युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:37pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
राष्ट्रघातको इतिहास नदोहोरियोस्
Tuesday, 07.26.2016, 12:08pm
नेपालको राष्टिय स्वाधीनता र अखण्डतामा भारतले बाहिरी र भित्री रुपमा प्रहार गरिरहेको छ । नेपाल आत्मनिर्भर बन्ने बाटोतिर लम्कियो कि भारतले यहाँका लेण्डुप मार्कालाई उचालेर अस्थिरता सिर्जना गराइहाल्छ । आफ्ना मान्छे सरकारमा पुगेपछि केही न केही सम्झौता गराउँछ । केही समययता प्रधानमन्त्री स्तरमा भारतले नेपालसंग लिने किसिमले कुनै सम्झौता गरेको छैन ।
लोकतान्त्रिक व्यवस्थामा लोकमतको उपेक्षा
Tuesday, 07.19.2016, 10:31am
समाजसेवाको भावनाबाट उत्प्रेरित हुनेहरू नै राजनीतिमा लाग्नुपर्छ भनिए पनि नेपालमा राजनीति पेशा–व्यवसाय बनेको छ । राजनीति देश र जनताका लागि हो अनि प्रजातन्त्र (लोकतन्त्र)मा राजनीतिक दल र नेताको ठूलो भूमिका हुन्छ । उनीहरूले समाज रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ र गर्छन् भन्ने मान्यता हुन्छ, जनताले सोही आशा गरेका हुन्छन् । 
नेपालभित्रै आएर भुटानीकरणको चाहना
Thursday, 07.14.2016, 08:21am
भुटान सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक भए पनि भारतको सुरक्षा छाता ओढेर बसेको छ । आफ्नो स्वतन्त्रता अन्यत्र बन्धकी राखेका देशका जनता कसरी सुखी ? भौतिक सुविधाले मात्र मानिस सुखी हुँदैन । यस्तोमा दक्षिण एसियाको सानो हिमाली मुलुक भुटान कसरी सुखी छ ? सिक्किम भारतले निलेपछि त्यहाँका प्रबुद्ध वर्गहरु अहिले पनि भन्ने गर्छन्– ‘हामी सम्पन्न छौं तर स्वाभीमान छैन’ । 
मनलाग्दो गर्न पायौं तर ....
Tuesday, 06.21.2016, 11:43am
अहिले नेपाली जनताले बोल्न पाएका छन्, अलि जान्नेसुन्नेले मनलाग्दो भटट्याए आफ्नो दूनो सोझ्याएका छन् । ती सबै नेपाली जनताको नाममा भैहेको छ । निरीह जनताको अवस्था भने जस्ताको तस्तै हैन किन दिन प्रतिदिन खस्किदो छ । जनताको आवाज, जनताको भावना, जनताको आकांक्षाको नाममा राम्रो व्यापार भैरहेको छ । 
कहाँबाट छिर्छन् नेपालमा आतंकवादी ?
Tuesday, 06.14.2016, 12:26pm
अमेरिकी रिपोर्टको सत्यता आफैंमा प्रश्नवाचक हुने गरेको छ । इराकमाथि आक्रमण गर्नुअघि उसको रक्षा मन्त्रालयले इराकमा जैविक हतियार रहेको आरोप लगायो । तर, सद्दाम हुसेन शासन ढलेपछि इराकमा त्यस्तो हतियार नभएको प्रमाणित उसैले गर्याे । आतंकवाद उन्मूलनको नाममा अमेरिकाले यस्तै षड्यन्त्र गर्ने गरेको छ । नेपालका विषयमा यस्तो रिपोर्ट आउनु गम्भीर चिन्ताजन्य पक्ष हो । यसैको बहानामा नेपालमा विदेशी सेना घुसाउने आधार त तयार हुँदै छैन भनेर सोच्नुपर्ने भएको छ ।
अब पनि अब जे गर्छ भारतले गर्छ ?
Tuesday, 05.17.2016, 11:17am
संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी असफल भयो । यससंगै भारत नेपाल मामिलामा असफल भयो । दक्षिण एसिया पार गरेर भारत नेपालको संविधानमाथि विषवमन गरिरहेको छ । वर्तमान सरकारको राष्ट्रियताप्रतिको अडानले भारत झस्किएको छ । उसले सरकार बदल्न खेलेको खेल असफल भैसकेको अवस्थामा भावी दिनमा कस्ता षड्यन्त्र गर्छ र को–कसलाई उपयोग गनै त्यो भने हेर्न बाँकी नै छ । प्रधानमन्त्री ओली ‘महेन्द्रपथमा हिंडेको’ आरोप एकथरिले लगाइरहेका छन् । के ओली साँच्चै महेन्द्रपथमाा हिंड्न सक्लान ? यो प्रश्नको उत्तर भने समयले नै दिनेछ ।
असोज तीन गते ‘कु’ हुने थियो ?
Wednesday, 04.27.2016, 11:57am
काठमाडौं । संविधान जारी नगर्न भारतले ठूलो दवाव दिएको थियो । सबैलाई समेटेर सबैको सहमतिमा मात्र संविधान जारी गर्नुपर्ने भन्दै नेपालमा रहेका कूटनीतिक नियोगले पनि दवाव दिइहेका थिए । भारतबाट विदेश सचिव नै आएर केही दिन संविधान जारी गर्न रोक्न दवाव दियो । तर, तत्कालीनन सरकार र प्रमुख राजनीतिक दलहरूले कुनै हालतमा संविधान जारी गरे । अहिले त्यो सही थियो कि गलत भन्ने प्रश्न–उत्तरको विषय बनेको छ ।

