युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 10:10pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
राष्ट्रिय एकता कायम रहोस्- यादब देवकोटा
Thursday, 11.14.2019, 11:56am (GMT+5.5)

भारतले लिपुलेक भञ्ज्याङ् र लिम्पियाधुराबीचको ३७२ वर्ग किलोमिटर क्षेत्र अतिक्रमण गरी आफ्नो नक्सामा गाभेपछि नेपालमा जनता, सरकार र राजनीतिक दलहरुबीच अभूतपूर्व एकता देखिएको छ । भारतको हेपाहा चरित्रबिरुद्ध दलहरु र सचेत भएका छन् । सरकारले राष्ट्रिय धारणा बनाएर कालापानी नेपाली भूमि हो भनेर भारतलाई जवाफ दिइसकेको छ भने यस विषयमा कुटनीतिक छलफल सुरु गर्ने बताइसकेको छ । कालापानी क्षेत्र भारतले हडपेपछि सरकारले सो क्षेत्र नेपालको हो र भारतको नक्सा मान्य नभएको भन्दै परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी ग¥यो । यसको प्रत्तिउत्तरमा भारतले नेपाली भूमि नगाभेको दावी ग¥यो ।
नेपाल र भारत (तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको सुगौली सन्धिपछि दुई देशको सीमा निर्धारण गदै कतिपय स्थानमा नदीलाई सीमा मानियो । यसरी सीमा मानिएको नदीमध्ये सुदूरपश्चिमको महाकाली नदी पनि हो र अहिले यो क्षेत्रलाई भारतले आफ्नो नक्साभित्र हालेको छ ।
महाकाली नदीलाई सीमा नदी मानिएको भए पनि भारतले वास्तविक नदी छोडेर सानो खोलालाई नदी भन्दै कालापानी क्षेत्रको ३७२ वर्गकिलोमिटर भूभागमा आफ्नो दावी गर्दैआएको छ । महाकाली नदीको मुहानसम्म नेपालको सिमाना रहेको ऐतिहासिक दस्तावेज रहँदा रहँदै भारतले त्यसको वेवास्ता गर्दै नेपाली भूमि अतिक्रमण गर्दै सेना राखेको मात्र हैन अहिले त आफ्नो नक्सामै समेटेपछि नेपालले अस्वीकार गर्ने बताइसकेको छ भने सडकमा भारतीय हस्तक्षेपबिरुद्ध प्रदर्शन भैरहेको छ ।
केही वर्षअघि भारत र चीनले त्रिदेशीय सीमा लिपुलेकलाई दुई देशबीय सीमा भन्दै व्यापारिक नाका बनाउने सम्झौता गरेपछि नेपालको सो भूभाग कुनै पनि बेला गुम्ने चिन्ता उतिबेलै भएको थियो । भारतले आफ्नो भनी दावी गरिरहेको सो क्षेत्र दार्चुला जिल्लामा पर्दछ । ऐतिहासिक दस्तावेज अनुसार दार्चुला जिल्लामा चार गर्खा छन् । गर्खा भनेको गाउँ मौजाहरूको समूह हो । तीमध्ये व्यास गर्खाका टिंकर, छाँगरु, नाबी, गुञ्जी र कुट गाउँहरू हुन् । पुराना सनद, सवाल, मालका ढड्डा हेरे पनि थाहा हुन्छ । नाबी, गुञ्जी र कुटीमा अहिले ‘इण्डो टिबेट बोर्डर पुलिस’ भनेर भारतीय फौजको ब्यारेक रहेको छ । ब्यारेक क्षेत्रलाई ‘कालापानी’ भन्दछन् । त्यो ठाउँ तिब्बत आवत जावत गर्न सजिलो नाका हो । यो नेपाल, भारत र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानानेरै पर्दछ । माथि हिमाली भेगतिर नेपाल–भारतको सिमाना कालापानी नदी हो र महाकाली नदीको मुहान पनि त्यही हो ।
