार कार्यकर्ता बनेर चुनावी मैदानमा उत्रँदा मुलुकले पाउँछ के ?
विदेशमा रहेका नागरिकहरुको मातृभूमिमा गरेको लगानी कुनै पनि देशको आर्थिक विकासका लागि महत्वपूर्ण अंग बन्ने गरेको छ । भारत लगायतका देशहरुमा यस्तै देखिन्छ । विदेशमा रहेकाहरुको ज्ञान र सीप भारत सरकारले प्रचूर उपयोग गरिरहेको छ । यस्तै अपेक्षा नेपालको पनि हुनु अस्वाभाविक हैन । विदेशमा रहेका नेपाली (जन्मले नेपाली, कर्मले विदेशी बनेका)हरुबाट धेरै अपेक्षा गरिएको छ र उनीहरुबाट केही हदसम्म मातृभूमिका लागि लगानी गरिएको पनि नकार्न सकिन्न । तर नेपालमा त्यस्तो भएन । हरेक महाधिवेशनमा प्रतिबद्धता दोहोरिन्छ, काम हुन्न । 


Rating (Votes: )   
Share     Print


Other Articles:
‘बसुधैव कुटुम्बकम्’को नारा प्रगति बिरोधी ! - यादब देवकोटा (10.15.2019)
देश उकासिने हैन झन्झन् भास्सिने छ- यादब देवकोटा (10.02.2019)
न वाइडबडी न एनलेस मात्र ज्ञानेन्द्र शाही - यादब देवकोटा (09.25.2019)
सरकारले जिम्मा लिउ बालबालिकाको ! - यादब देवकोटा (09.17.2019)
माल भएर चाल नपाएको अवस्था - यादब देवकाटा (09.10.2019)
एउटा पत्रकारप्रति यत्रो समर्थन ? - यादब देवकोटा (08.20.2019)
हामीलाई इमरान जस्तै प्रधानमन्त्री चाहिएकै हो - यादब देवकोटा (07.30.2019)
कसरी पाइन्छ सुख कसरी भइन्छ खुसी ? - यादब देवकोटा (07.22.2019)
सडकमा उत्रेका लाखौंजन ‘सामन्ती’ हुन् ? - यादब देवकोटा (06.18.2019)
राजनीति विकास र समृद्धिका लागि - यादब देवकोटा (06.05.2019)
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा (05.28.2019)
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा (04.30.2019)
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा (04.25.2019)
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)



 
::| Latest News

 
[Page Top]