जनताको आँखामा छारो हाल्दै सरकार
Friday, 04.22.2016, 02:09pm
विनाशकारी भूकम्प गएको एक वर्ष पूरा हुँदा पनि जनताले आवास बनाउन पाएका छैनन् । जनतालाई कसरी छिटो र सरल तरिकाले अनुदान उपलब्ध गराउने भन्नेतिर नलागी सरकार भने भूकम्प गएको दिनलाई उत्सव र महोत्सव बनाएर जनताको आँखामा छारो हाल्ने तयारीमा छ । जनतालाई राहतको प्याकेज दिनुको साटो सरकारले वैशाख १२ गतेका दिन अर्को घोषणा गर्ने तयारी गरिरहेको छ । माघ २ गते भूकम्प दिवसको अवसरमा राष्ट्रिय पुनःनिर्माण महाअभियान भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरी र बुङमतीबाट पुनःनिर्माण आरम्भ गरे पनि त्यसपछिको गति शून्य छ । 

युरोपको आँखामा किन फुलो प¥यो ?
Tuesday, 04.12.2016, 01:28pm
सन्यासी र हिन्दु धर्म–संस्कृति तथा परम्पराको अनुयायी र संरक्षकका रुपमा आफूलाई विश्वभर चिनाउन चाहने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक चरित्र त्यस्तो छैन । भाषणमा ‘वसुदैभ कुटुम्बकम्’ भन्ने मोदी व्यवहारमा छिमेकीहरुलाई सधैं सकसमा पारेर आफ्नो स्वार्थ पूरा गर्न तल्लिन छन् । उनी संसारले भारतकै आँखाबाट नेपाललाई हेरोस् भन्ने चाहन्छन् । नेपाललाई तपोभूमि र ऋषिमुनीहरुको भूमि भन्दै नेपाली जनताको मनजित्ने मोदी यतिबेला नेपालमा सर्वाधिक आलोचित छन् । अझ नाकाबन्दीपछि त उनको छवि पूरै धमिलियो । तैपनि मोदी नेपालमाथि प्रहार गर्न छोड्दैनन् । उनी जहाँ पुग्छन् नेपालको संविधानमाथि विषवमन गर्न पुग्छन् । अनि विश्वका शक्ति मुलुकहरु पनि त्यसैको पछि लाग्छन् ।

भारतको शीतयुद्धकालीन आँखा
Tuesday, 03.29.2016, 03:55pm
नेपालको विकास कहिले भारततिर त कहिले चीनतिर ढल्किएर कदापी हुँदैन । विश्वको कूल जनसंख्याको झण्डै ३० प्रतिशत हिस्सा ओगट्ने भारत र चीन सानो नेपालको ठूलो बजार मात्र नभएर यी दुईको आर्थिक विकासको ससानो झिल्को नै नेपालका लागि काफी हुन्छ । तर, नेपालले त्यसको लाभ लिन सकेको छैन । भारतसंग असमझदारी भए चीनतिर ढल्कने गर्दा दुबै छिमेकीको पूर्ण विश्वास लिन सकेको छैन । अहिले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमै हुनुहुन्छ र उहाँको भ्रमणका क्रममा भएको व्यापार, पारवहन लगायतका सम्झौताले भारतलाई झस्काएको छ ।