महाकाली नदी– हाल भारतीय ब्यारेक रहेको ठाउँदेखि पश्चिमपट्टिबाट बग्दछ, तर भारतीयहरूले ब्यारेकको पूर्वपट्टिबाट बग्ने सानो कुटीगाढलाई महाकाली हो भनेर ब्यारेक भारतीय भूभागमै बनेको भनिरहेका छन् । त्यो गुटीगाढ तल गएर महाकालीमै मिसिन्छ । उनीहरूले महाकालीको मुहान कालापानी नभएर कुटीगाढलाई बनाउन खोज्दैछन् । स्मरणीय छ, त्यस भेकमा खोलालाई गाढ भन्दछन् ।
यसलाई भारतले सीमा मानेर नेपाली भूमि कब्जा गरिरहेको अवस्था एकातिर छ भने नदीलाई सीमा मानेका आधारमा नवलपरासीको सुस्ताको ७० प्रतिशत भूभाग भारतले कब्जा गरिसकेको छ । यति मात्र हैन सीमावर्ती प्रायःजसो जिल्लामा भारतको अतिक्रमण कायम छ । तर सरकारसंग नेपालको कति सीमा अतिक्रमण भएको छ र कति ठाउँमा विवाद छ भन्ने यक्किन जानकारी र तथ्यांक छैन । अन्तर्राष्ट्रिय नियम–कानुन मिचेर भारतले नेपाली भूमिमाथि भौतिक संरचना निर्माण गरिरहेको छ । सरकार केही बोल्दैन । अनि सीमाक्षेत्रका बासिन्दा भारतको दादागिरीबिरुद्ध लडिरहेका छन् । आफ्नो सीमानाको रक्षा गर्दा भारतीय सुरक्षाकर्मीको गोलीबाट कैयौं नेपालीले ज्यान गुमाएका छन् ।
पछिल्लो दुई वर्षयता पूर्वदेखि सुदूरपश्चिमसम्म सीमा अतिक्रमण भएको र सीमा सुरक्षार्थ भारतीयसंग लड्दा नेपाली छोराको ज्यान गएको छ । दुई वर्षअघि कञ्चनपुरको पुनर्बासमा नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो । यसअघि पनि कैयौं नेपालीले सीमा रक्षाका क्रममा ज्यान गुमाएका छन् ।
सीमा अतिक्रमण त भएकै छ लामै समयदेखि जानसांख्यिक अतिक्रमण पनि जारी छ । नेपाली शासकहरुको गसलामी मानसिकताका कारण भारतको चाहना अनुसार पटकपटक भारतीयलाई नेपाली नागरिक बनाउने पपञ्च भैरहेको छ । नेपाली नागरिकलाई नागरिकता दिनुपर्नेमा कसैको विमती नभए पनि सोझा सिधा जनताको नाममा भारतीयलाई नागरिकता दिएर तराई क्षेत्रमा भूमिपुत्रहरुलाई नै विस्थापित गर्ने षड्यन्त्र दशकौंदेखि चलिआएको छ ।
नागरिकताको विषय जहिले पनि विवादित हुनु र यसलाई एकतर्फी रुपमा राजनीतिक शक्तिको साधन बनाउने समूहहरुका भारतकै उक्साहटमा लागेको आरोप लाग्ने गरेको छ र घटनाक्रमले त्यस्तै देखाइरहेको छ । केही महिना अघि गृह मन्त्रालयको परिपत्रपछि नेपाली नागरिकता लिनेहरुको भीड जसरी देखियो र त्यो भीडमा जस्ता मान्छेहरु देखिए त्यसले पुष्टि गर्दछ कि नागरिकता नेपालीलाई हैन विदेशीलाई नेपाली बनाउनका लागि हो भन्ने बुझ्न कठिन छैन ।
यो प्रपञ्चले कारान्तरले नेपालको स्वतन्त्रता, स्वाधीनता, अखण्डता र एकतामाथि नै आघात पुग्ने निश्चित छ । क्षणिक सत्ता स्वार्थका लागि नागरिकता वितरणमा उदारता अपनाउँदै जाने नीति र व्यवहारले निरन्तरता पाइरहँदा नेपालमा भूमिपुत्र नेपालीहरू नै अल्पमतमा पर्ने र मुलुकको भविष्य नै समाप्त हुनसक्नेसम्मका चिन्ताजन्य प्रश्नहरू खडा हुँदै गएका छन् । 
