युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
अरुको इशारामा त पशुले पनि नृत्य गर्छ - यादब देवकोटा
Wednesday, 11.27.2019, 10:56am (GMT+5.5)

अरुको इशारामा नाच्ने काम सरकसको सिंहले पनि गर्छ । तर मानिस अरुको इशारामा हैन आफ्नो विवेकमा चल्नुपर्ने भए पनि नेपालको सन्दर्भमा त्यस्तो सन्दर्भ दुर्लभ नै छ । मानिस चेतनशील प्राणी भएकाले उसले आफ्नो व्यक्तित्व र वृत्ति विकासका लागि आफ्नो चेतना प्रयोग गर्नुपर्छ र त्यो चेतना केवल उसको आफ्नो लागि मात्र नभएर अरुका लागि पनि केही न केही सहयोगी हुनुपर्दछ । तर अहिले “मैखाउँ, मै लाउँ”को समय आएको छ र त्यसका लागि राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भनेर अवसर छोप्ने प्रवृत्ति बढिरहेको छ । हामी अरुले देला र खाउँला भनेर बसिरहने टाटनामा बाँधेको पशुजस्तो भएका छौं । अरुको इशारामा नाचिरहेका छौं । यसमा सबभन्दा ठूलो प्रभाव राजनीतिको छ ।
नीतिहरुमा श्रेष्ठ नीति हो ‘राज’ ‘नीति’ तर भएको छ सबभन्दा तुच्छ नीति, जुन केवल पार्टी, पार्टीका नेता अनि तिनको गुटको स्वार्थका लागि मात्र उपयोग भैरहेको छ । परिणाम– जो पार्टीमा लागेको छ, नेताको पछि लाग्छ उ राजनीतिक कार्यकर्ता– अगुवा ! जोसंग राजनीतिक सोच, विवेक र क्षमता छ तर उ कुनै मा आबद्ध छैन भने ऊ गैरराजनीतिक ठहरिन्छ !! राजनीति गर्नुको परिभाषा नै व्यावसायिक भएपछि नेपालको अवस्था योभन्दा फरक हुने त कुरै भएन ।
व्यापारिकरण भएको राजनीति र त्यो राजनीतिमा अभ्यस्तहरुमा आत्मा साक्षी राखेर साँचो कुरा बोल्ने नैतिकता छैन । राम्रोलाई राम्रो भन्नसक्ने हैसियत गुमाउँदै गएका छन् । आफ्नो सबै राम्रो र अरुको सबै नराम्रो भन्ने–मान्ने गलत संस्कृतिको विकासले स्थानीयदेखि सिंहदरबारसम्मै जरा गाडेको छ । गाउँघरका सामान्य राजनीतिक दलका समर्थकमा समेत आफूले समर्थन गरेको पार्टी र त्यसका नेताहरु सर्वगुणसम्पन्न देख्छन्, अरुमा केही गुण नै देख्दैनन् । यो विभाजनकारी र विभेदकारी सोचका कारण समाज जसरी अघि बढ्नुपथ्र्यो त्यसो हुन सकेको छैन । हाम्रो विकासको बाधक हाम्रो आफ्नै संस्कार, संस्कृति र भैरहेको अभ्यास हो भन्ने बुझ्नै चाहेका छैनौं ।
घर अगाडिको सडकमा भएको खाल्डो नगरपालिका वा वडाले पुरिदिएन भने “यी फलाना खानका लागि गएका” भनेर सत्तोसराप गर्नेहरु त्यो खाल्डोमा एक कोदाली माटो आफूले हाले सबैको हित हुन्थ्यो भन्ने सोच्दैनौं । विकासको बाधक तत्व को हो भन्ने यो अति सामान्य उदाहरण मात्रै हो । हामी सबैलाई अरुले गरिदिनुपर्ने गलत मान्यता स्थापित छ । भोट दिएर पठाएपछि उनीहरुले नै गर्नुपर्छ भन्ने सोचले हामी कहीं पनि पुग्दैनौं । हो, काम नगर्नेको आलोचनाा गर्नुपर्छ, उनीहरुलाई दवाव दिनुपर्छ । तर सबै उनीहरुले नै गरिदिनुपर्छ भनेर हुँदैन । समाजमा बस्ने हाम्रो आफ्नो सामाजिक दायित्व पनि बिर्सनु हुँदैन ।
एउटा उदाहरण यहाँ राख्न चाहन्छु– एउटा सार्वजनिक महत्वको बैठकमा प्रसंगबस सरकारको कुरा उठ्यो । त्यहाँ कोही सत्तारुढ दलका थिए कोही विपक्षी दलका थिए तर सबै युवा थिए । उनीहरु आआफ्नो पक्षको वकालत गरिरहेका थिए । यसै क्रममा एकजना जो कांग्रेस समर्थक थिए उनलाई सोधियो– “के अहिलेको सरकारले राम्रो केही पनि गरेको छैन ? कांग्रेसले हिजो राम्रो मात्रै गरेको हो ?”