नेपाल विश्वमा अग्रणी छ महिला अधिकारमा
Tuesday, 03.15.2016, 02:13pm
नेपालमा महिला अधिकारको नारा खुबै घन्कने गरेको छ । मार्च ८ का दिन विश्वभरि महिला दिवस मनाइदै गर्दा नेपालमा पनि विविध कार्यक्रम भए । तर अहिलेसम्म महिला अधिकारको कुरा नारामुखी मात्र भैरहेको छ । महिलालाई पनि पुरूष सरह अधिकार दिनुपर्छ भन्नेमा कसैको विमति रहँदैन । मानवअधिकारको सम्मान गर्ने जोसुकैले भेदभाव सहन गर्न सक्दैनन् तर त्यस्तो अधिकारको वकालत भाषणमा मात्र बढी हुने गरेको नसुनिएको र नदेखिएको विषय होइन । छोरा र छोरीबीच भेदभाव गर्नु हुन्न भन्नेहरूले नै त्यस्ता व्यवहार प्रदर्शन गरिरहेका देखिन्छन् । 
दुई सय वर्षअघिको त्यो सन्धि
Wednesday, 03.09.2016, 11:28am
सुगौली सन्धिले झण्डै अहिलेको आधा नेपाल गुम्न पुग्यो । मार्च ४ मा भएको त्यो सन्धि शुक्रबार दुई वर्ष पूरा भएको छ । यसबीचमा नेपाल र भारतबीच भएका अनेक सन्धि र सम्झौताहरूको प्रश्न उठिरहेका बेला सन् १९५० को सन्धिको धारा टेकेर नेपालले सुगौली सन्धिमा गुमेको भूभाग पाउनुपर्ने आवाज उठाउन थालिएको छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि बेलायतले “हामी जसरी भारत आएका थियौं त्यसै गरी जाँदैछौं” भन्दै तमाम सन्धि तथा सम्झौताहरू अमान्य हुने बताएको थियो । त्यस्तै सन् १९५० मा नेपाल र भारतीबीच भएको ‘शान्ति तथा मैत्री सन्धि’को प्रावधान बमोजिम पनि सुगौली सन्धि स्वतः खारेज भएको छ । तर, यो व्यवहारमा लागू छैन ।
केही त थियो सुशील कोइरालामा
Thursday, 02.18.2016, 07:43am
नेपालमा भारतीय हस्तक्षेपबिरूद्ध खुलेर बिरोध गर्ने हैसियत राख्ने स्व. सुशील कोइराला भारतीय शासकहरूको नजरमा कहिल्यै पर्नुभएन । मधेशका सवालमा भारतीय राजदूत र दूताबासका अधिकारीहरूले दिने अभिव्यक्तिको खुलेर बिरोध गर्ने कोइराला मात्र एक्ला नेता हुनुहुन्थ्यो । राष्ट्रियता, समाजवाद र प्रजातन्त्रसंग कुनै सम्झौता नगर्ने नेताका रूपमा कोइरालाको चिनारी फैलिए पनि राजनीतिको दुर्गन्ध र घेराबन्दी तोड्न भने सकेनन्  स्व. कोइराला मात्र त्यस्ता एक नेता हुन्, जो भारतीय दूताबास छिरेनन् मात्र हैन भारतीय राजदूतलाई निवासमै बोलाएर हप्काउने हैसियत राख्थे । 
हामी कुन बाटो रोज्दैछौं ?
Wednesday, 01.13.2016, 12:59pm
कुनै पनि देशको राजनीतिक प्रणालीको विकास त्यो देशको आफ्नै राष्ट्रिय आवश्यकता, इतिहास, जनसंख्या, सांस्कृतिक मानचित्र, भौगोलिक अवस्थिति, प्राकृतिक साधन, वर्ग, वैदेशिक सम्बन्ध इत्यादि तत्वले निर्धारण गर्छ । तर राज्यले अपनाएको प्रणालीलाई सो देशका सबै जनताले स्वतः समर्थन गर्नुपर्छ भन्ने पनि हुँदैन । मानवअधिकारको परिभाषा अनुसार राज्य प्रणाली छनोटमा कुनै दबाब दिन पाइदैन ।
सरकार सरकार जस्तो भएन
Tuesday, 01.05.2016, 11:35am
यतिबेला मुलुक प्राकृतिक र मानव सिर्जित संकटको सामना सकिनसकी गरिरहेको छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पले उत्पन्न मानवीय संकट अरु चुलिने क्रममा छ । सरकारले समयमै काम थालेको भए भूकम्प पीडितहरु यो जाडोमा ज्यान जोगाउन संघर्ष गर्नुपर्ने थिएन । अहिलसम्म भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण र पीडित जनतालाई राहत दिने कुरा गफमै सीमित छ । पीडितलाई न्यानो कपडा किन्न दिने भनिएको १० हजार रुपैयाँ बल्ल गाउँघरमा पुग्न थालेको छ । यसबीचमा भारतको नाकाबन्दीले अर्को संकट थपेको छ र यति बेला मुलुकमा गम्भीर मानवीय संकट उत्पन्न हुन थालेको छ । यो संकट वस्तु तथा सेवाको अभावले नभएर सरकारको नालायकीले गर्दा सिर्जिएको हो । 