एकातिर सीमा अतिक्रमण अर्कोतिर जनसंख्याको अतिक्रमण यसले नेपालको सावैभौमिकतामाथि ठूलो खतरा मडारिइरहेको छ र यसको संकेत भारतको नयाँ नक्साले दिइसकेको छ । नेपाल भौगोलिक र जानसांख्यिक रुपमा खुम्चिँदैआएको तथ्य सार्वजनिक हुँदैआएको छ । विगतमा भारतको अतिक्रमणकारी चरित्र र नेपालका शासकहरूको जवाफदेहिताविहीन प्रवृत्ति एवं भारतसंग खुलेर सीमा रक्षाकाबारेमा कुरा राख्ने क्षमताको अभावले गर्दा नेपालको अखण्डभूमि अतिक्रमणको चपेटामा पर्दैआएको हो । 
नेपालको वर्तमान क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेको अभिलेख छ भने भारतले बेलायती साम्राज्यबाट स्वतन्त्र भएपछि मात्रै पनि नेपालको लगभग १ हजार ३ सय वर्ग किलोमिटर क्षेत्रफलको भूमि अतिक्रमण गरिसकेको सीमाविद्हरूले सप्रमाण प्रस्तुत गर्दैआएका छन् । इतिहासको कालखण्डमा नेपाल र भारतबीचको सीमा छुट्याउन गाडिएका जंगे पिलरका नामले पनि चिनिन्छ– धेरै ठाउँमा सुनियोजित रुपमै गायव पारिएका छन् भने कतिपय ठाउँमा सीमारक्षा र व्यवस्थापनमा समुचित ध्यान नपुगेका कारण भत्के–बिग्रेर वा बाढीले बगाएर हराएका छन् । 
नेपालका २६ जिल्लाहरू भारतसंग सीमा जोडिएका छन् । ती मध्ये २३ जिल्लाका ७१ स्थानमा भारतले सीमा अतिक्रमण गरेको सीमाविद्हरूले इंगित गर्दैआएका छन् । नेपालको सीमा व्यवस्थापन गर्ने, अभिलेख राख्ने र निरीक्षण गर्ने कामको जिम्मेवारी लिएको नापी विभागले सन् १९७०, सन् १९९० र सन् २०१० मा भूउपग्रहबाट तस्वीर खिचेको र नेपाल र भारतका सर्भेयरहरूले सुस्ता र लिम्पियाधुरा–लिपुलेकको विवादास्पद क्षेत्र बाहेकको सीमा नक्सा तयार पारेको भनिरहँदा पनि नेपालभूमि अतिक्रमणको गति रोकिएको छैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
यस्तो अपेक्षा थिएन एनआरएनहरुसंग - यादब देवकोटा (10.22.2019)
‘बसुधैव कुटुम्बकम्’को नारा प्रगति बिरोधी ! - यादब देवकोटा (10.15.2019)
देश उकासिने हैन झन्झन् भास्सिने छ- यादब देवकोटा (10.02.2019)
न वाइडबडी न एनलेस मात्र ज्ञानेन्द्र शाही - यादब देवकोटा (09.25.2019)
सरकारले जिम्मा लिउ बालबालिकाको ! - यादब देवकोटा (09.17.2019)
माल भएर चाल नपाएको अवस्था - यादब देवकाटा (09.10.2019)
एउटा पत्रकारप्रति यत्रो समर्थन ? - यादब देवकोटा (08.20.2019)
हामीलाई इमरान जस्तै प्रधानमन्त्री चाहिएकै हो - यादब देवकोटा (07.30.2019)
कसरी पाइन्छ सुख कसरी भइन्छ खुसी ? - यादब देवकोटा (07.22.2019)
सडकमा उत्रेका लाखौंजन ‘सामन्ती’ हुन् ? - यादब देवकोटा (06.18.2019)
राजनीति विकास र समृद्धिका लागि - यादब देवकोटा (06.05.2019)
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा (05.28.2019)
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा (04.30.2019)
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा (04.25.2019)
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)



 
::| Latest News

 
[Page Top]