युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.26.2019, 07:54pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
सडकमा उत्रेका लाखौंजन ‘सामन्ती’ हुन् ? - यादब देवकोटा
Tuesday, 06.18.2019, 02:47pm
गुठी विधेयकको बिरोध गर्दै सडकमा दैनिक लाखौं जनता उत्रेका छन् । यसको बचाउ गर्नेहरु “गुठी सामन्ती प्रथा हो र यसको अन्त्यका लागि विधेयक ल्याएको र यसको बिरोध गर्नेहरु सामन्ती हुन्” भन्न थालेका छन् । हिजो जसको भोट क्रान्तिका लागि थियो आज तिनैको आवाज सामन्ती लागेको छ सरकारलाई । जनताको आवाज सम्बोधन गर्ने गरी साम्य पार्नेतिर लाग्नुको साटो सरकारका प्रवक्ता न गुठी विधेयकका बिरोध गर्नेहरु ‘सामन्ती’ हुन भन्दै आगोमा घीउ थप्ने काममा लाग्दा स्थिति अरु उत्तेजक बन्नु स्वाभाविक छ । यद्यपि विधेयकमा पुनरावलोकन हुनुका विकल्प छैन र प्रधानमन्त्री ओलीले नै यो कुरा स्वीकारिसक्नुभएको छ ।

राजनीति विकास र समृद्धिका लागि - यादब देवकोटा
Wednesday, 06.05.2019, 12:38pm
नेपालमा राजनीतिलाई पेशा–व्यवसाय जस्तै बनाएर समृद्धिको भ¥याङ ठड्याउनेहरुको भीडमा यस्ता केही नेता छन् र थिए जो राजनीति मात्र मुलुकको विकास र समृद्धिका लागि हुनुपर्छ भन्ने मान्यतामा अघि बढ्थे । अनि त्यसताा व्यक्तित्वहरुलाई अनावश्यक विवादमा पनि तानिन्छ । खासमा स्वार्थ नमिलेपछि आरोपित गर्ने नेपाली समाजको संस्कार नै हो । 
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा
Tuesday, 05.28.2019, 11:17am
संसारका विकसित मुलुकहरुले विकासको आधार तयार गर्न आफ्ना देशका थिङ्क ट्याङकलाई हमेसा सक्रिय राख्छ । उनीहरुलाई कुनै न कुनै अनुसन्धान र अध्ययनमा संलग्न गराएर नयाँ नयाँ सोचको विकास गर्छ । सरकारले त्यसै अनुसार काम गर्न अनि देश बन्छ । तर नेपालमा यस्तो विडम्बना छ कि नेताहरु सबैभन्दा जान्नेसुन्ने । उनीहरुले नजानेको कुनै विषय नै हुँदैन । 
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा
Tuesday, 04.30.2019, 01:49pm
एकातिर कलाकारहरु देश विकास गर्दै जाने अर्कोतिर सरकार केही नगरी गफ चुटेर बस्ने गर्दा जनताले विकल्प खोज्न थालिसकेको राजनीतिक विश्लेषकहरुले बताइरहँदा युक्रेनमा हालै सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा ४१ वर्षीय हाँस्य कलाकार भोलोदिमिर जेलेन्स्की भारी मतले विजयी भए ।

अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा
Thursday, 04.25.2019, 02:23pm
नेपाल अपूर्व धार्मिक सहिष्णुता भएको मुलुक हो । यहाँ धर्म र जातका नाममा कहिल्यै कुनै द्वन्द्व भएन तर डेढ दशकयता नेपालको यो राष्ट्रिय गौरबको चिनारी मेटिंदै गएको छ । यहाँको धर्म, संस्कृति र परम्परा मास्दै पश्चिमा शक्तिको बलमा विद्वेष फैलाउने काम भैरहेको छ । नेपालमा जस्तो धार्मिक सहिष्णुता कतै छैन भन्ने उदाहरण हजारौं छन् । 
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा
Tuesday, 04.16.2019, 01:34pm
हरेक वैशाख १ गतेबाट नयाँ सम्वत्को शुभारम्भ हुन्छ । यतिबेला हामी विक्रम सम्वत् २०७६ सालको प्रारम्भमा छौं । हाम्रो प्रचलनमा रहेको विक्रम संवत् वैदिक सनातन संस्कृतिमा अनुप्राणितहरुको जीवनचर्याको उच्च वैज्ञानिक गणितीय पद्धति हो । विक्रम संवत अन्तर्गत ६० वटा सम्वतसर हुन्छन् । प्रत्येक ६० वर्षमा सम्वत दोहोरिन्छ । त्यसैले यसलाई षष्टि सम्वतसर भनिन्छ । 

सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा
Wednesday, 04.10.2019, 10:59am
एकाएक मौसममा हुने बदली र मच्चिने विचण्डाको कारण जलवायु परिवर्तनकै असर हो । अहिले विश्व यसैको त्रासमा छ । जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न वाध्य पार्दछ । उदाहरणका लागि, दक्षिणपूर्वी एसियामा करिब २२ करोड भन्दा बढी जनसंख्या गरिबीको रेखामुनी रहेका छन् । यिनीहरू सामुद्रीक तटीय क्षेत्र र होचा भू–भागमा बसोबास गर्दछन् । 
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा
Thursday, 04.04.2019, 01:37pm
आजभोलि सूचना प्रविधिको विकास र पहुँचले हरेकको हातमा स्मार्ट फोनसंगै विभिन्न प्रकारका खेलले गर्दा युवा पुस्तामा शारीरिक व्यायाम हुने खालका खेलभन्दा त्यसैमा बढी झुम्मिने मात्र हैन यसको लतमै फसेका छन् सूचना प्रविकको विकाससंगै यसमा आम मानिसको सहज पहुँचले एकातिर जीवन सरल बनाएको छ भने अर्कोतिर दिनप्रतिदिन नयाँ नयाँ समस्या र कठिनाइहरु उत्पन्न भैरहेको प्रष्ट देखिएका कारण विश्वका विभिन्न मुलुकमा यसमाथि कडाई गर्न थालिएको छ ।

पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा
Thursday, 03.28.2019, 11:08am
रुपैयाँ–पैसा र भोगविलास नै सुख हो भन्ने मान्यताले जरो गाडेको समाजमा सुखको वास्तविक अनुभूति कसरी प्राप्त हुन्छ भन्ने व्यवहारिक ज्ञान र अनुभव साटासाट हुन सकेको छैन । अहिले भौतिक सुविधा त्यो पनि अत्यन्त सरल तरिकाले पाउने होडवाजी चलेको छ । यसैको एउटा उपजका रुपमा लिन सकिन्छ वैदेशिक रोजगारीलाई । हुन त वैदेशिक रोजगारी अहिलेको बाध्यता पनि हो । किनभने मुलुकमा रोजगारी सिर्जना नारामा मात्र भैरहेको छ ।
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा
Monday, 03.18.2019, 04:43pm
सन् १९५० को सन्धिको धारा ८ ले सुगौली लगायत नेपाल र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएका सबै सन्धि तथा सम्झौताहरू खारेज गरेको छ । सो धारामा यो सन्धि कार्यान्यनमा आएपछि यसअघि भएका सबै सन्धि तथा सम्झौताहरू स्वतः खारे हुनेछ भनिएको छ । यस हिसाबले सन्धि अनुसार नै नेपालको भूमि फिर्ता हुन्छ भन्ने मानिए पनि नेपालका शासकहरूले सो विषयमा भारतसंग कुरा उठाउन सकेका छैनन् । उनीहरू सन् १९५० को सन्धि मात्र हैन, भारतले कार्यान्वयन नगरेका जलस्रोत सम्झौताहरूको पालनामा समेत दह्रो कुरा राख्न सकेका छैनन् । भारतको चाकडी गरेरै सत्ता र शक्तिमा पुग्ने आकांक्षा राख्नेहरूकै कारण नेपालको राष्ट्रियता कमजोर मात्रै बन्दैगएको छ ।
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा
Tuesday, 01.01.2019, 12:48pm
सरकारमा बस्नेहरु आफ्नो पक्षमा राम्रो मात्रै लेख्नेहरुलाई मात्रै आफ्नो देख्ने, अनि नेताहरु पनि स्वस्थ आलोचना र सुझाव ग्रहण गर्नै नसक्ने, पत्रकारहरुलाई चाकडी गराएर उनीहरुबाट प्रशंसाका सस्ता शब्द ओकल्न लगाएर त्यसैमा रमाउने प्रवृत्ति बढ्दै गएको छ । यसै कारण त हैन देशको वास्तविकतासंग कसैको पनि सरोकार नभएको ? कुनै सूचना नै नपाए जस्तो गरेर हावादारी भाषण छाँटदै हिंडेको छ ।

मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा
Tuesday, 12.11.2018, 01:32pm
पश्चिमा मुलुक अरु देशमा यस्तै वेथिति खडा गरेर द्वन्द्व र अशान्ति मच्चाएर आफ्नो उपस्थिति जनाउने र व्यापार बढाउने मेसोमा छन् । उनीहरुको यस्तो रणनीति नबुझेर धर्मनिरपेक्षताको अरुले घोकाइदिएको पाठ पढेर नेपालमा लागू गरियो, यसको संकेत देखापरिसकेको छ । अहिले धार्मिक स्वतन्त्रताका नाममा इसाईकरण बढ्दैछ । यो पश्चिमा मुलुकबाट नभएर चर्चहरुबाट भैरहेको छ । उनीहरुलाई आफ्नो मुलुकमा धर्म मासिने चिन्ता बढेर नै नेपाल जस्ता देशहरुमा पञ्जा गाडिरहेका छन् । 

नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा
Tuesday, 11.20.2018, 11:43am
मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट गुज्रिरहेको छ । नेताहरुको व्यक्तिगत स्वार्थले जन्माएको गुटबन्दीका कारण तीनवटै तहको निर्वाचनमा कांग्रेस नराम्रोसंग पराजित भयो । अर्थात् कांग्रेसले भोट त पायो तर त्यो भोट अरुलाई उछिन्न काफी भएन । अहिले कांग्रेसभित्र यसैको समीक्षा हुने क्रममा छ– महासमिति बैठक मार्फत । 

भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा
Wednesday, 10.10.2018, 02:03pm
सरकारले बेरोजगार युवालाई भत्ता दिने भनेको छ । के भत्ता दिएर मुलुकको आर्थिक अवस्था सुधारिन्छ । “समृद्ध नेपाल सुखी नेपाली” भत्ताले बन्छ कि उद्यमशीलताले भन्ने चिन्ता यहाँ अति आवश्यक छ । नेपालमा काम नपाएर हैन काम गर्ने सोच र काम गराउने प्रवृत्ति नभएर बेरोजगारी बढेको हो । देशभित्र श्रमिक अभाव छ तर दैनिक हजारभन्दाबढी युवा विदेशिन्छन् । अनि कहाँबाट आउँछ समृद्धि ? नेपालमा रोजगारी छैन त्यसैले विदेशिनुको विकल्प छैन भनिन्छ, तर यही देशको तराईदेखि पहाडसम्म भारतीय कामदार छ्याप्छ्याप्ती छन्– कारण नेपाली युवाहरु उनीहरुले गर्ने काम गर्नै चाहँदैनन् । 

रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा
Tuesday, 10.02.2018, 12:42pm
मुलुकमा ठूलाठूला विकास आयोजनाको दुन्दुभी बजेको छ । यस्तैमा पर्दछ बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल । यो विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्न थालेपछि अनेक विवाद र बिरोधका स्वरहरु गुञ्जिएका छन् । विशेष गरी रुख कटानीका सम्बन्धमा । पर्यटकीय सम्भावना प्रचूर रहेको तर विमानस्थल एउटा मात्रै, त्यो पनि साँघुरो । सानो समस्या उत्पन्न हुँदा विमानस्थल अबरुद्ध हुन्छ । यस्तोमा दोस्रो विमानस्थलको आवश्यकता अहिले हैन तीन दशकअघि नै औंल्याएर योजना अघि बढे पनि अहिलेसम्म त्यो कागजमै सीमित भएको थियो ।

दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा
Tuesday, 09.25.2018, 12:27pm
दशैंको मुखमा दुई प्रमुख घटनाले सरकारलाई गलाएको छ । यी घटना यातायातसंग सम्बन्धित छन् । यातायात क्षेत्रको सिण्डिकेट तोड्यौं भनेर गर्वगर्ने सरकारलाई यातायात व्यवसायी र मजदुरहरुले घुँडा टेकाइदिए । उनीहरु मौकाको प्रतिक्षामा थिए । पाए दशैं । यातायात व्यवसायीले आफ्ना माग पूरा नभए अग्रिम टीकट बुकिङ नगर्ने घोषणा गरे भने इन्धन आपूर्ति गर्ने ट्यांकर चालकहरुले पनि हड्ताल गरे । पाँच दिन इन्धन आपूर्ति नहुँदा काठमाडौं लगायत देशभर हाहाहार भयो ।