उनको उत्तर थियो– “त्यस्तो होइन । सरकारले राम्रो काम पनि गरेको छ । हिजो कांग्रेसले राम्रो भन्दा नराम्रो धेरै गरेको थियो ।”
“त्यसो भए राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न किन सकिंदैन ? कार्यकर्ता भनेको ‘हनुमान’ नै बन्नुपर्छ र ? हाम्रो यस्तै बानीले गर्दा केही नभएको हो ? सरकारले गरेको राम्रो कामको लाभ सरकार चलाउने पार्टीका मान्छेले मात्रै पाउने हो भने बेग्लै कुरा नत्र भने एकोहोरो बिरोध मात्रै गरेर पाइन्छ के ?”
उनी चुप बसे र घोत्लिदै भने– “कुरा एकदम सही हो तर सरकारले गरेका राम्रा कामको पनि समर्थन गर्न गाह्रो छ !” कांग्रेसले गरेका नराम्रा कामको आलोचना गर्नपनि गाह्रो छ ।
आश्चर्यको विषय त के भने सत्तारुढका समर्थकको पनि त्यस्तै भनाइ थियो । जबसम्म हामी राम्रोलाई राम्रो र खराबलाई खराब भन्न सक्दैनौं तबसम्म हाम्रो स्तर उकासिंदैन भन्ने मेरो आग्रह थियो र उनीहरु यसमा सहमत त भए तर राम्रो नराम्रो भन्दा पनि हाम्रोको वकालतबाट बाहिर निस्कने हिम्मत गर्न सकेनन् ।
राम्रो–नराम्रो हेर्ने दृष्टिकोणमा भरपर्छ । एउटालाई राम्रो लागेको अर्कोलाई नराम्रो र अर्कोलाई राम्रो लागेको झन अर्कोलाई नराम्रो लाग्छ । यो स्वाभाविक हो । तर समग्रमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसक्दासम्म मानव समाज माथी उठ्दैन । विशेष गरी युवा पुस्ता जो राजनीतिमा सक्रिय छन् उनीहरुले यस्तो संस्कार बसाल्न सके पनि आफ्नो पार्टी नेतृत्वलाई त्यसले राम्रो काम मात्र गर्न दवाव दिनेछ जसको परिणाम मुलुक उन्नत हुनेछ । तर यहाँ आफ्नो आत्मा मारेर आत्माले नचाहँदा नचाहँदै कसैको स्वार्थका लागि झूठो बोल्नुपर्ने बाध्यता छ जुन समाज विकासको सबभन्दा खराब पक्ष हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रिय एकता कायम रहोस्- यादब देवकोटा (11.14.2019)
यस्तो अपेक्षा थिएन एनआरएनहरुसंग - यादब देवकोटा (10.22.2019)
‘बसुधैव कुटुम्बकम्’को नारा प्रगति बिरोधी ! - यादब देवकोटा (10.15.2019)
देश उकासिने हैन झन्झन् भास्सिने छ- यादब देवकोटा (10.02.2019)
न वाइडबडी न एनलेस मात्र ज्ञानेन्द्र शाही - यादब देवकोटा (09.25.2019)
सरकारले जिम्मा लिउ बालबालिकाको ! - यादब देवकोटा (09.17.2019)
माल भएर चाल नपाएको अवस्था - यादब देवकाटा (09.10.2019)
एउटा पत्रकारप्रति यत्रो समर्थन ? - यादब देवकोटा (08.20.2019)
हामीलाई इमरान जस्तै प्रधानमन्त्री चाहिएकै हो - यादब देवकोटा (07.30.2019)
कसरी पाइन्छ सुख कसरी भइन्छ खुसी ? - यादब देवकोटा (07.22.2019)
सडकमा उत्रेका लाखौंजन ‘सामन्ती’ हुन् ? - यादब देवकोटा (06.18.2019)
राजनीति विकास र समृद्धिका लागि - यादब देवकोटा (06.05.2019)
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा (05.28.2019)
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा (04.30.2019)
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा (04.25.2019)
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)



 
::| Latest News

 
[Page Top]