राष्ट्र असफलताको खतरा
Tuesday, 12.22.2015, 12:27pm
संविधानसभाबाट जनताका प्रतिनिधिले संविधान बनाएपछि मुलुकको मुहार बदलिने आकांक्षा चकनाचुर भएको छ । संविधान जारी हुनुभन्दा अघिदेखि चलिरहेको मधेशवादीको आन्दोलन र संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीका कारण नेपालको आर्थिक–सामाजिक अवस्था नाजुक बन्न पुगेको छ । नेपालको अहिलेको स्थिति युद्धग्रस्त मुलुककोभन्दा कमजोर छ । 
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ?
Tuesday, 12.15.2015, 12:11pm
मधेश आन्दोलन चलाइरहेका दिल्ली आमन्त्रित चार नेता मध्ये तीन नेताले चुनाव हारेका, संविधानसभाभित्रका अत्यधिक मधेशी सभासद्हरूले संविधानसभामा मतदान गरेका र थोरै मधेशी सभासद्ले मात्र बहिष्कार गरेको तथ्य पनि भारतको राज्यसभामा गुञ्जित भयो र जनमत गुमाएका नेताहरू लज्जित हुनुपर्याे । यो प्रत्यक्ष देखिएको एउटा पाटो हो ।
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन
Tuesday, 12.01.2015, 02:56pm
यतिबेला मधेश प्रदेशको आन्दोल मच्चिएको छ । यो आन्दोलनको भित्री रहस्य मधेशी जनताले बुझ्न सकेका छैनन् । मधेश प्रदेशका लागि भैरहेको आन्दोलनमा भारतले दिएको चासो कोश, कर्णाली, महाकाली जस्ता सदावहार नदीहरूमाथि कब्जा जमाउनु नै हो । भारत नेपालको मधेशलाई जलभण्डार बनाएर आफ्नो भूमि हराभरा पार्न चाहन्छ । किनभने भारतको जनसंख्यालाई चाहिने पानी र खाद्यान्नको पूर्ति नेपालका नदीनालाबाट मात्र सम्भव छ ।
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन
Wednesday, 11.25.2015, 12:55pm
यतिबेला ऊर्जा विकासको चर्चा निकै चल्न थालेको छ । जवजव संक्ट पर्छ तब देश विकासको कुरा आउँछ । दक्षिण एसियामै जलविद्युत उत्पादन गर्ने पहिलो मुलुक नेपालले एक शताब्दीको अवधिमा ६०० मेगावाट विद्युत मात्र उत्पादन गरेको छ । अझै पनि हामी भन्छौं जलस्रोतको विकासबाट मुलुक समद्ध हुन्छ । यो यथार्थ हो तर उपयोग र उपभोग कहिले ? अहिले नाकाबन्दीपछि उत्पन्न उर्जा संकट टार्न जलविद्युतको कुरा उठिरहेको छ । तर समय रहँदासम्म कानमा तेल हालियो, कमिशनकै चक्करमा लागियो ।

राष्ट्रियताका भाषण मात्रै कि काम पनि...
Tuesday, 11.17.2015, 02:19pm
भारतको नाकाबन्दीले जेजस्तो संकट उत्पन्न गरेको छ जनताले त्यसलाई सहेर बसेका छन् । यसको एउटै कारण हो– यो विषय राष्ट्रिय स्वाधीनता र अखण्डतासंग जोडिएको छ । बिनाकारण भारतले लगाएको नाकाबन्दीले नेपाली जनतालाई एकजुट बनाएको छ । तर, राजनीतिक एकता देखिएन । नाकाबन्दीको सामना गर्न जुन राजनीतिक इच्छाशक्तिको आवश्यकता थियो त्यो पटक्कै छैन ।

  » नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र
  » भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला
  » अब उठाऔं ग्रेटर नेपालको मुद्दा
  » अबको बाटो आत्मनिर्भरतातिर
  » समस्या के हो र कहाँ हो ?
  » यो उत्साह ऊर्जामा परिणत होस्
  » सुन्ने, सुनाउने र गराउने अन्तैका
  » सामान्य सम्वेदनशीलता पनि देखिएन
  » नेपाल बनाउने कि भत्काउने ?
  » कस्तो आउने हो संविधान ?
  » सरकारको गति र नेपालीको नियति
  » आफ्नो शक्ति देखाइदिए जनताले
  » प्रतिगमत र अग्रगमनको दोसाँध
  » क्षमता देखाउने बेला यही हो
  » आशाका किरणमा ग्रहण नलागोस्
  » कसरी पाउँलान् पीडितले राहत
  » सम्पदाहरू धेरैपटक पुनःनिर्माण भएका छन्
  » नेताहरूको स्वार्थले छोएन जनतालाई
  » विपत्ति प्रकृतिले गर्दा कि मान्छेले !
  » मधेशलाई पहाडले हैन भारतले हेपेको छ



 
::| Latest News

 
[Page Top]