काठमाडौंको कष्ट फोहर
Tuesday, 09.11.2018, 12:27pm
काठमाडौं उपत्यकाका शहरबासी हुन वा गाउँबासी सबैको एउटै कष्ट छ– सडकको दूरावस्था र फोहरको दुर्गन्ध । एकातिर धुलो र हिलो सडक अनि त्यही सडक किनारमा थुप्रिएको फोहोरको डंगुरले उपत्यकाबासीको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ भने शहरको सौन्दर्य नै हराएको छ ।
धार्मिक, सांस्कृतिक, वातावरणीय दृष्टिकोणले विश्वका उत्तम शहरहरूमा गनिने काठमाडौं उपत्यका विगत एक दशकदेखि अत्यधिक प्रदूषित र कुरुप बन्दैछ । विश्वको सबैभन्दा प्रदूषित शहरमा गनिन्छ काठमाडौं । 
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा
Tuesday, 09.04.2018, 12:43pm
नेपालको संविधानले समाजवादको परिकल्पना गरेको छ । त्यो समाजवाद जहाँ धनी–गरीबको खाडल नरहोस्, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई जस्ता आधारभूत कुराहरु जनताले सहजै पाउन् । रोजगारी प्राप्त होस् र जीवन सहज होस् । यो समाजवादको सिद्धान्त वा परिकल्पना हो । तर, यथार्थ फरक छ । नेपालको समाजवाद नारामुखी मात्र छ । हामीले समाजवाद वा समानताको शास्त्रीय परिभाषालाई आत्मसात गर्नैसकेनौं । अहिले समाजवाद वा साम्यवादका गगनभेदी नारा घन्काएर माक्र्स–लेनिनको पूजा गर्नेहरुले भागवतको एउटा सन्दर्भ मात्रै स्मरण गर्ने हो भने हाम्रो समाजमा समाजवाद कहिलेदेखि थियो भन्ने प्रष्ट हुन्छ ।

नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा
Tuesday, 08.28.2018, 01:20pm
नेपालका राजनीतिक नेता, योजनाविद् र विज्ञहरूमध्ये धेरैले बाँडेको एउटा सपना र कागजमा बनाएको एउटा योजना हो दक्षिण एसियामा विजुली बेचेर धनी बन्ने । अनि दक्षिण एसियाको सबभन्दा ठूलो मुलुक भारतका शासक, प्रशासक र योजनावालाहरू पनि यसै भन्छन् । नेपालको पानीबाट विजुली निकालेर नेपाल समृद्ध हुन्छ यसका लागि भारत लगानी गर्न तयार छ । तर, वास्तविकता अब अर्कै बनिसकेको छ । नेपालले अब विजुलीको साथमा पानीको व्यापार गर्नुपर्छ । यसका लागि सोही अनुसारको बहुउद्देश्यीय योजना बन्नुपर्छ ।

भ्रम, विभाजन र हिनताले ग्रस्त युवा
Tuesday, 08.14.2018, 01:08pm
अहिलेको उर्जाशील पुस्ता यसरी विदेश पलायन हुँदै गए भने राष्ट्रलाई दुर्गतीको यो खाडलबाट कसले उतार्ला भन्ने प्रश्न ज्यादै गम्भीर छ । अवसरको अभावले जकडिएका युवाशक्तिको एकमात्र आधार भनेको विदेश पलायन हुनु नै हो । अहिले हरेकको सपना विदेश जाने हुन्छ । उनीहरूको एउटै भनाइ छ– के गर्ने यहाँ बसेर खान नपाइने अवस्था भइसक्यो । न्यूनतम जीवन बाँच्ने आधारसम्म अहिले खडा हुन सकेको छैन । देश दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ ।

  » जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा
  » सक्रिय मनसुन र विपत्तिको त्रास
  » चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी
  » मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा
  » गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा
  » सस्तो बजारका सस्ता सामान र मन्त्री
  » अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ
  » सानो कुरामा खुसीले उफ्रने हामी
  » इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’
  » विमानको इतिहास, उडान र दुर्घटना
  » स्रोत नभएर हैन सोच नभएर गरीब
  » सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति
  » सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय
  » स्वच्छ वातावरण र यज्ञको सम्बन्ध
  » बल्ल खुल्यो बुद्धिको बिर्को
  » धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना
  » कहिले छोड्ने बाटो बूढाहरुले ?
  » अबको लफडा प्रदेशको राजधानी !
  » निर्वाचनको साथर्कता तब हुन्छ...
  » मत तान्ने नै भए पनि सही निर्णय



 
::| Latest News

 
[Page Top]